आफुलाई मन पर्ने जागिर खानका लागि हरेक ५ जनामा एक जना रुसी युवायुवती
हाकिम वा रोजगारदातासँग सेक्स गर्न तयार हुने एक अध्ययनले देखाएको छ ।

रोजगारदाता एक कम्पनीको वेबसाइट रोबोटा डट मेल डट आरयू जब एगि्रगेटरको सर्वेक्षणले जागिरका लागि वैँश बेच्न रुसी तन्नेरी तरुनीहरु तछाडमछाड गर्ने गरेको देखाएको हो ।
आफुलाई मन पर्ने जागिर दिने रोजगारदाता आफुलाई मन पर्यो भने सेक्सका लागि आफुलाई कुनै अप्ठेरो नपर्ने १५ प्रतिशत युवायुवतीको भनाइ छ भने ५ प्रतिशतले आफुलाई राम्रो जागिर दिने जस्तोसुकै अन्नदातासँग सेक्स गर्नका लागि आफु तयार हुने बताए । ६५ प्रतिशतले भने जागिरका लागि सेक्स गर्न आफु तयार नहुने जवाफ दिए ।
सर्वेक्षणका अनुसार २९ प्रतिशत पुरुष ओछ्यानको बाटो हुँदै मनपर्ने जागिर खान चाहन्छन् । यसरी ओछ्यान तताएर जागिर खान चाहने महिलाको संख्या भने ९ प्रतिशत मात्र छ ।
स्मरण रहोस यो सर्वेक्षणमा ३३६० जना रुसी कर्मचारीलाई सामेल गरिएको थियो । जसमध्ये अधिकांस सरकारी कर्मचारी सामेल थिए ।
सेक्सलाई माध्यम बनाएर जागिर खान चाहनेमा इन्जिनियरिङ क्षेत्रका ९ प्रतिशत तथा म्यानेजिङ क्षेत्रका ४ प्रतिशत मानिस छन् । तर इलेक्टि्रसियन, क्लर्क तथा निजि सुरक्षा गार्ड हरु भने यसरी ओछ्यान तताएर जागिर खान मन नपराउने वर्गमा पर्छन् ।

टेलिभिजन कलाकर्मी मञ्चले काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै विभिन्न
कलाकार तथा टेलिभिजनकर्मीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ ।
नेपाल सरकारका मुख्य सचिव लिलामणी पौडेल प्रमुख अतिथी रहेको कार्यक्रममा
टेलिभिजन क्षेत्रका चर्चित कलाकारहरुको सहभागिता थियो ।
कार्यक्रममा
पत्रकार पुष्करलाल श्रेष्ठ, छायांकार जयसिंह शाह, वरिष्ठ संचारकर्मी
दुर्गानाथ शर्मा, अभिनेता कृष्ण मल्ल, अभिनेत्री मिथिला शर्मालाई सम्मान
गरिएको थियो । यस्तै कलाकर्मी मञ्चले विभिन्न टेलिजिभनबाट प्रशारण हुँदै
आएका हाँस्य सिरियललाई पनि पुरस्कार प्रदान गरेको थियो । इमेज टेलिभिजनबाट
प्रशारण हुँदै आएको समयबजी, कान्तिपुर टेलिभिजनबाट प्रशारण हुँदै आएको
हर्के हबल्दार, नेपाल टेलिजिभनको तितो सत्य, जिरे खुर्सानी र मेरी
बाँस्सैलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो ।
साउनदेखि रामवरणले शीतलनिवास छाड्ने
४ चैत, काठमाण्डौ । राष्ट्रपति डा. रामवरण
यादवसँग आफ्नै मातृपार्टी नेपाली कांग्रेसको समेत सम्बन्ध
चिसिएपछि उहाँले
एक्लो महसुस गर्न थाल्नुभएको छ । पछिल्लो समय राष्ट्रपतिका
सल्लाहकारहरुसमेत उहाँले खेलेको भूमिकाप्रति असन्तुष्ट बनेका छन् । आगामी
असारमा संविधानसभाको चुनाव सफल भए साउनदेखि उहाँलाई हटाई नयाँ राष्ट्रपति
नियुक्त गर्ने दलहरुले भित्री योजना बनाएका छन् ।
राष्ट्रपति असंवैधानिक !
व्यवस्थापिका संसदले चुनेका प्रधानमन्त्री
संसद विघटन भएपछि स्वतः कामचलाउ भएको अवस्थामा सोही व्यवस्थापिका संसदबाट
चुनिएका राष्ट्रपति पनि अबैधानिक हुने तर्क एमाओवादी नेताहरुले गर्न थालेका
छन् । यही कारण गत जेठमै एकपटक एमाओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपतिको
चुनाव गर्नुपर्ने बताउनुभएको थियो । तर, राष्ट्रपतिलाई फकाएर काम लिनुपर्ने
भएकाले माओवादी नेताहरुले राष्ट्रपतिसँग निहुँ नखोजेको स्रोत बताउँछ ।
‘पुरानो संसद्ले चुनेको राष्ट्रपति नयाँ
संसद् आएपछि पनि बैधानिक रहिरहन सक्दैन । त्यसैले नयाँ संविधानसभाको चुनाव
सकिनासाथ राष्ट्रपतिले नैतिकताका आधारमा राजीनामा नदिए संसद्ले हटाउँछ ।’-
एक एमाओवादीनेताले अनलाइनखबरसँग भने । उनका अनुसार संविधानसभाले संविधान
नबनाएसम्म राष्ट्रपति पदमा रहने अन्तरिम संविधानमा व्यवस्था गरिएकोमा
उहाँलाई चुन्ने संविधानसभा नै विघटन भएकाले राष्ट्रपति असंवैधानिक र
कामचलाऊ भैसक्नुभएको छ ।
स्रोतका अनुसार खिलराज रेग्मीको नेतृत्वमा
चुनावी सरकार बनाउने प्रक्रियामा राष्ट्रपति आफ्नो कार्यकालसमेत ५ वर्ष
थप्ने गरी बाधा अड्काऊ फुकाउने प्रयास गर्नुभएको थियो । तर, २५ बुँदे बाधा
अड्काऊ फुकाउने आदेशमा राष्ट्रपतिको कार्यकाल थप्ने कुनै प्रावधान राखिएन,
जसले गर्दा उहाँको कार्यकाल व्यवहारिकरुपमा चुनावलगत्तै समाप्त हुने
स्रोतले बतायो । ‘गत जेठमै उहाँ संविधानतः कामचलाऊ भैसक्नुभएको हो, तर
व्यवहारिक हिसाबले नयाँ चुनाव सम्पन्न भएपछि उहाँलाई संसद्ले बिदाइ गर्छ ।
कांग्रेसले पनि साथ नदिने
समस्या परेका बेला राष्ट्रपतिले नेपाली
कांग्रेसका नेताहरुलाई साथ नदिएकाले अब उहाँलाई कांग्रेस नेताले समेत साथ
नदिने स्रोतले बतायो । विशेष गरी कांग्रेस सभापति सुशील कोइरालालाई
प्रधानमन्त्रीको उमेद्वार बनाएर ‘पेन्डुलम’ बनाउनमा राष्ट्रपतिले पनि ठूलो
भूमिका खेलेको बुझाइ कांग्रेस नेताहरुको छ । कांग्रेस स्रोत भन्छ- ‘सुशील
कोइरालाले राष्ट्रपतिसँग चित्त दुखाउनुभएको छ । बहुमतीय आधारमा आफूलाई
प्रधानमन्त्री बनाउन कोइरालाले गरेको आग्रह राष्ट्रपतिले नमानेपछि उहाँको
चित्त दुखेको हो । ‘
उता राष्ट्रपतिले आफ्नो छोरालाई
कांग्रेसको केन्द्रीय सदस्य बनाउन दबाव दिएको, प्रसुतीगृहमा बुहारीलाई
नियुक्ति दिलाउन भनसुन गरेको जस्ता गुनासा पनि कांग्रेस नेताहरुले गरेका
छन् । ‘आफ्नै जोडले कांग्रेसको महामन्त्री बनाएको मान्छेले अहिले मलाई नै
धोका दियो ।’- सुशीलको गुनासो उधृत गर्दै स्रोतले भन्यो ।
कांग्रेस स्रोतका अनुसार यादवले ऐन मौकामा
नेवपाली कांग्रेसलाई ठूलो धोका दिएको हुनाले संविधानसभाको चुनावपछि
कांग्रेसले पनि उनलाई बचाउने र काखी च्याप्ने अवस्था छैन । कांग्रेस जस्तै
नेकपा एमाले पनि राष्ट्रपतिसँग सन्तुष्ट छैन ।
सल्लाहकारसमेत असन्तुष्ट
राष्ट्रपति रामवरण यादवसँग शतिलनिवासमा
रहेका आफ्नै सहयोगी र सल्लाहकारहरुको टिमसमेत असन्तुष्ट बनेको छ ।
राष्ट्रपति यादवका राजनीतिक सल्लाहकार हरि शर्माले त तीनदिन अघि पदबाट
राजीनामा नै ठोकिसकेको स्रोत बताउँछ । शर्माले आफू अझैसम्म काम गरिरहेको
बताउनुभएको छ । तर, शर्माले आफ्नो फेसबुक स्टाटसमा लोकतन्त्र प्राप्तिका
लागि लड्नुभन्दा यसलाई संस्थागत गर्न कठिन भएको प्रतिक्रिया दिनुभएको छ ।
विशेषगरी खिलराज रेग्मीलाई
मन्त्रिपरिषद्को अध्यक्ष बनाउने राष्ट्रपतिको पहलकदमीप्रति शर्मा
असन्तुष्टरहेको स्रोतले जानकारी दिएको छ । ‘समस्या समाधानका लागि यो सही
बिकल्प हैन भन्ने शर्माको मत छ, राजनीतिक दलहरुबाटै समाधान खोज्नुपर्नेमा
निर्दलीय सरकार बनाउन राष्ट्रपतिले अग्रसरता लिएको र अदालतलाई प्रभाव
पार्ने कार्यमा राष्ट्रपतिसमेत मतियार बनेको गुनासो शर्माको छ ।
बरु बाबुराम भट्टराई नेतृत्वकै सरकारलाई
राष्ट्रिय स्वरुप दिनुपर्छ भन्ने पक्षमा शर्मा लागेको र राष्ट्रपतिको
प्रस्तावमा बिमति जनाएको शीतल निवास स्रोतले जानकारी दियो । राजनीतिकरुपमै
फरक धारणा फरक भएपछि पदमा बसिरहनु उचित नदेखेपछि शर्माले राजीनामा दिने
मानसिकता बनाएको बुझिएको छ ।
शर्मा तत्कालीन प्रधानमन्त्री
गिरिजाप्रसाद कोइरालाका निजी सचिवका रुपमा लामो समय काम गर्नुभएको थियो ।
यादव राष्ट्रपति निर्वाचित भएपछि कोइरालाकै सिफारिसमा उहाँ राजनीतिक
सल्लाहकार नियुक्त हुनुभएको हो । अलोकतान्त्रिक एवं अराजनीतिक प्रकृतिको
बिदेशी प्रस्तावलाई आफ्नो बनाएर पेश गरेको भन्दै राष्ट्रपतिका अन्य
सल्लाहकार पनि असन्तुष्ट बनेको स्रोतको दावी छ । एमाओवादीले अघि सारेको
लोकतन्त्रविरोधी प्रस्तावमा राष्ट्रपतिले सहमति जनाएपछि उहाँका प्रेस
सल्लाहकार र कानूनी सल्लाहकारसमेत सन्तुष्ट हुनुहुन्न ।
आफ्नो कदममा आफ्नो मातृपार्टी, विपक्षी
दलहरु र नेपाल बारका पदाधिकारी एवं लोकतान्त्रिक पृष्ठभूमिका नागरिक
अगुवाहरुसमेत असहमत भएपछि राष्ट्रपति यादव यतिबेला प्वाँखविनाको चरोजस्तै
कमजोर बन्नुभएको स्रोतको विश्लेषण छ ।
(बीबीसी), गाजा । महुन्नद जिबेन जन्मिएको
केही सेकेण्ड मात्र भएको छ, तर एक शिशुका रुपमा उनको आवाज बुलन्द छ ।
त्यसबीचमा एक झड्कामा उनको नाल काटियो र अस्पतालको कोठामा सुशियालीको माहोल
बन्यो ।
जिबेनको जन्म पछिल्लो अगष्टमा नब्लूस
अल-अरेयिबा अस्पतालमा भएको हो । जन्मको केही घण्टापछि आफ्नो आमा दल्लालको
हातमा पुगेपछि जिबेनको अवस्था स्थिर भयो । तर, उनको बाबुको कुनै पत्तो छैन ।
जिबेनका बाबु अम्मर जिबेन हुन् र सन् १९९७
मा जेरुसेलममा भएको बम विस्फोटको आरोपमा इजरायली जेलमा ३२ वर्षे सजाय
भोगिरहेका छन् । दल्लाल भन्छिन्, जेलबाट श्रीमानको शुक्रकिट चोरर ल्याएकै
कारण गर्भवति हुन पाएँ ।
शुक्रकिट चोर्ने बाध्यता
बीबीसीसँगको कुराकानीमा उनले
भनिन्-’मुहन्नद ईश्वरको उपहार हो । तर, यो सत्य हो कि मेरो श्रीमान जबसम्म
मसँग हुँदैनन, तवसम्म खुशी अधुरो नै रहनेछ ।
गांजा पट्टीमा रहेको दुई गर्भाधान
केन्द्रका अनुसार अहिलेसम्म १० भन्दा बढी प्यालेस्टाइनी महिलाले तस्करीको
माध्यमबाट आएको जेलमा रहेका श्रीमान्को शुक्रकिटले गर्भवती भएका छन् । डा.
