अतृप्त पाण्डेय
शून्य, चिहानजस्तै छ कोठा । कोठामा कोही
छैन । म छु । मौनता छ मेरो साथ । तर पनि सुन्दैछु सडकमा अझै कोही
गुगुनाइरहेको छ…..नसक्ता पनि म तिमीमा नि फुल्न । नसक्ने भए छु तिमीलाई
भुल्न ……….. यस्तै-यस्तै सस्ता भावुक शब्दहरुकै साथ लागेर झ्यालको बाटो
गरेर कोठाभित्र पस्छ बतास, एउटा चिसो बतास ……. फलस्वरुप चलमलाउँछन्
क्यालेण्डरका मौन छायाँहरु । लौ, आज पनि अरु थोक केही नपाएको झोकमा मलाई
मात्र भएपनि छोएर मदेखि चिप्लिदै जान बिर्सेन, साँच्चै बिर्सिँदै बिर्सिएन
चिसो बतासले …………..साँच्चै, मदेखि प्रतिदिन चिप्लिदै गएको, चिप्लिदै जाने
गरेको त्यो बतासझैँ भएर आफूलाई बिर्सिदै आफूहुनुको पनदेखि, चिसो क्षणदेखि म
पनि बतासिँदै भाग्न सके ? तर अहँ, म कहिले पनि त्यसरी भाग्न सक्तिनँ ।
साँच्चै, वास्तविकतादेखि भागेर आजसम्म ख्वै, को कहाँ पुगेका छन् र मैले
सक्नु, मैले खोज्नु ? यसरी सम्झिदै जाँदा दुःख लाग्छ । साँच्चै, यो कस्तो
वास्वविकता हो मेरो ? अप्रिय पनि कसैको वास्तविकता हुन सक्छ र यसरी ? तर
हेर्नोस् न मेरो भने यही नै वास्तविकता भैरहेछ , बनिरहेछ । साँच्चै, अप्रिय
भएर पनि मसँगै, मैले सोचेको भन्दा ठीक उल्टो भएर, बलेर खरानी हुन नसकेको
अगुल्टोझैँ भएर मभरि-भरि धूवँ लिएर उभिएको छ वास्तविकता ! साँच्चै, यो
कस्तो अप्रिय वास्तविकता हो मेरो ? प्रश्नको जवाफ पाउने आशामा कोठामा
झुन्ड्याइएको ठूलो ऐनामा प्रतिबिम्बित आफ्नै छायाँलाई हेर्छु । तर सधैँको
झैँ आज पनि जवाफ पाउन नसक्ता म यहाँनिर आइपुगेर झन् भासिन्छु , झन्
चर्किन्छु । मेरो मानसिकता फेरि पनि बलात्कृत भैदिन्छ । तब लाग्छ, साँच्चै
आजभोलि मलाई मेरो आफ्नै छायाँले पनि जिस्क्याइरहेछ , खिज्याइरहेछ ।
साँच्चै, आफैँलाई आफ्नै छायाँले पनि यसरी जिस्क्याइरहँदा, खिज्याइरहँदा
सोच्नुको अर्थ के पो हुन सक्ला र मसँग ? त्यसैले त चेतनामा शून्य हुन
खोज्दै आँखा चिम्लिन्छु, चिम्लिरहन्छु ……………………………..
झ्यालबाट बाहिर आँखा दगुराउँदा परको
राममानको घरनिरको डबलीमा राममानको दुई वर्षे छोरोलाई म्वाइँ खाइरहेकी
सानुमायालाई देख्छु । सानुमाया …………हिसाब गर्छु । साँच्चै पाएकी भए मेरी
दिदी निर्मलाले फटाएको धोतीचोली जत्तिकै धोतीचोली फटाउँदी हो उसले पनि । तर
पाइन र पो ! साँच्चै मेरो दिदीकै छोरो पनि डिप्लोमामा पढ्दै छ आज । तर
सानुमाया, बिचरी सानुमाया भने डबलीको डबलीमै छे आजभोलि पनि ! साँच्चै, सपना
कस्ती देख्दी हो बिचरी ! हो यै प्रश्न अस्ति भर्खरै पनि उसलाई मैले सोधेकी
थिएँ । तर त्यतिखेर उसले जवाफ केही दिइन, चुपचाप क्वारक्वारती मतिर मात्र
हेरेर बसिरही पो ! उसले साँच्चै आजभोलि बिहानको छाक हामीकहाँ र बेलुकीको
छाक राममानकहाँ टार्ने गरेकी छे । सानुमायालाई यसरी पढ्दै जाँदा, यसरी
सम्भिmदै जाँदा उसप्रति सहानुभूति राख्न मन लाग्छ । साँच्चै यसपालाको
निर्वाचनमा मत खसाल्न मोटर चढाएर लानेहरुको सत्ता प्राप्तिले पनि केही गर्न
सकेन सानुमायालाई ! साँच्चै, एउटा स्वरभन्दा बढी अरु केही हुन सकेनन् कोही
पनि । मुकुटको मात्र साँटफेर हुँदा यस्तो हुने गर्छ भन्ने पढेको थिएँ मैले
। साँच्चै त्यस्तो मात्र भैदियो । बिचरी सानुमाया मत खसालेर आएपछि कति
उत्सुक थिई त्यसबखत । मैले त आकर्षक नारा भट्टयाउनेहरुको पछि लागेर मत
खसाल्न नजाऊ भनेकै थिएँ । तर मैले भनेको मानिन, मेरो कुरामा विश्वासै गरिन र
पो । समयानुसार मुकुट फेर्नेहरुलाई, भाका फेर्नेहरुलाई समयमै नबुझेपछि
पछुताउनु मात्र आफ्नो भएर रहिरहन्छ जिन्दगीमा ! हो सानुमायाले पनि आज
पछुताऊ मानेकी छे । साँच्चै, आफ्नो भन्ने त्यो डबली बाहेक अरु के नै छ र
उसको ? डबली र ऊ । ऊ र डबली । बाँच्नुको एउटा बाध्यता । यसरी सोच्दा सोच्दै
म फेरि एकाएक सानुमायालाई नियाल्न पुग्छु । लौ हेर, अझै पनि राममानको
छोरोलाई म्वाइँ, मात्र म्वाइँ खानमा नै पो व्यस्त छे बिचरी । लौ राममानको
दुलहीले भर्खरै मात्र पो देखिछ कि क्या ! र त हतपत सानुमायाको छातीबाट
खोस्तै आफ्नो छातीमा टाँसेर सुम्सुम्याई आफ्नो छोरोलाई । आमाको छातीमा
त्यसरी टाँस्सिन पाउँदा पनि किन सानुमायापट्टी नै आफ्नो हात बढाइरहेको होला
राममानको छोराले ? लौ, मुख बिगारेर रुन पो थाल्यो । सानुमायाले केही गरिन,
केवल थपडी मारी र खित्तखित्त गरी हाँस्दैरही । साँच्चै यतिखेर
हाँस्नुभन्दा अरु बढी, थपडी बजाएर खित्तखित्ताउनुभन्दा अरु बढी के नै पो
गर्न सक्थी त सानुमाया ?
शायद “उ… उ…. मेरो पोइ !” भन्दै आफ्नो
सपनाको पोइलाई खोज्दै दगुरेकी हुनुपर्छ सानुमाया । र त ऊसँगसँगै दगुर्यो
ऊनिर आइपुगेको ठिटो पनि । साँच्चै पुग्यो पर धेरै प……… र । म चुपचाप आफ्ना
एक जोडी आँखाले यी सब दृश्यलाई टिपिरहेछु । लौ, आज पनि सानुमायाले उसको
सपनाको पोइलाई भेट्न सकिन, आफूमा समेट्न सकिन । साँच्चै आज पनि घाटामा नै
परी सानुमाया ! साँच्चै सानुमायादेखि किन डराएर भागेको होला त्यो ठिटो ?
आखिर सानुमाया पनि एउटा आइमाई न हो ! तर ऊ त एउटा लोग्नेमान्छे, देशलाई
आवश्यक परेमा, देशको लागि आवश्यक भएमा सङ्गीन समाएर शत्रुसंग धावा
बोल्नुपर्ने उमेर बोकेको एउटा लोग्नेमान्छे भएर पनि एउटी आइमाईसंग डराएर
भाग्ने नपुंसक काँ को ! छि: छि: यसरी सम्झिदै जाँदा त्यो ठिटोले केही
बेरअघि मात्र देखाएको कायरतादेखि मलाई पनि हाँसो उठेर आउँछ । साँच्चै
सानुमायाले आखिर उसलाई समातिहालेकी भए पनि के पो नै गर्न सक्थी र ? साँच्चै
हेर त एकचोटि पनि फरक्क र्फकेर हेर्ने साहससमेत गरेन त्यो ठिटोले ! शायद
सकेन कि ? तर र्फकेर हेरिहालेको भएपनि, जिस्क्याइहालेको भएपनि सानुमायाले
के पो गर्न सक्थी र ? छोरीभन्दा आमा तरुनी भनेर राष्ट्रिय सञ्चार माध्यमले
जिस्क्याइरहने यो देशमा आखिर उत्ताउला भाका नै हालेर सानुमायालाई
जिस्क्याइहालेको भएपनि उसले के गर्थी र ? आखिर सानुमाया पनि हिजोसम्म
नराम्रोसँग शोषण गरिएकी, आज नराम्रोसँग तर्साइएकी, उपेक्षा गरिएकी एउटी
आइमाई न हो ! साँच्चै कृषिप्रधान सरह पुरुषप्रधान यो देशमा आखिर आइमाईहरु
जाँतोद्वारा पिस्सिएका, चपाइएका अबलाहरु न हुन् ! हुन पनि पैसा र ताकतको
भरमा आइमाईलाई केसम्म गरिएको र भनिएको छैन र यहाँ ? यसरी सम्झिदै जाने हो
भने लोग्नेमान्छेको अनुहार देख्दैमा उसप्रति घृणा लाग्नुपर्ने हो ! हुन पनि
लोग्नेमान्छेलाई सहिष्णु हुनु भनी उसकी आमाले सिकाउँछे, सघाउँछे । आमाकै
स्नेहमा हुर्किदै जब ऊ एक्लै उभ्भिन सक्ने
हुन्छ, तब ऊ आइमाईलाई एउटा वासनाको पुत्ला
बनाएर आफूखुसी गर्न चाहन्छ, फसाउन चाहन्छ । यसरी सम्झिदै जाँदा झ्यालमा
बसिरहन पनि मन मरेर आउँछ मलाई । तब म फेरि एकपटक झ्याललाई ढ्याप्प
ढप्काउँदै ओछ्यानतिर लम्किन्छु । मानौँ अब उत्सुकतापूर्वक मैले प्रतिदिन
खोल्ने गरेको त्यो झ्यालबाट पनि कुनै दृश्य नै देख्न सक्तिनँ म । हो,
वास्तवमा हुन पनि आजभोलि त्यो झ्यालबाट अब म केही देख्न सक्तिनँ । साँच्चै
मुर्कट्टाहरुलाई मान्छे भनेर कतिन्जेल यसरी हेर्नु, हेरिरहनु ? साँच्चै
भोलि नै भ्याएँ भने एउटा पर्दा सिएर हालिदिन्छु । अनि त त्यो झ्यालमा केही छ
भनेर सोच्नु पनि सिर्फ पर्दा मात्र देख्ने छु र यसै गरी हरेक दिन त्यो
झ्यालमा पर्दा, मात्र पर्दा देख्दा सबका धोखा खाएका आँखाहरु पनि तर्सेर
किनारा लाग्नेछन् । तर त्यो पर्दा सारेर फेरि एकपटक मलाई हेर्ने साहस, मलाई
बुझ्ने साहस कसैमा हुने छैन । कोठामा अँध्यारो बढ्दै गएकोले नजिकैको
वेडस्विच थिच्छु कोठा अघिको भन्दा केहि उज्यालिन्छ । टीभी खोल्छु । फेरि
एकपटक छर्केको अत्तरझै उही पुराना अनुहारहरु आएर मलाई कोर्पन थाल्छन् ।
साँच्चै फेरि यसपटक पनि धनको उन्मादमा बौद्धिकतालाई किन्छु भनेर भेला
भैरहेका उही निर्लज्ज अनुहारलाई टीभीको पर्दामा देख्नुपर्दा झन् उराठ लाग्छ
र टीभी बन्द गर्दै ओछ्यानमा आएर पल्टिन्छु । आँखा चिम्लिदै केही सोच्दै म
आफैँलाई पनि बिर्सिने बहानामा रुमल्लिन पुग्छु । साँच्चै के आइमाई भनेका
रुप मात्र हुन् र ? यौवन र बैँसबाहेक आइमाईमा अरु केही छैन ? साँच्चै प्रेम
भनेको के वासनाको पर्खाइ मात्र हो ? प्रेम गर्नुको क्रममा हालिएका बाचाहरु
के क्यालेण्डरका मौन छाँयाँ मात्र हुन् ? हैन, यो प्रश्नको जवाफ मैले
कसबाट कैल्हे कसरी र कहाँ पाउने ? समयसित सोधेर जवाफ लिऊँ भने पनि लाटो र
लङ्गडो छ यो समय ! साँच्चै मेरो भानिजदाइको छोरो सुन्दरजस्तै लाटो र लङ्गडो
छ यो समय ! यहाँनिर आएर पनि टुट्टा खान्छु म । समाल्न खोज्दाखोज्दै पनि
आँखा एकाएक पग्लन थाल्छ । म आफ्नै आँसुमा बग्न थाल्छु-बरबरी ।
‘केशरी, आज तँ एक्लै ?’ मेरो कोठाको ढोकैबाट प्रश्न बग्छ म भएतिर ।
‘जोडी पाउनु त समय र संयोगको कुरा न हो !’ सरलातिर एउटा नमीठो हाँसो पोख्तै म भन्छु ।
‘हेर न मलाई खिस्याएकी !’
‘त्यो त तेरै सोचाइको गल्ती हो सरला !’
‘भो ! भो ! छोड्दे यो कुरा, बरु हिँड्न आज न्यूरोडतिर जाऔँ न अलिकति मेरो बजार पनि गर्नुथ्यो ।’ आफ्नै सुरमा भन्दै गई सरलाले ।
सरलाको कुरा सुन्दा एसिडले रङ्ग
बदलाइदिएको लिटमसपेपरझैँ भैदिन्छ मेरो अनुहार । जिस्क्याउन थाल्छ मलाई नै
फेरि पनि यो क्षण । सोच्छु, साँच्चै अब मेरो लागि न्यूरोड भन्ने शब्द नै
नपच्ने भैसकेको छ । अब पनि न्यूरोड जानु त आलोघाउमा नुनचुक छर्नु र आफैँले
आफैँलाई उपहास गरिरहेका जीवनीहरुलाई हेरिरहनु सिवाय अरु केही हुन सक्तैन
मेरो लागि ! फेरि कमल मजस्तै थलकमल हुनुभन्दा अगाडिका कुनै सौम्य र रम्य
गुलाफसँग भेटियो वा देखियो भने ?….. मस्तिष्कले भरखरै जोडेको पछिल्लो यस
हिसाबदेखि झन् दुःख, डर लागेर आउँछ र हतार-हतारमा भन्छु ‘सरला आज मलाई अलि
सन्चो पनि छैन्, त्यसैले म जान्न नरिसा ल ?’
‘हामी कमल होइनौँ, अनि किन जान्थिस् त हामीसँग ?’
‘सरला, कमलको कुरा नगर !’ नचाहँदानचाहँदै पनि त्यसै-त्यसै आवेगमा आएर चिप्लिन्छन् यिनै शब्दहरु ।
‘मैले केही पनि बुझ्न सकिन नि केशरी !’
‘हो आज यही त भैदिएको छ हामीमा । कारण हामी आफैँलाई बुझ्नसक्ने हामी पनि छैनैा नि सरला ! र त आज….’
सरलाले केही बोली न । शायद चाहिन कि !
एकाएक वातावरणमा फेरि मौनता । एक अर्कासँग एक अर्काको अनौठो साक्षात्कार ।
यती मात्रै हैन, बलात्कार पनि ! तब फेरि केही सोचिरहनुको अर्थ पनि हुँदैन
मसगँ । शायद सरलासँग पनि । फलस्वरुप ऊ र म एक अर्कालाई आ-आफ्नै पाराले
हेर्छौँ, हेरिरहन्छौँ मात्र । मानौँ केही क्षण अघिनै पहिरो गैसकेको छ
हाम्रो सोचाइमा, हाम्रो वर्तमानमा, गुलाफमा, थलकमलमा र अनि पत्थरमा खनाइएका
अत्तरका सुवासहरुमा……
विवेक सिर्जनशील प्रकाशन प्रा.लिबाट २०६९
मा प्रकाशित कथाकार अतृप्त पाण्डेयको ‘हुरी नचलेको भए……’ कथा सङ्ग्रहबाट
साभार गरिएको शीर्षस्थ कथा ।
-सन्तोष खतिवडा
शरद् ऋतुको आगमनले छर्लङ्ग खुलेको आकाशमा दुई चारवटा चङ्गाहरु यत्रतत्र उडिरहेका थिए । स्कुले ठिटाहरुको स्कुल दशैँको लागि छुट्टी भइसकेको जानकारी दिदैँ थिए ति चङ्गाहरु । मेरो पनि कलेजको अन्तिम दिन, सम्झनाले मात्रै पनि म रोमाञ्चित थिएँ । एक वर्ष भइसकेको थियो घर नगएको । अघिल्लो सालको यहि दशैंमा नै घर गएको थिएँ म । एक त दशैं जस्तो महान चाडले खुशी ल्याएको थियो भने संगसंगै घर जान पाउने कुराले खुशी थपेर अझै रोमाञ्चित बनाएको थियो ।
म
भखरै २३ वर्ष पुगेको थिएँ । यो उमेरलाई धेरैले धेरै किसिमबाट वर्णन
गर्दछन् । प्रेमको पालुवा पलाएर मौलाउने, अनि झाङ्गनि उमेर यहि हो भन्ने
मान्यता मेरो पनि थियो । कलेजमा आफ्नो उमेरका सहपाठीहरु युगल जोडी बनेर
प्रेमपत्र साटासाट गर्थे, कुनै बहाना बनाएर कलेज बंङ्क गर्थे, टाढा कुनै
पार्कमा घुम्न जान्थे । यी सबै देख्दा र सुन्दा म रोमाञ्चित हुन्थेँ । म
कल्पनाको संसारमा पुग्थें र आफ्नो जीवन साथीको बारेमा कल्पना गर्थेँ । उ
कस्ती होली ? भन्ने प्रश्न मनमा ल्याउथेँ । प्रश्नको उत्तर बनेर मनमा कुनै
पनि आकृति आउँदैनथ्यो । यो उमेरसम्म मैले प्रेम के हो र कस्तो हुन्छ महशुस
गर्न सकेको नै थिईन । ‘सुन्दर महिलासंगको साथ अनि सामिप्यता कस्तो हुन्छ
मलाई थाहा नै थिएन । यद्यपि म पनि आम मेरो उमेरका केटाहरु जस्तै प्रेममा
रमाउन चाहन्थें ।
हरेक पल्ट दशैंमा घर जाँदा म ठुलो उत्सुकताका साथ टिकट काट्थेँ र सधैँ झ्यालपट्टीको सिट लिन्थेँ । दशैंमा काठमाडौँ छोडेर घर फर्किनेहरुको ठुलो भिड हुन्थ्यो । यस कारण हामी फुलपाती भन्दा १०-१२ दिन अगाडि नै घर जाने तयारीमा जुट्थ्यौ । काठमाडौँबाट नेपालगंजसम्मको यात्रा रात्री बसमा करिब १४ घण्टाको हुन्थ्यो । त्यो १४ घण्टाको पट्यारलाग्दो यात्रालाई सजिलो बनाउने एउटै उपाय आफ्नो साइडको सिटमा रमाइलो साथी भेटिनु । यसपल्टको यात्रा चाँहि अगाडिको दुईवटा वोरिङ्ग यात्रा जस्तो हुनैहुँदैन भने सोच्दै म टिकट काउन्टरमा पुगेको थिएँ र भगवानसँग मनमनै प्रार्थना गदै थिँए “भगवान कम्तिमा यो यात्रामा त मेरो साइडको सिटमा एउटी सुन्दरी जुराइदेउ !”
म चढेको बस बालाजुको नयाँबसपार्कबाट अगाडि बढ्यो । बस अझैँ भरिएको थिएन सायद कलंड्ढीबाट चढ्ने यात्रीहरु बाँकि छन् होला । मेरो सिटमा म मात्रै थिएँ । यसपल्ट भने म ढुक्क थिएँ, मेरो सिटमा कोहि प्राकृतिक सुन्दरी आउनेछिन् र मेरो यात्रा अन्यन्तै रमाइलो हुनेछ । तर, अहँ त्यस्तो भइराखेको थिएन । कलंकीबाट बस चढ्नेहरुको भिडमा मेरो आँखाले लगातार खोजीरहेको सुन्दर आखाहरुको जम्काभेट हुनै सकेन । मैले खोजी राखेको जस्तो कोहि पनि गाडीमा चढेन । यस पल्टको यात्रा पनि निरस हुने कुरामा अब म विश्वस्त भएँ । भर्खरसम्म रमाइलो यात्राको खुसीमा रमेको मेरो मन तुरुन्तै निरस यात्रामा दुःखी हुन पुग्यो । बसका करिब सबै सिटहरु भरिईसकेका थिए । खाली म संगैको सिट मात्र अघिदेखि मैले ओगटेकोले होला भरिएको थिएन ।
बस कलंड्ढीबाट पनि अगाडि बढ्यो मेरो जीवनको एउटा अर्को निरश र पट्यारलाग्दो यात्रा अगाडिका बर्षहरु र दिनहरु जस्तै गरि अगाडि बढ्यो । कलंड्ढी चोकबाट बाबा पेट्रोलपम्पतर्फ ओरालो लागेको बस थोरै अगाडि बढ्ने बित्तिकै फेरि रोकियो । मेरो श्वास पनि रोकियो, मुटुको धड्कन बढ्यो , कता कता डर लागेको जस्तो भयो । मेरो गाडीको अन्तिम खाली सिटमा बस्न कोहि यात्री आउँदैछ भन्ने अड्कल गर्न मलाई कुनै गाह्रो भएन । खलासीले ढोका खोल्यो र एकोहोरो करायो ‘छिटो छिटो गर्नुहोस्, ट्राफिकले रोक्न दिँदैन, छिटो छिटो ।’
गाडीभित्र छिरेको आकृति र मेरो कल्पनाको आकृति एउटै पो थियो । मेरो ओठबाट विजयको मुस्कान निक्लियो, एकचोटी बिस्तारै ओठ बरबरायो ‘थ्याङ्कस् गड, यसपालिको यात्रा भने रमाइलो हुने भयो ।’ म खुसुक्क झ्याल पट्टीको सिटमा सरेँ, ऊनलाई मेरो सिटमात्र खाली छ भन्ने जानकारी दिन चाहन्थें तर उनी सहजै मेरो सिटमा बसिनन् । बरु कण्डक्टरलाई खाली सिटको बारेमा सोध्नपो थालिन् । कण्डक्टरसँग पनि उपाए नै थिएन । मलाई मेरो सिट खाली राख्न गरेको प्रयत्न र उनको म संगैको खाली सिटमा नबसी अर्को सिट खोज्न गरेको प्रयास सम्झेर हाँसो उठ्यो । उनी अनिच्छुक देखिएकी थिइन् मेरो सिटमा बस्न, तर बसिन् । मैले मनमनै सोचेँ ‘नखरा चाहिँ पार्न जानेकी रैछे ।’
म धेरै खुसी अनि थोरै डरले कुनातिर च्यापिएको थिएँ । गाडी अगाडि बढ्यो, मनमा हजारौँ कुराहरु खेल्न थाले । सबै उनको बारेमा थियो भन्ने हैन, तर धेरै उनकै बारेमा थियो । मलाई उनीसंग कुरा सुरु गर्नुथियो तर हिम्मत जुटाउन सकिराखेको थिईन । म आफुभित्र भएको व्यग्रतालाई लुकाएर भलाद्मी देखिन चाहन्थें । त्यसैले चाहेर पनि छिट्टै बोलीहालीन । बस नागढुङ्गामा गएर रोकियो । अलिकति जाम लागेको रहेछ । करिब बेलुकीको ५ बजिसकेको थियो । मैले झ्यालबाट टाउको निकालेर बाहिर हेरेँ र बरबराएँ ‘कस्तो जाम पो रहेछ ।’ म उनको ध्यान आफुतिर खिच्ने प्रयास गर्दैथेँ तर ऊनी त मुर्ति जस्ती पो देखिईन् । अहँ केही बोलिनन, कतै हेरीनन् । हातमा सानो किताब च्यापेकी थिईन्, ऊनको आँखा त्यसमा मात्र थियो । वरु गाडीभित्र उज्यालो नपुगेकोले उनी थोरै झ्यालतिर किताबलाई फर्काएर पढ्दै थिइन् ।
अब मैले आफैले प्रयास गर्नुपर्ने सोचेर बिस्तारै सोधेँ ‘के किताब हो ?’
