बराबरीपछि आयरल्यान्ड आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष स्थानमा रहँदै छनोट भएको हो। दुई वर्षपछि अस्ट्रेलिया र न्युजिल्यान्डमा हुने विश्व क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगितालाई आयरल्यान्ड छानिएको यो लगातार तेस्रोपल्ट हो। मंगलबारको नजितापछि आयरल्यान्ड १२ खेलमा ९ जितसहित २० अंक जोड्न सफल भएको थियो।
प्रतियोगिताबाट बाँकी चार टोली स्कटल्यान्ड, नेदरल्यान्ड्स, अफगानिस्तान र संयुक्त अरब इमिरेट्स (युएई) मध्ये एकले दोस्रो टोलीमा विश्वकपको स्थान पक्का गर्नेछ।
आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपबाट दुई शीर्ष टोली सोझै विश्वकपलाई छानिन्छन् भने छनोट हुन असफल ६ टोलीले दोस्रो अवसर पाउने छन्। जसमा नेपालसहित हङकङ, पपुवा न्युगिनी र युगान्डा सहभागी हुनेछन्। सहभागी १० टोलीमध्ये दुईले विश्वकपको टिकट काट्ने छन्।
मंगलबार इडिन जोएसले ९६, नेल ओ'ब्रायनले ५० तथा पाउल स्टर्लिङले ४९ रन बनाएपछि आयरल्यान्डले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ६८ रन जोडेको थियो। जवाफमा नेदरल्यान्ड्सले पूरा ओभर खेल्दै ९ विकेट क्षतिमा २ सय ६८ रन बनायो।
काठमाडौं-दक्षिण अफ्रीकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाको निधन भएको छ। उनको ९५ बर्षको उमेरमा निधन भएको हो। सेप्टेम्बरमा अस्पतालबाट डिस्चार्ज भए पछी उनको घरमानै उपचार भैरहेको थियो।
मण्डेलाको निधन पछी दक्षिण अफ्रिकाका राष्ट्रपति जेबक जूमाले भने 'साथिहरु हो हाम्रा प्यारा नेता नेल्सन मण्डेला, हाम्रो लोकतान्त्रिक राष्ट्रका संस्थापक राष्ट्रपति हामीलाई छोडेर जानु भएको छ।' उनले देशका पिताको निधनले अपुर्णिय क्षति भएको बताएका छन्।
१९९३ मा नोवेल शान्ति पुरस्कार विजेता मण्डेला रंगवभेदी आन्दोलनका नायक थिए। आन्दोलनका दौरान उनले २७ बर्ष जेल जीबन विताएका थिए। उनले २००४ देखी सार्वजनिक जीवन देखी बिदा लिएका थिए। मण्डेलाको जन्म १९१८ मा इर्स्टन केप अफ साउथ अफ्रीकाको सानो गाउँमा भएको थियो।
मण्डेलाको निधन पछी दक्षिण अफ्रिकाका राष्ट्रपति जेबक जूमाले भने 'साथिहरु हो हाम्रा प्यारा नेता नेल्सन मण्डेला, हाम्रो लोकतान्त्रिक राष्ट्रका संस्थापक राष्ट्रपति हामीलाई छोडेर जानु भएको छ।' उनले देशका पिताको निधनले अपुर्णिय क्षति भएको बताएका छन्।
१९९३ मा नोवेल शान्ति पुरस्कार विजेता मण्डेला रंगवभेदी आन्दोलनका नायक थिए। आन्दोलनका दौरान उनले २७ बर्ष जेल जीबन विताएका थिए। उनले २००४ देखी सार्वजनिक जीवन देखी बिदा लिएका थिए। मण्डेलाको जन्म १९१८ मा इर्स्टन केप अफ साउथ अफ्रीकाको सानो गाउँमा भएको थियो।
काठमाडौ, मंसिर ५ – ‘भण्डारीको छक्का मैले अहिलेसम्म देखेको उत्कृष्ट सट मध्येको एक हो’ अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का ग्लोवल डेभलपमेन्ट म्यानेजर टिम एण्डेरसनले युएईको अंग्रेजी दैनिक पत्रिका दि नेशनलसँग भनेका छन् ‘यो साहसिक सट थियो ।’
पपुवा न्यूगिनी विरुद्धको खेलमा नेपाललाई जिताउन निर्णायक भूमिका खेलेका विनोद भण्डारीले प्रहार गरेको अन्तिम छक्का अहिले निकै चर्चामा छ र त्यो छक्का क्रिकेटको दुनियाँमा उत्कृष्ट छक्कामा दरिन पुगेको छ ।
हरेक खेलमा फरक फरक नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गरेपछि अहिले नेपाली टिम र खेलाडिको प्रतिभाका विषयमा सकारात्मक बहस पनि चलिरहेको छ । पारस खड्का र शरद भेषावकरको विषयमा राम्रो स्टोरी लेखेको युएईको अंग्रेजी दैनिक दि नेशनलले विनोद भण्डारीको छक्का र उनको प्रतिभाका विषयमा पनि कलम चलाएको छ । के लेख्यो त यूएईको अंग्रेजी दैनिक दि नेशनलले विनोद भण्डारीका बारेमा ?
पढ्नुस् त्यसको नेपाली अनुवाद —
हुनत अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले यस विश्व टी—२० छनौट प्रतियोगिताको उत्कृष्ट सटका लगि कुनै पुरस्कारको ब्यवस्था गरेको छैन । यदि गरेको भए, विनोद भन्डारीले घर लैजानका लागि त्यो ट्रफी आफनो झोलामा हालिसकेका हुने थिए ।
श्रीलंकाली ब्याटसम्यान तिलकरत्ने दिलसानले विकास गरेको सट ‘दिलस्कुप’ भन्दा कुनै उत्कृष्ट सट कसैले खेलेको छ भने त्यो यी नेपाली ब्याट्सम्यानले पपुवा न्युगिनी विरुद्दको मंगलवारको खेलमा लक्ष्य पछ्याउने क्रमका प्रहार गरेको अन्तिम छक्का थियो, जसले यूट्यूवमा १० लाख दर्शक सजिलै पाउन सक्छ ।
आफ्नो शारीरिक सुरक्षाको पनि वास्तानै नगरी उनले पपुवा न्युगिनीका तिब्र गतिका वलर विली गाभेरको बाउन्सर बललाई विकेट किपर माथि वाट ३० यार्ड पछाडिको बाउन्ड्री माथिको बाटो देखाउँदै शानदार विजयी छक्का प्रहार गरेका थिए ।
शारजाँह क्रिकेट स्टेडियममा उपस्थित केही भाग्यमानी दर्शकले विनोदको यो छक्कालाई आफुले क्रिकेट दर्शकका रुपमा देखेको अहिलेसम्मकै उत्कृष्ट सट भएको खुशी—खुशी स्वीकार गरेका थिए । यो छक्कासंगै नेपालले खेलेको अहिलेसम्मका ४ वटा ग्रुप म्याचमा तेश्रो जित दर्ता गराउन सफल भएको छ ।
‘विनोद हाम्रो टिमको सबैभन्दा प्रतिभाशाली टी— २० ब्याटसम्यान हो’ नेपाली टिमका क्याप्टेन पारस खड्काले विनोदको प्रशंसा गर्दै भने । विनोदले आफ्नो ५१ रनको उत्कृष्ट पारीमा ६ छक्का प्रहार गर्दै आफनो टिमलाई ७ विकेटको महत्वपूर्ण जित दिलाए ।
‘टिमका रुपमा हम्रा सवै खेलाडी बलिङ, ब्याटिङ तथा फिल्डिङ सवै क्षेत्रमा आफनो प्रतिभा प्रर्दशन गर्न स्वतन्त्र छन्’ लामो समयको निरन्तर अभ्यासपछि आफ्ना खेलाडीले प्रतिभा प्रर्दशन गर्न शुरु गरेको नेपाली प्रशिक्षक पुवुदु दासानायकेले भने 'यसले हाम्रो टिमको सामर्थ्य जनाउँछ । हाम्रो सामर्थ्यको परीक्षा यो हदसम्म कहिल्यै भएको थिएन, खेलाडीको बढ्दो आत्मविश्वास देखेर म खुशी छु । खासगरी पारसमा आएको परिपक्वता र जस्तोसुकै परिस्थितिलाईलाई ह्याण्डल गर्ने क्षमताले मलाई आनन्दित तुल्याउँछ । हाम्रो टिममा ठूला सट खेल्न सक्षम खेलाडी छन्, जसले खेलको दिशा कुनैपनि समय परिर्वतन गर्न सक्छन् । उनीहरु यो स्तरको खेलमा अभ्यस्त हुनु मात्र जरुरी छ ।’