सालेम अबु भन्छन्-’सत्य भन्नुपर्दा मानिसहरु कसरी यस्तो तस्करी गर्छन थाहा
छैन र जान्न पनि चाहँन्न । म यो सबै मानवताका नाताले गरिरहेको छु ।
कैदीहरुमाथि सबैको नजर रहन्छ र यी महिलाहरुको दुःखबारे कसैले सोच्दैनन् ।’
डाक्टरहरुका अनुसार महिलाहरु प्लास्टिक र
शिशाको बोतलदेखि काँचको कपमा आफ्नो पतिको वीर्य लिएर जाने गर्छन् । डाक्टर
अबुका अनुसार आईवीएफ प्रविधिको माध्यमबाट गर्भाधानका लागि वीर्य २८
घण्टासम्म सुरक्षित राख्न सकिन्छ । त्यसपछि जमाएर सुरक्षित राख्न सकिन्छ ।
थुप्रै पटक यस्तो पनि हुन्छ कि वीर्य
डाक्टरको क्लीनिकमा पुग्नु अगावै विगि्रसकेको हुन्छ र महिलाहरु फेरि वीर्य
ल्याउन कोशिश गर्नु पर्ने हुन्छ । आमरुपमा यसअघि नै दुई वा सो भन्दा बढी
बच्चा भएका महिलाहरुलाई क्लीनिकमा प्राथमिकता दिइदैन । उसो त आईवीएफभन्दा
पहिले महिलाले केही यस्तो प्रमाण जुटाउनुपर्छ, जसले उक्त वीर्य उनकै
श्रीमानको हो भन्ने पुष्टी गरोस् ।
पेट बढ्दै जाँदा श्रीमान निकै बर्षदेखि
जेलमा रहेपनि श्रीमती कसरी गर्भवती भइ भनेर छिमेकीहरु झस्किन सक्छन ।
त्यसैले डाक्टरहरु नै बीर्य चोरेर गर्भवती हुन लागेको खवर सुरुमै
आफन्तहरुलाई जानकारी गराउन सिकाइरहेका हुन्छन ।
३ चैत, काठमाडौं । स्मार्टफोनको नम्बर एक
ब्राण्ड बन्न सफल सामसुङले ग्यालेक्सी ग्राण्ड डूअस मोडलको नयाँ स्मार्ट
फोन नेपाली बजारमा बिक्रि सुरु गरेको छ ।
सामसुङको नेपालका लागि आधिकारिक विक्रेता
इन्टरनेशनल मार्केटिङ सर्भिसेज प्रालि (आईएमएस) ले शनिबार राजधानीमा विशेष
समारोहका बीच उक्त मोबाइलको सार्वजनिक गर्दै विक्री सुरु गरेको हो ।
मोबाइलको नेपाल उद्योग वाणिज्य महासंघका
अध्यक्ष सुरज वैद्य, आईएमएसका कार्यकारी प्रमुख दीपक मलहोत्रा, निर्देशक
दिकेश मलहोत्रा र कार्यकारी अधिकृत विशाल आचार्यले संयुक्त रुपमा सार्वजनिक
गर्नुभएको थियो ।
के छन सुबिधा ?