उनले छोटो जवाफ दिईन् ‘उपन्यास ।’
यति भनिसक्दा पनि उनी मतिर हेरिनन् । मैले आफ्नो अनुहार संम्झिएँ के म त्यती नराम्रो छु र ? तर उनले मलाई अर्को प्रश्न छोडेकी थिईन ‘उपन्यासको नाम के हो ?’ जवाफमा उनले ‘बसाइँ’ भनिन् ।
म हरेक प्रश्नको लामो उत्तर चाहन्थेँ तर उनी छोटो छोटो उत्तर दिदैं थिईन् । प्रश्न सोध्नुको मतलब उपन्यास वा किताबको बारेमा जानकारी लिनु थिएन बरु उनीसंग वार्तालापको सुरुवात हुन सक्छ कि भन्ने कोशिस थियो । मेरो दुईटा प्रश्न त्यसै खेर गएको महशुस भयो मलाई । ‘बसाइँ मेरो पनि मनपर्ने उपन्यास हो’ भन्दै म कुराको पोको खोल्न थालेँ । मोटे कार्की र झुमाका कुरामा उनले पनि मलाई थोरै साथ दिईन् । सायद उनलाई पनि लाग्यो होला म उनीसंग कम्तिमा यो विधामा भने कुरा गर्ने योग्य छु । झमक्क अध्यारो भइसकेकोले उनले किताब थन्काइसकेकी थिइन्, बसको बत्तिमा किताब पढ्न गाह्रो नै हुन्थ्यो । मैले सोचेँ-अब उनको साथी म र मेरो साथी उनी हुनेछिन् । तर मैले सोचे अनुसारको यात्रा भइराखेको थिएन, उनी अलि कमै बोल्थिन् , म उनलाई बोलाउनको लागि अलि धेरै बोलीराखेको हुन्थेँ ।
बस आफ्नै गतिमा गुड्दै थियो । बसका यात्रीहरु भिडियो चलाउनको लागि कण्डक्टरलाई अनुरोध गर्दै थिए । अनि कण्डक्टर चाहिँ मुग्लिनमा खाना खाएपछि बल्ल चलाउने जानकारी दिँदैं थिए । मैले सोचेँ उनी सँग म कम्तिमा मुग्लिनसम्म त कुरा गर्न सक्छु, उनी संग कुरा गर्ने समय छोट्टएिको महशुश भयो मलाई, त्यसैले हतारमा मैले उनको नाम सोधेँ । नाम ‘अनामिका’ भएको बताईन् तर प्रतिप्रश्न गरेर मेरो नाम भने सोधिनन् । उनले नसोधिकनै आˆनो नाम ‘सफल’ हो भनि आफुलाई परिचित गराएँ । उनले मेरो नाम सुनेपछि ‘ए राम्रो नाम रहेछ’ भन्ने प्रतिकि्रया दिईन् । मलाई खुसी हुन अरु के चाहियो र ? उनले राम्रो नाम भनेपछि मलाई पहिलोपल्ट आˆनो नाम राम्रो लाग्यो । मलाई उनी सँगको त्यो यात्रा मौनता बिच पनि रमाइलो लागिरहेको थियो । मैले त्यो उमेरसम्म कुनै पनि केटीसँग नजिक भएर उनीहरुको मनोविज्ञान बुझेको त थिइँन तर पनि साथीहरुसंगको अन्तरकृयाबाट बनाएको केटी प्रतिको धारणा भन्दा उनी फरक थिईन, भिन्न थिइन् ।
उनी अहिले पनि अगाडि नै हेरिराखेकी थिईन् । यहि मौकाको सहि सदुपयोग गरेर मैले उनलाई पूरा नियालेँ अनि मनमनै निष्कर्श निकालेँ, कुनै कविले वर्णन गर्ने सुन्दरी अरु कोही हैन, उनीनै हुन् । चित्रकारले क्यानभासमा रङ्ग भर्ने पनि उनी नै हुन् । सुन्दर गजलहरु उनलाई हेरेर लेखिन्छन् अनि गीतहरु उनकै लागि गाईन्छन् । पूर्णचन्द्रमा समान उज्यालो उनको मुहारमा लजालुपनले गर्दा होला आधा भाग मात्र खुलेका कमल समान सुन्दर, लजालु तर ठूला ठूला आँखा अति सुहाएका थिए । आँखाको डिलमा लगाईएको कालो गाजलले ति मृगनयनीलाई थप सुन्दर बनाएको थियो । केशराशी खुल्ला छोडिदिएकी थिईन, केहि नसम्हालिएर निधारबाट चिप्लिदै गालासम्म आईपुग्थे र ति केशराशीलाई तिनका सुन्दर कान्छी औंला र माझीऔंलाको सहायताले बेला-बेलामा कानको चेप्पामा अड्काउँथीन । राम्रा, वान्किपरेका सफा हिउँ जस्तै सेता, टम्म मिलेका दाँतहरुका विच एउटा सानो दाँत देब्रेकुना बाट उछिट्टएिर थोरै बाहिर निक्लिदा झनै सुन्दर देखिएको थियो । उनको गोरो मुहारलाई लाजका अवशेषहरुले रक्तिम बनाएका थिए । पालुवा समान सुन्दर अनि कोमल ओठहरुले सुन्दरता थपिएकी उनी सुन्दर फूलको गुच्छा जस्ती देखिएकी थिईन् । उनी जब हाँस्थिन उनको स्वासको सुवासले खुला हावामा अत्तर जस्तो महक छरिएझैँ लाग्थ्यो । हरिणको वच्चा समान चञ्चल आँखाहरुले कहिले काहीँ आफ्नो सम्पूर्ण शरिरलाई जब उनी तलदेखि माथिसम्म नियाल्थिन् र असरल्ल हुन खोजेका कपडालाई तन्काएर आफ्नो पुष्ट अनि आकर्षक शरिरलाई छोप्थिन् त्यतिबेला लाग्थ्यो, उनी मात्र हुन् जसलाई सुन्दर भन्न मिल्दछ अनि सुन्दर भन्ने शब्द उनकै कारणले बनेको हो ।
“तँपाई कहाँ जाने हो ?” यो प्रश्नले म झस्किएँ । झट्ट जवाफ दिएँ “म त नेपालगञ्जसम्म नै पुग्छु” । उनले हाँस्दै उनको बारेमा बताइन् “म तँपाइ भन्दा १६ कि.मि वर नै रोकिन्छु र ८५ कि.मि उत्तर तर्फ लाग्दछु ।” मलाई अड्कल गर्न गाह्रो भएन उनको घर सुर्खेत रहेछ । मैले फेरि प्रश्न राखेँ-सुर्खेतको गाडीमा किन जानुभएन त ? हाँस्दै उनले जवाफ दिइन् “म सुर्खेतको गाडीमा गएको भए तपाइले यो प्रश्न कसलाई गर्नुहुन्थ्यो” ।
नागढुङ्गा देखिनै राजमार्गमा जाम भेटिएको थियो त्यो जामले मुग्लीनसम्म हामीलाई छोडेन । मुग्लिन पुग्दा रातीको १२ ः३० नै बजिसकेको थियो । मेरो साइडको सिटमा बसेकी मेरो यात्राकी मित्र र म पनि केहि नजिक भइसकेका थियौं । हामी दुवै संगसंगै बसवाट ओर्लियौं । म उनी भन्दा अगाडिनै कुनै टेवलमा गएर बस्न चाहन्थेँ र उनलाई प्रतिक्षा गर्न चाहन्थेँ तर मेरो प्रतिक्षा व्यर्थ भयो । उनि मेरो टेबुल अगाडी खाली कुर्सी भएपनि म भन्दा अगाडीको टेवुलमा गएर पो बसिन् । भर्खरसम्म नजिककी साथी सोचेको उनी मलाई टाढाको पो लागिन । मनमनै गाली गरेँ “कस्ति अचम्मकी होली, नखरा पार्न पनि कति जानेकी, मेरै टेबुलमा आएर बसेकी भए के जान्थ्यो ? के पो बिगि्रन्थ्यो ? मैले काम गर्ने केटालाई बोलाएँ र मेरो टेबुलको फोहोर सफा गर्न भनेँ । म चाहन्थेँ उनले फोहर टेबुलमा नबस्नको लागि मलाई भन्छिन, अनि उनको टेबलमा बोलाउँछिन । तर त्यस्तो भएन । न उनले बोलाइन न उनका आँखालेनै बोलाए । मैले हिम्मत जुटाएँ र उनको टेबुल अगाडीको कुर्सीमा बस्न पुगे । खाना हाम्रो टेबुलमा आइपुग्यो । हामी दुवै जना खान थाल्याँै । उनले बढो प्रेमले खाना खाईन् तर मैले भने बढी खुसी भएकोले हो वा खाना नमिठो भएर हो खानै सकिनँ । मैले खाना फालेको देखेर उनले मलाई खाना नफाल्न सम्झाईन, खाना संगै जोडिएको उनको विगत बताउन थालिन, उनी भन्दै गईन “मेरो बुबा व्यापार गर्नुहुन्थ्यो पैसा राम्रै कमाउनुहुन्थ्यो त्यसैले मलाई बच्चामा कहिले पनि अभाव महशुस गर्नुपरेन । पुल्पुलीएर हुर्किएँ । सबैको धेरै मायाले मलाई घमण्डी वनायो । कहिल्यै राम्रोसंग खाना खाईन । मम्मीले राखीदिएको खाना थोरै खान्थे, धेरै फाल्थे । जव १८ वर्षको पुगेँ, ठूलो रोग लाग्यो मलाई, मेरो घाँटीको अपरेशन गर्नुपर्ने भयो । त्यसपछि मैले खाना खान पाईन । लगातार ८ महिनासम्म दाल र सुप मात्र खाएर मैले जीवन धानेँ । एकदिन यस्तो लाग्यो-मेरो खुसी भनेको अब दाल र भातमा नै रहेछ । मेरो अगाडी काली माताको तस्विर थियो । त्यहि काली मातालाई हेरेर प्रार्थना गरेँ र मनमनै भनेँ-मलाई भात खाने सक्ने बनाइदिनुस, म अब कहिले पनि भात फाल्नेछैन । त्यो दिन म धेरै रोएँ, मेरो रुवाइले मेरो रोग ठिक भएन । म दिनदिनै कमजोर हुदै गएँ । बुबा र मम्मीले आश मार्नु भएछ । म वाच्दिनँ भन्ने सोचेर बुबाले मेरो हजुरआमालाई देखाउन होला सुर्खेत लैजाले निर्णय गर्नुभएछ । यहि मुग्लिनमा खाना खान गाडी रोकिएको थियो । बुबा र मम्मीले खाना खान थाल्नु भयो, मलाई दूधको व्यवस्था गरिएको थियो । म खाना खान चाहन्थेँ, आँखावाट आँसु खसाउँदै उहाँहरुले खाएको हेरिराखेकी थिएँ । बुबालाई लाग्यो होला सायद छोरी अव वाँच्दिन त्यसैले यसको खाना खाने इच्छा पुरा गरिदिनुपर्छ । उहाँले मेरो लागि खाना अर्डर गर्नुभयो । मैले ८ महिनापछि भात खान पाएँ । त्यो मेरो जीवनको सबैभन्दा खुसीको क्षण थियो । म सुर्खेत ल्याइपुर्याईएँ र घरेलु उपचारले वाँचे । अहिले तपाइको अगाडी छु ।” उनको अतितले मेरो आँखा रसायो उनको अतित सुनिरहँदा मैले थालको सवै खाना सिध्याईसकेको थिएँ । संगसंगै संकल्प गरे “अब म कहिले पनि खाने कुरा फाल्ने छैन ।”
“ल चिया सिया खाउँ, १५ मिनेट-१५ मिनेट” एकोहोरो यो आवाजले म व्युझिएँ । निन्द्रामा कहाँ आइपुगेछु पत्तै भएन । आँखा मिचेर झयाल बाहिर हेरेँ भालुवाङ्ग आइसकेको रहेछ । उनीतिर हेरेँ-उनी त सुतिरहेकी रहिछन् । कति सम्हालिएर सुतेकी आफ्नो शरीरलाई निन्द्रामा पनि आफ्नै सिटमा केन्दि्रत राखेकी । मेरो शरिरसंग छुइन्छकी भनेझै अलग्ग बसेकी । उनका हरेक क्रियाकलाप मलाई मन पर्न थाल्यो । सोचेँ उनलाई मेरो जिवन यात्राको सहयात्री बनाएर पठाएको हो भगवानले । मलाई उनको माया लाग्यो । निदाइरहेकी उनलाई उठाउन मन लागेन तर कन्डक्टरको एकोहोरो आवाजले उनको निद्रा खुल्यो । आँखा मिच्दै उनी मतिर हेरिन् र मुस्कुराईन् । मलाई लाग्यो उनको मुस्कानसंगै उषाको आगमन भयो । क्षितीजमा देखिएको लाली उषाको उनकै मुस्कानको कारण हो । उनलाई मैले चिया खान जाने हो भनेर सोधेँ । म आफु चिया नखाएपनि उनलाई साथ दिन चाहन्थेँ अथवा भनौं हामी विचको मौनतालाई शब्दहरुले चिर्न चाहन्थँ । उनले दाहिने आँखालाई थोरै सानो पार्दै टाउको मात्र हल्लाएर नखाने जानकारी दिईन् । अब छिट्टै उनी संग छुट्टनिु पर्छ भन्ने कुराले म दुःखी थिएँ र फटाफट उनी संग कुरा गर्न चाहन्थेँ । अझ भनौँ उनलाई आफ्नो बारेमा पनि केहि कुराहरु गरेर प्रभावित बनाउन चाहन्थे । यो बसको यात्राबाट सुरु भएको छोटो परिचयलाई लामो रुप दिन चाहन्थेँ । तर मेरो प्रयास एकोहोरो भईराखेको थियो । उनको हाउभाउबाट लागिराखेको थियो उनी मसंग नजिकिन खोजीराखेकी छैनन् । बसका सबै यात्रीहरु बाहिर ओर्लीसकेका थिए बसभित्र उनी र म मात्रै थियौं । हामी दुवैजना चुपचाप थियौं । उनको मोवाइलको घण्टीले त्यो मौनतालाई चिर्यो । उनले पाइन्टको अगाडीको गोजीबाट मोवाइल निकालिन र बजिरहेको घण्टी काटेर म्यासेज लेख्न थालिन् । नोकिया ब्राण्डको क्वाटीकिबोर्ड वाला मोवाइलमा उनको दुबै हातका बुढि औलाहरु छिटो छिटो चले । अनि मसिनो छोटो रिङ्गटोन बज्दा बज्दै उनले मोवाइल गोजीमा राखिन् ।
अघिल्लो साँझदेखि उनी मसंगै थिईन् । मेरो नजिक । उनले मसंग कुरा नगरेकी पनि हैनन् । तर मलाई उनी मेरो नजिक भएपनि नजिक लागिरहेकी थिईनन् । मैले मुश्किलले उनको नाम थाहा पाएको थिएँ, उनको खानासंग जोडिएको अतित थाहा पाएको थिएँ, अनि उनले मेरो नाम मात्रै थाहा पाएकी थिईन् । त्यो सानो परिचय नै काफि रहेछ की क्या हो प्रेमको लागि ! मलाई उनी आफ्नै हुन् है भनेझैँ लाग्यो । भगवानले मेरै लागि पठाएका हुन है भनेझैँ लाग्यो र मनमनै आफ्नो नामसंग उनको नाम जोडेँ सफल-अनामिका, मलाई कस्तो राम्रो सुहाए जस्तो लाग्यो । मनमनै मैले उनलाई हृदयको सिंहासनमा बसाएँ र मनमनै उनीसंग जीवन यात्रा गर्ने संकल्प गरेँ ।
गाडी आफ्नै गतिमा गुडिरहेको थियो । भालुवाङ्ग छाडेेको पनि ३ घण्टा भईसकेको थियो । म उनीसंग उनको मोवाइल नम्बर माग्न चाहन्थेँ तर सिधै माग्ने आँट नै भएन । उनले दिन्न भनिन् भने ? मेरो दिमागमा मोवाइल नम्बर माग्ने राम्रो तरिका सुल्झियो । अनि मैले बिस्तारै आफ्नो मोबाइललाई हामी दुईजना बसेको सिटको चेप्पामा लुकाईदिएँ र मोवाइल कता परेछ भनेर उनले थाहा पाउने गरि छट्पटाउन थाले । पाइन्ट र सर्टको गोजीमा छामेँ र उनीतिर हेरेर सुस्तरि भनेँ-मेरो मोवाइल कता अल्मलियो, एक चोटी मिस कल दिनुस् त । उनले पाइन्टको गोजीबाट मोवाइल निकालिन् । उनले किबोर्डमा हात लगाएकी मात्र थिइन् उनको मोवाइल बज्न थाल्यो । उनले म तिर हेरेर एक छिन है भन्दै मोवाइल उठाएर कुरा गर्न थालिन् । उनले हाँस्दै मोवाइलमा धेरै बेर कुरा गरिन् बिच बिचमा बाबा भनेको प्रष्ट सुनिन्थ्यो । मलाई लाग्यो उनि आफ्नो बुवा या भाई संग कुरा गर्दै थिइन् । मैले उत्सुकताका साथ उनलाई सोधेँ,
को हो ?
उनले छोटो जवाफ दिइन् ‘मेरो हविू
हवि ! के हो हवि भनेको ? मैले अर्को प्रश्न गरेँ ।
उनले हाँस्दै भनिन् ‘मेरो हज्वेण्ड भनेको ।’
म झस्किएँ, मेरो सोचाइहरुको सुन्दर महल टुक्रा टुक्रा भयो, मैले भर्खरै दखेको सपना चकनाचुर भयो अनि मेरो प्रेम, नजन्मिदै मर्यो । मेरो आँखा रसायो, रसिलो आँखामा अध्यारो छायो । आफुलाई सम्हाल्न धेरै गाह्रो भयो । बडो मुश्किलले आफुलाई सम्हाले र फेरी अर्को प्रश्न गरेँ । तँपाई विवाहित हो ? उनले हाँस्तै भनिन् “हैन त” । भर्खरै थाकेर फतक्क गलेको शरिरमा उनको त्यो उत्तरले फेरी उर्जा भरियो । आँखाको आँशु डिलबाट नखसीकनै आँखैमा सुके झै लाग्यो । खुशीले होला स्वर पनि धोति्रयो र त्यहि धात्रे स्वरमा सोधेँ, अनि अगि फोन गर्ने को त ? उनले सहजै जवाफ दिईन् । मेरो हुने वाला श्रीमान्, हामी एक अर्का लाई साह्रै प्रेम गर्छौँ र छिट्टै विवाह गर्दैछौं । मैले केहि सोच्नै भ्याइन कण्डक्टरले कोहलपुर ओर्लने छिट्टै तयार हुनुहोस् भन्दै थियो । आफ्नो ब्यागको लोतामा च्यापेर राखेको क्लिप निकालेर खुल्लै छोडिएको कपालमा लगाउँदै उनी उत्रने तयारी गर्न थालिन् । गाडी तुरुन्तै रोकियो उनले “हस् त म जान्छु, तपाई राम्रो मान्छे हुनुहुँदो रहेछ । तँपाई संगको यात्रा रमाइलो भयो” भन्दै सिटवाट उठिन् र हात नहल्लाई ओठले मात्र बाइ भनेर विदा भइन् । मैले सिटबाट उठ्ने प्रयास गरेँ तर शरीर साह्रै भारी लाग्यो, शरिर भन्दा मन भारी लाग्यो । भारी र गलेको शरिर लिएर जुरुक्क उठेँ अनि ढोकासम्म आएर उनलाई बाई भने । उनी फटाफट् उत्तरतर्फ लागिन् र तुरुन्तै पार्क गरेर राखेको बसहरुको भिडमा हराइन् । मेरो मन चिसो भयो, रुन मन लाग्यो । पुरुषत्वले रुवाई रोक्यो, घाँटीमा अड्कियो । घाँटी दुख्यो, कता कता भित्र दुख्यो ।
आफनो सिटमा आएर बसेँ, मोवाइल बज्यो । हतार हतार खल्तिमा छाँमे , मोवाइल थिएन । धत्तेरी बिर्सेछु । सिटको चेप्पामा पो छ, चेप्पाबाट निकालेँ । उनले पो गरिन कि भन्ने लाग्यो तर चिनेको नम्बर रहेछ, उठाउनै मन लागेन । उनले कसरी गर्छिन त मलाइ ? उनलाई मेरो नम्बर दिएको कहाँ छु र ? अहो ! मैले त उनको नम्बर पनि लिईनँ र उनलाई मेरो नम्बर पनि दिईनँ, कस्तो बिर्सेछु । कोहलपुर पनि कति छिटो आउनु परेको । मलाई आफु मुर्ख भएको आत्मबोध भयो । उनीसंगको यात्रा सधैको लागि सकिएको बोध भयो । आफुलाई गालि गर्दे उनीसंग छुट्टएिको करिब ४५ मिनेटमा म नेपालगञ्ज पुगेँ ।
नेपालगञ्जसम्मको त्यो यात्रा ३ बर्ष पुरानो भैसकेको थियो तर त्यति पुरानो भएपनि उनका शब्दहरु “तँपाई राम्रो मान्छे हुनुहुँदो रहेछ र रमाईलो रहृयो तपाई संगको यात्रा” भने मेरो कानमा हरेक दिन ताजा भएर गुञ्जिरहन्थे । ३ बर्ष भैसक्दा पनि मैले उनलाई बिर्सन भने सकेको थिइनँ । उनका यादहरु पातलो भए पनि दिमागको कुनै कुनामा बसकै थियो । शायद त्यसैले होला मलाई मेरो विवाहको लागि जिवनसंगी छान्न साह्रै गाह्रो भएको थियो । आमा बुवाको धेरै प्रयासहरु असफल भएका थिए । म औपचारिक शिक्षा सकाएर काम गर्न थालिसकेको थिएँ । एउटा ठुलो कम्पनिमा सेल्स मैनेजरको रुपमा काम गर्दथेँ ।
एक दिन म अफिसको टेबुलमा राखिएको बिलहरु ओल्टाई पल्टाई हेर्दै थिएँ । मोबाइलको घण्टी बज्यो, दाईको रहेछ । दाईको छोरीको स्कुटी दुर्घटना भएको रहेछ । कलेजबाट फर्कँदा गाडीले हान्दिएको रे । म हतार-हतार टिचिङ्ग हस्पिटल पुगेँ । उसको खुट्टा अपरेशन गर्नु पर्ने भयो । बाँकि अरु ठिकै रहेछ । अपरेशनपछि उसलाई ४१२ नम्बरको डबल बेडेड क्याबिनमा राखियो । दिनभरी बिक्रीको तनावले हस्पिटलमा जान नपाउने कारणले बेलुका कुरुवा बस्ने काम चाहिँ मैरै भागमा पर्यो । त्यहि क्याबिनको अर्को बेडमा एउटी अधबैशे जस्तो देखिने महिला थिइन् । उनको कुरुवा शायद कोही थिएनन्कि या मैले देखेको थिइन, उनी प्रायः एक्लै हुन्थिन । म छोरीलाई खाना खुवाएर, छोरी सुतिसकेपछि आफ्नो ल्यापटप निकालेर केहि काम गर्दै थिएँ । उनले मलाई बोलाइन् र उनको पिउने पानी सकिएकोले मिनरल वाटरको २ बोतल किनेर ल्याइदिनको लागी अनुरोध गरिन् । मलाई पसल जान अल्छि लागेकोले आफु संग भएको एउटा बोतल दिँदै अहिले यसैले काम चलाउनुहोस् भने । धेरै दिनदेखि देखिरहे पनि बोलिनसकेको बिरामीलाई सोधेँ । तपाईलाई के भएको हो ? उनले हाँसेर जवाफ दिइन् ‘क्यान्सर ! उनको जवाफ सुनेर म झस्किएँ । उनको जवाफ भन्दा बढि म उनको मुस्कानले झस्किएँ । त्यो मुस्कान परिचित लाग्यो मलाई । म अलिबढी नै भाबुक छु साह्रै सानो कुराले दुःखी बनाईदिन्छ, बिथोलिदिन्छ मलाई । उनलाई मैले यो भन्दा अगाडी राम्रो संग हेरेको नै थिईनँ । उनलाई क्यान्सर भएको भन्ने सुन्दा मलाई लाग्यो उनी अब केहि दिनको लागि मात्र हुन् । उनलाई यो सुन्दर धर्ती छोडेर छिट्टै जानुपर्छ भन्ने कुरा सोच्दा मात्र पनि मेरा आँखा रसाए । मैले उनलाई त्यहि रसिलो आँखाले नियालेँ । उनको टाउकोमा एउटा पनि कपाल थिएनन्, मुडुल्लो खौरिएको जस्तै थियो । आँखा भित्र दविएका थिए । गालाको मासु पनि पातलिएर हाडसंग बेस्सरी टाँसिएकोले होला नाक लामो भएर बाहिर निक्लिए जस्तो लाग्थ्यो । ओठहरुमा कलेटी प्रष्ट देखिन्थ्यो । उनको शरीर पातलिएको थियो । शरिरमा लगाएको कपडाले शरिरको अङ्ग छोएको नै थिएन, साह्रै ठुलो भएको थियो । उनको हैन अरुकै लुगा लगाएको जस्तो । उनलाई हेरिरहँदा मेरो मनमा एकैचोटी सय वटा कुराहरु आए । उनलाई के को क्यान्सर भयो ? उनी कति बर्षकी भइन् ? उनको घर कहाँ हो ? उनको अरु को-को छन् ? उनी बाँच्छिन् या बाँच्दिनन् आदि आदि ।
उनी बाच्छिन् या बाच्दिनन् भन्ने प्रश्न चाँहि लगातार मनमा आइरहृयो र जिब्रोको माध्यमबाट फुत्त बाहिर निक्लन खोज्यो तर त्यो प्रश्नलाई मनमा नै राखेर अरु प्रश्न गर्न थाले । तँपाईलाई के को क्यान्सर भएको हो ? मैले बडो सावधानीका साथ यो प्रश्न राखेको थिएँ । किनकी म चाहन्नथेँ मेरो कुनै पनि प्रश्नले उनलाई गाह्रो होस् र कमजोर बनाओस् । उनले अगिकै मुस्कान ओठमा ल्याएर जवाफ दिईन “ब्रेष्टको” मैले अर्को प्रश्न गर्नु अगाडी नै उनले आफ्नो जवाफ लम्ब्याइन् । मेरो किमो चलीरहेको छ र यो छैठौं साइकल हो । प्रत्येक २१ दिनमा एउटा साइकल चल्छ । छैठौ साइकलको किमो सकिएपनि थोरै इन्फेक्सन भएकोले मलाई अझै केहि दिन यहिँ बस्नु पर्छ । मेरो ब्रेष्ट को अपरेशन भईसकेको छ । उनले त्यसरी आफ्नो बारेमा भनीरहँदा मलाई उनको स्वर परिचित लाग्यो, मैले उनको नाम र घर एकै चोटी सोधेँ । मेरी छोरी निदाईसकेकी थिई । कोठामा उनको कुरुवा कोहि पनि नभएकोले म मात्र कुरुवा थिएँ । उनले आफनो नाम अनामिका बताइन् घर कहाँ भनिन् मैले सुन्दै सुनिँन । अनामिका नामले म भस्किएँ । एकाएक भगवानको नाम लिन पुगेँ । प्रभु त्यती राम्री अनामिकालाई के गरिस् तैले यस्तो ! ३ साल अगाडी गाडीमा भेटिएकी मेरो यात्राकी मित्र अनामिका सम्झेँ अनि बेडमा मृत्युसंग संघर्ष गर्दे बसेकी अनामिकालाई हेरेँ । भगवानको क्रुरतासंग रिस उठ्यो, श्रृष्टिको नियमसगं रिस उठ्यो । त्यो क्यान्सर रोगसंगै रिस उठ्यो । अरु केहि सोध्ने हिम्मत नै भएन सुन्ने साहस नै भएन । भर्खरसम्म टाढाको लाग्ने ती बिरामी आफ्नो नजिकको लाग्न थाल्यो । म टोलाएर भुइँतिर हेरिरहेँ । उनले पनि अरु थप बोल्न चाहिनन् । अनि त्यहि पुरानै शैलीको मुस्कानमा “ए तँपाईकि छोरी त सुतिछ, तँपाई पनि सुत्नुस” भनिन् र आफु पनि आँखा चिम्लिन् । क्यान्सरले थलिएर बेडमा सुत्दा पनि उनको ओठमा मुस्कानै मात्र देखेँ मैले, कति मुस्कुराएकी उनी लाग्छ उनलाई केहि भएकै छैन । मैले ३ साल अगाडिकी अनामिका सम्झेँ अनि हेरेँ अहिले बेडमा सुतिराखेकी अनामिका । उनको अहिलेको मुस्कान र ३ साल अगाडीको मुस्कानमा फरक खोजें तर फरक नै पाइनँ ।
