mainpageads

तोलामा ३ सय बढ्यो सुनको भाऊ


९ बैशाख, काठमाडौं । एकाएक घट्न थालेको सुनको भाऊ नेपाली बजारमा सोमबारदेखि फेरि उकालो लाग्न थालेको छ । सोमबार छापावाला सुनको मूल्य तोलामा ३ सय रुपैयाँ बढेर प्रतितोला ५० हजार ८ सय रुपैयाँ पुगेको छ । आइतबार बजारमा छापावाला सुन तोलाको ५० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आइतबार तोलाको ५० हजार २ सय ५० रुपैयाँमा कारोबार भएको तेजावी सुन सोमबार प्रतितोला ५० हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदीको भाउमा भने कुनै परिवर्तन नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार सोमबार चाँदी तोलाको ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts