mainpageads

'एउटा दलका कारण मुलुक बन्धक बन्दैन' नेकपा-माओवादी नआएपनि निर्वाचन हुन्छः गच्छदार


विराटनगर, वैशाख ११ - मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले कुनै एक दलका कारण मुलुक बन्धक हुन नसक्ने बताएका छन् । उनले नेकपा-माओवादीलाई पनि निर्वाचनका लागि दलहरुले आव्हान गर्ने तर उ आएन भने पनि निर्वाचन हुने दावी गरे ।

उनले बुधबार विराटनगर विमानस्थलमा संचारकर्मीसंग कुरा गर्दै असन्तुष्ट सबै राजनीतिक दलको मागलाई सम्बोधन गर्दै निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिए । यदि बैद्यलाई लोकतन्त्र र गणतन्त्रमा विश्वास छ भने उनले निर्वाचनमा भाग लिनु पर्ने बताउदै गच्छदारले भने 'एउटा दलको कारण संविधान बनाउने प्रक्रिया रोकिनु हुँदैन ।'

राजनीतिक समस्याको समाधान निर्वाचनबाट मात्र भएकाले उच्चस्तरीय राजनीतिक समितिले छलफल गरि असन्तुष्ट दलहरुको मागलाई सम्बोधन गर्ने उनले जनाए । बैशाख १४ गते बस्ने दलहरुको संयन्त्रको बैठकले मंसिरको ५ गते भित्रमा निर्वाचनको मिति तोक्न सरकारलाई सुझाव दिने उनले जानकारी दिए ।  


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts