काठमाडौं, वैशाख १२ - एसीसी यू-१९ एलिट कप क्रिकेटमा सहभागी हुन बुधबार घोषित टिममा यसपल्ट नयाँ खेलाडीको वर्चस्व रहेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले भुवन कार्कीको नेतृत्वमा घोषणा गरेको टिममा अधिकांश नयाँ अनुहारले स्थान पाएका छन् ।
भुवनले पनि पहिलोपल्ट कप्तानको जिम्मेवारी पाए । प्रतियोगिता मलेसियामा वैशाख १८ देखि २९ सम्म आयोजना हुँदै छ । कप्तान भुवन कार्की, उपकप्तान अविनाश कर्ण र रामनरेश गिरीले अस्ट्रेलियामा भएको आईसीसी यू-१९ विश्वकपको अनुभव बटुलेका छन् भने निश्चल पाण्डेले आयरल्यान्डमा भएको यू-१९ आईसीसी विश्वकप छनोटमा सहभागिता जनाएका थिए । जगत टमाटाको प्रशिक्षणमा रहेको टिममा नयाँको अलावा बलरको वर्चस्व रहेको छ । भुवनका अतिरिक्त निश्चल, सुशान्त भारी, इर्शाद अहमद र प्रेम तामाङले स्पिन बलिङ गर्नेछन् भने अविनाशसहित रामनरेश, राहुलप्रताप सिंह र यज्ञमान कुमाल तीव्र बलर हुन् । यज्ञमान यसअघि राष्ट्रिय टिमको क्याम्पमा परिसकेका छन् ।
टिममा रहेका अमित श्रेष्ठले राष्ट्रिय प्रतियोगितामा दुई शतक प्रहार गरेका थिए । अन्य सदस्यमा पवन श्रेष्ठ, विभत्सु थापा, निर्मल थापा र हरिशंकर साह छन् । वैकल्पिक खेलाडीमा अमित दाहाल, सुरजकुमार कुर्मी, अभिषेक झा र शरद खड्का छन् । 'यसपटकको टिम ब्यालेन्स छ,' प्रशिक्षक टमाटाले भने, 'कुनै स्टारभन्दा औसत खेलाडीहरू रहेका छन् ।' उनले छोटो समयमा पनि टिमको तयारी राम्रो भएको बताए । पोखरामा ३२ खेलाडीसहितको टिमले प्रशिक्षण गरेको थियो ।
विराटनगर, वैशाख ११ - मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले कुनै एक दलका कारण मुलुक बन्धक हुन नसक्ने बताएका छन् । उनले नेकपा-माओवादीलाई पनि निर्वाचनका लागि दलहरुले आव्हान गर्ने तर उ आएन भने पनि निर्वाचन हुने दावी गरे ।
उनले बुधबार विराटनगर विमानस्थलमा संचारकर्मीसंग कुरा गर्दै असन्तुष्ट सबै राजनीतिक दलको मागलाई सम्बोधन गर्दै निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिए । यदि बैद्यलाई लोकतन्त्र र गणतन्त्रमा विश्वास छ भने उनले निर्वाचनमा भाग लिनु पर्ने बताउदै गच्छदारले भने 'एउटा दलको कारण संविधान बनाउने प्रक्रिया रोकिनु हुँदैन ।'
राजनीतिक समस्याको समाधान निर्वाचनबाट मात्र भएकाले उच्चस्तरीय राजनीतिक समितिले छलफल गरि असन्तुष्ट दलहरुको मागलाई सम्बोधन गर्ने उनले जनाए । बैशाख १४ गते बस्ने दलहरुको संयन्त्रको बैठकले मंसिरको ५ गते भित्रमा निर्वाचनको मिति तोक्न सरकारलाई सुझाव दिने उनले जानकारी दिए ।
राजविराज, वैशाख ११ - रोजगारीकालागि मलेसिया पुगेका नेपाली युवाहरुलाई त्यहाँस्थित कम्पनीले राहदानी जफ्त गर्दै अनाहकमा निस्कासन गरेपछि सप्तरीका ८ जना नेपाली युवा अपलत्र परेका छन् ।
अपलपत्र परेका युवाहरुले आ-आफ्ना परिवारजनलाई टेलिफोन माफ्र्त आफूहरुलाई कम्पनीले राहदानी जफ्त गर्दै निस्कासन गरेपछि समस्या परेको जनाउँदै यहाँबाट उद्धार गर्न गुहारेका हुन् ।