उनको मुस्कानले मलाई दिनभरी अफिसमा पनि लखेटिरहृयो । ३ बर्ष अगाडीको नेपालगञ्जसम्मको यात्रा दिमागमा पुनराबृत भइरहृयो । अर्को दिन छिट्टै हस्पिटल पुगेँ । उनी आफै आफ्नो लागि हर्लिक्स बनाउँदै थिईन् । म बनाइदिन्छु तँपाई आराम गर्नुस् भनेँ । म उनलाई त्यस दिन उनको श्रीमान्को बारेमा सोध्न चाहन्थेँ । क्यान्सर जस्तो घातक रोगले थलिएको बेलामा पनि उनको आफ्ना मान्छेहरु कुरुवा नबस्नुले मलाई ठुलै खुल्दुली लागेको थियो । अनि ३ साल अगाडी मात्र देखेको मान्छेलाई उनले चिन्न नसक्नुले अर्को खुल्दुली पैदा गरको थियो । म उनलाई चिनाउन चाहन्थेँ, भन्न चाहन्थेँ कि म त्यहि सफल हुँ जसलाई तपाईले ३ साल अगाडी गाडीमा भेट्नु भएको थियो र हामी संयोगवश लामो यात्रासंगै गरेका थियौं । अनि त्यो दिनदेखि आजसम्म म तपाईको सुन्दर तस्बिर मनमा राखेर हिडिराखेको छु ।
मैले उनलाई आफ्नो नाम सफल भएको बताउँदै ३ साल अगाडीको यात्रा सम्झाएँ । उनी फेरी मुस्काईन र मलाई पहिलो दिनमा नै चिनिसकेको कुरा बताईन् । अब म उनीसंग खुलेर कुरा गर्न सक्ने भइसकेको थिएँ । मैले उनलाई उनको श्रीमानको बारेमा सोधेँ । मेरो प्रश्नले उनी केहि दुःखी भइन् तर केहि सम्हालिएर हाँस्दै भनिन् “सफल १४ महिना अगाडि विश्वास अध्ययनको लागी डेनमार्क गएको थियो । उ जानु अगाडीनै हामी बिवाह बन्धनमा बाँधिने निश्चय गरेका थियौँ तर हामो अन्तरजातिय प्रेमलाई अन्तरजातिय विवाहमा परिणत गर्न हामीले सकेनौ । मेरो परिवार मसगँ रुष्ट भए । उसका परिवार उसँग रुष्ट भए । हामीले विद्रोह गर्यौ, परिवार सँग, समाज सँग तर हाम्रो विद्रोहले हामीलाई दुवै परिवारको सहमतिमा विवाह हुनसक्ने परिस्थितिको सृजना गराउन सकेन । अन्ततः विवाह नै नगरी विश्वास डेनमार्क गयो ।
६ महिना भित्रै सबै डकुमेन्ट मिलाएर मलाई लिन आउँछु भनेर गएको थियो । तर ६ महिना नपुग्दै मलाई रोगले सतायो । मेरो ब्रेष्टको अपरेशन गर्नु पर्ने भयो । मैले विश्वासलाई बोलाएँ । उ आत्तिएर आयो, मेरो अपरेशन गरायो । उ सधैँ म सँगै हुन्थ्यो उसको साथले म पुर्ण विश्वस्त थिएँ, मलाई कुनै पनि रोगले मृत्युवरण गराउन सक्दैन । उसको साथमा जीवन रमाइलो लागेको थियो त्यसैले मलाई मर्न डर लागेको थियो बाँच्ने लोभ लागेको थियो । मेरो अपरेशनसम्म उ यहि बसेको थियो । मेरो पहिलो किमो साईकल सुरु हुनु अगाडीनै उ फर्कियो । त्यसपछि उ टाढियो । उसलाई फोनमा भेटिएन, अनलाइन देखिएन, उसका मेलहरु आएनन्, उ स्काईपमा आएन, फेशबुक स्टाटस अपडेट गरेन । धेरैपछि मैले सुनेँ अरु कोही नेपाली केटी संग उ डेनमार्कमै बस्छ रे । सायद म मर्छु भन्ने सोँचेर उसले मलाई छोडिदियो होला । तर मलाई केहि हुन्न सफल, म मर्दिनँ , मलाई अब झन बाँच्ने इच्छा छ । उसलाई देखाउन चाहन्छु । उसको साथ विना पनि म बाँच्न सक्छु भनेर । उनी फेरि मुस्कुराईन । उनको मुहारमा कहिँ दुःख देख्दिन म, पिडाहरु सबै लुकाएर हाँस्न मात्र जानेकी, जीवन जीउन त कसैले यिनी संग सिकोस् ।
मेरा त आँखा रोएछन् । छोरी तिर हेरेँ उ पनि रोइराखेकी रहिछे । ३ साल अगाडिको अनामिका सम्झेँ । फेरि अहिले वेडमा सुतिराखेकी सम्झेँ । मलाई त अहिलेकी अनामिका पो राम्री लाग्यो । त्यो खाल्डो परेको आँखा, त्यो चुच्चिएको नाक अनि पातलो गालाको छालामा कलेटी परेका ओठहरु पो राम्रो लागे । अनामिका तपाँईको कहिले डिस्चार्ज हुने भयो ? मेलै एकाएक प्रश्न गरे उनले उत्तर दिनु अगाडिनै अर्को वेडमा सुतेरहेकी मेरी छोरीले उत्तर दिई “हामी सँगै दिदीको पनि भोलि नै डिस्चार्ज हुन्छ ।” मैले मेरी छोरी तिर टुलुटुलु हेरिरहेँ मेरो आँखाहरुले छोरीलाई प्रश्न गरिराखेका थिए । “छोरी म तिम्रो दिदीलाई तिम्रो आन्टी बनाउछु हुन्छ ? सधैँको लागि, मेरो छोटो यात्राको साथीलाई अनन्त यात्राको साथी बनाउँछु हुन्छ ?” मेरी छोरीको रोइरहेका विरामी आँखाबाट दुई तिन थोपा आँसु गालासम्म आइपुगे । ति आँसुहरुले मलाइ स्विकृती दिए झै लाग्यो । “अंकल तपाईले अनामिकालाई पवित्र र साँचो प्रेम गर्नुभएको रहेछ” भने झै लाग्यो । अनामिकातिर हेरेँ र उनको दुब्लो, हाड मात्र देखिने पातलो हात समातेर भनेँ तपाईँ सँगै म बाँकि जीवन विताउन चाहन्छु, संगै यात्रा गर्न चाहन्छु ,यो यात्रामा कहिल्यै एक्लो छोड्ने छैन अनन्तसम्म, के मलाइ साथ दिनुहुन्छ ? उनी केही बोलिनन् । उनका हँसिला,उज्याला अनि चम्किला आँखाहरुलाई आँसुले धोए ती झनै चम्किला भए । उनका चम्किला आँखाहरुले मलाई स्विकृती दिए झै लाग्यो । मैले मेरी छोरीलाई हेरेँ । ऊ अझै रोइरहेकी थिई, आफुलाई नियालेँ म पनि रोइराखेको थिएँ । अनामिकालाई हेरेँ उनी मुस्कुराईराखेकी थिईन् । म पनि मेरो अनन्त यात्राको सहयात्री संगसँगै मुस्कुराएँ ।

डेकेन्द्रको चिहान उधिनियो, रमेश ढुंगेलको कहाँ छ ?
१ फागुन, काठमाडौं । एमाओवादी र माओवादी
दुईवटा पार्टीले आज १८ औं जनयुद्ध दिवस मनाइरहेका छन् । प्रचण्ड नेतृत्वको
एमाओवादीले खुल्लामञ्चमा कार्यक्रमको आयोजना गरेर जनयुद्ध दिवस बनाउँदैछ।
वैद्य नेतृत्वको नेकपा माओवादीले भृकुटीमण्डपमा चियापान गर्नुका साथै
रोल्पाको थबाङमा जनयुद्ध दिवस मनाउँदैछ ।
विसं. ०५२ साल फागुन १ गते सिन्धुली,
रोल्पा र गोरखाको तीन स्थानबाट एकसाथ कारवाही थालेर माओवादीले शुरु गरेको
जनयुद्ध ०६३ मंसिर ७ गतेको विस्तृत शान्ति सम्झौताबाट औपचारिकरुपमा विसर्जन
भएको हो । यसक्रममा राज्य र विद्रोहीका तर्फबाट दशौं हजार नेपाली नागरिक
मारिए, त्यतिकै संख्यामा महिलाहरु विधवा भए भने त्यतिकै संख्यामा
बालबच्चाहरु टुहुरा बने, दशौं हजार घाइते भए, हजारौं बेपत्ता पारिए ।
आलोकबारे माओवादीमा मौनता
काभ्रे जिल्लाको पोखरीचौंरी गाविस निवासी
यानप्रसाद गौतम (आलोक) का नाममा एमाओवादीले आलोक प्रवृत्ति किटानी गरेको छ ।
जनयुद्धका सकारात्मक पात्रका रुपमा प्रचण्डपथ भनिएको थियो भने नकारात्मक
पात्रका नाममा ‘आलोक प्रवृत्ति’ भनिएको थियो । सामान्य किसान परिवारमा
जन्मिएका आलोक तत्कालीन सेनाको गोलीबाट मारिए पनि उनलाई पार्टीले अहिलेसम्म
शहीद घोषणा गर्न सकेको छैन । आफ्नो पार्टीका पोलिटब्यूरो सदस्य आलोक सहीद
हुन् कि गद्दार ? जनयुद्धको १८ वर्षगाँठ मनाउँदा पनि पार्टीले टुंगो लगाउन
सकेको छैन । आलोककी विधवा कृष्णमाया चौलागाई र छोराछोरीले आफ्ना पतिलाई
सहीद घोषणा गर्न माग गरेको धेरै भइसक्यो, तैपनि प्रचण्ड र बाबुराम सरकारले
आलोकलाई सहीद घोषणा गर्न सकेको छैन । हेटौडामा जारी महाधिवेशनमा प्रचण्डले
आलोकको नामसम्म लिएनन् ।
ढुंगेलको शव कहाँ छ ?
एमाओवादीको हालै प्रकाशित मुखपत्रमा
प्रचण्डले भनेका छन्, म त स्टालिनजस्तै पो भएँछु । स्टालिनले पनि यसैगरी
भिन्न मत राख्ने नेतालाई मृत्युदण्ड दिएका थिए । स्टालिन हुने क्रममा
मृत्युदण्ड पाएका रमेश ढुंगेललाई अब माओवादीले सहीद घोषणा गर्द कि गर्दैन ?
यो पनि अस्पष्ट छ । कमसेकम प्रचण्ड समूहले नगरे वैद्य पक्षले ढुंगेललाई
सहीद घोषणा गर्नुपर्ने पो हो कि ? जनयुद्ध मनाइरहँदा एमाओवादी र माओवादीले
आलोककी विधवा र रमेश ढुंगेलका परिवारलाई पनि एकपटक सम्झने हो कि ? नभए कसले
सम्झेलान् यिनलाई ? न तत्कालीन राज्यले, न माओवादीले ।
रमेश ढुंगेललाई आलोकले एक्लै मारेर
दफनाएका होइनन् । आलोक मरेर गए, तर अरु हत्याराले ढुंगेल परिवारसँग माफी
माग्नुपर्दैन ? कि यसका लागि पनि सत्य निरुपण आयोग नै बन्नुपर्छ ? ढुंगेल
परिवार यतिबेला न्यायको खोजीमा प्रचण्डको दैलो चाहारिरहेको छ । माओवादीले
आफ्नै कार्यकर्तालाई मृत्युदण्ड दिएको सायद यो एउटा मात्रै घटना हो ।
मृत्युदण्ड दिइएका ढुंगेललाई अब नेताहरुले कसरी न्याय गर्लान् ? फागुन १ ले
यही सोधिरहेको छ ।
आलोकको अन्तिम बकपत्र
प्रचण्डले ‘आलोक प्रवृत्ति’ किटान गर्दै
प्रेस वक्तव्य जारी गरेको १३ दिनपछि अर्थात् २०५७ साल जेठ २८ गते यानप्रसाद
गौतम (आलोक)ले आफ्नै हातले आफैंविरुद्ध निर्मम आलोचना गर्दै एउटा बकपत्र
(आत्मालोचना पत्र ?) लेखे । आलोकद्वारा लिखित सो पत्र असार २० गतेको जनादेश
साप्ताहिकमा प्रथम पृष्ठमा छापियो । आफूलाई कारवाही हुनुभन्दा अघिसम्म
जनादेश साप्ताहिकमा क्रान्तिकारी लेखहरु लेख्ने आलोकको अन्तिम लेख पनि
त्यही नै बन्न पुग्यो ।
आलोकले लेखेका थिए -
‘ममा (देखिएका) राजनैतिक विचलन,
संगठनात्मकरुपमा व्यक्तिवादी नोकरशाही कार्यशैली, आर्थिक उदारता,
सांस्कृतिक क्षेत्रमा सामन्ती यौन कुण्ठा आदि गलत आचरणका कारण पार्टी र
आन्दोलनलाई गम्भीर क्षति पुग्न गएको छ । मेरो २५/२६ वर्षको राजनीतिक
आन्दोलनको मात्रा (यात्रा) मा मबाट हुन गएका गल्ती-कमजोरीहरुप्रति
गम्भीररुपले पश्चाताप गर्दै सार्वजनिकरुपमा आत्मालोचनासहित प्रायश्चित
गर्ने र गल्तीहरु सच्चाउने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु । बाँकी कुरा
भविश्यले नै सच्चाइको यथार्थता प्रमाणित गर्नेछ ।
जहाँसम्म मेरो विचलन र गलत आचरणका
कारण पूर्वाञ्चल क्षेत्रले व्यहोर्नुपरेको क्षति तथा मेरो कमजोरीहरुमाथि
टेकेर गौरवशाली पार्टीमाथि भएको आक्रमण र पार्टीको आन्तरिक जीवनमा घटेका
घटनाहरुको प्र्रवृत्ति निकै गम्भीर छन्, यसको उद्घाटन पनि हुँदै जाने
कुरामा म विश्वस्त छु । यतिबेला मेरो राजनैतिक आन्दोलनको निरन्तरताको कडी
छुटेको छ, पार्टी जीवन समाप्त भएको छ, भीषण, तीव्र र आँधीमय वर्गयुद्ध र
पार्टी भित्री संघर्षको मोर्चाबाट म ढले पनि अझै भौतिक शरीरको समापन भएको
छैन ।….म अहिले नेपाली कम्युनिष्ट आन्दोलनको नकारात्मक पात्रका रुपमा
इतिहासको कठघराभित्र उभिएको छु । गलत ढंगबाट रमेश ढुंगेलको हत्या भएको
पार्टी निश्कर्षका सन्दर्भमा त्यसको सम्पूर्ण जिम्मेवारी म आफैं लिन
चाहन्छु र रमेश ढुंगेलकी श्रीमती रमा ढुंगेलले आफ्नो श्रीमान्को हत्याको
बदला आफैं लिने उत्कृष्ट (उत्कट ?) अभिलाषा प्रकट गर्नुभएको छ । त्यसलाई म
सहर्ष स्वीकार गर्दै क्रान्तिकारी आन्दोलनलाई पुनः नयाँ उचाइ र उर्जा
प्रदान गर्ने आफ्नो वैयक्तिक हकसमेत प्रकट गर्न चाहन्छु ।
करोडौं मुक्तिकामी जनसमुदायको आजादीको
प्रतीक र आस्थाको धरोहर, हजारौं-हजार जनसेना र कार्यकर्ताहरुको मुटुको
ढुकढुकी तथा अग्रगामी चेतना, विश्व सर्वहारावर्गको एक टुकडीका रुपमा उदयमान
अग्रदस्ता र आशाको दीप, हजारौं शहीदहरुको रक्तबीजहरुको पीरामीड,
माक्र्सवाद-लेनिनवाद-माओवादको वैज्ञानिक सिद्धान्तको जगमा निर्मित र विकसित
सर्वहारावर्गको पार्टी जे गर्दछ, मूलतः सही नै गर्दछ ।
म एक सचेत नागरिकको हैसियतले राष्ट्र र
जनताप्रतिको आफ्नो जिम्मेवारी र कर्तव्यबाट च्यूत हुने छैन । नेपाली
क्रान्ति र विश्व सर्वहारावर्गीय पक्षधरतालाई कदापी भुल्ने छैन । देश र
जनताको रक्षाको आन्दोलनमा मैले आफूलाई कुनै न कुनैरुपमा समर्पित गर्ने छु
।’
उमेश राई
उही अनुहार…
फोन रिसिभ गर्छ
सरी डार्लिङ ड्याड संग थिएँ
रिसिभ गर्ने चान्स भएन
आई एम कमिङ
जस्ट मिनेट,
हुर्रिंदै पुग्छ अनि रिप्ले हुन्छ गुलाबको फूल……
अनि लन्चको निम्ति छिर्छन्
गोप्य होटल
अनि लाग्छन्
महादेब र पार्वतीले
प्रेमी रंग भरेको मृगस्थलीको जंगल..
हठात !
हातमा क्यामेरा बोकेका नगर प्रहरीहरु आउँछन्
र खिच्छन्न् तस्वीरहरु
क्लिक क्लिक
र भन्छन्
सार्वजनिक ठाउँमा यस्तो गर्ने छुट छैन नेपालमा
हतास… जोडीको बिब्हल बिलौना पछि
नसिहत स्वरुप जरिबाना तिरेर उम्कन्छन् ।

राजन मुकारुङ
टाइसन दाइ अर्थात् किशोर अमात्य ।
टाइसन दाइको मःमः पसल खूब चल्छ कोटेश्वरमा
। टाइसन दाइ पहिले बक्सिङका खेलाडी । डन फोरसम्म । राज्यले सम्मान गरेन ।
उनले विहे गरे । अन्तर्जातीय । त्यसपछि उनको नयाँ अध्याय सुरु भयो जीवनको ।
बाह्रवटा वर्षहरु बितेछ अमात्य खाजाघर खोलेको । यसैले गुजारा चलेको छ ।
छोराहरु पढ्दै छन् महँगो ‘बोर्डिङ फि’ तिरेर । उस्तै ज्यान कद र नश्लका छन्
। तर, दाइले खेलाडी नबनाउने प्रण गरेका छन् । खेलको राजनीति, आफ्नो मान्छे
छान्ने चलन । पटक्कै मन पर्दैन टाइसन दाइलाई ।
टाइसन दाइको पसल । फरक केही भएको छैन ।
कोठा निकै ठूलो हो तर सामानहरुको चेपाचेपले साँघुरो लाग्छ । चारवटा टेबलहरु
छन् । आठवटा बेन्चहरु । एउटा बेन्चमा दुईजना अट्छन् मरितरि । यी
ग्राहकहरुका लागि हुन् ।
पाँचौं टेबल जो बायाँपट्टकिो तल्लो कुनामा
छ । त्यसमाथि ग्याँस चुलो बल्छ । मःमः पाक्ने भाँडो बस्छ । कोठाको बीच
भागमा पर्ने गरी मूल खाँबो उभिएको छ । यो कोठामा ग्राहकहरुको लागि यही
खाँबो हो जङ्गे पिलर । अथवा दशगजा भने पनि हुन्छ । यहाँदेखि उता साहुको देश
हो । त्यहाँ साहुको अर्थात् टाइसन दाइको आफ्नै कानून चल्छ ।
मूल खाँबासँगै सटिएको छ आफ्नो सीमापट्टी
पर्ने गरी पेप्सीको ठूलो फ्रिज । फ्रिजसँगै जोडिएको छ अलि लामो टेबल ।
टबलमाथि छन् आजका परिकारहरु । ठूलो खसीका अर्थात् राँगोका । कलेजो, जिब्रो,
भुटन, खागो, सेकुवा र छोयला । भटमास र चिउरा पनि छन् सँगसँगै । थालभरि छन्
काँचो प्याज र खोर्सानीका टुक्राहरु ।
पर भित्तोमा टँसाएर राखिएको छ अर्को डबल
चुलो । एउटा चुलोमाथि सधैं सिलबरे भड्डु बस्छ । भड्डुमा गालेको हृयाकुला र
सुप हुन्छ । अर्को चुलोमा फलामे तावा बस्छ । यसले ‘अर्डर’बमोजिमको सेकुवा,
कलेजो, जिब्रो, भुटन र खागोलाई ‘फिनिसिङ टच’ गर्छ । अर्थात् पकाउँछ ।
दायाँ भित्तामा पेप्सीकै लोगोसहितको
गोलाकार भित्तेघडी छ । त्यहीँनेर छ किरात सहकारीको क्यालेण्डर । नाम्देङले
यही सहकारीमा ऋण विभागको प्रमुख भएर गुजार्यो पूरापूर तीन वर्ष ।
काठमाण्डूमा पनि कोठाले पूरै पहाडी गाउँको
झल्को दिन्छ । खाँबोमाथि अडिएर बडेमानको निदालले दलिनहरु थामेका छन् ।
दलिनहरुमाथि बाँसका साटाहरु राखिएका छन् । बुट्टेदार बनाएर । भित्तामा लिउन
गरिएको छैन । इँटा र माटोले उठाइएको पर्खाल भन्ने प्रष्टै देखिन्छ ।
होचोचाहिँ अलि होचै हो कोठा । साढे छ फुट मात्रैको होला उचाइ । टाउको
ठोकिएला कि लाग्छ धेरैलाई । पस्दापस्दै निहुरिनुपर्ने हो कि भन्ने आभास
हुन्छ । पहिल्यै हार्नुको बिम्बमा बिम्बित भइहाल्छन् धेरै । अग्लो मान्छेको
लागि त पहिलो सर्त नै निहुरिनु हो यहाँ । सबै उस्तै छ अझै । यति हो माइक
टाइसनको फोटोचाहिँ अब धूवाँले पूरै पहेंलो र घुर्मैलो भइसकेको रहेछ ।
टाइसन दाइको पसलमा पस्दा मान्छेहरु
लुरुक्क परेर पस्छन् । जब अयला लाग्दै जान्छ काठमाण्डूले दिएका दुःखहरु
पोख्न थाल्छन् । टेबल ठोक्न थाल्छन् । काठमाण्डूवादी केन्द्रीयताको विरोध
हुन थाल्छ । पूरै मुलुकको विरोध गर्छन् । मुड्की बजार्छन् । अहिल्यै
क्रान्तिको आगो सल्काइहाल्छुझैं भइहाल्छन् । निस्कने बेलासम्ममा यहाँ सबै
नै माक्र्स, माओ, चे ग्वेभेरा वा बिन लादेन भइसक्छन् । निस्कँदा सबभन्दा
क्रान्तिकारी भएर निस्कन्छन् । मानौं, यहाँ घाम झुल्किन्छ विजयको, जीतको ।
यहाँ खुला आकाश फैलिन्छ प्राप्तिको । मीठो सम्झनाको । अद्भूत सुखानुभूतिको ।
फेरि ? तर फेरि भोलिपल्ट बिहानैदेखि सायद काठमाण्डूले हायलकायल गराइहाल्छ ।
साँझसम्ममा त लुरुक्क परिहाल्छन् । त्यसरी नै छिर्छन् त्यसरी नै । मानौं,
यहाँ जिन्दगीको बाक्लो बादल लाग्छ । यहाँ खुशीको घाम डुब्छ । यहाँ सधैं
अँध्यारो मात्र हुन्छ । अनि पिउँछन् अयला । बिस्तारै सुरु भइहाल्छ
क्रान्तिकारिता । मानौं, घाम कहिल्यै डुब्दैन जिन्दगीको । यस्तै रीत छ
अमात्य खाजाघरमा ।
बाँकी खानेहरु हत्तपत्त आउँदैनन् टाइसन
दाइको पसलमा । उधारो खाएर जानेलाई खोज्दैनन् टाइसन दाइ । नआए के भो ? दाइको
आफ्नै सर्त छ । कति नै खाएको हो र ? गरिखावोस् ! यो पनि सत्य हो- नाम
कमाइसकेकाहरुले दाइको पसलमा पाइला पनि राख्दैनन् । ‘स्टाण्डर्ड’मा पर्दैन
दाइको पसल ।
पसे नाम्देङ र खुक्सङ ।
‘छ्या ! नाम्देङ भाइ पो रछ,’ नाम्देङलाई
देख्नासाथ भाउजूले अनुहार बिगारिन् । उता फर्केर पिच्च थुकिन् । आँखा
मिचिन् । फर्किइन् अगाडि । नमस्ते पनि भन्न पाएन नाम्देङले । भनिन् भाउजूले
नै, ‘स्वास्नीले छोड्दा पनि भाग्ने !’
रनन भयो नाम्देङ । तात्यो सम्पूर्ण शरीर । कुरो पेचिलो थियो भाउजूको । नाम्देङसँग कुनै सवाल थिएन ।
०००००
‘अंकलको फेसबुक आइडी छैन ?’ ल्यापटप नै बोकेर आई नोमा ।
‘के हो फेसबुक ?’
‘ट्विटरजस्तै ।’
‘के हो त्यो भनेको ?’
‘हृया अंकलचैं’ टेबलमा ल्यापटप राखी नोमाले । नाम्देङकै छेउमा बसी । सोधी, ‘इमेल नि ?’
‘थियो । नखोलेको भयो कति हो कति,’ नाम्देङले हेर्यो ल्यापटपमा । नोमाका तस्बिरहरु थिए ल्यापटभरि ।
‘हत्तेरी अंकल ! अनि आन्टीसँग चैं कसरी सम्पर्क गर्नुहुँदै छ नि ? फोनमा मात्रै ?’
‘अहँ ! भकै पो छैन ।’
‘हृवाट ?’
‘हो त ।’
‘लौ,’ ल्यापटको माउसमा औंला चलाई नोमाले । सोधी, ‘आन्टीको नाम के हो अंकल ?’
‘रम्भा ।’
किबोर्डमा रम्भा राई ‘टाइप’ गरी नोमाले । ल्यापटपको दायाँ कर्नरमा आठवटा नामहरु आए रम्भा राईका । बिस्तारै फोटाहरु खुले ।
सोधी,
‘आन्टीको फोटो कुन हो त अंकल ।’
‘कुनै पनि होइन ।’
‘आन्टीको इमेल आइडी था छ त अंकल ?’ सोधी नोमाले ।
‘खै पैले त रम्भा एस १९७४ थ्यो ।’
‘जिमेलमा ?’
‘हैन याहु ।’
त्यही इमेल टाइप गरी नोमाले । आधा अनुहारै ढाक्नेजस्तो कालो चश्मामा खुली रम्भा । नाम तर ‘रम्भा एन्जल’ भएर ।
‘नाम मिलेन त अंकल,’ भनी नोमाले ।
‘फोटो उसैको हो,’ ठिम्यायो नाम्देङले । भन्यो, ‘क्रिश्चियन भको होला । फेर्यो होला नि ।’
नोमाले अघि नै रम्भालाई खोलिसकेकी रहिछे । फोटोमा रम्भा मर्सिडिजअघि उभिएकी थिई ।
दोस्रो फोटोमा समुद्रको किनारामा छालसँग जिस्किँदै थिई रम्भा ।
टु पिसमा । पुष्ट छाती । छिनेको कम्मर । ठूल्ठूला हिप । बुलबुल कपाल । काला गगल्स लगाएकी । उही हो मान्छे ।
तेस्रो फोटोमा गगनसँग पो आलिङ्गनमा थिई ।
चुम्बन गर्दै थिई एकालापले । गगनको छातीभरि झ्याप्झ्याप्ती रौं थिए ।
हाफपेन्टमा मात्रै थियो त्यो । रेवन लगाएको । कपालचाहिँ नभएको । तालु
टलक्कै टल्किएको ।
फोटोमुनि यस्तो क्याप्सन लेखेकी रहिछे रम्भाले-
‘माइ लाइफ ! हट लाइफ ! एभ्री टाइम विथ माइ हिरो !’
त्यसपछिका फोटाहरु हेर्न सकेन नाम्देङले । नोमा पनि चुप भएकी थिई अब । निःशब्द र अचल ।
(साहित्यकार मुकारुङको बिहीबार विमोचित उपन्यासको अंश)
देश आँफै रोयपछी प्रदेशी त रुन्छ त्यसै
प्रदेश मै बसिएछ मन्,मुटु नेपालमा
घर थियो जग्गा थियो,के थियन नेपालमा
सधैंभरी गाली-गलौज कस्ले हेर्ने बिमारीमा
सबै साथी डिउटी जाँदा उनकै फोटो सिरानीमा
देश आँफै रोयपछी प्रदेशी त रुने भयो
भोली जाउँला भन्दा-भन्दै ७-८ बर्षा यतै गयो
आमा बन्न बच्चा पाउनु दुख पाउन बिदेश धाउनु
सीपबिहिन श्रम बेची कहिले होला उँभो लाग्नु
देश आँफै रोयपछी प्रदेशी त रुन्छ त्यसै ।।
चिरन्जिवी सुबेदी
अर्थुङे-म्याग्दी हाल युएई
१० लाखप्रतिभन्दा बढीको कारोबार
महाकवि लक्ष्मीप्रसाद देवकोटाले मर्ने बेला भनेका थिए रे-’मुनामदन बाहेक मेरा अरु सबै कृति जलाइदिए पनि हुन्छ ।’ देवकोटाले भनेजस्तो उनका अरु रचना नराम्रा होइनन् । सबै राम्रा छन् । तर, देवकोटालाई आफ्नो रचनामध्ये मुना-मदन सबैभन्दा बढी पि्रय थियो । देवकोटालाई मात्रै होइन, आम पाठकलाई समेत मुना-मदन उत्तिकै पि्रय थियो भन्ने कुरा यसको बिक्रीबाट समेत प्रमाणित हुन्छ ।
अहिलेसम्म देवकोटाको ‘मुना-मदन’ खण्डकाव्य १० लाख प्रतिभन्दा बढी बिक्री भैसकेको छ । साझा प्रकाशनका अनुसार यसवर्ष मात्रै १५ हजार २ सय ७४ प्रति पुस्तक बिक्री भएको छ । सबैले पढ्न सक्ने झ्याउरे खण्डमा आधारित र सरल रहेकाले मुना-मदनलाई अरु कुनै कृतिले जित्न नसकेको साझा प्रकाशन संचालक समितिका सदस्य अनिल पौडेलले भन्नुभयो । ‘हरेक पाठकलाई आफ्नो कथाजस्तो लाग्ने भएकाले मुना-मदनलाई बढी रुचाइएको हुन सक्छ’ पौडेलले भन्नुभयो ।
साझा प्रकाशनका अनुसार नेपाली बजारमा अहिलेसम्म सबैभन्दा धेरै बिक्री भएको पुस्तक नै मुना-मदन हो । ‘वाषिर्क १५ देखि २० हजार प्रतिसम्म बिक्री हुने गरेको छ’ साझाका प्रबन्धक रुद्र न्यौपानेले अनलाइनखबरसित भन्नुभयो । साझाका अनुसार गतसाल १८ हजार एकसय ५, दुईवर्ष अघि १६ हजार २ सय ६४ र त्यसभन्दा अघिल्लो साल १८ हजार २ सय ६८ प्रतिशत पुस्तक बिक्री भएको थियो । ‘साझाले अहिलेसम्म ५ सय ७० लेखकका १ हजार ३ सय ६४ शीर्षकमा पुस्तक निकालेको छ, तर मुना-मदनलाई कसैले जित्न सकेको छैन’ साझा प्रकाशन वितरण शाखाका सानुकाजी भण्डारीले भन्नुभयो ।
महाकवि देवकोटाले १९९२ सालमा लखेको यो कृति नेपाली भाषा प्रकाशिनी समितिले त्यसै वर्ष प्रकाशन गरेको थियो । त्यसपछि बिभिन्न प्रकाशन गृहले यसलाई प्रकाशित गर्न थाले । साझाले २०३३ सालदेखि यसको प्रकाशन थालेको हो । पहिलोपल्ट साझाले २० हजारप्रति मुना-मदन छापेको थियो । पछिल्लोपटक साझाले एकलाखप्रति प्रकाशन गर्यो । साझाले मात्रै १६ औं र अन्य गरी मुना-मदनको २५ औं संस्करण बजारमा आइसकेको छ ।
अरु कृति पनि उस्तै पठनीय
महाकवि देवकोटाका महाकाव्य, खण्डकाव्य, कविता, कथा, निबन्ध, उपन्यास, गीत, नाटक, बालसाहित्य, समालोचना लगायतका बिभिन्न विधाका कृति प्रकाशित छन् । शाकुन्तल, सुलोचना, महाराण, प्रताप, पृथ्वीराज चौहान, वनकुसुम र प्रमिथस महाकाव्यमध्ये शाकुन्तल र सुलोचनाको व्यापार अरुको तुलनामा राम्रो रहेको साझाले जनाएको छ ।
देवकोटाको बालकृति अन्तर्गत सुनको बिहानीलाई बालबालिकाले बढी रुची राख्ने गरेको पाइएको छ । देवकोटाका ४८ वटा कृति अझै प्रकाशन भएको छैनन् ।

म कक्षा ९ मा पढ्दै थिएँ करिब १५ वर्षकी
हुँदो हुँ । ग्रामीण परिवेशमा हुर्किएकी म, मध्यम वर्गीय परिवारकी जेठी
छोरी, साह्रै सरल थियो मेरो जीवन, बिहान आमालाई खाना बनाउन सघाउने, घर
नजिकैको ईनारबाट पानी ल्याउने अनि दिउँसो स्कुल र फेरी स्कुलबाट फर्किएपछि
कहिले स्कुल ड्रेसमा नै अनि कहिले ड्रेस फेरेर पानीको गाग्री काखी च्याप्दै
घर पुग्ने, मेरा दिनहरु यसैगरि बित्थे ।म आफू राम्री थिएँ या थिइँन त्यो
मलाई थाहा छैन । मेरो बालसुलभ चञ्चलतामा राम्रोको परिभाषा पनि अटेकै थिएन ।
तर घर आउने, चिनेका अनि नचिनेकाले कति राम्री भएकी, हलक्क बढिछ, आँखा पनि
कति राम्रा, दाँत कति मिलेका भन्दै मेरो प्रशंसा गर्नुले मलाई कता कता
काउकुती लाग्दथ्यो । गालाको माथीको टुप्पो रातो हुन्थ्यो अनि म सहजै
हाँसिदिन्थेँ अबुझ भएर तर मैले बुझ्न थालेथेँ म राम्रोको परिभाषा भित्र
अटाउने रहेछु । मलाई राम्री भनिने रहेछ ।
म पढाइमा पहिले देखि नै लगनशिल थिएँ ।
मैले दिमागमा जोड दिंदा पनि मलाई कुनै क्लास नलिएको या छुटाएको याद छैन ।
स्कुलमा कमै गयल हुने, शिक्षक शिक्षिका सँग पनि अनुशासित व्यवहार देखाउने
अनि आवश्यक कुरा मात्र गर्ने भएकोले होला म स्कुलमा सिनियर र साथीहरुको
माझमा राम्रै रुचाइन्थेँ । ९ कक्षामा अध्यनरत हामीमा, अब
एस.एल.सि.परिक्षाको तयारी गर्नुपर्छ भन्ने जिम्मेवारी भाव उत्पन्न भएको
थियो । जुन जिम्मेवारीले म आफु थप लगनशिल र अनुशासित बनेको थिएँ । असोज
महिनाको कुनै बिहान थियो । म केही कारणले अलि ढिला स्कुल पुगेको थिएँ ।
मेरो पहिलो पिरियड म्याथको थियो । म ढिला प्रायः हुँदिनथेँ त्यसैले त्यो
दिन ढिला हुनाले म साँच्चै हतारिएकी थिएँ । हतार हतार ‘ मे आइ कम इन सर ‘
भन्दै म भित्र छिरेँ । अनायाश साथीहरुको अट्टहासपूर्ण हाँसोले मैले
शिक्षकको आवाज नै सुनिन । म चुपचाप क्लास भित्र छिरेँ । साथीहरुको हाँसो
अझै रोकिएन । शिक्षक ब्लाकबोर्ड तिर फर्किएर ब्लाकबोर्डमा लेखिएका अक्षरहरु
मेट्दै हुनहुन्थ्यो । जसै शिक्षक हामी तिर र्फकनुभयो साथीहरुको हाँसो केही
कम भयो तर हाँसो पुरै थामिएको थिएन । सानो मधुरो भएर हावामा गुन्जिरहेकै
थियो । मैले आश्चर्य मिश्रति स्वरले मेरो प्रिय साथी पुजालाई सोधेँ, अनि
पुजाबाट थाहा पाएँ आज अनौठो घटना घटेछ । पुजा र क्लासका सबै साथीहरु आउनु
अगाडि नै ब्लाकबोर्डमा दिपिका सुमन लेखिएको रहेछ । पुजा र मेरा अरु केही
साथीहरुले शिक्षक आउनु अगाडि नै ब्लाकबोर्ड बाट मेट्न खोजेका रहेछन् तर
क्लासका केही उदण्ड केटाहरुले मेटाउन नदिए पछि कमजोर उनीहरु चुपचाप बसेका
रहेछन् । अनि मेरो म्याथ टिचर सोही लेखाई मेटाउँदै हुनुहुँदो रहेछ ।
त्यो घटनाले मलाई मर्माहत बनाएको थियो ।
आफ्ना हरेक गतिविधिहरु संयम भएर गर्ने म, जसलाई परिवारका सदस्य देखि
स्कुलका प्रत्येक शिक्षक शिक्षिकाले अनुशासनको नमुना बनाएका थिए । जसलाई
कुनै केटाहरुको सामित्यताले मन मष्तिक र दिलमा कुनै ज्वारभाटाहरु सृजना
गरेकै थिएनन्, जसको उमेर १५ वर्ष भएपनि प्रेमका लवजहरुले रोमाञ्चित बनाउन
सकेको थिएन । जो अटल थिई, साहसी थिई र भविष्यप्रति गम्भीर पनि, जो संग
स्कुलका कुनै पनि केटा बोल्न डराउँथे । त्यो केटीको नाम ब्लाकबोर्डमा
लेखिनु साँच्चीकै आश्चर्य थियो । आश्चर्य मेरो लागि मात्र थिएन सायद
आश्चर्य संगै अविश्वास पनि भएकै कारणले गर्दा होला शिक्षिकले ब्लाकबोर्डमा
लेखिएका अक्षरहरु मेटिदिनुभएको थियो र मलाई त्यो घटनाको बारेमा केही पनि
भन्नु भएको थिएन ।
मैले पूजासँग साउती गर्दै सुमन को हो रु
भनि सोधेँ । मानौँ मेरो प्रश्नको उत्तर उ संगै छ । तर उ पनि म जस्तै
अनभिज्ञ थिई । शंका र त्रास मिश्रति हेराई म तिर पुलुक्क हेर्दै भनेकी थिइ
‘मलाई के थाहा तँलाई नै थाहा होला’ । मेरो सबैभन्दा मिल्ने साथी पूजा, मेरो
अन्तरङ्ग साथी, जसलाई मैले मेरो सम्पूर्ण कुराहरु बताउने गर्दथेँ । जसले
मलाई नजिकबाट बुझेकी थिई । उसले समेत शंकास्पद आशयले ‘तँलाई नै थाहा होला’
