प्यालेस्टाइन हृयाकरले सामाजिक सञ्जाल फेसबुक संस्थापक मार्क जुकरबर्जको एकाउन्ट हृयाक गरेका छन् ।
प्यालेस्टाइन आईटी एक्सपर्ट खलिल श्रेटेहले पटक पटक फेसबुकको एकाउन्ट सुरक्षाका लागि दिएको सुझाव वेवास्ता गरेको भन्दै जुकरबर्गकै एकाउन्ट हृयाक गरेका हुन् । फेसबुकले एकाउन्ट सुरक्षाबारेको त्रुटि पत्ता लगाउनेलाई पुरस्कार दिने गरेको छ ।
दोस्रो पटक पनि फेसबुक एकाउन्ट सुरक्षाबारे इमेल गरेका उनलाई फेसबुक मुख्यालयबाट 'प्राविधिक त्रुटि नरहेको' जवाफ आएपछि संस्थापककै एकाउन्ट हृयाक गरेर देखाएका हुन् । इन्फरमेशन सिस्टममा बीए गरेका उनले मार्क जुकरबर्गको फेसबुक हृयाक गर्दा पश्चाताप नभएको बरु आफ्नो क्षमतालाई प्रमाणित गरेको प्रतिक्रिया दिएका छन् ।
ब्लाकबेरी फोनको निर्माता कम्पनी रिसर्च
इन मोसनका मुख्य कार्यकारी थोर्सटेन हेइन्सले एप्पलको आइफोन आउटडेटेड
भैसकेको टिप्पणी गरेका छन् ।
ब्लाकबेरीको बहुप्रतिक्षित नयाँ
टचस्त्रिmन मोबाइल जेड १० सार्वजनिक गर्न आयोजित समारोहमा बिहिबार उनले
यस्तो कडा टिप्पणी गरेका हुन् ।
एप्पल पूरानै ढर्रामा चलिरहेको भन्दै उनले
नयाँ आविष्कारको कमीका कारण एप्पलले ग्राहकको विश्वास गुमाइरहेको र एप्पल
प्रयोगकर्ताले नयाँ अनुभुति गर्न नपाएको दाबी गरे । आइफोनमा भन्दा
ब्लाकबेरीको नयाँ संस्करणको मोबाइलमा धेरै सुविधा भएको दाबी समेत उनले गरे ।
अहिले मोबाइल प्रयोगकर्ताले मल्टिटास्किङ वा एकैपटक मोबाइलमा धेरै काम
गर्न चाहने तर त्यो आइफोनमा सम्भव नहुने उनको तर्क छ । ब्लाकबेरीको नयाँ
संस्करणमा भने प्रयोगकर्ताले एकैपटक डेस्कटपमा एकभन्दा धेरै एप्लिकेसन
खोल्न सक्छन् । पाँच वर्षअघि आइफोन क्रान्तिकारी प्रडक्ट रहेको भएपनि अहिले
त्यो यथास्थितीवादी बनिसकेको उनको टिप्पणी छ ।
ब्लाकबेरीका सिइओको यो टिप्पणीप्रति एप्पलका प्रवक्ताले भने प्रतिटिप्पणी गर्न अस्विकार गरेको एपीले जनाएको छ ।
यसैबीच ब्लाकबेरीको नयाँ भर्सनको किबोर्ड
मोबाइल क्यू टेन कम्तिमा पनि २-३ महिनापछि मात्र बजारमा आउने भएको छ ।
यसअघि १० हप्ताभित्रै ब्लाकबेरीको नयाँ किबोर्ड भर्सन आउने भनिएको भएपनि
त्यो अझै केही हप्ता पछाडि धकेलिने बताइएको छ । प्रयोगकर्ताले रुचाउने
खालको अत्याधुनिक सफ्टवेयर तयार पार्ने काम भैरहेको र यहीँ तयारीका कारण
ब्लाकबेरीको नयाँ किबोर्ड भर्सन आउन केही ढिलाई हुने ब्लाकबेरीका सिइओको
भनाइ छ ।
तपाइँको फेसबुक वालमा कसैले आपत्तिजनक
कुरा पोष्ट गरेको छ ? कसैले फेसबुकमार्फत अश्लील तथा आपत्तिजनक सन्देश
पठाएको छ ? वा तपाइँको पोष्टमा आपत्तिजनक कमेण्ट गरेको छ ? यदि छैन भने
तपाइँ भाग्यमानी हुनुहुन्छ र यस्तो तितो अनुभुति गर्नुभएको छ भने पनि चित्त
नदुखाउनुहोला किनकी यसरी फेसबुकमार्फत आपत्तिजनक सामाग्री प्राप्त गर्नेमा
तपाइँ एकजनामा मात्र हुनुहुन्न । एक अध्ययनले सयमा दश जना फेसबुक
प्रयोगकर्ताले फेसबुकमार्फत यस्ता आपत्तिजनक सामाग्री तथा सन्देश पाउने
गरेको देखाएको छ ।
अध्ययन अनुसार दश प्रतिशत फेसबुक
प्रयोगकर्ता आफ्नो फेसबुक वालमा कसैले आपत्तिजनक तथा अमर्यादित खालका
सामाग्री पोष्ट गरेको वा गिज्याउने, दुव्र्यवहार र धम्कीपूर्ण सन्देश
पठाउने गरेको घटनाका भुक्तभोगी छन् ।
टेलिग्राफ पत्रिकामा छापिएको अध्ययनका अनुसार सामाजिक संंजालको बढ्दो प्रयोगसँगै गैर सामाजिक सन्देशको प्रसार पनि बढेको छ ।
फेसबुकमार्फत यसरी आपत्तिजनक सन्देश वा
सामाग्री प्राप्त गरेकामध्ये ६१ प्रतिशतले आफुले केवल १ वा २ चोटीमात्र
यस्तो भोगेको बताए । जबकी ८ प्रतिशतले भने हरेक महिना जसो नै यस्ता अश्लील,
धम्कीपूर्ण तथा आपत्तिजनक सन्देश पाउने गरेको बताए भने सयमा ३ जनाले एक
महिनामा ३-४ पटक त्यस्तो भोगको बताए । अध्ययन अनुसार ३ प्रतिशत फेसबुक
प्रयोगकर्ताले महिनामा ५ पटक त्यस्तो पीडा खप्नुपरेको छ ।
फेसबुकमा त्यस्ता आपत्तिजनक सामाग्री
पठाउनेहरु मध्ये ६२ प्रतिशत चिनजानकै हुन्छन् भने २७ प्रतिशत चिन्दै
नचिनेका र फेसबुकमा साथी पनि नभएका मान्छे हुन्छन् ।
अध्ययन अनुसार फेसबुकको तुलनामा टि्वटर
प्रयोगकर्ता भने यस्तो पीडाबाट धेरै हदसम्म मुक्त छन् । केवल ५ प्रतिशत
टि्वटर प्रयोगकर्ताले मात्र त्यस्तो धम्की तथा दुव्र्यवहारको सामना
गर्नुपरेको छ । ३ प्रतिशत टि्वटर प्रयोगकर्तालाई आफ्नो टि्वट डिलिट गर्न
धम्की आउने गरेको अध्ययनले देखाएको छ ।
तपाई बिश्वको जुनसुकै ठाउँमा भएपनि अब
अनलाइनबाटै सगरमाथा चढेको अनुभव गर्न सक्नुहुनेछ । चर्चित सर्च इन्जिन
गुगलले गुगल म्यापमा हालै सगरमाथा आधारशिविर र शिखरबाट खिचिएका तस्वीरहरु
राखेपछि बिश्वभरका अनलाइन प्रयोगकर्ताले यो सुबिधा पाउने भएका छन ।
समाचार संस्था एएफपीका अनुसार गुगल
स्ट्रीट भ्यु टीमका सदस्यहरु सगरमाथा आधार शिविर र शिखरमा पुगेर यी तस्वीर
खिचेका हुन । ३६० डिग्रीको कोणमा खिचिएका यी डिजिटल तस्वीरले
प्रयोगकर्तालाई सगरमाथामै पुगेको अनुभूति दिने गुगल एन्भान्चरर डन
फ्रडिन्वर्ग बताउँछन ।
गुगलले बिश्वको सर्वोच्च शिखर सगरमाथासहित
दक्षिण अफि्रकाको माउण्ट किलिमन्जरो, युरोपको माउन्ट इलवर्सको आधार शिविर र
शिखरका दृष्यहरु पनि गुगल म्यापमा राखेको छ । गुगल स्ट्रीट भ्यू टीमले
बिश्वका शहर, गल्ली र गाउँहरुमा पुगी तस्वीर खिचेर गुगल म्यापमा राखिरहेका
छन । यही अभियानको अंशका रुपमा उच्च शिखरका दृष्यहरु पनि समावेश गरिएको
गुगलले बताएको छ ।
इन्टेक इन्डस्ट्रिज प्रालिले एचडिसी ब्राण्डका मोबाइल, ट्याबलोइड र
ˆयाबलोइड नेपाली बजारमा ल्याएको छ । एन्ड्रोइड सिष्टमबाट चल्ने यी
मोबाइलहरु ताम्राकार कम्पलेक्सबाट विक्री सुरु गरेको कम्पनीले जनाएको छ ।
कम्पनीले
ट्याबलोइडमा पिपो स्मार्ट एस टु, एस वान र सफल सेभेन मोडेलहरु ल्याएको छ
भने फ्याबलोइडमा जेनिथिंक एन-६ मोडल बजारमा ल्याएको छ । यी मोडलहरुको मूल्य
७ हजार ५ सय रुपैयाँदेखि १७ हजार रुपैयाँसम्म रहेको कम्पनीले जनाएको छ ।
त्यसैगरि, एन्ड्रोइड एचडि आई९३००० र एचडि आई९३७७ मोडलका मोबाइल सेट पनि नेपाली बजारमा बिक्रि सुरु भएको छ । मोबाइलमा दुईवटा सीम कार्ड प्रयोग गर्न सकिन्छ भने ३२ जिबीसम्मको एक्सपान्डेबल मेमोरी प्रयोग गर्न सकिन्छ । १८ हजार रुपैयाँ पर्ने यी फ्याबलोइडमा अगाडिपट्टी ८ मेगापिक्सेल क्यामेरा जडान गरिएको छ ।
कम्पनीले केही दिनमा यी मोडलहरु राजधानीका अन्य ठाउँबाट पनि विक्रीमा ल्याउने कम्पनीका प्रबन्ध निर्देशक जितेन्द्र मर्हजनले जानकारी दिनुभयो ।

त्यसैगरि, एन्ड्रोइड एचडि आई९३००० र एचडि आई९३७७ मोडलका मोबाइल सेट पनि नेपाली बजारमा बिक्रि सुरु भएको छ । मोबाइलमा दुईवटा सीम कार्ड प्रयोग गर्न सकिन्छ भने ३२ जिबीसम्मको एक्सपान्डेबल मेमोरी प्रयोग गर्न सकिन्छ । १८ हजार रुपैयाँ पर्ने यी फ्याबलोइडमा अगाडिपट्टी ८ मेगापिक्सेल क्यामेरा जडान गरिएको छ ।
कम्पनीले केही दिनमा यी मोडलहरु राजधानीका अन्य ठाउँबाट पनि विक्रीमा ल्याउने कम्पनीका प्रबन्ध निर्देशक जितेन्द्र मर्हजनले जानकारी दिनुभयो ।
गुगलको शेयरमा वृद्धि भैरहेको बेला
एप्पलको शेयरमा धमाधम कमी आएको छ । यो सँगै सूचना प्रविधि क्षेत्रका यी दुइ
दिग्गज कम्पनीको विषयलाई लिएर विश्लेषकहरुको धारणामा पनि व्यापक परिवर्तन
आउन थालेको छ । आइफोन तथा आइप्याडको धमाकेदार बिक्रीपछि केही समय पहिले
एप्पलको शेयर भाउ उकालो लाग्न थालेपछि विश्लेषकहरु एप्पलको पक्षमा होमिए ।
तर एप्पलको शेयर भाउ एकाएक गिर्न थाल्यो । त्यसपछि विश्लेषकको रोजाइ पनि
परिवर्तन हुन थाल्यो ।
गत मार्च पाँच मा एप्पलको शेयरमा यो
वर्षकै सबैभन्दा बढि गिरावट भयो । त्यसपछि त्यसमा केही सुधार देखियो । साथै
कम्पनीको पछिल्लो ६ महिनाको बजार मूल्यमा ५० प्रतिशतले गिरवाट पनि भयो ।
एप्पलमाथि खतराको घण्टी बजिरहेको समयमा
अर्को कम्पनी गुगलको शेयर भने झण्डै दोश्रो अंकको वृद्धितर्फ अघि बढिरहेको छ
। मार्चको सूरमा आफ्नो सर्वाधिक उचाइँमा पुगेको गुगलको शेयर मुल्य त्यसयता
पनि खासै घटेको छैन ।
प्रविधि विश्लेाष्क कोलिन गिलिसका अनुसार
गुगलको चढाइ एप्पललाई ऐना देखाउनु जस्तै हो । विश्लेषकहरुका अनुसार रहस्यमय
रुपमा अघि बढ्नु एप्पलका लागि विगतमा फापेको विषय थियो, तर अब त्यो
फर्मूलाले काम गर्न छाडिसकेको छ ।
खासगरी आफ्ना उत्पादन महंगो हुनु, बढि
विशिष्टीकृृत हुनु तथा सामसुङ जस्ता कम्पनीले दह्रो चुनौति पेश गर्नु
एप्पलका लागि मुख्य चुनौति हो । तर गुगलका लागि भने मुनाफा र चर्चाका लागि
अनेक विषय छन् । गुगलसँग ज्ञानको भण्डार रहेकाले यसले कहिल्यैपनि घाटा
बेहोर्नु नपर्ने तर्क विश्लेषकहरुको छ ।
गुगलले सफट्वेयरमा मात्र होइन हार्डवेयरमा पनि नयाँनयाँ प्रयोग गरिरहेको छ । पछिल्लो समय उसको अनौठो चश्माको चर्चा पनि चुलिएको छ ।
३ चैत, काठमाडौं । स्मार्टफोनको नम्बर एक
ब्राण्ड बन्न सफल सामसुङले ग्यालेक्सी ग्राण्ड डूअस मोडलको नयाँ स्मार्ट
फोन नेपाली बजारमा बिक्रि सुरु गरेको छ ।
सामसुङको नेपालका लागि आधिकारिक विक्रेता
इन्टरनेशनल मार्केटिङ सर्भिसेज प्रालि (आईएमएस) ले शनिबार राजधानीमा विशेष
समारोहका बीच उक्त मोबाइलको सार्वजनिक गर्दै विक्री सुरु गरेको हो ।
मोबाइलको नेपाल उद्योग वाणिज्य महासंघका
अध्यक्ष सुरज वैद्य, आईएमएसका कार्यकारी प्रमुख दीपक मलहोत्रा, निर्देशक
दिकेश मलहोत्रा र कार्यकारी अधिकृत विशाल आचार्यले संयुक्त रुपमा सार्वजनिक
गर्नुभएको थियो ।
के छन सुबिधा ?
पाँच इञ्चको टच स्क्रीन भएको उक्त
मोबाइलमा दुईवटा सीम लाग्छन । थ्री जी सुबिधा रहेको यो मोडलमा अगाडि २ मेगा
पिक्सल र पछाडि ८ मेगा पिक्सलको क्यामेरा जोडिएको छ जसबाट एचडी भिडियोसमेत
रेकर्ड गर्न सकिन्छ । मल्टी विण्डो भएका कारण मोबाइलको स्क्रीन नै नबदली
एकै पटक दुईवटा काम गर्न सकिन्छ ।
नेपाली बजारमा ३७ हजार ५ सय रुपैयाँमा यो
मोबाइल पाइने आईएमएसले जवनाएको छ । सामसुङ कम्पनीले ट्याबलेट र स्मार्ट
फोनको फ्युजनको रुपमा ग्रान्ड डु एस बजारमा ल्याएको आईएमएसका निर्देशक
दिकेश मलहोत्राले बताउनुभयो । एकमुष्ट पैसा तिरेर किन्न नसक्ने
ग्राहकहरुलाई कम्पनीले विभिन्न बैंकहरुमार्फत शुन्य व्याजदरमा १२ महिने
किस्ताबन्दी सेवा पनि उपलब्ध गराएको छ ।
ग्यालेक्सी
एस थ्री र नोट टुमा उपलब्ध गराएको बीमाको सुविधा यो मोडलमा पनि उपलब्ध छ ।
त्यसका अतिरिक्त एक वर्षको बिमा कम्पनीकै तर्फबाट निःशुल्क गरिदिने छ । यो
मोबाइलको किन्दा ग्राहकले प्रति महिना एन सेलको ५०० एमबी डाटा ३ महिनासम्म
प्रयोग गर्न पाउनेछन् ।
ट्वीटरमा हृयाशट्याग (#) को बढ्दो लोकपि्रयतापछि अब फेसबुकमा पनि यो हृयाशट्याग ल्याउनेबारे छलफल भइरहेको छ ।
अमेरिकी पत्रिका वाल स्ट्रीट जर्नलले
फेसबुकले छिट्टै हृयाशट्याग ल्याउने बताएको छ । तर, फेसबुकले भने अहिलेसम्म
मुख खोलेको छैन । फुसबुकले केही समयअघि सर्चका लागि ग्राफ सर्च नामको नयाँ
फिचरको घोषणा गरेको थियो ।
तर, यसको माध्यमबाट कुराकानीमा आएका
विषयको खोजी गर्न सकिँदैन । अब फेसबुकले ल्याउने भनिएको हृयाशट्यागमा
काराकानीमा हुने विषय सर्चमा सामेल हुने नहुने केही निश्चित छैन ।
अनुमति विना मानिसहरुको व्यक्तिगत तथ्यांक
संकलन गरेकोमा गुगलले सजायँस्वरुप ७० लाख डलर जरिवाना तिर्ने भएको छ ।
गुगलको मेसिन जाडान गरिएको कारले अमेरिकाको विभिन्न शहरमा गएर अनुमति विना
नै प्रयोगकर्ताहरुको इमेल, पासवर्ड र वेब ब्राउज गरेको इतिहाससम्बन्धी डाटा
संकलन गरेको थियो । सन् २००८ देखि १० सम्मका बीचमा कारमा जडित क्यामेराले
घरमा जोडिएको वायरलेस नेटवर्कबाट थुप्रै जानकारी लिएको थियो ।
प्रयोगकर्ताको गोपनियता भंग गरेर गुगलले
अपराध गरेको भन्दै चर्को बिरोध भएपछि बिभिन्न राज्यमा त्यसबारे मुद्दा
परेको थियो । त्यसमध्ये ३८ वटा राज्यका महान्यायाधीवक्ता र गुगलबीच सहमति
भएको छ ।
सम्झौता अनुसार गूगलले ७० लाख डलर जरिवाना
तिर्नुका साथै हजारौंको संख्याको इमेल, पासवर्ड र इन्टरनेटको इतिहास नष्ट
गर्नेछ । यस्तै निजी तथ्यांकको मुद्दामा गुगलले आफ्नो कर्मचारीहरुलाई १०
वर्षसम्म प्रशिक्षण कार्यक्रम समेत संचालन गर्ने भएको छ भने वायरलेस
नेटवर्कको जानकारीलाई कसरी सुरक्षित गर्ने भनेर गुगलले विज्ञापन अभियान पनि
चलाउनेछ ।
गूगलले एक इन्जिनियरको गल्तीले एक कोड
राख्दा वायरलेस नेटवर्कको सबै तथ्यांक संकलन भएको तर त्यसको कुनै पनि
प्रयोग नगरिएको र तथ्याङ्का डाटाबारे सोधीखोजी पनि नगरिएको बताएको छ ।
एक लिटर तेलबाट कति किलोमिटर गाडी गुड्ला ? बढ्दो इन्धनको मूल्य र भारतमा भर पर्नु पर्ने नेपालका लागि यो प्रश्न अर्थपूर्ण छ ।
जर्मन कम्पनी भक्सवागनले हालै निर्माण
गरेको एक्स एल १ गाडी एक लिटर डिजेलबाट १ सय ११ किलोमिटर गुड्छ । यो कारमा
दुई जना बस्न सकिन्छ । यो हाइब्रिड कारमा २७ हर्सपावर इन्जिनका साथमा दुई
सिलिण्डरको डिजेल इन्जिन पनि छ । यसको क्षमता ४७ बीएचपी छ ।
यो गाडीमा सात गियरको ड्युअल क्लज गियर
बक्स छ । धेरै भन्दा धेरै माइलेज पाउनका लागि यो कारलाई एइरोडानामिक डिजाइन
गरिएको छ । बीबीसीका अनुसार यो विश्वको सबैभन्दा एइरोडानामिक कार पनि हो,
यसलाई कार्बन फाइबरबाट बनाइएको छ । जसका कारण कारको तौल मात्र ८ सय किलो छ ।
भक्सवागनले यस्ता २ सय ५० थान कार आफ्ना
जर्मन उपभोक्तालाई दिने योजना बनाएको छ । यो कार विक्रि गर्नुका सट्टा
उपभोक्तालाई प्रयोग गर्न मात्र दिइनेछ ।
फेसबुकका संस्थापक तथा प्रमुख कार्यकारी मार्क जुकरवर्गले विश्वको सर्वोत्कृष्ट हाकिमको उपाधि पाएका छन् ।
इन्टरनेट साइट ग्लासडोरले गरेको सर्भेक्षणले जुकरवर्ग विश्वका उत्कृष्ट प्रमुख कार्यकारी मध्ये एक नम्बरमा आउन सफल भएका हुन् ।
सम्बन्धित कम्पनीकै कर्मचारीसँगको
सोधपुछका आधारमा गरिएको सर्भेक्षणका क्रममा फेसबुकका ९९ प्रतिशत कर्मचारीले
जुकरवर्गको प्रसंसा गरेको पाइयो ।
विश्वका उत्कृष्ट हाकिमको दोश्रो स्थानमा
भने जर्मन सफ्टवेयर कम्पनी सापका उपप्रमुख बिल म्याक डेर्मोट रहेका छन् ।
तेश्रो स्थानमा सापकै जिम हेगम्यान रहेका छन् ।
इन्टरनेट जाएन्ट गुगलका प्रमुख ल्यारी पेज भने ११ औँ स्थानमा छन् । गुगलका ९५ प्रतिशत कर्मचारीले मात्र पेजलाई मन पराएका छन् ।
त्यस्तै अमेजन डट कमका प्रमुख जेफ बेजोस सोह्रौँ र एप्पलका प्रमुख टिम कुक १८ औँ स्थानमा छन् ।
फेसबुकका संस्थापक जुकरवर्गप्रति कम्पनीका
युवा कर्मचारी नतमस्तक रहेको पाइएको छ । खासगरी जुकरवर्गको ‘छिटो अघि बढ,
नडराउ’ भन्ने नाराकै कारण फेसबुकले ठूलो प्रगति गर्न सकेको धारणा उनीहरुको छ
।
न्युयोर्क, चैत २ (एजेन्सी) - प्रविधि
क्षेत्रमा लामो समयदेखि प्रतीक्षामा रहेको सामसुङको नयाँ स्मार्टफोन
ग्यालेक्सी एस ४ बिहीबार राति न्युयोर्कमा सार्वजनिक गरिएको छ। सामसुङको यो
नयाँ स्मार्टफोन झट्ट हेर्दा भने पुरानो मोडल अर्थात् एस ३ भन्दा खासै फरक
देखिँदैन। तर यसमा सुविधाहरु थपिएका छन् र आकारप्रकारमा पनि सामान्य
परिवर्तन गरिएको छ।

के छ नयाँ?
