आज मिति २०७० मंसिर २१ गते बिहीबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले नेपालका सबै वायु सेवा युरोपको कालोसूचीमा परेको र नेपालमा चिनियाँ जहाज भित्र्याएपछि इयुले प्रतिबन्ध लगाएको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
नागरिक दैनिकले नाडी छाम्दै कांग्रेस र एमाले शीर्षकको खबरलाई मुख्य बनाएको छ भने कखरा सिक्दै गरेको बालक आमासँगै जेलमा बस्नुपरेको खबरलाई कान्तिपुर दैनिकले मुख्य खबर बनाएको छ ।
राष्ट्रपति नयाँ सदनले चुन्नुपर्ने भएकाले निर्णय भएको नयाँ पत्रिकामा खबर छ भने चुनाव धाँधली आधारहीन भनेर सेनाले भनेको राजधानी दैनिकमा मुख्य खबर छ ।

नेपालले एसिसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगिताका लागि २२ सदस्यीय प्रारम्भिक टोलीको छनोट गरिसकेको छ। त्यसमध्ये ५ खेलाडी विदेशमा खेलिरहेका र प्रशिक्षण लिइरहेका छन्। सिंगापुर हुने प्रतियोगिताका लागि केही खेलाडी सोझै त्यतै पुग्ने छन् भने केही छोटो समयका लागि काठमाडौं आएर टोलीसँगै जानेछन्।
गत वर्ष नेपाली क्रिकेटको स्वर्णिम काल थियो। प्रशिक्षक पुबुदु दासानायकेले नेपाली क्रिकेटको ठूलो छलाङको बाटो खोल्ने अभियान थालनी गरे। नेपाली खेलाडीलाई विदेशी लिगमा खेलाउनु सफलताका प्रमुख आधार थिए। फरक क्रिकेट अनुभवले खेलाडी निखारिएका थिए। 'एक्सपोजर' नपाउनु नेपाली क्रिकेटको प्रमुख समस्या भएको पुष्टि भएको थियो। यस पटक पनि ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, अनिल मण्डल, प्रदीप ऐरी, नरेश बुढाऐर र राजेश पुलामी विदेशमै खेलिरहेका छन्।
'कुनै पनि खेलाडीलाई मानसिक रुपमै बलियो बनाउनु पर्छ। त्यसका लागि यहाँ खेलाएर मात्र पुग्दैन, सधै एउटै टोलीसँग खेल्दा सवैलाई सवैबारे थाहा हुन्छ,' मलेसियामा डिभिजन ४ जितेर फर्किएपछि राष्ट्रिय टोलीका कप्तान पारस खड्काले भनेका थिए, 'यो उपाधि त्यही प्रमाण हो। यसको श्रेय प्रशिक्षक दासानायकेलाई दिनुपर्छ। यसको प्रभाव भविषयमा थप देख्न पाइनेछ।'
दासानायकेले खेलाडीलाई निरन्तर खेल्ने वातावरण बनाउदै पारसलाई क्लब क्रिकेट खेल्न क्यानाडा पठाए भने शक्ति गौचनलाई ट्रायलमा राजस्थान रोयल्ससम्मको बाटो देखाए। ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, अनिल मण्डल जस्ता ब्याट्सम्यानलाई भारत प्रशिक्षणका लागि पठाए। अमृत भट्टराई र चन्द्र साउद श्रीलंकाको यु–२३ लिग खेल्न गए। यो सवै दासानायकेको व्यक्तिगत पहलमा सम्भव भएको थियो।
नेपाली खेलाडीको प्रदर्शन
गत वर्ष नेपाली क्रिकेटका सवैभन्दा सफल बलर वसन्तले अन्तत क्यानाडामा विकेट लिने क्रम सुरु गरेका छन्। क्यानाडाको पहिलो डिभिजन लिगमा जेटिए च्यालेन्जर्सबाट खेलिरहेका वसन्तले पहिलो चार खेलमा कुनै विकेट लिन सकेका थिएनन्।
पहिलो चार खेलमा वसन्तले २४.५ ओभर बलिङ गरेका थिए। इकोनोमी २.४२ भए पनि उनले विकेट लिन सकेका थिएनन्। नेपालले खेलेको पछिल्ला चार प्रतियोगितामा वसन्तले ५५ विकेट लिएका थिए। विश्व क्रिकेट लिग डिभिजन ४, एसिसी ट्रफी इलिट र एसिसी ट्वान्टी–२० गरी वर्ष २०६९ मा मात्र उनले ४३ विकेट लिएका थिए।
इम्पेरियल स्टालियन्स सिसीसँगको पछिल्लो खेलमा उनले ५ विकेट लिदैं क्यानाडामा विकेटको खडेरी तोडेका छन्। वसन्तले ८ ओभरमा १ मेडन राख्दै ११ रनमात्र खर्चेपछि इम्पेरियल ३१.४ ओभरमा ७५ रनमा सीमित भएको थियो। वसन्तले अलराउन्ड प्रदर्शन गर्ने क्रममा ५ चौकासहित अविजित ६५ रन बनाउदा जिटिए ४३.६ ओभरमा १ सय ४६ रन बनाई अल आउट भएको थियो।
क्यानाडामा आफ्नो पहिलो खेल खेल्दा पनि वसन्तले जिटिएलाई ब्याटिङबाटै विजय दिलाएका थिए। वसन्तले अविजित ४४ रन बनाएपछि घजनाभी क्रिकेट क्लबसँगको खेल जिटिएले २ विकेटले जितेको थियो। वसन्त यस सिजनमा अहिले सम्म सवैभन्दा बढी रन बनाउने खेलाडी हुन्। उनले ६४.५० को औषतमा १ सय २९ रन बनाइसकेको छ।
वसन्त गएपछि जिटिएले ३ खेल जितेको छ भने एक खेल हारेको छ। १ खेल वर्षाले विथोलेको थियो। वाइलु कन्फ्रेन्समा जिटिए ८ खेलमा २७ अंकका साथ चौथो स्थानमा छ। वसन्तसँगै नेपाली राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र क्यानाडामा लिग क्रिकेट खेल्न गएका थिए। गत वर्ष कप्तान पारसले खेलेको टोली ओन्टारियो क्रिकेट एकेडेमी क्लबबाट खेलिरहेका छन्।
ज्ञानेन्द्रले पहिलो खेल वाइलु कन्फ्रेन्समा जिटिएबाट खेल्दै ९ रन बनाएका थिए। त्यसपछि खेलेका तीन मध्येका दुई खेलमा व्यक्तिगत उच्च स्कोर गरेका छन्। अर्को खेल वर्षाले पूरै विथोलेको थियो। गुजरात क्रिकेट क्लबसँगको खेलमा ४० रन बनाएका ज्ञानेन्द्रले टोरोन्टो क्रिकेट क्लबसँग १८ रन बनाएका थिए।
नेपालका अर्का दुई खेलाडी प्रदीप ऐरी र अनिल मण्डल यु–२३ लिग खेल्न श्रीलंकामा छन्। बर्मुडामा भएको डिभिजन ३ मा युगान्डासँग म्यान अफ द फाइनल बनेका प्रदीप पहिलो खेलमा शुन्यमै आउट भए। गेल क्रिकेट क्लबसँगको दुइदिवसीय खेल प्रदीपको टोली कुरुनेगाला युथ क्रिकेट क्लबले पहिलो इनिङ्सको आधारमा जित्यो। कुरुनेगालाले केन्डीको असगिरिया क्रिकेट रंगशालामा इङ्ल्यान्ड यु–२३ युनिभर्सिटी टोलीसँग अभ्यास खेलमा प्रदीपले ९ बलमै अविजित २३ रन बनाएका थिए।
सुवास खकुरेलसँगै प्रदीप श्रीलंकामा यु–२३ क्रिकेट लिग खेल्न जेठको अन्तिम साता कोलम्बो लागेका थिए। घरासायी कारण देखाउदै ओपनिङ ब्याट्सम्यान तथा विकेटकिपर सुवास खकुरेल श्रीलंकाबाट फर्किएपछि उनको स्थान लिन अनिल मण्डल यसै हप्ता एक महिनाका लागि श्रीलंका लागेका थिए। उनले डिभिजन २ को प्रतियोगितामा प्रदीपसँग कुरुनेगालाबाट खेल्ने छन्।
त्यस्तै युवा ब्याट्सम्यानद्धय नरेश बुढाऐर र राजेश पुलामी इङ्ल्यान्डमा छन्। उनीहरुले मेरिलीबोन क्रिकेट क्लबमा प्रशिक्षण लिइरहेका छन्। उनीहरुले त्यहाँ ६ हप्ता प्रशिक्षण गर्नेछन्। नरेश र राजेशले क्रिकेटको मन्दिर मानिने लर्डस क्रिकेट मैदानमा अभ्यास गर्न र आसन्न एसेज शृंखला हेर्न पाउने सम्भावना छ।