पाँच इञ्चको टच स्क्रीन भएको उक्त
मोबाइलमा दुईवटा सीम लाग्छन । थ्री जी सुबिधा रहेको यो मोडलमा अगाडि २ मेगा
पिक्सल र पछाडि ८ मेगा पिक्सलको क्यामेरा जोडिएको छ जसबाट एचडी भिडियोसमेत
रेकर्ड गर्न सकिन्छ । मल्टी विण्डो भएका कारण मोबाइलको स्क्रीन नै नबदली
एकै पटक दुईवटा काम गर्न सकिन्छ ।
नेपाली बजारमा ३७ हजार ५ सय रुपैयाँमा यो
मोबाइल पाइने आईएमएसले जवनाएको छ । सामसुङ कम्पनीले ट्याबलेट र स्मार्ट
फोनको फ्युजनको रुपमा ग्रान्ड डु एस बजारमा ल्याएको आईएमएसका निर्देशक
दिकेश मलहोत्राले बताउनुभयो । एकमुष्ट पैसा तिरेर किन्न नसक्ने
ग्राहकहरुलाई कम्पनीले विभिन्न बैंकहरुमार्फत शुन्य व्याजदरमा १२ महिने
किस्ताबन्दी सेवा पनि उपलब्ध गराएको छ ।
ग्यालेक्सी
एस थ्री र नोट टुमा उपलब्ध गराएको बीमाको सुविधा यो मोडलमा पनि उपलब्ध छ ।
त्यसका अतिरिक्त एक वर्षको बिमा कम्पनीकै तर्फबाट निःशुल्क गरिदिने छ । यो
मोबाइलको किन्दा ग्राहकले प्रति महिना एन सेलको ५०० एमबी डाटा ३ महिनासम्म
प्रयोग गर्न पाउनेछन् ।
४ चैत, अबुधाबी । वैदेशिक रोजगारीको सिलसिलामा
दुबई पुगेका नेपालीहरुसमुद्रमा हाम्फालेर आत्महत्या गर्ने क्रम बढेको छ ।
तीन वर्षयता दुबईमा आत्महत्या र दुर्घटनामा परी ज्यान गुमाउने नेपालीहरुको
संख्या २ सय २५ पुगेको छ । यो अवधिमा २९ नेपालीले आत्महत्या गरेका छन् ।
राम्रो कमाइ गर्ने र परिवारमा सुख सम्वृद्धि ल्याउने उद्देश्यले
दुबई आएका नेपालीहरुले सोचेअनुरुप कमाउन नसकेपछि निराश भई आत्महत्या गर्ने
क्रम कहालीलाग्दो बनेको दुतावासका कर्मचारीहरु बताउँछन् ।गएको ३ बर्षमा
यता २९ नेपालीले आत्महत्या गरेको तथ्य बाहिर आएको छ । यहाँस्थित नेपाली
दुतावासले सन् २०१० यता २ सय २५ जनाले ज्यान गुमाएको बताएको छ । यसमध्ये
झण्डै दुर्यदर्जनले विरक्तिएर समुद्रमा हामफालेर आत्महत्या गरेका छन् भने
केहीले झुण्डिएर त केहीले आफैलाइ छुरा प्रहार गरेर आत्महत्या गरेको जनाइएको
छ ।
आत्महत्या गर्नेमध्ये सबैजसोले परदेश आएपछि समस्या समाधान हुनुको सट्टा झन बढ्दै गएपछि आत्महत्या गर्ने गरेको दुतावासका प्रथम सचिव लोकबहादुर क्षेत्री बताउनुहुन्छ ।मृत्यु भएकाहरुको शव नेपाल पठाउने कार्यमा विगत ४ बर्षदेखि खटिरहनुभएका क्षेत्रीका अनुसार आत्महत्याको कारण आर्थिक विाष्यसँगै बढी जोडिने गरेको छ । नेपालमा मेनपावरले भनेबमोजिम विदेशमा तलब नपाएको, सोचेअनुरुप काम नभएको र नेपालमा रहेका आफन्त एवं श्रीमतीले धोका दिएकै कारण अधिकांशले आत्महत्या गर्ने गरेको उहाँ बताउनुहुन्छ ।
दुतावासको तथ्याड्क अनुसार सन् २०१० मा मात्रै १२ जनाले आत्महत्या गरेका छन् । सन् २०१० मा दुबईमा ८८ जना नेपालीले ज्यान गुमाएका थिए । यसैगरी सन् २०११ मा ११ जना र २०१२ मा ५ जना नेपालीले आत्महत्या गरेका छन् ।हजारौ खर्च गरेर र साहुसँग ऋण गरेर विदेश आएकाहरुले कमाइको सट्टा ऋणको ब्याज नै तिर्न मुस्किल परेपछि आत्महत्या गर्ने गरेको राजदुत धनञ्जय झाले बताउनृभयो । राजदूत झाकाअनुसार दुबईमा आत्महत्या गर्ने विदेशीहरु मध्ये नेपाली तेस्रोमा पर्छन् । दुबईमा भारतीय, फिलीपीनी, पाकिस्तानी र बंगलादेशी कामदार धेरै भए पनि र एउटै प्रकृतिको काम गरिरहेको भए पनि नेपालीहरु नै आत्महत्या गर्न बढी उक्सिने गरेको उहाँ बताउनुहुन्छ ।