एस ४ मा पाँच इन्चको १०८० पिक्सेलको सुपर अमोलेड स्क्रिन छ। स्मार्टफोनमा यस्तो सुविधा दिने एस ४ पहिलो हो। पुरानो मोडलभन्दा यो अलि अग्लो भए पनि पातलो र हलुका छ। यसको बाहिरी संरचना प्लास्टिकबाट बनेको छ।
एक्जिनोस ५ वा क्वालकम स्न्यापड्रागन एस ४ प्रो प्रोसेसरसहितको यो स्मार्टफोनमा २ जीबीको र्यारम हुनेछ। १६,३२ वा ६४ जीबीको स्टोरेज मोडलमध्ये छान्न पाइनेछ। साथमा एस सिरिजका मोबाइलमा अघि नभएको माइक्रो एसडी कार्ड स्लट पनि यसमा हुनेछ।
फोटोमा नयाँ सुविधा
स्मार्टफोनमा धेरै प्रयोग हुने एउटा सुविधा क्यामेरा हो। यसैलाई ध्यानमा राख्दै एस४ ले फोटोमा नयाँ सुविधाहरु दिएको छ। उदाहरणका लागि इरेजर मोडले धेरै वटा फोटो खिच्ने, त्यसपछि आफै ब्याकग्राउन्ड मोसन बुझेर हटाइदिने काम गर्छ। डुअलसटले एकै पटक अगाडि र पछाडिका क्यामेराले फोटो खिच्न सक्छ। ड्रामासटले फोटोको शृङ्खला खिची त्यसलाई एउटैमा ओभरल्याप गर्न मिल्छ। उदाहरणका लागि कुनै मान्छे उफ्रँदै गर्दाको विभिन्न चालका फोटो एउटै फोटोमा देख्न सकिनेछ। त्यसैगरी सिनेमा फोटो पनि रमाइलो छ। यसमा शृङ्खलावद्ध फोटो खिची फोटोको एउटा भागलाई चल्ने बनाउने र बाँकी जस्ताको तस्तै अडिने बनाउन मिल्छ। उदाहरणका लागि असनको भिडमा एक युवती हिँड्दै गरेको, बाँकी सब अडिरहेको गर्न मिल्छ।

छुनै पर्दैन
ग्यालेक्सी एस ४ मा एन्ड्रोइड ४.२.२ सफ्टवेयर राखिएको छ। गुगलको मोबाइल अपरेटिङ सिस्टमको यो सबैभन्दा पछिल्लो संस्करण हो। सन्देश र इमेल निश्चित भाषाबाट निश्चित भाषामा अनुवाद गर्ने सुविधा यसमा छ। अहिलेलाई नेपालीमा अनुवाद गर्ने सुविधा भने छैन।
त्यसैगरी यसमा एयर जेस्चर्सको नयाँ सुविधा थपिएको छ। फोनलाई नछोइकनै फोनमाथिबाट औँलाले दिएको इशारा फोनले बुझ्नेछ। मानौँ तपाईँ मोबाइलमा कुनै पेज हेरिरहनुभएको छ र त्यसलाई पल्टाउन चाहनुहुन्छ भने नछोइकनै इशाराकै भरमा गर्न सक्नुहुन्छ।
त्यस्तै स्मार्ट पज र स्मार्ट स्क्रोलको पनि सुविधा छ। मोबाइलमा कुनै भिडियो हेरिरहनुभएको छ र बीचमा तपाईँको आँखा मोबाइलमा नभई अर्कै ठाउँतिर भयो भने तपाईँले अर्कोतिर हेर्दा भिडियो रोकिनेछ र फेरि मोबाइलमा हेरेपछि सुचारु। अहिलेलाई यो सुविधा परीक्षणका रुपमा यसमा राखिएको छ।
तपाईँको स्वास्थ्य निगरानी
२४ सै घण्टा तपाईँको साथमा रहने मोबाइललाई स्वास्थ्य निगरानी उपकरणका रुपमा समेत उपयोग गर्न सकिन्छ कि भन्दै एस ४ ले महत्त्वाकांक्षी सुविधा थपेको छ। एस हेल्थ नाममा यसले विभिन्न थप उपकरणसमेतको सहयोगमा तपाईँको वरपरको वातावरण, तपाईँको एक्सरसाइज, तापक्रम आदि निगरानी गर्नेछ।
रिमोटका रुपमा मोबाइल
सामसुङको वाच अन एपसँग पेयर गरेपछि मोबाइललाई तपाईँ रिमोटका रुपमा समेत प्रयोग गर्न सक्नुहुनेछ। ग्रुप प्लेका रुपमा एउटा अर्को सुविधा पनि रमाइलो छ। ब्लुटुथ वा वायरलेस एक्सेस प्वाइन्टबिना नै एस ४ मोबाइलहरुमा एउटै गीत सुन्न सकिन्छ। त्यसैगरी ग्रुप गेम पनि खेल्न सकिन्छ।
१५५ देशमा यो मोबाइल आउँदो अप्रिल महिनादेखि बजारमा किन्न पाइनेछ।
भिडियो हेर्नुस्-
के छ नयाँ?
एस ४ मा पाँच इन्चको १०८० पिक्सेलको सुपर अमोलेड स्क्रिन छ। स्मार्टफोनमा यस्तो सुविधा दिने एस ४ पहिलो हो। पुरानो मोडलभन्दा यो अलि अग्लो भए पनि पातलो र हलुका छ। यसको बाहिरी संरचना प्लास्टिकबाट बनेको छ।
एक्जिनोस ५ वा क्वालकम स्न्यापड्रागन एस ४ प्रो प्रोसेसरसहितको यो स्मार्टफोनमा २ जीबीको र्यारम हुनेछ। १६,३२ वा ६४ जीबीको स्टोरेज मोडलमध्ये छान्न पाइनेछ। साथमा एस सिरिजका मोबाइलमा अघि नभएको माइक्रो एसडी कार्ड स्लट पनि यसमा हुनेछ।
फोटोमा नयाँ सुविधा
स्मार्टफोनमा धेरै प्रयोग हुने एउटा सुविधा क्यामेरा हो। यसैलाई ध्यानमा राख्दै एस४ ले फोटोमा नयाँ सुविधाहरु दिएको छ। उदाहरणका लागि इरेजर मोडले धेरै वटा फोटो खिच्ने, त्यसपछि आफै ब्याकग्राउन्ड मोसन बुझेर हटाइदिने काम गर्छ। डुअलसटले एकै पटक अगाडि र पछाडिका क्यामेराले फोटो खिच्न सक्छ। ड्रामासटले फोटोको शृङ्खला खिची त्यसलाई एउटैमा ओभरल्याप गर्न मिल्छ। उदाहरणका लागि कुनै मान्छे उफ्रँदै गर्दाको विभिन्न चालका फोटो एउटै फोटोमा देख्न सकिनेछ। त्यसैगरी सिनेमा फोटो पनि रमाइलो छ। यसमा शृङ्खलावद्ध फोटो खिची फोटोको एउटा भागलाई चल्ने बनाउने र बाँकी जस्ताको तस्तै अडिने बनाउन मिल्छ। उदाहरणका लागि असनको भिडमा एक युवती हिँड्दै गरेको, बाँकी सब अडिरहेको गर्न मिल्छ।