लन्डनमा रहेका प्रशान्त कुँवरमार्फत नरेश र राजेश मेरिलिबोनसम्म पुगेका थिए। नरेश र राजेशको प्रदर्शन राम्रो हुने हो भने भविश्यमा लर्डसमा अन्य नेपाली खेलाडीको ढोका खुल्ने कुँवर बताउछन्। नागरिक
काठमाण्डौ । सिंगापुरमा हुने एसीसी इमर्जिङ कप क्रिकेटको तयारीका लागि बन्द प्रशिक्षणका लागि पहिलो चरणमा २२ खेलाडी छनोट भएका छन् । आगामी अगष्ट १७ देखि सिंगापुरमा हुने इमर्जिङ कप क्रिकेटलाई मध्यनजर राख्दै पहिलो चरणको बन्द प्रशिक्षणका लागि पूर्व कप्तान विनोद दास सहित २२ खेलाडी छनोटमा गरिएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।
बन्द सत्रका लागि विनोद दाससहित नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का, सुवास खकुरेल, शरद भेषावकर,ज्ञानेन्द्र मल्ल, अमृत भट्टराई, पृथु बाँस्कोटा, शक्ति गौचन, संजम रेग्मी, वसन्त रेग्मी, रामनरेश गिरी, जितेन्द्र मुखिया, सागर पुन, विनोद भण्डारी रहेका छन् ।
यसैगरी नरेश बुढाऐर, प्रदीप ऐरी, चन्द्र साउद, यज्ञमान कुमाल, अनिल मण्डल, राहुल विश्वकर्मा, महेश क्षेत्री र अविनाश कर्ण पनि पहिलो चरणको छनोटमा परेका छन् । बन्द प्रशिक्षण असार २६ गतेदेखि काठमाडौंमा सुरु हुने क्यानले जनाएको छ । इमर्जिङ कप क्रिकेट अगामी अगष्ट १७ देसिख २५ सम्म सिंगापुरमा हुनेछ ।
काठमाडौ, - 'मैले काम गर्दा कहिल्यै केही अपेक्षा गरेको थिइनँ,' नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुबुदु दसानायकेले सोमबार कान्तिपुरसँगको टेलिफोन वार्तामा यस्तै जवाफ दिए । उनले थपे, 'तर कसैले तिम्रो कामको प्रशंसा गर्दै सम्मान गर्छ भने त्यसले तिमीलाई आनन्द महसुस हुन्छ ।'
प्रशिक्षक पुबुदु अहिले क्यानडामा छन् । नेपाली टिमलाई बर्मुडामा आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन-३ को उपाधि थमाएर उनी उतैबाट घर लागेका थिए । गत साता नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गरेको पल्सर स्पोर्ट्स अवार्ड २०६९ मा उनी वर्षको उत्कृष्ट प्रशिक्षक चुनिए । नेपालले अघिल्लो वर्ष दुई ठूला ट्रफी -मलेसियामा डिभिजन-४ र यूएईमा एसीसी ट्रफी एलिट) यिनै पुबुदुको प्रशिक्षणमा जितेको थियो ।
'मलाई नेपालबाट पनि थुप्रै बधाई आयो । घरमा पनि सबैले बधाई दिए,' उत्साहित रूपमा पुबुदुले भने । उनले क्रिकेट टिम नै वर्षको उत्कृष्ट टिम र क्रिकेटकै कप्तान पारस खड्का वर्ष पुरुष खेलाडी भएकोमा खुसी व्यक्त गरे । उनले भने,'गत १२ महिना टिमले राम्रो खेल्यो । टिमका मुख्य सदस्य पारसले उत्कृष्ट प्रदर्शन गरेका थिए ।'
उनले टिम र पारसले यस्तो सम्मान पाउनु उचित भएको पनि बताए । सम्मानले सबैको हौसला बढाएको उल्लेख गर्दै उनले भने,'अहिलेको सफलतामा धेरै खुसी भएर बस्नु उचित हुन्न । नेपाली क्रिकेटमा अबको ६ महिना सबैभन्दा महत्त्वपूर्ण छ । हामी यसबीचमा ट्वान्टी-ट्वान्टी र वान-डे वल्र्डकप छनोट खेल्दैछौं । त्यसमा सफल हुनु हाम्रो चुनौती हो । त्यसैमा बढी केन्दि्रत हुनुपर्छ ।'