सप्तरी सदरमुकाम राजविराज नगरपालिकासहित जिल्लाको विभिन्न गाविसका आठ जना युवा एक वर्ष अघि रोगजारीकालागि मलेसिया पुगेका थिए । राजविराज नगरपालिका-१० का राजेशचन्द्र यादव, जयनारायण साह, शिवशंकर प्रसाद शर्मा, भरतनारायण यादव, राजविराज नगरपालिका-८ का प्रमोदकुमार साह, वडा नम्बर ९ का रञ्जितकुमार यादव, सप्तरीकै खडगपुर गाविसस्थित अमरैया टोलका जितेन्द्र साहु र बेल्ही चपेना गाविसका गुलनारायण मुखियाँ एक वर्ष अघि मलेसिया पुगेका थिए ।
काठमाडौंस्थित सुभाष ह्युमन रिसोर्सेस प्रालि नामक मेनपावरबाट सप्तरीका बेल्ही चपेना गाविसका एजेन्ट परशुराम यादव मार्फ्त आठै जना युवक मलेसियास्थित 'ताई सन लिम कि फुड्स इण्डस्टि्रज' कम्पनीमा काम गर्न पुगेका थिए । तर, कम्पनीले आठै जना युवाहरुलाई मंगलबार बिहान अचानक निस्कासन गरिदिएपछि उनीहरु बिचल्लीमा परेका हुन् ।
मेनपावरको सम्झौता अनुसार मलेसियास्थित सो कम्पनीलाई नेपाली युवाहरुले पारिश्रमिक माग गरेपछि जर्बजस्ती ती कम्पनीले आठै जना युवाको राहदानी जफ्त गर्दै निस्कासन गरेको अलपत्र परेका युवाहरुलाई उदृत गर्दै निजका परिवारजनहरुले बताए ।
वैदेशिक रोजगारीमा जानु अघि कम्पनिले दैनिक ८ घण्टा अनिवार्य काम र ३ घण्टा ओभर टाईम काम गरेबापत ८ सय ५३ मलेसियन रिंगेट दिने सहमति पत्रमा उल्लेख थियो । तर, कम्पनीले सो अनुसार पारिश्रमिक नदिएपछि छोरा सहितका नेपाली युवाहरुले माग गरेपछि अनाहकमा राहदानी जफ्त गर्दै निस्कासन गरेको छोरा शिवशंकरलाई उदृत गर्दै बुवा राजकुमार शर्माले दुःखेसो पोखे ।
'कम्पनीको सहमति अनुसार पारिश्रमिक माग गरेपछि कम्पनीले आफूहरुलाई कामबाट निष्काशन गरिदियो', छोरालाई उदृत गर्दै बुवा राजकुमारले भने, 'कम्पनीले मलेसियन १ हजार ८० मलेसियन रिंगेट तिरेमात्र नेपाल फर्काउने धम्की दिएपछि थप चिन्तित भएको छु ।'
यता मलेसियामा अपलपत्र परेका नेपाली युवाहरुलाई अहिले खान बस्नसमेत समस्या भएको छ । कम्पनीले अनाहकमा राहदानी जफ्त गर्दै कामबाट निस्कासन गरिदिएपछि मलेसियन प्रहरीले उनीहरुलाई पक्राउसमेत गर्न सक्ने चिन्ता नेपाली युवामा थपिएको छ ।
'पैसा कमाउने उद्देश्यले जसोतसो बन्दोबस्त गरी भाईलाई मलेसिया पठाए', मलेसियामा अलपत्र परेका राजविराज १० का राजेशचन्द्र यादवका दाजु रामअवतार यादवले बुधबार कान्तिपुरसित भने, 'त्यहाँ झन मुश्किल भयो, राहदानीसमेत जफ्त गरेपछि भाईसहितका युवाहरुलाई समस्या भएको छ, अब सकुशल घर फर्कियो त्यही चाहना छ, सुखःदुख गरी यतै बसाउनुपर्छ ।'
यसैबीच मलेसियास्थित कम्पनीले नेपाली युवाहरुलाई निस्कासन गरेपछि बिच्चलीमा परेका नेपाली युवाहरुको परिवारजनले सकुशल उद्धार गर्न पीडित युवाका परिवारजनले स्थानीय प्रहरी-प्रशासनलाई गुहारेका छन् ।
उनीहरुले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय पुगेर अपलत्र परेका नेपाली युवाहरुलाई न्याय प्रदान गराई दिन आग्रह गरेका छन् ।