छुनै पर्दैन
ग्यालेक्सी एस ४ मा एन्ड्रोइड ४.२.२ सफ्टवेयर राखिएको छ। गुगलको मोबाइल अपरेटिङ सिस्टमको यो सबैभन्दा पछिल्लो संस्करण हो। सन्देश र इमेल निश्चित भाषाबाट निश्चित भाषामा अनुवाद गर्ने सुविधा यसमा छ। अहिलेलाई नेपालीमा अनुवाद गर्ने सुविधा भने छैन।
त्यसैगरी यसमा एयर जेस्चर्सको नयाँ सुविधा थपिएको छ। फोनलाई नछोइकनै फोनमाथिबाट औँलाले दिएको इशारा फोनले बुझ्नेछ। मानौँ तपाईँ मोबाइलमा कुनै पेज हेरिरहनुभएको छ र त्यसलाई पल्टाउन चाहनुहुन्छ भने नछोइकनै इशाराकै भरमा गर्न सक्नुहुन्छ।
त्यस्तै स्मार्ट पज र स्मार्ट स्क्रोलको पनि सुविधा छ। मोबाइलमा कुनै भिडियो हेरिरहनुभएको छ र बीचमा तपाईँको आँखा मोबाइलमा नभई अर्कै ठाउँतिर भयो भने तपाईँले अर्कोतिर हेर्दा भिडियो रोकिनेछ र फेरि मोबाइलमा हेरेपछि सुचारु। अहिलेलाई यो सुविधा परीक्षणका रुपमा यसमा राखिएको छ।
तपाईँको स्वास्थ्य निगरानी
२४ सै घण्टा तपाईँको साथमा रहने मोबाइललाई स्वास्थ्य निगरानी उपकरणका रुपमा समेत उपयोग गर्न सकिन्छ कि भन्दै एस ४ ले महत्त्वाकांक्षी सुविधा थपेको छ। एस हेल्थ नाममा यसले विभिन्न थप उपकरणसमेतको सहयोगमा तपाईँको वरपरको वातावरण, तपाईँको एक्सरसाइज, तापक्रम आदि निगरानी गर्नेछ।
रिमोटका रुपमा मोबाइल
सामसुङको वाच अन एपसँग पेयर गरेपछि मोबाइललाई तपाईँ रिमोटका रुपमा समेत प्रयोग गर्न सक्नुहुनेछ। ग्रुप प्लेका रुपमा एउटा अर्को सुविधा पनि रमाइलो छ। ब्लुटुथ वा वायरलेस एक्सेस प्वाइन्टबिना नै एस ४ मोबाइलहरुमा एउटै गीत सुन्न सकिन्छ। त्यसैगरी ग्रुप गेम पनि खेल्न सकिन्छ।
१५५ देशमा यो मोबाइल आउँदो अप्रिल महिनादेखि बजारमा किन्न पाइनेछ।
सूचना प्रबिधि क्षेत्रमा कहलिएको गुगलले
बोल्ने जुत्ता ल्याउने तयारी गरेको छ । बिशेष प्रकारको चस्माको
आबिस्कारसँगै गुगलले बोल्ने जुत्ता ल्याएर प्रबिधि क्षेत्रमा अर्को तरङ
ल्याइदिएको छ ।
गुगल वर्कशपले बनाएको यो ‘टकिङ शूज’ ले
तपाई कुन ठाउँमा हुनुहुन्छ, त्यसको लोकेसन पत्ता लगाउनुका साथै गन्तब्य
भेट्टाउन सकिनेछ । यो जुक्ताले तपाईसँग कुरा गर्नुका साथै तपाईको गतिविधिको
अपडेट गर्ने तथा सोझै फेसबुक र ट्वीटरमा पोष्ट गर्न पनि सघाउने छ ।
गुगलले अनस्युमिङ एडिडास जुत्तालाई एउटा
कम्प्युटर स्पीकरसँग कनेक्ट गरेको छ । यी जुत्तामा एक्सलरोमिटर, जाइरोस्कोप
र प्रेसर सेन्सर जडान छन् । यस्तोमा जो कोही पनि यी जुत्ता लगाएर हिँड्छ
भने जुत्ताले ‘भ्वाईस’ अपडेट दिन थालिहाल्छ । तपाई हिँडिरहेको तथा उभिएको
बारेमा पनि जानकारी गराउनेछ । तपाई हिँड्दा हिँड्दै एक्कासी रोकिनुभयो भने
जुत्ताले तपाईलाई सोध्नेछ ‘तपाई किन रोकिनु भएको ?’
कुनै खेल खेल्दा पनि यसले तपाईको
गतिविधिका बारेमा अनुसन्धान गरेर कुराकानी गर्नेछ । खेल्दैगर्दा पनि फेसबुक
तथा ट्वीटरमा स्टाटस अपडेट गर्न सक्नेछन् ।
गत साता टेक्सासको साउथ फेस्टिभलमा यो
जुत्ताको पहिलो झलक देखिएको थियो । नयाँ आबिस्कारलाई सार्वजनिक गरिएपनि
त्यसलाई आम उपभोक्ताका लागि उत्पादन गरिहाल्ने योजना भने गुगलको छैन ।
गुगलका अधिकारीहरुले जुत्ताको ब्यापारमा लाग्ने कम्पनीको कुनै योजना नभएको
केवल नयाँ आबिस्कारलाई मात्र प्रर्दशन गर्न खोजिएको बताएका छन ।- एजेन्सीको
सहयोगमा
भिडियो हेर्नुहोस्
जापानी वैज्ञानिकहरु मुसाको क्लोलिङ गरी
एउटा मुसाबाट झण्डै ६ सय वटा दुरुस्तै मुसाको उत्पादन गर्न सफल भएका छन् ।
२५ पटकको क्लोलिङ बाट ५ सय ८१ वटा रुप तथा वंशाणु सबै दुरुस्तै रहेका
फोटोकपी मुसा तयार गरिएको हो ।
विश्वमा क्लोलिङ प्रविधिमा प्राप्त यो
अहिलेसम्मकै ठूलो सफलता भएको भन्दै वैज्ञानिकहरुले यो प्रविधि मासु तथा
दुधका लागि उपयोग हुने जनावरमा पनि प्रयोग गर्दै विश्वको दूध तथा मासुको
माग पूर्ति गर्न सघाउ पुग्ने बताएका छन् । विश्वमा पहिलोपटक क्लोलिङ
प्रविधिबाट एक भेँडाको उत्पादन गरिएको थियो ।
डली नामको उक्त भेँडा १९९७ मा उत्पादन
भएको थियो । क्लोलिङ प्रविधिमा कुनै जनावरका सरीरका विशेष कोषहरुलाई
कृत्रिम वातावरणमा हुर्काएर पूर्ण तथा दुरुस्त जिवको विकाश गरिन्छ ।
८ वर्षअघि सुरु भएको जापानको यो मुसा
क्लोलिङको काममा वैज्ञानिकहरुले सोमाटिक सेल न्युक्लिएर ट्रान्सफर विधिको
प्रयोग गरी एउटै मुसाका कोषबाट झण्डै ६ सय दुरुस्त मुसाको विकाश गरेका हुन्
।
पृथ्वीको तापक्रम एघार हजार तिन सय वर्ष
यताकै सबैभन्दा उच्च रहेको तथ्य वैज्ञानिकहरुले सार्वजनिक गरेका छन् । साथै
वैज्ञानिकहरुले पृथ्वी तात्ने दर पनि निकै उच्च गतिमा बढिरहेको निष्कर्ष
निकालेका छन् ।
अध्ययनकर्ता टोलीका प्रमुख अमेरिकाको
ओरेगन विश्वविद्यालयका शन मारकोटका अनुसार पृथ्वीको दक्षिणी गोलार्ध भन्दा
उत्तरी गोलार्धमा तापक्रम वृद्धि बढि भएको छ । बढि जमिन तथा जनसंख्याका
कारण यस्तो भएको हो । वैज्ञानिकहरुले औद्योगिकरणसँगै हरितगृह ग्यास
उत्सर्जन बढिरहेको हुँदा पृथ्वीको तापमान बढिरहेको बताएका छन् । जलवायु
परिवर्तन तथा उष्णकिरणका कारण विभिन्न खालका प्राकृतिक विपत्तिहरुमा समेत
वृद्धि भएको बताइएको छ । पछिल्लो अध्ययन प्रतिवेदन चर्चित साइन्स जर्नलमा
छापिएको छ ।
अमेरिकी
अन्तरीक्ष संस्था नासाले सूर्यमा अकल्पनीय घटना घट्न लागिरहेको बताएको छ ।
यो वर्ष सन् २०१३ सौर्य विन्दुको ११ वर्षे चक्र अन्तरगतको उच्चतम
विन्दुयुक्त वर्ष अर्थात् सोलार म्याक्सिमम वर्ष रहेको भन्दै नासाले निकट भविष्यमै सूर्यमा नचिताएको भवितव्य हुनसक्ने चेतावनी दिएको छ ।
सूर्यमा देखिने विभिन्न धब्बाहरुको संख्या
सन् २०११ यता कम हुँदै गएको र सौर्यज्वाला उत्पन्न हुने क्रम पनि अनियमित
बन्दै गएको नासाले जनाएको छ । उच्चतम सौर्यविन्दुयुक्त वर्षमा समेत सूर्यको
आन्तरिक संरचनामा कममात्रै गतिविधि देखा परिरहेको भन्दै नासाले यस्तो बेला
सूर्यमा धेरै धब्बा देखिनुपर्नेमा कम मात्र देखिनु रहस्यमय भएको बतायो ।
यद्यपि कतिपय खगोलविद्हरुले भने सूर्यको
आन्तरिक गतिविधि तथा त्यसको बाहिरी सतहमा देखिने धब्बा अर्थात् विन्दुहरुको
संख्यात्मक अवस्था घटबढ भैरहने भन्दै यस्तो यसअघि पनि भएको बताउँछन् ।
यसअघि सन् १९८९ र २००१ मा पनि यस्तै सोलार म्याक्सिमम वर्ष थिए, जतिबेला
सौर्यधब्बाहरुमा घटबढ देखिएको थियो ।
सन् २०११ मा सौर्यधब्बाको संख्या बढ्नु र
त्यसपछि घट्दै जानु पनि त्यस्तै नियमित प्रक्रिया भएको कतिपय खगोलविद्हरुको
ठहर छ । त्यसैले यो वर्ष सन् २०१३ को मध्यतिरबाट सौर्य धब्बाहरु बढ्ने र
सन् २०१४ सम्म रहने अनुमान उनीहरुको छ ।
तर यस्ता अनुमानको कुनै ठोस आधार नभएकाले
सूर्यको गतिविधि तुलनात्मक रुपमा किन सुस्ताएको हो ? भन्ने कुराको एकिन
जवाफ प्राप्त हुन सकेन ।
कतिपयले निकै सक्रिय हुनुपर्ने बेला सूर्य
सुस्ताउनु वा शान्त रहनुलाई भविष्यमा कुनै ठूलै दुर्घटना वा भयानक
सौर्यज्वालाको संकेतको रुपमा लिएका छन् ।
इन्टरनेट जाएन्ट याहुकी प्रमुख कार्यकारी म्यारिसा माएरले साढे पाँच महिनामा बोनस वापत ११ लाख अमेरिकी डलर प्राप्त गरेकी छिन् ।
याहु कम्पनीमा मुख्य कार्यकारी बनेर
छिरेको साढे पाँच महिनामा उनले यतिधेरै बोनस प्राप्त गरेकी हुन् । यो बोनस
उनले पाउने वाषिर्क १० लाख डलर तलब तथा ५६ लाखको दीर्घकालीन शेयर
क्षतिपूर्ति बाहेकको रहेको बताइएको छ । गएको जुलाइमा म्यारिसा गुगलबाट याहुमा आएकी हुन् । ३७ वर्षीया माएरले एक वर्षमा अधिकतम २० लाख डलरसम्म बोनस पाउन सक्ने बताइएको छ ।
सोही आधारमा झण्डै आधा वर्षको बोनसका
रुपमा उनलाई ११ लाख प्रदान गरिएको हो । माएरको आगमनसँगै याहुको नाफा
बढिरहेको हुँदा उनलाई दिएको बोनसप्रति कम्पनीका सबै अधिकारी सन्तुष्ट रहेका
बताइएको छ । माएर सिइओ बने यता याहुको शेयर मुल्यमा ४६ प्रतिशतले बढोत्तरी भएको छ ।
केही महिनाअघि गर्भवती भएकी माएर केवल दुइ
हप्तामात्र सुत्केरी विदामा बसेर काममा फर्किएकी थिइन् । हालै माएरको एक
निर्देशनले याहुमा तहल्का नै मच्चाएको छ । उनले अब याहुका कर्मचारीले घरमा
बसेर काम गर्न नपाउने र अनिवार्य रुपमा अफिसमै आएर काम गर्नुपर्ने नियम
बनाएकी छिन् । आउँदो जुनसम्ममा सबै कर्मचारीलाई अनिवार्य रुपमा अफिसमा उपस्थित हुन उनले उर्दी जारी गरेकी छिन् ।
जापानमा
विश्वकै अहिलेसम्मको सबैभन्दा सानो आकारको मोबाइल फोन निर्माण गरिएको छ ।
जापानी मोबाइल फोन निर्माता इबिटोले ले डब्लु एक्स जिरो सिक्स ए नामको उक्त
मोबाइल निर्माण गरेको हो ।
खेलौना जस्तो देखिने यो मोबाइलको लम्बाइ
७० मिलिमिटर, चौडाइ ३२ तथा मोटाइ १०.७ मिलिमिटर रहेको छ । यो मोबाइल फोनको
तौल ३२ ग्राम मात्र छ । यसको एक इन्चको ओएलइडी स्त्रिmन रहेको छ भने
एन्टिना पनि रहेको छ ।
यसको तौल अहिले चल्तीको एप्पलको आइफोन
भन्दा एक चौथाइ कम रहेको बताइएको छ । यो विश्वकै सानो मोबाइल फोन आउँदो
डिसेम्बरदेखि बजारमा ल्याउने लक्ष्य कम्पनीको छ । अहिले यो मोबाइल फोनको
मूल्य तोकिएको छैन ।
यो मोबाइलको आकार निकै सानो भएकाले यसमा
क्यामरा भने छैन । यो फोनले जापानी दूरसंचार प्रविधिमा मात्र काम गर्ने
भएकाले विश्वका अरु देशका उपभोक्ताको लागि भने काम नलाग्ने बताइएको छ ।
जुन
रफ्तारले प्रविधिको विकास भइरहेको छ, त्यसले मानिसको रहनसहनमा पनि परिर्वतन
ल्याएको छ । कम्प्युटर क्षेत्रको नामी कम्पनी माइक्रोसफ्टले ‘स्पेस अफ दि
फ्युचर’ नामको नयाँ मोडल ल्याएको छ । जसमा अबको ५ वा १० वर्षपछिको हाइटेक
जीन्दगी कस्तो हुन्छ भन्ने प्रष्ट देखिन्छ ।
बाशिङ्ग्टनस्थित माइक्रोसफ्टको मुख्यालयमा
भविश्यको यो घर बनाइएको छ । यसमा अध्याधुनिक प्रविधिमा आफ्नो अनुहार हेर्न
सकिन्छ भने एक इसाराको भरमा खाना पकाउने जस्ता दैनिक घरेलु काम गर्न
सकिन्छ ।
भविश्यमा यस्तो सामाग्रीमा थुप्रै
प्रकारको कमाण्ड निहिन हुनेछ । जसमा तपाईलाई यस सामाग्रीको पछिल्लो अवस्था
देखाइनेछ भने केही कमाण्ड उक्त सामाग्रीलाई सर्चको माध्यमबाट अपडेठ पनि
गराउँछ ।
किचनको मज्जा
यदि भोक लागेको छ भने घरको किचनले आफैं
तपाईलाई मन पर्ने खाना बनाउन भरपूर प्रयास गर्छ । मान्नुस् तपाई एक भेडे
खुर्सानी -क्याप्सीगम) लिएर स्क्यानरका अगाडी उभिनुहुन्छ,त् यसले
कोप्सीक्यामबाट बन्ने सबै परिकार र त्यसको तस्वीर स्त्रिmनमा देखाउँछ ।
मन पर्ने खाना बनाएपछि जब तपाई कुकिङ
टेवलतर्फ जानु हुनेछ, त्यस डिशमा प्रयोग भएको सामाग्रीको तस्वीर देखिन्छ,
ताकि केही नछुटोस् । साथै बनाउने विधि पनि बताइनेछ । जब तपाई चुलातिर
जानुहुन्छ, त्यसको तामक्रम डिशका अनुसार तय हुन्छ ।
माइक्रोसफ्टले यसलाई आगामी दशकको हाइटेक
जीवनको झलकका रुपमा पेश गरेको छ । बिल गेट्सले माइक्रोसफ्टको प्रत्यक्ष
नेतृत्व त्यागेपछि अहिले स्टीभ वालमरले यो कम्पनी हाँकिरहेका छन् । हालै
उनलाई सोधियो- नयाँ कार्यकारीको नेतृत्वप्रति खुसी हुनुहुन्छ ? उनले भने-
उनको नेतृत्वमा पछिल्ला बर्षहरुमा धेरै नयाँ चिज भइरहेको छ ।’
सायद यही नयाँ चीजको खोजीको एउटा परिणाम
होला-भबिष्यको हाइटेक घरको कन्सेप्ट ।’ यसले माइक्रोसफ्टको शाख उठाउन पनि
मद्दत गर्ने बीबीसीले अनुमान गरेको छ ।
पृथ्वीको
विस्तृत स्याटेलाइट नक्सा उपलब्ध गराउने साइट गुगल अर्थमा भुत देखा परेको छ
। बेलायतको दक्षिण ग्लुसेस्टरसाएरस्थित चार्टलन गाउँको फिल्टोन विमानस्थल क्षेत्रको गुगल नक्सामा भुत देखा परेको हो ।
ब्रिस्टोल निवासी फिओना पावेलले भुताहा गाउँ भनिने उक्त क्षेत्रलाई गुगल
अर्थमा हेर्दा अँध्यारो भुत आकृति देखा परेको हो । गाउँलाई डोजर लगाएर
विमानस्थल विस्तारको काम भएको उक्त क्षेत्रमा एक जना कालो मान्छे जस्तो भुत
तस्वीरमा देखिएको छ ।
अहिले विमानस्थल रहेको त्यो क्षेत्र पहिले
भुत पाइने गाउँ रहेको कुरा आफुले पढेपछि त्यसबारेमा जान्न आफुलाई रुची
लागेको र आफुले गुगल अर्थमा त्यो क्षेत्रका बारेमा खोज्दा भुत देखा परेको
उनले बताइन् । यद्यपि त्यो साँच्चीकै भुत भए नभएको वा त्यो कुनै वस्तुको
छाया रहेको भन्ने कुराको भने एकिन हुन सकेको छैन ।