नेपालले नोभेम्बरमा यूएईमा आईसीसी ट्वान्टी-ट्वान्टी वल्र्डकप छनोट र न्युजिल्यान्डमा सन् २०१४ को सुरुमा वान-डे वल्र्डकप छनोट खेल्नेछ । पुबुदुले यी दुई महत्त्वपूर्ण प्रतियोगिताको तयारीका रूपमा लिएका छन्, अगस्ट १७-२५ सम्म सिंगापुरमा हुने एसीसी इमर्जिङ टिम्स कपलाई । भन्छन्,'त्यहाँ हामीले बलिया टिमसँग खेल्नेछौं । खेलाडीलाई अनुभव हुनेछ । आफ्ना थप गल्ती थाहा पाउन सकिनेछन् । कसरी अघि बढ्न सकिन्छ भनेर त्यहाँबाट वल्र्डकप छनोटका लागि बाटो बनाउन सकिनेछ ।'
आठ टिम सम्मिलित इमर्जिङ टिम्स कपमा नेपाल समूह 'ए' मा छ । यसै समूहमा वान-डे मान्यताप्राप्त अफगानिस्तान र टेस्ट मान्यताप्राप्त भारत र पाकिस्तानका यू-२३ टिम हुनेछन् । नेपाली क्रिकेट टिमको चार दिनपछि इमर्जिङ टिम्स कपका लागि प्रशिक्षण सुरु हुने भए पनि प्रशिक्षक पुबुदु भने दुई सातापछि नेपाल आइपुग्नेछन् ।
पुबुदु दसानायके
कान्तिपुर
माघ, भैरहवा । गौतम बुद्ध भारतमा नभै नेपालमै जन्मिएको प्रस्टोक्ति एक भारतीय एक विदुषी प्राध्यापकले दिनुभएको छ ।
रुपन्देहीस्थित भैरहवा बहुमुखी क्यामपसद्वारा आयोजित कार्यक्रममा भारतीय प्राध्यापक डा अन्जु शर्मा उपाध्यायले भन्नुभयो, “सस्तो लोकपि्रयताका लागि कसैकसैले बुद्ध भारतमा जन्मिएको बताएको होलान् तर मेरो अनुभव, अनुसन्धान र खोजले कहिल्यै बुद्ध भारतमा जन्मिएको प्रमाण पाएको छैन” । उहाँले प्राज्ञिक तवरले पुराना गल्तीलाई सच्चाउन सम्बन्धित निकायलाई झक्झकाउने बताउनुभयो ।
केही
समयअघि लुम्बिनीमा आयोजित नेपाल-भारत टुरिजम मार्ट नामक कार्यक्रममा
भारतीय पक्षबाट वितरित एक पुस्तिका ‘दि पाथ’ मा बुद्धका बुबा शुद्धोदनको
दरबार रहेको तिलौराकोट क्षेत्र भारतको उत्तर प्रदेशमा पर्दछ भनी उल्लेख
गरिएको थियो । यस कार्यक्रममा संस्कृति मन्त्री पोस्टबहादुर बोगटी र
नेपालका लागि भारतीय राजदूत जयन्तप्रसादलगायत नेपाल र भारतका पर्यटन
व्यवसायीको उल्लेख्य सहभागिता थियो ।
उक्त कार्यक्रममा भारतीय पक्षले बाँडेको पुस्तिकाबारे जिज्ञासा राख्दा प्राध्यापक शर्माले भारतको सरकारी धारणा त्यस्तो नभएको बताउँदै सस्तो लोकपि्रयताका लागि कसैले त्यस्तो गर्न सक्छ भन्नुभयो । बुद्ध नेपालमै जन्मिएको बरु भ्रमणको क्रममा भारतको सारनाथमा गएको प्रशस्त ऐतिहासिक प्रमाण भएको उहाँको भनाइ थियो ।
भैरहवा क्याम्पस परिसरमा आयोजित सो कार्यक्रममा त्रिविका प्राध्यापकहरु डा घनश्याम न्यौपाने, डा कपिल लामिछाने, डा शङ्कर नेपाल, डा दामोदर खनाल, डा गितु गिरी, डा शम्भु कुमार गुप्ता, केशव श्रेष्ठ, लक्कीप्रसाद जोशी, नरेन्द्रराज पाण्डे, चन्द्रपसाद रेग्मी, केशव शर्मा बेलबासे, सुवास श्रीवास्तव, वसन्तकुमार जोशी, लक्ष्मण तिमिल्सिना, शङ्कर पन्थी, विमला पोखरेल, कविता रिजाल, अरुणा तिवारीलगायतको उपस्थिति थियो ।
कार्यक्रममा नेपालका प्राध्यापकहरुले भारतीय पक्षले राजनीतिक, साँस्कृतिक एवम् कूटनीतिक ढङ्गले बेलाबेलामा गर्दै आएको भ्रामक प्रचारबाजीप्रति भारतीय प्राज्ञिक जगत् मौन बसेकामा असन्तुष्टि जाहेर गरेका थिए ।
उनीहरुको असन्तुष्टिलाई सम्बोधन गर्दै प्रा शर्माले आफूले प्राज्ञिक तवरले नेपाल-भारतबीचको सम्बन्ध खल्बल्याउने गरी भइआएको दुष्प्रयासको विरुद्ध खरो रुपमा उत्रने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सन् १९७५ देखि बनारस विश्वविद्यालयमा राजनीतिकशास्त्र प्राध्यापन गर्दै आउनुभएका प्रा शर्मा उपाध्याय दुई वर्षका लागि त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरमा प्राध्यापनका लागि आउनुभएको छ ।
उहाँ नेपाल-भारत सम्बन्धमा गहन अध्ययन र अनुसन्धान गर्ने विज्ञ मानिनुहुन्छ । रासस
रुपन्देहीस्थित भैरहवा बहुमुखी क्यामपसद्वारा आयोजित कार्यक्रममा भारतीय प्राध्यापक डा अन्जु शर्मा उपाध्यायले भन्नुभयो, “सस्तो लोकपि्रयताका लागि कसैकसैले बुद्ध भारतमा जन्मिएको बताएको होलान् तर मेरो अनुभव, अनुसन्धान र खोजले कहिल्यै बुद्ध भारतमा जन्मिएको प्रमाण पाएको छैन” । उहाँले प्राज्ञिक तवरले पुराना गल्तीलाई सच्चाउन सम्बन्धित निकायलाई झक्झकाउने बताउनुभयो ।
उक्त कार्यक्रममा भारतीय पक्षले बाँडेको पुस्तिकाबारे जिज्ञासा राख्दा प्राध्यापक शर्माले भारतको सरकारी धारणा त्यस्तो नभएको बताउँदै सस्तो लोकपि्रयताका लागि कसैले त्यस्तो गर्न सक्छ भन्नुभयो । बुद्ध नेपालमै जन्मिएको बरु भ्रमणको क्रममा भारतको सारनाथमा गएको प्रशस्त ऐतिहासिक प्रमाण भएको उहाँको भनाइ थियो ।
भैरहवा क्याम्पस परिसरमा आयोजित सो कार्यक्रममा त्रिविका प्राध्यापकहरु डा घनश्याम न्यौपाने, डा कपिल लामिछाने, डा शङ्कर नेपाल, डा दामोदर खनाल, डा गितु गिरी, डा शम्भु कुमार गुप्ता, केशव श्रेष्ठ, लक्कीप्रसाद जोशी, नरेन्द्रराज पाण्डे, चन्द्रपसाद रेग्मी, केशव शर्मा बेलबासे, सुवास श्रीवास्तव, वसन्तकुमार जोशी, लक्ष्मण तिमिल्सिना, शङ्कर पन्थी, विमला पोखरेल, कविता रिजाल, अरुणा तिवारीलगायतको उपस्थिति थियो ।
कार्यक्रममा नेपालका प्राध्यापकहरुले भारतीय पक्षले राजनीतिक, साँस्कृतिक एवम् कूटनीतिक ढङ्गले बेलाबेलामा गर्दै आएको भ्रामक प्रचारबाजीप्रति भारतीय प्राज्ञिक जगत् मौन बसेकामा असन्तुष्टि जाहेर गरेका थिए ।
उनीहरुको असन्तुष्टिलाई सम्बोधन गर्दै प्रा शर्माले आफूले प्राज्ञिक तवरले नेपाल-भारतबीचको सम्बन्ध खल्बल्याउने गरी भइआएको दुष्प्रयासको विरुद्ध खरो रुपमा उत्रने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सन् १९७५ देखि बनारस विश्वविद्यालयमा राजनीतिकशास्त्र प्राध्यापन गर्दै आउनुभएका प्रा शर्मा उपाध्याय दुई वर्षका लागि त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरमा प्राध्यापनका लागि आउनुभएको छ ।
उहाँ नेपाल-भारत सम्बन्धमा गहन अध्ययन र अनुसन्धान गर्ने विज्ञ मानिनुहुन्छ । रासस
१८ माघ, काठमाण्डौं । गौतमबुद्ध जन्मनुभन्दा करीब पाँच सय बर्ष अघिदेखि
नै लुम्बिनीग्राममा मानव बासोबास रहेको तथ्य फेला परेको दाबी गरिएको छ ।
नेपाल
सरकार र युनेस्को नेपालको संयुक्त प्रयासमा तीन बर्ष अघिदेखि गरिएको
लुम्बिनी क्षेत्रको अध्ययन एवं उत्खननबाट उक्त कुरा पत्ता लागेको परातत्व
विभागका सूचना अधिकृत एवं उत्खनन टोलीका सदस्य रामबहादुर कुँवरले जानकारी
दिनुभएको खबर गोरखापत्र दैनिकले छापेको छ ।
अध्ययन अनुसन्धानको क्रममा गौतम बुद्ध जन्मनुभन्दा पहिल्यै मानिसले प्रयोग गरेका कोइला, इँटा, तथा ती चिजमाथि परेको प्रकाशको किरणलगायतका आधारमा गरिएको अध्ययनबाट इशापूर्व १३०० मा नै त्यस क्षेत्रमा मानवीय क्रियाकलाप रहेकेा अनुसन्धानदाताको दाबी छ ।
संयुक्त राज्य अमेरिकाको दुर्हाम विश्वविद्यालयका उपकुलपति प्रोफेसर रोविन कनिङ्गमको नेतृत्वमा खटेको टोलीले तीन बर्षको अध्ययन अनुसन्धानबाट उक्त तथ्य पत्ता लगाएको बुधबार पुरातत्व विभागमा आयोजित ‘लुम्बिनी क्षेत्रको अनुसन्धानमा फेला परेका तथ्यको प्रस्तुती रकण’ कार्यक्रममा जानकारी दिइएको छ ।

१७ माघ, काठमाण्डौं । एकैपटक आमाबुबा
मारिएपछि बेसहारा बनेका सप्तरी जन्डौंलका सात बर्षका बालक दिनेश भट्टराईलाई
काठमाण्डौं तीनकुनेका मनोविज्ञ डा. चण्डीप्रसाद चापागाई र उनकी पत्नी
विमलाले धर्मपुत्र बनाएर काठमाण्डौं ल्याएका छन् । धर्मपुत्र बनेपछि
दिनेशले नयाँ नाम पाएका छन् ‘विवेकानन्द चापागाई’ ।
चापागाई दम्पतीले उनलाई धर्मपुत्र बनाएर
राजधानीकै एक बोडिङ स्कूलमा भर्ना गरिदिएका छन् । चापागाई दम्पतीका दुई
छोरी छन् । अब उनीहरु तीन सन्तानलाई असल नागरिक बनाउने दायित्वबोध गरिरहेका
छन् । गत पुस १६ गते राति सप्तरी जन्डौलस्थित आफ्नै निवासमा सुतिरहेका
बेला विवेकानन्दका बाबु ४५ बर्षका डम्बर भट्टराई र आमा ३५ बर्षकी कौशल्याको
हत्या भएपछि उनीसहित उनका दाजु १५ बर्षका दीपेश र दिदि ११ बर्षकी दीपीका
बेसहारा भएका थिए । त्यसपछि उनीहरु विराटनगरस्थित आफन्त भक्ति भट्टराईका
घरमा आश्रय लिएर बसिरहेकेा खबर अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
विवेकानन्दलाई धर्मपुत्र बनाउने
चण्डीप्रसादले अमेरिकाबाट सकारात्मक सोधखोज विषयमा विद्यावारिधि गरेका छन्
भने पत्नी विमला अक्सफाम इन्टरनेसनल नेपालकी उपनिर्देशक हुन् । आमाबाबुको
हत्याका कारण छोराछोरी बेसहारा भएको समाचार पत्रिकामा पढेपछि चापागाई
दम्पतीले धर्मपुत्र बनाएर पालनपोषण गर्ने इच्छा देखाएका थिए ।
चण्डीप्रसादले भने, ‘मैलेमात्र चाहेर भएन् । पत्नी छोरी र मेरा ड्राइभरसँग
पनि सल्लाह गरें । सबैजना सहमति भएपछि उनलाई तेस्रो सन्तानका रुपमा ग्रहण
गरेका हौं ।’
१५ माघ, काठमाण्डौं । चैतदेखि सुरु हुने
यस बर्षको एसएलसी परीक्षामा साढे पाँच लाख विद्यार्थी सहभागी हुने भएका छन्
। मुलुकभरको तथ्यांकअनुसार एसएलसी परीक्षामा ५ लाख ४७ हजार २ सय ५ जना
परीक्षार्थीहरु सहभागी हुने परीक्षा नियन्त्रण कार्यालयमा उपनियन्त्रक
प्रह्लाद अर्याले जानकारी दिए ।
यस बर्ष एसएलसी परीक्षा आगामी चैत १
गतेदेखि सुरु हुँदैछ । परीक्षा नियन्त्रण कार्यालयको तालिका अनुसार सो
परीक्षा चैत १० गते सम्पन्न हुनेछ । परीक्षाका लागि चाहिने पश्नपत्र कडा
सुरक्षाका बीच जनक शिक्षा सामग्री केन्द्रको सुरक्षण मुद्रणलयमा छपाई भएको छ
।
यस बर्षको परीक्षाका लागि १ हजार ७ सय ८६
परीक्षा केन्द्र निर्धारण गरिएको छ । अहिले उत्तरपुस्तिका जिल्ला
पुर्याउने क्रम जारी रहेको छ ।
परीक्षा नियन्त्रणको कार्यलयले दिएको
जानकारी अनुसार यसबर्ष अपांगता भएका विद्यार्थीले ४ घन्टा ३० मिनेट परीक्षा
लेख्न पाउने भएका छन् । अन्धfm अपांगता भएका विद्यार्थीका लागि निर्धारित
समयभन्दा १ घन्टा ३० मिनेट थप गरिएको पनि उपनियन्त्रक अर्यालले जानकारी
दिएको खबर राजधानी दैनिकले छापेको छ ।
१५ माघ, काठमाण्डौं । बर्षेनी आगलागीबाट
सखाप हुने झाडी सफा गरी एउटै गाउँले करोड कमाउँछ भन्दा आश्चर्य लाग्न सक्छ ।
तर, सिन्धुपाल्चोक अत्तपुर ८ सिक्रेका बासिन्दाले झाडी सफा गरेर नै करोडौं
रुपैयाँ कमाएका छन् ।
उनीहरुले आफ्नो सामुदायिक वनमा रहेका
गैरकाष्ठ पदार्थबाट -झाडी) बायो बि्रगेट तयार पारेर बिक्री गर्छन ।
अत्तरपुरका वडा नम्बर ७, ८ र ९ का झन्डै दुईसय स्थानीयबासीले प्रत्यक्ष
रोजगारी समेत पाएका छन् । जसमा झन्डै ४५ प्रतिशत महिला छन् । गाउँमा रहेका
चारवटा बायो बिग्रेट उद्योगबाट रोजगारीको व्यवस्था रहेको खबर नयाँ
पत्रिकाले छापेको छ । सिक्रे बि्रकेट उद्योगका व्यवस्थापक देवबहादुर
श्रेष्ठले उद्योगमा आठघन्टा काम गर्ने कामदारले प्रतिदिन पाँच सय रुपैयाँ
कमाउने कामदारले बताएका छन् ।
१३ माघ, बर्दिया । मानिसले जन्माएका बच्चाको न्वारन हुन्छ सबैलाई थाहा छ, जंगली जनावर गैडाको न्वारन भएको सुन्दा आश्चर्य लाग्ला । हो, बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको शिव सामुदायिक वन डल्लामा गैडाले जन्माएको बच्चाको नबौं दिन शुक्रबार तामझामका साथ न्वारन गरिएको छ ।
गैडाको न्वारन पण्डित नभई स्थानीय संरक्षणवादीले विधिवत रुपमा गरेका हुन् । वन्यजन्तुको संरक्षणमा लागेका अन्तराष्ट्रिय अब्राहम पुरस्कार विजेता जिल्लाको ढोढरी ९ खाताका भदै थारु, संरक्षणकर्मी कृष्ण परियारले गैडाको नाम संयुक्त रुपमा घोषणा गरेका थिए ।
गैडा बच्चाको उपस्थिविना न्वारनमा सयभन्दा बढी उपभोक्ताको सहभागीता रहेको थियो । सुरक्षाका कारण जंगलमा रहेको बच्चालाई भने बाहिर नल्याई उसको फोटोबाटै नामाकरण गरियो, जसबाट उसको नाम शिबु राखिएको खबर कान्तिपुर दैनिकले छापेको छ ।