फेसबुकका संस्थापक तथा प्रमुख कार्यकारी मार्क जुकरवर्गले विश्वको सर्वोत्कृष्ट हाकिमको उपाधि पाएका छन् ।
इन्टरनेट साइट ग्लासडोरले गरेको सर्भेक्षणले जुकरवर्ग विश्वका उत्कृष्ट प्रमुख कार्यकारी मध्ये एक नम्बरमा आउन सफल भएका हुन् ।
सम्बन्धित कम्पनीकै कर्मचारीसँगको
सोधपुछका आधारमा गरिएको सर्भेक्षणका क्रममा फेसबुकका ९९ प्रतिशत कर्मचारीले
जुकरवर्गको प्रसंसा गरेको पाइयो ।
विश्वका उत्कृष्ट हाकिमको दोश्रो स्थानमा
भने जर्मन सफ्टवेयर कम्पनी सापका उपप्रमुख बिल म्याक डेर्मोट रहेका छन् ।
तेश्रो स्थानमा सापकै जिम हेगम्यान रहेका छन् ।
इन्टरनेट जाएन्ट गुगलका प्रमुख ल्यारी पेज भने ११ औँ स्थानमा छन् । गुगलका ९५ प्रतिशत कर्मचारीले मात्र पेजलाई मन पराएका छन् ।
त्यस्तै अमेजन डट कमका प्रमुख जेफ बेजोस सोह्रौँ र एप्पलका प्रमुख टिम कुक १८ औँ स्थानमा छन् ।
फेसबुकका संस्थापक जुकरवर्गप्रति कम्पनीका
युवा कर्मचारी नतमस्तक रहेको पाइएको छ । खासगरी जुकरवर्गको ‘छिटो अघि बढ,
नडराउ’ भन्ने नाराकै कारण फेसबुकले ठूलो प्रगति गर्न सकेको धारणा उनीहरुको छ
।
चलचित्रको प्रचारप्रसारमा कलाकारहरुले साथ
नदिएको गुनासो बारम्बार उठ्ने गर्दछ । सिनेमा खेलेपछि आफ्नो दायित्व नै
सकिएको ठान्ने नेपाली कलाकारहरुकै कारणले प्रचारप्रसारको समयमा
निर्माणपक्षले हैरानी व्यहोरेको छ ।
चलचित्र
‘रक्षा’ मा बेड सिन दिएर चर्चामा आएकी नायिका पुजना स्त्रि शनिबार आयोजना
गरिएको पत्रकार सम्मेलनमा नै उपस्थित भइनन् । निर्माणपक्षले नायिका पुजना
स्त्रि, नायक राजेश हमाललाई कार्यक्रममा निमन्त्रणा गरेको बताएपनि उनीहरु
उपस्थित भएनन् ।
चैत्र ९ गतेबाट प्रदर्शनमा आउन लागेको
सिनेमाको बारेमा जानकारी दिन निर्माणपक्षले पत्रकार सम्मेलनको आयोजना गरेको
थियो । कार्यक्रममा बौल्दै निर्माता पबन बस्नेतले बजारमा चर्चा भएअनुसार
सिनेमामा सेक्स बिषय समावेश नभएको बताए । यस्तै संगीतकार अर्जुन पोखरेलले
सिनेमाका गीतसंगीतले बजारमा राम्रो चर्चा पाएकोमा खुशी व्यक्त गरे ।
कार्यक्रममा
नायक सुशान्त कार्की, नव कलाकार सारिका घिमिरे, गायिका दुर्गा खरेल,
निर्देशक राजु गिरी, छायांकार रामेश्वर कार्की सहभागी थिए । चलचित्रमा २ सय
भन्दा बढी प्रहरीले पनि काम गरेको निर्माणपक्षको भनाई छ ।
परिवर्तित मौसमसंगै हाम्रो छालाको पनि हेरचाह त्यही अनुरुप गर्नुपर्छ ।
यदी छालाको स्याहारसुसार सही रुपमा गरिएन भने छालामा रोग तथा समस्याहरु
उत्पन्न हुन सक्छ । अहिले भित्रिएको यो गर्मी मौसममा पनि छालाको विशेष
हेरचाह गर्नुपर्छ । होइन भने टैनिंग, घामले पोल्नु, डंडिफोर, रैशेज र
पसिनाको दुर्गन्ध जस्ता समस्याले सताउँन सक्छ । त्यसैले यी समस्याहरुबाट
छुट्कारा पाउनका लागि यी पाचँ उपायहरु अपनाउनु पर्ने हुन्छः