पपुवा न्युगिनी विरुद्वको यो सफलता नेपालका लागि विश्वकप छनौटका लागि महत्वपुर्ण त छदैँछ यो स्तरको जित टिमका लागि आफैमा ठूलो उपलब्धि हो । यिनीहरुले देखाएको खेलको लेभलले यी मध्ये कुनै पनि टिमले बंगलादेशमा हुने आगामी टी—२० विश्वकपमा पाहुनाका रुपमा स्वागत पाउन सक्नेछन् । पपुवा न्युगिनीका ब्याटसम्यानहरुले पनि रामै ब्याटिङ गरेका थिए । इङ्ल्याण्डको राष्ट्रिय टिमबाट खेलिसकेका गेरिएन्ट जोन्सले पपुवा न्युगिनीका लागि उत्कृष्ट ५५ रनको योगदान गरेका थिए ।
‘भण्डारीको छक्का मैले अहिलेसम्म देखेको उत्कृष्ट सट मध्येको एक हो’ आईसीसीका ग्लोवल डेभलेपमेन्ट म्यानेजर टीम एण्डेरसनले भने ‘यो साहसिक सट थियो र आजको क्रिकेट खेल उत्कृष्ट थियो । पपुवा न्युगिनी यो प्रतियोगिताको राम्रो टिम मध्येको एक हो । मलाई विश्वास छ ,प्रतियोगितको अन्त्यसम्म यी टिम छानिने मध्येको एक हुनेछ ।’
प्यालेस्टाइन हृयाकरले सामाजिक सञ्जाल फेसबुक संस्थापक मार्क जुकरबर्जको एकाउन्ट हृयाक गरेका छन् ।
प्यालेस्टाइन आईटी एक्सपर्ट खलिल श्रेटेहले पटक पटक फेसबुकको एकाउन्ट सुरक्षाका लागि दिएको सुझाव वेवास्ता गरेको भन्दै जुकरबर्गकै एकाउन्ट हृयाक गरेका हुन् । फेसबुकले एकाउन्ट सुरक्षाबारेको त्रुटि पत्ता लगाउनेलाई पुरस्कार दिने गरेको छ ।
दोस्रो पटक पनि फेसबुक एकाउन्ट सुरक्षाबारे इमेल गरेका उनलाई फेसबुक मुख्यालयबाट 'प्राविधिक त्रुटि नरहेको' जवाफ आएपछि संस्थापककै एकाउन्ट हृयाक गरेर देखाएका हुन् । इन्फरमेशन सिस्टममा बीए गरेका उनले मार्क जुकरबर्गको फेसबुक हृयाक गर्दा पश्चाताप नभएको बरु आफ्नो क्षमतालाई प्रमाणित गरेको प्रतिक्रिया दिएका छन् ।
३२ साउन,रियाद। साउदी अरबमा श्रीमतीलाइ यातना दिएर मारेको आरोपमा एक व्यक्तिको टाउको काटेर सजाय दिइएको छ। साउदीमा मुसलमानको पवित्र महिना रमजान यताको पहिलो मृत्युदण्डको सजाय हो।
फाउजी अल खाइबारी नामक गरेका व्यक्तिले आफ्नी श्रीमतीलाई कुटेर, जलाएर र फलामे डण्डिले ढाड भाँचेर छोडेका थिए, पछी ती महिलाको मृत्यु भएको थियो ।
श्रीमती मारेका खाइबरीको मुसलमानहरको पवित्र शहर मेदिनामा टाउको काटेर हत्या गरिएको हो।
कट्टर मानिस साउदी अरबमा यो जुलाइ ८ यताको पहिलो मृत्युदण्ड हो। बिचमा रमदान परेकाले मृत्युदण्ड सजाय दिइएको थिइएन।
साउदी अरबमा यो वर्षमात्रै ५८ जना मानिसलाइ मृत्यु दण्डको सजाय सुनाइसकिएको छ।
फाउजी अल खाइबारी नामक गरेका व्यक्तिले आफ्नी श्रीमतीलाई कुटेर, जलाएर र फलामे डण्डिले ढाड भाँचेर छोडेका थिए, पछी ती महिलाको मृत्यु भएको थियो ।
श्रीमती मारेका खाइबरीको मुसलमानहरको पवित्र शहर मेदिनामा टाउको काटेर हत्या गरिएको हो।
कट्टर मानिस साउदी अरबमा यो जुलाइ ८ यताको पहिलो मृत्युदण्ड हो। बिचमा रमदान परेकाले मृत्युदण्ड सजाय दिइएको थिइएन।
साउदी अरबमा यो वर्षमात्रै ५८ जना मानिसलाइ मृत्यु दण्डको सजाय सुनाइसकिएको छ।
१५ माघ, काठमाडौं । जुवेनाइल जष्टिस बोर्डले दिल्ली सामूहिक बलात्कार काण्डका आरोपित मध्येका एक नाबालिग भएएको पुष्टी गरेको छ ।
बोर्डले आरोपीको स्कुल सर्टिफिकेटका
आधारमा नाबालिक भएकोृ निष्कर्ष सुनाएको हो । आरोपीको स्कुलको
प्रधानाध्यापकले दिएको सर्टिफिकेटका अनुसार उनकेा उमेर १७ वर्ष ६ महिना
मात्र रहेको छ । दिल्ली पुलिसले भने बोन टेष्ट गरेर भएपनि सही उमेर पत्ता
लगाउनु पर्नेमा जोड दिएको छ । अन्य ५ जनाको मुद्दा भने फास्ट ट्राक कोर्टमा
सुनुवाई भइरहेको छ ।
एक महिना अघि एक युवतीको ६ जनाले सामूहिक बलात्कार गरेका थिए । बलात्कारपछि सडक फलिएकी ती युवतीको उपचारका क्रममा मृत्यु भएको छ ।
हरेक आमाबाबुलाई आफ्नो सन्तान आफूभन्दा पनि प्रिय लाग्छ । तर, भारतमा एक आमाले आफ्नी ११ वर्षीया छोरीलाई बेचिदिएकी छिन् ।
जन्म दिने आमाले बेचेको थाहा पाएपछि
बालिका विरोध गर्दै बस्तीबाट भागेकी थिइन् । किनकेलमा संलग्नहरुले उनीलाई
लखेटेपछि एक होटलमा पसेकी बालिका फर्निचरमा लुकिन र त्यहाँ रहेका कसैले
पुलिसलाई खबर गरिदियो ।
प्रहरीले बालिकाको आमासँग खरिदकर्तालाई
पनि पक्राउ गरेको छ । पक्राउ परेकी ती क्रुर आमाले भने पञ्चालयले आफूमाथि
लगाएको साढे ४ लाखको जरिवाना तिर्न आफूले छोरीलाई बेच्न खोजेको बताएकी छिन्
।
उनका अनुसार बालिकाको विवाह माधोपुरमा
एकसाग पक्का गरिएको थियो । तर, आमाले केही समयमा नै छोरीलाई फिर्ता
ल्याएपछि गाउँ पञ्चायत बस्यो र उक्त कदमलाई गलत ठहर गर्दै अर्थिक जरिवाना
तोक्यो । युवतीको परिवारलाई केही पैसा दिएर विवाह गरिन्छ ।
बालिकाले आफूलाई आमाले बेचेको र कन्जरी
बस्तीमा लगेर अनैतिक कार्य गर्न दबाव दिएको बताएकी छिन् । आफूलाई कुटपिट
समेत भएको भन्दै उनले मुम्बईमा बेच्ने कुरा भएपछि आफू भागेको प्रहरी समक्ष
बनाएकी छिन् । बालिकालाई अहिले बालिका गृहमा राखिएको बीबीसीले जनाएको छ ।