१३ माघ, काठमाण्डौं । सशस्त्र प्रहरीका डिआईजी
सुशील श्रेष्ठ नारीवादी होइनन तर ‘नारीप्रेमी’ हुन् । घोषित श्रीमतीबाहेक
उनले झन्डै आधार दर्जन नारीलाई रखैल बनाइसकेका छन् तर श्रीमतीकै दर्जा दिएर
।
विवाह गरेर भित्र्याएकी श्रीमतीसित सम्बन्ध सुमधुर बन्न नसकेपछि श्रेष्ठले अन्यत्र आँखा डुलाउन थालेका हुन् । उनले ५ जनालाई रखैल बनाएको र उनीहरु मध्यै ४ जनालाई श्रीमतीकै दर्जा दिएको स्रोतको दाबी छ । श्रेष्ठकी खास श्रीमती अञ्जली प्रधान हुन् । यता रखैलका रुपमा भावना राई, अम्बिका शर्मा, तारा सिंह तथा थर नखुलेका राधिका र गीतालाई राखेको स्रोतले बताएको सौर्य दैनिकमा खबर छ । यी मध्ये भावना, अम्बिका, राधिका र गीतालाई उनले श्रीमतीकै हैसियत दिएका थिए । सशस्त्र प्रहरी व्यारेक पथलैयामा रहँदा सरकारी कार्यालयमा कार्यरत एक महिलासँग पनि उनको न्यानो सम्बन्ध रहेको स्रोतको दाबी छ ।
नेपाली सेनामा छँदा नै श्रेष्ठको अञ्जलीसँग बिहे भएको थियो । विवाह गरेको केही बर्ष दाम्पत्य सम्बन्ध राम्रै चल्यो । तर, श्रीमान्को अन्य तरुनीसँग पनि चक्कर रहेको सुईको पाएपछि अञ्जली झस्किएकी थिइन् । त्यसपछि विग्रिन थालेको सम्बन्ध अन्ततः डिभोर्सका लागि अदालतसम्म पुग्यो । तर, सानो छोराका कारण उनीहरुबीचको डिभोर्स हुन सकेको छैन् । आपसी समझदारमिा केही बर्ष उनीहरु फेरि मिलेर बसे । यद्यपी, फेरि उही सिलसिला दोहोरियो र दुवै छुट्टा छुट्टै बस्न थाले । यसैबीच श्रेष्ठलाई भने तरुनी फेर्ने लत नै बसिसकेको छ ।

१३ माघ, काठमाण्डौं । बाँच्नलाई घास खानु
बाख्रीको अधिकार हो । भोको पेट भर्ने क्रममा उसले घासको साथ संयोगबश फूल
खाइदिइन् भने यसलाई ठूलो अपराध मानिन्न होला । तर, अस्ट्रेलियामा एक
निर्दोष बाख्रीलाई फूल खाएको अभियोगमा जरिवाना गरियो ।
यो प्रकरणमा बाख्रा र उसको साहुमाथि विधिवत् अदालतमा मुद्दा चल्यो । अन्ततः अदालतले बाख्रालाई निर्दोष ठहर गर्दै जरिवाना खारेज गर्यो । मेट्रो युकेका अनुसार सिड्नीको संग्रहालयमा छिरेर बाख्रीले घाससँग सुन्दर फूल पनि चर्न पुगेकी थिइन् । संग्रहालयको सौन्दर्य बढाउन ती फूलहरुको विशेष योगदान हुन्छ ।
बाख्रीका कारणले संग्रहालय कुरुप देखिएकोमा सुरक्षामा खटिएका प्रहरीहरु निकै निसाए । उनीहरुले बाख्री र उनको मालिक जेम्स डेजोर्डनोल्डसमाथि पनि जरिवाना लगाए । जेम्सले लापरबाही गरेको भन्दै प्रहरीले ४ सय ४० डलर जरिवाना गरेको थियो । उनी अस्ट्रेलियाको ठूलो हास्य कलाकार पनि हुन् ।
यो अन्याय विरुद्ध जेम्सले अदालतमा गुहारे । कुनै षडयन्त्र वा पूर्व योजना अनुरुप बाख्रीले फूल नखाएको भन्दै अदालतको मिजस्ट्रेटले जेम्समाथि लगाएको जरिवाना खारेज गरेको खबर कान्तिपुर दैनिकले छापेको छ । न्यायाधीश क्यारोलिन बार्केलले बाख्रीलाई फूलको मूल्य थाहा नभएको बताइन् । खाने लोभमा फूललाई चपाएर बाख्रीले पहाड उल्टिने गरी अपराध नगरेको पनि उनले बताइन् ।