- गर्मीका कारण छालामा एलर्जी र रैशेज जस्ता समस्याहरु आउन सक्छ त्यसैले ध्युकुमारीको जेल पनि लगाउन सकिन्छ, या नुहाउने पानीमा थोरै बेकिंग सोडा मिलाएर नुहाएमा पनि गर्मिका कारण हुने एलर्जीबाट छुट्कारा पाउन सकिन्छ ।
- डंडिफोरबाट बच्नका लागि एक चम्चा कागतीको रसमा बदामको तेल मिसाएर अनुहारमा लगाउन सकिन्छ, या पुदीनाको रसलाई अनुहारलाई लगाएर आधा घण्टापछि धुने गरेमा पनि डंडिफोरबाट छुट्कारा पाउन सकिन्छ भने गर्मीबाट पनि आराम मिल्नेछ ।
- यदी घामबाट छालालाई असर परेको छ भने भिजाएको एक कपडा या बर्फबाट छालालाई सेक्न सकिन्छ, आलुलाई मिक्सरमा पिसेर यसको रसलाई घामले पालेको ठाउँमा लगाउनाले पनि आराम मिल्नेछ ।
- गर्मिमा पसिनाको दुर्गन्धबाट बच्नका लागि सकेसम्म धेरै मात्रामा पानी पिउने, नुहाउने पानीमा एक चम्चा व्हाइट वेनेगर मिसाएर नुहाउने या नुहाउने पानीमा गुलाबजल हालेर नुहाउदा पनि पसिनाको दुर्गन्धबाट बच्न सकिन्छ ।
- घामबाट छाला टैन हुने गर्छ त्यसैले कागतीको रस, गुलाबजलको रस मिलाएर छालामा लगाउदा पनि हुन्छ ।
मियामी, चैत्र २, शरीरका पांच वटा अंगहरू प्रत्यारोपण गरेपश्चात पनि अमेरिकामा एक महिलाले बच्चा लाइ जन्म दिएकी छन् ।
डाक्टरहरूका अनुसार यो संसारकै एक फरक प्रकारको मामला हो, जब कुनै महिलाको शरीरका बिभिन्न अंगहरू प्रत्यरोयण पछि पनि आमा बन्न सफल भएकी छन् ।
कतरमा बस्ने फातिमा अली अन्सारी नामकी यी महिलाको ठुलो आन्द्रामा रगत जमेपछि अमेरिकाको ज्याक्सन मेमोरियल अस्पतालमा सन २००७ मा गरिएको थियो । यस आप्रेशनमा उनका शरीरमा लिवर, पाचन ग्रन्थि बाहेक सानो तथा ठुलो आन्द्राको पनि प्रत्यारोपण गरिएको थियो ।
पांच वर्ष पछि उनले एक छोरीलाइ जन्म दिएकी छन् । यद्दपी फातिमाको गर्भावस्थाका क्रममा उनले निकै कष्ट सहनु परेको थियो । डक्टरहरूले उनी अझै पनि अन्य बच्चाहरूलाइ जन्म दिन सक्षम रहेको बताएका छन् ।

नायिका बिनिता बरालका लागि उनको तेश्रो
चलचित्र ‘सुपरहिट’ निक्कै महत्वपुर्ण देखिएको छ । सिनेमा नगरीमा लागेपछि
उतारचढाव आइहाल्छ भन्ने बिनिता ‘सुपरहिट’ चलाउन नयाँ नयाँ उपाय अपनाइरहेकी
छिन् ।
फेसबुकममा
‘सुपरहिट’ को सबैभन्दा धेरै पटक गीत र फोटो लाइक गरेमा आफूसँग डेटिङ जान
मौका मिल्ने बताएकी बिनिताले फेरी अर्को स्क्यान्डल सुरु गरेकी छिन् ।
अहिले बिनिताले आफ्नो गर्धनमा ‘सुपरहिट’ लेखेर प्रचारप्रसार गरिरहेकी छिन् ।
सार्वजनिक कार्यक्रममा बिनिता आफ्नो लामो कपाल बारम्बार चलाउदै गर्धनमा
लेखिएको ‘सुपरहिट’ देखाउन तल्लिन हुन्छिन् ।
वैशाख महिनामा प्रदर्शनमा आउने भनिएको यो चलचित्रमा नायिका बराल रेडियो प्रस्तोताको भूमिकामा देखिदै छिन् ।
'स्वतन्त्र भएर काम गर्न सक्दैनन्'
१ चैत, काठमाडौं । शपथ ग्रहणसँगै सडकबाट
बिरोधको स्वर सुन्न र सहन बाध्य भएका मन्त्रिपरिषदका अध्यक्ष खिलराज
रेग्मीको कार्यकाल पनि शुभ नरहेको ज्योतिषले बताएका छन् । शपथको बेला र
समयले कार्यकाल फलदायी नभएको ज्योतिष गोविन्दप्रसाद दुवाडीले बताउनुभयो ।
श्पथ उद्वेगको बेला परेकाले उद्विघ्न
चिन्तनका कारण हृदयविदारक अवस्थाले काम गर्नुपर्ने उहाँले बताउनुभयो ।
