mainpageads

नेपालद्वारा सिंगापुर २२७ रनले पराजित

काठमाडौं - राजधानीमा जारी सगरमाथा जर्नी टू विश्वकप क्रिकेट प्रतियोगिताको आजको खेलमा नेपाली टोलीले सिंगापुरको राष्ट्रिय टोलीलाई २ सय २७ रनले पराजित गरेको छ। ४५ ओभरको खेलमा टस हारेर व्याटिङका लागि सिंगापुरले निम्त्याएपछि नेपालले ५ विकेट गुमाउँदै ३ सय १३ रनको बलियो योगफल तयार पारेको थियो।
प्रत्युत्तरमा ३ सय १४ रनको लक्ष्य लिएर आएको सिंगापुरले १७.१ ओभरमा अल आउट भयो। सिंगापुर ८६ रनमै अल आउट हुन पुग्यो। नेपालका लागि शरद भेषावकरले ९१ रन बनाए। त्यस्तै सुवास खकुरेलले ७५ रन, अनिल मणडलले ५८ तथा ज्ञानेन्द्र मल्लले ४८ रन बनाए।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts