mainpageads

युएईमा विनोद भण्डारीको छक्काको चर्चा

काठमाडौ, मंसिर ५ – ‘भण्डारीको छक्का मैले अहिलेसम्म देखेको उत्कृष्ट सट मध्येको एक हो’ अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का ग्लोवल डेभलपमेन्ट म्यानेजर टिम एण्डेरसनले युएईको अंग्रेजी दैनिक पत्रिका दि नेशनलसँग भनेका छन् ‘यो साहसिक सट थियो ।’
पपुवा न्यूगिनी विरुद्धको खेलमा नेपाललाई जिताउन निर्णायक भूमिका खेलेका विनोद भण्डारीले प्रहार गरेको अन्तिम छक्का अहिले निकै चर्चामा छ र त्यो छक्का क्रिकेटको दुनियाँमा उत्कृष्ट छक्कामा दरिन पुगेको छ ।
हरेक खेलमा फरक फरक नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गरेपछि अहिले नेपाली टिम र खेलाडिको प्रतिभाका विषयमा सकारात्मक बहस पनि चलिरहेको छ । पारस खड्का र शरद भेषावकरको विषयमा राम्रो स्टोरी लेखेको युएईको अंग्रेजी दैनिक दि नेशनलले विनोद भण्डारीको छक्का र उनको प्रतिभाका विषयमा पनि कलम चलाएको छ । के लेख्यो त यूएईको अंग्रेजी दैनिक दि नेशनलले विनोद भण्डारीका बारेमा ?

पढ्नुस् त्यसको नेपाली अनुवाद —

हुनत अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले यस विश्व टी—२० छनौट  प्रतियोगिताको उत्कृष्ट सटका लगि कुनै पुरस्कारको ब्यवस्था गरेको छैन । यदि गरेको भए, विनोद भन्डारीले घर लैजानका लागि त्यो ट्रफी आफनो झोलामा हालिसकेका हुने थिए ।
श्रीलंकाली ब्याटसम्यान तिलकरत्ने दिलसानले विकास गरेको सट ‘दिलस्कुप’ भन्दा कुनै उत्कृष्ट सट कसैले खेलेको छ भने त्यो यी नेपाली ब्याट्सम्यानले पपुवा न्युगिनी विरुद्दको मंगलवारको खेलमा लक्ष्य पछ्याउने क्रमका प्रहार गरेको अन्तिम छक्का थियो, जसले यूट्यूवमा १० लाख दर्शक सजिलै पाउन सक्छ ।
आफ्नो शारीरिक सुरक्षाको पनि वास्तानै नगरी उनले पपुवा न्युगिनीका तिब्र गतिका वलर विली गाभेरको बाउन्सर बललाई विकेट किपर माथि वाट ३० यार्ड पछाडिको बाउन्ड्री माथिको बाटो देखाउँदै शानदार विजयी छक्का प्रहार गरेका थिए ।
शारजाँह क्रिकेट स्टेडियममा उपस्थित केही भाग्यमानी दर्शकले विनोदको यो छक्कालाई आफुले क्रिकेट दर्शकका रुपमा देखेको अहिलेसम्मकै उत्कृष्ट सट भएको खुशी—खुशी स्वीकार गरेका थिए । यो छक्कासंगै नेपालले खेलेको अहिलेसम्मका ४ वटा ग्रुप म्याचमा तेश्रो जित दर्ता गराउन सफल भएको छ ।
‘विनोद हाम्रो टिमको सबैभन्दा प्रतिभाशाली टी— २० ब्याटसम्यान हो’ नेपाली टिमका क्याप्टेन पारस खड्काले विनोदको प्रशंसा गर्दै भने । विनोदले आफ्नो ५१ रनको उत्कृष्ट पारीमा ६ छक्का प्रहार गर्दै आफनो टिमलाई ७ विकेटको महत्वपूर्ण जित दिलाए ।
‘टिमका रुपमा हम्रा सवै खेलाडी बलिङ, ब्याटिङ तथा फिल्डिङ सवै क्षेत्रमा आफनो प्रतिभा प्रर्दशन गर्न स्वतन्त्र छन्’ लामो समयको निरन्तर अभ्यासपछि आफ्ना खेलाडीले प्रतिभा प्रर्दशन गर्न शुरु गरेको नेपाली प्रशिक्षक पुवुदु दासानायकेले भने 'यसले हाम्रो टिमको सामर्थ्य जनाउँछ । हाम्रो सामर्थ्यको परीक्षा यो हदसम्म कहिल्यै भएको थिएन, खेलाडीको बढ्दो आत्मविश्वास देखेर म खुशी छु । खासगरी पारसमा आएको परिपक्वता र जस्तोसुकै परिस्थितिलाईलाई ह्याण्डल गर्ने क्षमताले मलाई आनन्दित तुल्याउँछ । हाम्रो टिममा ठूला सट खेल्न सक्षम खेलाडी छन्, जसले खेलको दिशा कुनैपनि समय परिर्वतन गर्न सक्छन् । उनीहरु यो स्तरको खेलमा अभ्यस्त हुनु मात्र जरुरी छ ।’
पपुवा न्युगिनी विरुद्वको यो सफलता नेपालका लागि विश्वकप छनौटका लागि महत्वपुर्ण त छदैँछ यो स्तरको  जित टिमका लागि आफैमा ठूलो उपलब्धि हो ।  यिनीहरुले देखाएको खेलको लेभलले यी मध्ये कुनै पनि टिमले बंगलादेशमा हुने आगामी टी—२० विश्वकपमा पाहुनाका रुपमा स्वागत पाउन सक्नेछन् । पपुवा न्युगिनीका ब्याटसम्यानहरुले पनि रामै ब्याटिङ गरेका थिए । इङ्ल्याण्डको राष्ट्रिय टिमबाट खेलिसकेका गेरिएन्ट जोन्सले पपुवा न्युगिनीका लागि उत्कृष्ट ५५ रनको योगदान गरेका थिए ।
‘भण्डारीको छक्का मैले अहिलेसम्म देखेको उत्कृष्ट सट मध्येको एक हो’ आईसीसीका ग्लोवल डेभलेपमेन्ट म्यानेजर टीम एण्डेरसनले भने ‘यो साहसिक सट थियो र आजको क्रिकेट खेल उत्कृष्ट थियो । पपुवा न्युगिनी यो प्रतियोगिताको राम्रो टिम मध्येको एक हो । मलाई विश्वास छ ,प्रतियोगितको अन्त्यसम्म यी टिम छानिने मध्येको एक हुनेछ ।’


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blogger news

Recent Posts