यसैबीच मलेसियामा अपलत्र परेका युवाहरुलाई उद्धार गराउने सम्बन्धमा बुधबार राजविराजस्थित जिल्ला प्रहरी कार्यालयमा छलफल भएको छ ।
पीडित युवाका परिवारजन, मलेसिया पठाउने एजेन्ट परशुराम यादव र प्रहरीबीच भएको छलफलमा एजेन्ट यादवले एक महिनाभित्र आफूले मलेसियाबाट आठै जना युवालाई फिर्ता ल्याउने लिखित सहमति गरेको छ ।
साथै उनले युवाहरुले पाउने पारिश्रमिक अनुसार एक वर्षको रकमसमेत आफूले तिर्ने सहमति गरेको सप्तरी प्रहरी प्रवक्ता डीएसपी श्यामसिंह चौधरीले बताए ।
सर्लाही, वैशाख ११ - एमाले बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको मानसिक अबस्था ठिक नभएकाले उपचारार्थ राँची लैजानुपर्ने बताएका छन् ।
एमाले समाप्त भइसककेको दाहालको भनाइबाट आक्रोसित नेपालले लोकतन्त्र दिवसको अवसरमा सर्लाहीको घुर्कौलीस्थित द्वन्द्व पीडित बालगृहमा बुधवार आयोजित कार्यक्रममा शाही शासनका बेला ज्ञानेन्द्रले पनि जनताको शक्ति नदेख्दा विनास ब्यहोर्नुपरेको स्मरण गराए । 'एमाले कहाँ छ भन्ने सम्मका मानसिक रोगका शिकार नेता यहाँ छन,' उनले दाहालको नाम उल्लेख नगरि भने, 'तिनलाई तुरुन्त राँचीमा भर्ना गर्नुपर्छ ।'
एमालेलाई अन्धाले नदेख्ने, बहिराले नसुन्ने र बौलाहाले बुझ्न नसक्ने नेपालले वताए अर्को प्रसंगमा नेता नेपालले दाहाल विदेश जाँदैमा देशको प्रतिनिधित्व गरेको मान्न नसकिने बताए ।
लोकतन्त्र दिवसको अवसर पारेर चेतना सन्देश नेपालले घुर्कौलीमा संचालन गरेको बालगृहमा अभिभावक गुमाएका रौतहटका १८ महिने एक बालक जिम्मा लगाउन नेपाल आएका थिए ।
११ बैशाख, काठमाडौं । नेपाली राष्ट्रिय
क्रिकेट टोलीका कप्तान पारस खड्काले आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन ३
मा नेपाली टोलीको एकमात्र सपना विश्वकप क्रिकेटका लागि छनोट हुनु रहेको
बताएका छन् ।
‘हामीलाई
थाहा छ, प्रतिस्पर्धी टोलीले हामीलाई खेलका हरेक क्षेत्रमा चुनौति पेश
गर्नेछन् र बर्मुडामा आएका सबै टोली क्षमतायुक्त छन्’ इन्टरनेशनल क्रिकेट
काउन्सिल आईसीसीसँगको कुराकानीमा खड्काले भनेका छन्-’यहीँ बुझेर हामीले
यसलाई निकै गम्भीर रुपमा लिएका छौँ र जितका लागि हरसम्भव प्रयास गर्नेछौँ
।’
आफुहरुलेे प्राप्त श्रोत साधनलाई प्रयोग
गर्दै प्रतियोगितामा सफलता प्राप्त गर्न उच्चतम तयारी गरेको पारसको दाबी छ ।
नेपाली टोलीका सबै सदस्यहरुसँग घरेलु क्रिकेटको अनुभव मात्र रहेको भन्दै
उनले आफुहरुले आइसीसीको र्यांकिङमा आउन ठूलो मेहेनत गरेको र विश्व कप
क्रिकेटमा छनोट हुनु एकमात्र सपना रहेको बताए ।
‘नेपाली टोली एसोसिएट राष्ट्रहरुमध्ये
उत्कृष्ट ६ स्थानसम्म रहन सक्षम रहेको दाबी पारसको रहेको छ । त्यसैले
छनोटका लागि हामी आफ्नो अधिकतम क्षमताका साथ खेल्नेछौं’-कप्तान पारस भन्छन्
।
हेटौँडा, वैशाख ९ - हेटौँडा नगरपालिका-२ स्थित आफ्नै पसलमा बसिरहेकी १८ वर्षकी एक युवतीमाथि एक युवक एसिड (तेजाव) खन्याई फरार भएका छन्। बिन्ध्यावासिनी कंसाकारमाथि हेटौँडा मै बस्ने राजकेशर नाम गरेको एक युवकले तेजाव खन्याएका हुन्। घाइते कंसाकारको हेटौँडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
घटना आज मध्याह्न १२ बजे भएको र उक्त घटनामा संलग्न राजकेशरको खोजी कार्य तीव्र पारिएको जिप्रका मकवानपुरका प्रहरी नायब निरीक्षक चन्द्रनारायण त्रिपाठीले बताए । रासस
संज़ीप कार्की. वैशाख ९ नेसनल क्रिकेट एकेडेमी (एनसिए) ले एसएलसी दिएका विधार्थीहरुलाई एक महिने प्रशिक्षण सुरु गरेको छ। 'प्रतिभाको खोजी' नाम दिइएका प्रशिक्षणमा १९ वर्षका मुनिका खेलाडी पनि सहभागी हुन सक्ने एनसिएले जनाएको छ। त्रिवि क्रिकेट मैदानमा प्रशिक्षण कार्यक्रमको प्रशिक्षक पुबुदु दासानायके र राष्ट्रिय खेलाडी शक्ति गौचनले निरिक्षण गरेका थिए। जगत टमाटा, विनोद दास, राजु बस्न्यात, कलाम अलीले खेलाडीहरुलाई प्रशिक्षण दिनेछन्। बिहान र बेलुका गरी प्रशिक्षण दुई सत्रमा सञ्चालन गरिएको छ।
उत्कृष्ट ठहरिएकाहरुबाट युथ टोली बनाइने एनसिएले जनाएको छ। युथ टोलीलाई आवश्यक प्रशिक्षण प्रदान गरी उच्च स्तरको क्रिकेट प्रतियोगिता खेल्नका लागि तयार पारिने जनाएको छ। एनसिएले विद्यालय क्रिकेटलाई केन्द्रित गरी प्रतिभा खोजको अर्को कार्यक्रम पनि सञ्चालन गरिरहेको छ।
उत्कृष्ट ठहरिएकाहरुबाट युथ टोली बनाइने एनसिएले जनाएको छ। युथ टोलीलाई आवश्यक प्रशिक्षण प्रदान गरी उच्च स्तरको क्रिकेट प्रतियोगिता खेल्नका लागि तयार पारिने जनाएको छ। एनसिएले विद्यालय क्रिकेटलाई केन्द्रित गरी प्रतिभा खोजको अर्को कार्यक्रम पनि सञ्चालन गरिरहेको छ।
काठमाडौं, वैशाख ९- विश्व क्रिकेट लिग डिभिजन ३ खेल्न भोलि बर्मुडातर्फ प्रस्थान गर्ने नेपाली क्रिकेट टोली अझै भिसा कुरेर बसिरहेको छ। इन्डिगो एयरलायन्सबाट दिल्ली र ब्रिटिस एयरलायन्सबाट लन्डन ट्रान्जिट हुँदै नेपाली क्रिकेट टोली बर्मुडा पुग्ने कार्यक्रम रहे पनि दिल्लीस्थित वेलायती दूताबासले टोलीको ट्रान्जिट भिसा ढिलाइ गरेको हो।
नेपाल क्रिकेट संघका महासचिव अशोकनाथ प्याकुर्यालले कप्तान पारस खड्काको बर्मुडा भिसा अझै नआइ पुगेको बताए। बर्मुडाका लागि नेपाली टोलीले बेलायती भिसा नै आवेदन दिए पनि बाँकी टोलीको लन्डन ट्रान्जिटको बेलायती भिसा नै आएको छैन्। भिसाको लागि नेपाली टोलीले दिल्ली वेलायती दूताबासमा आवेदन गरेका छन्।
'हामी सोमबार साँझसम्म कुरेर बस्छौं। त्यसपछि के गर्ने निर्णय गर्छौं। त्यसै पनि हाम्रो हातमा केही छैन्,' प्याकुर्यालले भने, 'साँझ सम्म भिसा नआए हामी तालिका परिवर्तन गर्न बाध्य हुनेछौं। त्यसपछि हाम्रो तालिका एक दिन पछि सार्नेछौं।'
नेपालले अप्रिल २५ मा बर्मुडा ११ सँग अभ्यास खेल खेल्ने कार्यक्रम छ। सोमबार साँझसम्म भिसा नआएको खण्ड्मा बर्मुडा ११ सँगको अभ्यास खेल खेल्न नेपाली टोली बञ्चित हुनेछ। नेपालले अप्रिल २८ मा अमेरिकासँग खेलेर डिभिजन ३ को यात्रा सुरुआत गर्ने कार्यक्रम छ। डिभिजन ३ एकदिवसीय विश्वकप छनोटको आधार पनि हो।