चन्द्रमा पापकर्तरीमा रहेकाले रेग्मीले सधैं ट्रयाकमा रहेर काम गर्नुपर्ने
ज्योतिषको भनाई छ ।
‘उहाँलाई राजनीतिक दलहरुको असहयोगसँगै
घरपरिवारबाट पनि कचकच भैरहन्छ’ ज्योतिष दुवाडीले भन्नुभयो -’वृष लग्नले
कुम्भ नवमाम्सा हुने भएकाले रेग्मीको कार्यकाल राम्रो देखिँदैन, गरेका काम
ढिलो सफल हुन्छ ।’
शत्रृगृही वृहस्पति लग्नमा रहेकाले सधैं शत्रु लाग्ने र स्वतन्त्र भएर काम गर्ने अवस्था पनि नदेखिएको ज्योतिषले बताएका छन् ।
नायक राजेश हमालले आफ्नो प्रेमिका भएको बताएपनि सार्वजनिक भने गरेका
थिएनन् । तर गत शुक्रबार साप्ताहिकले स्केच सहित मधुको अन्र्तवार्ता
सार्वजनिक गरेको थियो । तर हमालले विगत ७ बर्षदेखि लुकाएर राखेकी मधुको
वास्तविक तस्बिर भने सार्वजनिक भएको छ ।

विराटनगर निवासी मधुले विभिन्न खालका व्युटी प्याजेन्टमा भाग लिएकी छिन् । उनले सन् २००२ मा आयोजना गरिएको ‘मेघा मोडल कन्टेष्ट’ र सन् २००४ मा आयोजना गरिएको ‘लक्स व्युटी स्टार’ मा भाग लिएका थिइन् ।
कसरी भयो मधु र हमालको भेट ?
विराटनगरकी मधु भट्टराई र नायक राजेश हमालको भेट ‘लक्स व्युटी स्टार’ मा भएको थियो । सन् २००४ मा आयोजना गरिएको यो कन्टेष्टमा हमाल प्रमुख निर्णायकको रुपमा पुगेका थिए । मधुले विभिन्न चरणमा देखाएको प्रस्तुतीले हमाल प्रभावित थिए । तर अन्तिम ५ मा पुगेकी मधुले हमालको प्रश्नको जवाफ भने सहि तरिकाले दिन सकिनन् । हमालको अगाडी मधु नर्भस भएको बताइन्छ ।

यसैले उनले यो प्रतियोगितामा फस्ट रनरअपको ताज जितेकी थिइन् । कार्यक्रम सकिएपछि हमाल र मधुको भेट भएको थियो । जहाँ हमालले मधुलाई आफ्नो भिजिटिङ कार्ड दिएका थिए । यसपछि मधु र हमालको इमेलमा कुरा हुन थाल्यो । यसको डेढ बर्षपछि मधुले हमाललाई प्रेम प्रस्ताव राखेको श्रोत बताउँछ । तर मधुले राखेको प्रेम प्रस्तावलाई हमालले तत्काल स्विकार गरेनन् । तर इमेलमा यि दुइको वार्तालाप भने चल्दै थियो । मधुको प्रेम प्रस्ताव पश्चात हमालले उनलाई बारम्बार भेट पनि गरेका थिए । मधुले प्रेम प्रस्ताव राखेको करिब ६ महिना पछि हमालले उनको प्रेमलाई स्विकार गरेका थिए । हमाल र मधुको प्रेमसम्बन्ध चलेको करिब ६ बर्ष भएको बताइएको छ ।
को हुन् मधु ?
५ फिट ६ इन्च अग्ली मधु विराटनगर निवासी हुन् । धनु राशी भएको मधुको एक दिदी छिन् । मधुको वुवाको २ बर्ष अघि निधन भैसकेको छ । हाल स्नातकको पढाइ सकेर बसेकी मधु लाजिम्पाटमा बस्ने बुझिएको छ । नायक हमालले उनलाई फ्ल्याटमा राखेका छन् । मधु हाल कुनै पनि काममा आवद्ध छैनन् ।
मधुले बनाएको केकको फ्यान हमाल
नायक राजेश हमाल मधुले बनाएको चकलेटी केकको फ्यान हुन् । हमालको जन्मदिनमा सधै नै मधुले बनाएको केक काटिन्छ । मधुको परिवार पनि हमालसँग बिहेका लागि राजी भैसकेका छन् । यसैले पनि यि दुइको चाडै बिहे हुने बुझिएको छ । हमाल मधुसँग नजिक र आकषिर्त हुनुको मुख्य कारण नै उनको बोलीचाली र सोचाइ हो । ‘मधु आम केटी भन्दा फरक छिन्, उनको सोचाई धेरै माथीको छ’, यसैले पनि हमाल आकषिर्त छन्, श्रोतले भन्यो ।