बर्मुडा जाने नेपाली टोलीमा पारससहित, उपकप्तान ज्ञानेन्द्र मल्ल, अनिल मण्डल, सुवाष खकुरेल, शरद भेषावकर, प्रदीप ऐरी, शक्ति गौचन, पृथु बाँस्कोटा, बसन्त रेग्मी, विनोद भण्डारी, सञ्जम रेग्मी, अमृत भट्टराई, चन्द्र साउद, राहुल विक छन्। त्यस्तै अफिसियलमा तारिणी विक्रम शाह (व्यवस्थापक), रमन सिवाकोटी (प्राविधिक विश्लेषक), पुबुदु दासानायके (प्रशिक्षक) र सुब्रमइएम (फिजियो) छन्। नेपाली टोलीसँगै क्यान अध्यक्ष टंक आङबुहाङ पनि जाँदैछन्।
श्रीलंकन मुलका दासानायके क्यानाडेली र फिजियो मलेसियाली भएकाले उनीहरुले भिसा आवेदन दिएका छैनन्। उनीहरुले बेलायत र बर्मुडामा आगमन भिसा सोझै पाउने छन्।
नेपाल क्रिकेट संघका महासचिव अशोकनाथ प्याकुर्यालले कप्तान पारस खड्काको बर्मुडा भिसा अझै नआइ पुगेको बताए। बर्मुडाका लागि नेपाली टोलीले बेलायती भिसा नै आवेदन दिए पनि बाँकी टोलीको लन्डन ट्रान्जिटको बेलायती भिसा नै आएको छैन्। भिसाको लागि नेपाली टोलीले दिल्ली वेलायती दूताबासमा आवेदन गरेका छन्।
'हामी सोमबार साँझसम्म कुरेर बस्छौं। त्यसपछि के गर्ने निर्णय गर्छौं। त्यसै पनि हाम्रो हातमा केही छैन्,' प्याकुर्यालले भने, 'साँझ सम्म भिसा नआए हामी तालिका परिवर्तन गर्न बाध्य हुनेछौं। त्यसपछि हाम्रो तालिका एक दिन पछि सार्नेछौं।'
नेपालले अप्रिल २५ मा बर्मुडा ११ सँग अभ्यास खेल खेल्ने कार्यक्रम छ। सोमबार साँझसम्म भिसा नआएको खण्ड्मा बर्मुडा ११ सँगको अभ्यास खेल खेल्न नेपाली टोली बञ्चित हुनेछ। नेपालले अप्रिल २८ मा अमेरिकासँग खेलेर डिभिजन ३ को यात्रा सुरुआत गर्ने कार्यक्रम छ। डिभिजन ३ एकदिवसीय विश्वकप छनोटको आधार पनि हो।
बर्मुडा जाने नेपाली टोलीमा पारससहित, उपकप्तान ज्ञानेन्द्र मल्ल, अनिल मण्डल, सुवाष खकुरेल, शरद भेषावकर, प्रदीप ऐरी, शक्ति गौचन, पृथु बाँस्कोटा, बसन्त रेग्मी, विनोद भण्डारी, सञ्जम रेग्मी, अमृत भट्टराई, चन्द्र साउद, राहुल विक छन्। त्यस्तै अफिसियलमा तारिणी विक्रम शाह (व्यवस्थापक), रमन सिवाकोटी (प्राविधिक विश्लेषक), पुबुदु दासानायके (प्रशिक्षक) र सुब्रमइएम (फिजियो) छन्। नेपाली टोलीसँगै क्यान अध्यक्ष टंक आङबुहाङ पनि जाँदैछन्।
श्रीलंकन मुलका दासानायके क्यानाडेली र फिजियो मलेसियाली भएकाले उनीहरुले भिसा आवेदन दिएका छैनन्। उनीहरुले बेलायत र बर्मुडामा आगमन भिसा सोझै पाउने छन्।
वैशाख ९ - दोलखा लामा बगरका ५६ वर्षीय स्थानीय मिजार (परिचित नाम) बीस बर्षपछि काठमाडौंबाट फर्किएका छन्। लामाबगर बसेर उनको दैनिक नचल्ने भएपछि उनी २० वर्षअघि काठमाडौं आएका थिए। लामाबगरका स्थानीय तीन वर्ष अघिसम्म भिर र तामाकोशी नदीको तिर हुँदै गोरेटोबाटो छिचोलेर साढे २८ किलोमिटर पार गर्दै यहाँ आउँथे। अहिले गाडीमा आउन थालेका छन्।
यो परिवर्तनको एउटै कारण हो : दोलखाको उत्तरी गाविस लामाबगरमा बनिरहेको चार सय ५६ मेघावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजना। यो ०६७ भदौ १७ देखि सुरु भएको हो। ०७२ चैतसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ। स्वदेशी लगानीमा निर्माण हुन लागेको पहिलो ठूलो आयोजना हो। आयोजनाको कुल लागत ३५ अर्ब २९ करोड रुपैयाँ छ। मुलुकका धेरै विकास निर्माणका कामहरु अवरुद्ध भइरहेका बेला यहाँ भने धमाधम काम भइरहेको छ। विदा र राति भन्ने छैन। त्यसकै कारण ४५ प्रतिशत काम सम्पन्न भएको प्राविधिकहरु बताउँछन्। १६ किलोमिटर सुरुङमध्ये नौ किलोमिटर सुरुङ खन्ने काम सम्पन्न भइसकेको छ।
सबैतिर अवरुद्ध र निराशा छाइरहेको बेला 'माथिल्लो तामाकोशी'मा मात्र विकासको रफ्तार किन? यो राष्ट्रिय गौरवको आयोजना हो। यसमा दोलखाबासीको अपनत्व छ। दोलखाबासीका नाममा १० प्रतिशत शेयर छुट्टाइएको छ। यस आयोजनाले एउटा सन्देश दिएको छ, 'विकासका लागि एकता'। कांग्रेस, एमाले, एमाओवादी, नेकपा-माओवादीलगायतका साना ठूला सबै दल एकजुट छन, आयोजना निर्माण। नागरिक समाज त्यत्तिकै सक्रिय छ। सलाम छ, दोलखाबासीलाई। दोलखाको सन्देश आत्मसात गर्ने हो भने तपाई पनि आयोजनास्थल आउन सक्नुहुनेछ। काठमाडौबाट दोलखा सदरमुकाम चरिकोट १३५ किलोमिटर छ। चरिकोटबाट दोलखा बजार साढे ४ किलोमिटर, दोलखाबाट सिंगटी खण्ड ३५ किलोमिटर, सिंगटीबाट लामाबगर साढे २८ किलोमिटर छ।
ढड्डामा ल्याप्चेसमेत लगाउनुपर्छ । सबै प्रक्रिया पूरा भएपछि मात्रै सम्बन्धित व्यक्तिको उपस्थितिमा अधिकृतले लाइसेन्समा हस्ताक्षर गर्छन् । तर यहाँ तोकिएको रकम दिएकै भरमा जोकोहीले सजिलै लाइसेन्स प्राप्त गर्न सक्ने नारायणी यातायातले प्रमाणित गरिदिएको छ ।
माघ २० गते मृत्यु भएका भक्तपुर सिरुटारका ४५ वषर्ीय रामेश्वर राउतको नाममा आइतबार दुई चक्के 'क' वर्गको लाइसेन्स जारी भएको हो । छोरीको विवाहको निम्ता बाँड्न हिँडेका राउतको भोलिपल्ट दधिकोट वडा ६ र ७ को सिमानामा पर्ने ह्युम पाइपमा शव भेटिएको थियो । यिनै व्यक्तिले मरिसकेपछि लाइसेन्स पाएका छन् ।
'सम्बन्धित व्यक्ति आउँदा न्यूनतम ५ हजार लाग्छ,' कार्यालयमै भेटिएका एक दलालले भने, 'व्यक्ति नआएको अवस्थामा तेब्बर खर्च लाग्छ ।' लाइसेन्स लिनेको नागरिकताको फोटोकपी, चार प्रति फोटो र तय भएको रकम ती दलाललाई दिइयो । चैत १८ गते यातायातले नयाँ लाइसेन्स आवेदन आह्वान गर्यो । राउतको नाम दर्ता भएपछि प्रवेशपत्र जारी भयो ।
चैत २२ गते लिखितमा राउत पास भए । यातायातको भित्तामा टाँसिएको रिजल्टमा राउतको नाम १२७ नम्बरमा थियो । चैत २४ गतेको ट्रायलमा समेत राउत पास भएको दलालले जनाए । ट्रायलको नतिजा कार्यालयले प्रकाशमा ल्याउँदैन रहेछ । वैशाख ८ देखि लाइसेन्स वितरण गरिने दलालबाटै थाहा भयो । कार्यालय सुनसान देखिन्थ्यो ।
'निवासमै कर्मचारीले लाइसेन्स बनाउँछन्,' स्रोतले भन्यो, 'लेनदेनको हिसाब नमिलेपछि यसपालि अलिकति ढिलो भएको हो ।' वैशाखदेखि लाइसेन्स लिन नयाँ खाले ट्रायल लिइने भएकाले यसपालि चाप बढी भएको स्रोतले दाबी छ ।
दुई चक्केका लागि मात्र ३ हजार ३६ जनाले आवेदन दिएका थिए । लिखितमा दुई हजार सात सय ४७ पास भएका थिए । शाखा अधिकृत ईश्वरी ढकालको हस्ताक्षर रहेको राउतको लाइसेन्स नम्बर २३०५३३२ छ । मृतकको नाममा लाइसेन्स जारी भएको प्रमाण भेटिएपछि अञ्चल प्रहरीले छापा मारेको छ ।
सहायक प्रजिअ लुकबहादुर छेत्री र एसएसपी सर्वेन्द्र खनालको नेतृत्वमा गएको टोलीले ढड्डालगायत सम्बन्धित कागजात नियन्त्रणमा लिएको छ । 'अनियमितताको प्रमाण भेटिएपछि छापा मारेर ढड्डा निणन्त्रणमा लिएको एसएसपी खनालले बताए ।
इनरुवा , वैशाख ९ (संज़ीप कार्की) - सुनसरीको पचिरामा १५ वर्षीयालाई हातखुट्टा बाँधेर रातभर बलात्कार गरिएको छ । वैशाख ५ गते बलात्कार भए पनि प्रहरीले सार्वजनिक गर्न नचाहेकाले ढिलो थाहा भएको हो ।
पचिरा गाविसमा लागेको मेलाबाट फर्कने क्रममा उक्त साँझ सिमरिया गाविसकी ती किशोरीलाई सोही ठाउँका ३५ वर्षीय दिलीप चौधरीले पचिरास्थित बाँसघारीनजिक खेतमा लगेर हातखुट्टा बाँधी बलात्कार गरेका थिए ।
बेहोस भएपछि चौधरी छाडेर भागेका थिए । बिहानै खेतमा मूर्छित किशोरीलाई स्थानीय बासिन्दाले देखेपछि परिवारलाई खबर गरेपछि वैशाख ६ मै इलाका प्रहरीमा जाहेरी दिए पनि प्रहरीले दर्ता गर्न नमानेको परिवारले जनायो । कोशी अञ्चल अस्पतालमा उपचारपछि किशोरी आइतबार घर फर्किएकी छन् ।
काठमाडौ, वैशाख ९ (संज़ीप कार्की) - साझा यातायातले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म निर्वाध सेवा दिन पाउने भएको छ । विमानस्थलमा रहेका ट्याक्सीहरूले साझा चल्न नपाउने भन्दै आन्दोलनको चेतावनी दिएपछि भएको वार्तामा सेवा सुचारु गर्न पाउने सहमति भएको हो । आइतबार साझा यातायात, नागरिक उड्डयन प्राधिकरण, सुरक्षा संयन्त्रका अधिकारी र ट्याक्सी चालकसहितको छलफलपछि बस विमानस्थल गेटभित्रको फाउन्टेन (अन्तराष्ट्रिय टर्मिनलको अगाडि गोल घुम्न मिल्ने ठाउँ) सम्म गएर यात्रु चढाउन पाँच मिनेट पर्खिन पाउने सहमति भएको छ । त्यस्तै विमानस्थलभित्र जाँदा हवाई यात्रु र प्राधिकरणको कार्ड भएकालाई मात्र लान पाउने व्यवस्था पनि गरिएको छ ।
साझाले २०७० सँगै आफ्नो सेवा पुनः सुरु गरेको हो । 'रोक लागिसकेको थिएन,' साझाका प्रबन्धक महेन्द्र पाण्डेले भने, 'सरकारले दिएको रुट इजाजतका आधारमा सेवा सञ्चालन गरिरहेका थियौं । विवाद नबढाउन छलफल गरियो ।'
विमानस्थलका महाप्रबन्धक दिनेश श्रेष्ठका अनुसार सुरक्षाको प्रत्याभूतिका साथ साझालाई भित्र जान दिइनेछ । 'साझाको विरोधमा हामी छैनौं,' उनले भने । बस सञ्चालनका लागि केही दिनमा यातायातले विमानस्थलसँग सम्झौता पनि गर्ने भएको छ ।
विमानस्थलभित्र रहेका ट्याक्सीले तोकिएको भन्दा बढी पैसा लिने, यात्रु खोसाखोस गर्ने प्रवृत्तिले पनि धेरै यात्रु हिँडेर मुख्य गेट (गोल्डेन गेट) बाहिर पुग्ने गरेको गुनासो आइरहेको थियो । 'अरूको व्यवसायमा साझाले कुनै प्रभाव नै पार्दैन,' प्रबन्धक पाण्डेले भने ।
यसअघि पनि उपत्यकाका निजी व्यवसायीले आफ्नो सिन्डीकेट तोडिने डरमा साझाको चर्को विरोध गरेका थिए । अन्तर्राष्ट्रिय टर्मिनलको अगाडिसम्म जान पाउने साझालाई आन्तरिकतर्फ मोड्न मिल्ने ठाउँ नभएकाले त्यतिमै सीमित गरिएको विमानस्थलले जनाएको छ । तर छलफलमा सहभागी एक अधिकारीका अनुसार विमानस्थलमा ट्याक्सी सञ्चालनका लागि ठेक्का लिएकाले उसलाई प्रभाव नपार्नेतर्फ ध्यान पुर्याइएको थियो । 'साझालाई मात्र हेर्न मिलेन,' ती अधिकारीले भने, 'अर्को पक्षको चासोलाई पनि हेर्नुपर्यो ।'
कलंकी-विमानस्थल र नयाँ बसपार्क-लगनखेल रुटमा सेवा थालेको साझा यात्रुमाझ भने लोकपि्रय बनेको छ । हाल युरो-३ मापदण्डका ५४ सिटे बस सञ्चालन गरिरहेको साझा २०५८ माघ ११ देखि औपचारिक रूपमा विघटन भएको थियो । त्यतिबेला पनि साझा सबैको चासोको विषय थियो । 'पहिलेको साखले अहिले पनि साझालाई लोकपि्रय बनाएको हो,' पाण्डेले भने । विसं २०१८ मा तत्कालीन राजा महेन्द्रको अग्रसरतामा निजी क्षेत्रको संलग्नतामा साझा सुरु भएको थियो । त्यसपछि विसं २०२६ र २०५८ मा बन्द भई पुनः सञ्चालन हुँदै आएको छ । व्यवसायीका एकाधिकारका कारण सहज यातायात सेवा नपाएका यात्रुमा साझाले ठूलो अपेक्षा सिर्जना गरेको छ ।
९ बैशाख, काठमाडौं (संज़ीप कार्की) ।
नेपाल गुणस्तर तथा
नापतौल विभागले उपत्यकाका सुनचाँदी पसलहरुमा अनुगमन सुरु गरेको छ । सुनको
भाउ एक्कासी घटेपछि व्यवसायीहरुले सुन लुकाउन थालेपछि विभागले पसलहरुमा
अनुगमन सुरु गरेको हो ।
विभागले आइतबारदेखि राजधानीका विभिन्न
पसलहरुमा छड्क अनुगमन सुरु गरेको जनाएको छ । बजारमा सुन खरिद गर्न पाईएन
भन्ने उपभोक्ताहरुको गुनासो आएपछि अनुगमन सुरु गरेको विभागको भनाई छ ।
बैशाख २ गते र ३ गते गरि दुई दिनमा तोलामा ६ हजार ३ सय रुपैयाँ घटेपछि
व्यवसायीहरुले सुन लुकाउन थालेका हुन् । व्यवसायीहरुले सुन लुकाएपछि विवाह
बन्धनमा बाँधिन लागेका दम्पत्तीहरुका लागि पनि गहना किन्न नपाएको
उपभोक्ताको गुनासो छ ।
९ बैशाख, काठमाडौं । एकाएक घट्न थालेको
सुनको भाऊ नेपाली बजारमा सोमबारदेखि फेरि उकालो लाग्न थालेको छ । सोमबार
छापावाला सुनको मूल्य तोलामा ३ सय रुपैयाँ बढेर प्रतितोला ५० हजार ८ सय
रुपैयाँ पुगेको छ । आइतबार बजारमा छापावाला सुन तोलाको ५० हजार ५ सय
रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आइतबार तोलाको ५० हजार २ सय ५०
रुपैयाँमा कारोबार भएको तेजावी सुन सोमबार प्रतितोला ५० हजार ५ सय ५०
रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदीको भाउमा भने कुनै परिवर्तन
नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार सोमबार
चाँदी तोलाको ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।