भनेपछि मेरो साथ अब कोही नभएको महशुस गरेँ मैले । म एक्लिएको महशुस गरेँ ।
मैले गल्ति नै नगरी आफूलाई गलत महशुस गरेँ । त्यतिखेर मेरो मनमा पैदा भएका
त्रासदीहरु भनेर के भनिसाध्य थिए र ? त्यस माथि साथीहरुको व्यङ्गयात्मक
अभिव्यक्तिहरु जहाँ दिपिका संग सुमन जोडिएको हुन्थ्यो ती सबैले मर्माहत
भएकी थिएँ म, कमजोर र दुःखी भएकी थिएँ म, सोचाइ भरि को हो सुमन ? को प्रश्न
बोकेर म धेरै दिन देखि भौँतारिएको थिएँ । आश्चर्य नै आश्चर्य भएको थियो
मेरो जीवनमा, एउटा सानो घटना, कुन ठूलो घटना थियो र त्यो ?कसैले मेरो
नामसँग कोही केटाको नाम जोडेर ब्लाकबोर्डमा लेखिदिनु, के त्यति ठूलो घटना
थियो र मलाई त्यसरी विचलित बनाउनु पर्ने ? मैले चिन्दै नचिनेको मेरो स्कुल,
मेरो गाँउ, अनि मेरो नातागोतामा कहीँ पनि नभएको सुमनको नाम मेरो नामसँग
जोडिनु र ब्लाकबोर्डमा लेखिनुलाई सानो घटना मानेर भुलाइदिने जमर्को मेरो
साथीहरुले गरिदिएको भए, त्यो घटना पछिका दिनहरुमा व्यङ्गगात्मक शैलीमा म
माथि सुमनको नाम लिएर घोचपेच नगरिदिएको भए, सायदै म सुमन भन्ने नामसँग
त्यति घृणा गर्थे होला । तर दिनदिनै मैले भोग्नु परेका व्यथाहरुले उकुस
मुकुस भएको म, मलाई सुमन संग अत्यन्त घृणा लाग्थ्यो । संसारमा नै म त्यति
घृणा कसैलाई गर्दिनथेँ होला जति सुमनलाई गर्दथेँ ।
म सुमनलाई भेट्न चाहन्थेँ, चिन्न
चाहन्थेँ अनि त्यो मान्छे जसको नामै मात्रले मेरो जीवन नारकिय भएको थियो ।
त्यसलाई, अनि त्यो मानवरुपी डरलाग्दो भीमकाय राक्षसलाई सोध्न चाहन्थेँ,
मेरो अत्यन्तै सुखी जीवनमा अनावश्यक उतार चढाव ल्याउने के अधिकार छ तिमी
संग ? तर मैले सुमनलाई भेटिनँ । दिनहरु बित्दै गए ९ कक्षाको दोस्रो
त्रैमासिक परिक्षा सकियो, रिजल्ट भयो, म अनुर्तिण भएँ । शिक्षक शिक्षिकाको
विश्वासको विपरित भयो । बुबा आमाको आशाको उल्टो भयो, म अनुर्तिण भएँ ।
दुईवटा विषयमा अनुर्तिण भएँ । एउटा सानो घटनाले मेरो जीवनमा ल्याएको
असफलतालाई सम्झेर त्यसै दिन आँशु चुहाउँदै मैले संकल्प गरे कि अब कुनै सुमन
नामले मेरो जीवनका सफलता हरुलाई रोक्न सक्दैन अनि मलाई कमजोर बनाउन सक्दैन
।
स्कुलबाट सधैँ झै नियमित समयमा नै हामी
घर जानका लागि निक्लिएका थियौं । म र पुजा दिँउसो साईन्स टिचरले
देखाउनुभएको माइक्रोसकपको बारेमा कुरा गर्दै थियौ। एकाएक पछाडी बाट कसैले
बोलायो । दिपिका मलाई तिमी सँग कुरा गर्नुछ । प्लिज मलाई समय देउ भन्ने
आवाजले म त्रसित भएँ । मैले पछाडीनै नहेरी त्यो आवाजलाई बेवास्ता गर्दै
पाइला चालेँ तर त्यो आवाज रोकिएन बरु दोहोरियो अनि तेहेरियो मैले आवेग र
त्रास मिश्रति स्वर निकालेर सोधेँ, को हो तँपाई ? के कुरा गर्नुछ म संग ।
मलाई अपरिचित मान्छे संग कुरा गर्ने कुनै ईच्छा छैन । यी सबै घटना हुन्जेल
मैले एकपल्ट पनि त्यो व्यक्तिलाई हेरेको थिइँन । उसले आफूलाई परिचित
गराउँदै भन्यो दिपिका मेरो नाम सुमन हो । उसले अरु के के भन्दै थियो मैले
केही सुनिँन, केही बुझिँन पनि, सुमन नाम सुन्ने बित्तिकै मलाई रिङ्गटा
लागेर आयो । मलाई भीमकाय डरलाग्दो राक्षस संग जम्काभेट भए जस्तो भयो । मेरो
पछाडी हिँडिरहेको राक्षसलाई सडकको ठुलो ढुङ्गा टिपेर टाउकोमा बजार्न मन
लाग्यो । ओठहरु काप्न थाले दाँतहरु बज्न थाले । साह्रै गाह्रो संग आफूलाई
सम्हाल्दै केही नबोली म अगाडि बढी रहेँ । पूजाले मलाई साथ दिई रहि । उ
हाम्रो पछि पछि आई रह्यो मेरो घर सम्म, मैले उसलाई एकपल्ट पनि हेरिँन,
हेर्ने हिम्मत पनि गरिँन भय र घृणाले गर्दा त्यो व्यक्तिको नाम सम्झने आँट
पनि गरिँन त्यो घटना सम्झिने आँट पनि गरिँन । भोलि पल्ट म स्कुल जान डराएको
थिएँ । पहिलो पल्ट मलाई स्कुल जान डर लागिरहेको थियो । नियमित स्कुल जान
रमाउने मलाई त्यो दिन खै किन हो ? स्कुल जाने हिम्मत नै भएन । पुजाको घर
मेरो घरबाट ६ मिनेट जतिको दूरिमा थियो । हामी सधैँ मेरो घर अगाडि को चोकमा
भेट्थ्याँै तर त्यस दिन भने पुजा मेरो घरमा नै आई र मलाई ढिलो गरेकोमा गाली
गरि, मैले उसलाई स्कुल जाने ईच्छा नभएको बताएँ तर उसले मेरो हात समातेर
तान्दै मलाई स्कुल लगि । सधैँ झैँ बेलुकी ४ बजे स्कुल छुट्टी भयो, हामी
गेटबाट बाहिर निक्लियाँै । हाम्रो गेट अगाडी एउटा केटा उभिरहेको थियो ।
हामी अघि बढ्ने बित्तिकै उ हाम्रो पछि पछि लाग्यो । मलाई अत्यन्त डर लागेको
थियो । तर उसले त्यस दिन केही बोलेन, खाली हाम्रो पछि पछि हिँडि मात्र
रह्यो, मेरो घर नआउन्जेल सम्म । अब यो क्रम दैनिक हुन थालेको थियो । उ
नियमित हाम्रो स्कुल छुट्ने समयमा आईपुग्थ्यो अनि हाम्रो पछि पछि
हिँड्दथ्यो । उ कहिल्यै गयल भएन, म बरु कहिले काहीं स्कुलमा गयल हुन थालेको
थिँए । तर उ भने हामी स्कुल छुट्ने समयमा आईपुग्न कहिले पनि गयल भएन । म
स्कुल नगएको दिन उ पुजा संग कुराकानी गरि स्कुलबाट नै र्फकने रहेछ । अनि म
भएको दिन मेरो घर सम्म पुगेर मात्र छुट्टनिे गर्थ्र्यो ।
यो क्रम रोकिएन, समय पनि रोकिएन मैले ९
कक्षा उत्तिर्ण गरे । हामी दशाँै कक्षामा प्रवेश गर्यौं सुमनको यात्रा पनि
तेस्रो महिनामा प्रवेश गर्यो । उ बाटोमा हामी संग हिँड्दा हामीलाई हसाँउन
जोक्सहरु भन्थ्यो । बाटोमा हिँड्ने बच्चाहरुलाई जिस्काउँथ्यो । पुजासंग
कुरा गर्थ्यो । तर मसंग कहिले बोलेन । न म नै उसंग कहिले बोलेँ । तर मलाई
अब सुमन संग डर लाग्न छोडिसकेको थियो । घृणा कति थियो थाहा छैन तर सुमन
मेरो पछाडी आईरहँदा म त्यति विचलित हुन्थिँन जति तिन महिना अगाडि हुन्थेँ ।
मलाई डर थियो भने मेरो अभिभावकको, शिक्षकहरुको र सिनियरहरुको । त्यसैले
सुमन मेरो पछाडी नआओस् भन्ने हार्दिक ईच्छा भैरहन्थ्यो तर सुमनलाई कहिले
भन्न सकिँन किनकी उ म संग चाहेर पनि बोल्दैनथ्यो अनि म सुमन संग बोल्नै
चाहन्नथेँ । कुनै एउटा शुक्रबारको दिन थियो । त्यो दिन हामी अलिक चाँढो
स्कुलबाट निक्लिएका थियौ । सुमन सधैं झै मेरो स्कुलको कम्पाउण्ड अगाडि
भेटियो । त्यस दिन उसले सायद हिम्मत जुटाएर म संग कुरा गरेको थियो । कति
सहजै भनेको थियो उसले दिपिका मैले तिमीलाई पहिलो पल्ट तिम्रो घर माथिको
मन्दिरमा देखेको थिएँ । पहिलो झलक मै मलाई तिमी मनपर्यो सायद यसैलाई प्रेम
भनिन्छ । मलाई तिम्रो बारेमा केही थाहा थिएन । धैरै प्रयास गरेपछि तिम्रो
नाम, स्कुल र क्लास थाहा पाँए । प्रेम गर्थें तिमीलाई, व्यक्त गर्ने कुनै
तरिका थिएन तिम्रो अगाडि आउन डराउँथे तर्सथ मैले प्रेम व्यक्त गर्ने गलत
तरिका अपनाएँ तिमीलाई दुःखी बनाएँ , हाम्रो नाम ब्लाक बोर्डमा लेखिदिएँ ।
प्रेमले करिब अन्धो भएको थिएँ म, मैले कुन गलत हो कुन ठिक हो छुट्याउनै
सकिँन दिपिका त्यही गल्तिको प्रायश्चिचत गर्दैछु । तीन महिना सम्म लगातार
सामथ्र्य जुटाएर तिमीलाई फेरी प्रस्ताव राख्दैछु । तिमीले मेरो प्रेम
प्रस्ताव स्विकार्नु पर्छ दिपिका । उसले भनेको थियो दिपिका मैले गलत कदम
उठाएँ तिम्रो प्रेम पाउँन तर म गलत मान्छे होइन, म तिमीलाई असाध्यै माया
गर्छु ।
तिमीलाई हेरिरहन चाहन्छु, तिमीसंग बोलिरहन
चाहन्छु, तिमीलाई आˆनो बनाउन चाहन्छु, दिपिका उ अरु के के भन्दै थियो मैले
एकाग्र भएर सुन्नै सकिँन । मलाई फेरि त्यही दिन याद आयो । जुन दिन आफ्नो
नाम ब्लाक बोर्डमा लेखिएको थियो । कति दुःखी भएको थियो मेरो जीवन उसले
गरेको हर्कत पछि । मेरो साथीहरुको म माथिको हाँसो, शब्द शब्दमा म माथि
गरिने ब्यङ्गहरु अनि मैले अपहेलीत हुनु परेका क्षणहरु, अब मेरो आँखा अगाडि
यी सबै कुराहरु आईरहेका थिए । मलाई फेरी सुमन प्रति घृणा पैदा भयो मात्र
घृणा, त्यहाँ कहीँ प्रेम थिएन । उसले त्यसै दिन भनेको थियो मैले तिमीबाट
सकारात्मक उत्तर पाउनु पर्छ दिपिका, उसको कुरा नसकिँदै मेरो घर आईपुग्यो, म
घर तिर लागें, उ कहाँ गयो मलाई थाहा भएन । शनिबारको दिन स्कुल छुट्टी
भएकोले मन्दिरमा पुजा गर्ने जिम्मा मैरै थियो । म पूजा थाली बोकेर एक्लै
मन्दिर तिर लागेँ । बहिनी दिब्याले म संगै जाने इच्छा प्रकट गरेकी थिई । तर
मलाई त्यस दिन एक्लै मन्दिर जाने इच्छा भएथ्यो । मन्दिरमा सुमनलाई भेट्न
इच्छा थिएन तर भेटिने सम्भावना थियो । म मन्दिरको सिंडीहरु उक्लदैँ थिएँ ।
माथिल्लो सिंडीमा झोकि्रएर बसिरहेको सुमनलाई देखेँ । मैले अड्कल गरेँ उ
आईपुगेछ, बिहानै आईपुगेछ । तर थाहा पाएँ उ त राति पनि त्यहीँ सुतेको रहेछ,
मन्दिरकै पाटीमा, रात कटाएको रहेछ । बिहानीसंगै उसकी दिपिकाले पक्कै खुशी
बोकेर आउँछे भन्ने सुन्दर बिहानीको प्रतिक्षा गर्दै उकुस मुकुस रात कटाएछ
उसले ।
त्यस दिन मलाई थोरै सुमनको माया लागेको
थियो । तर उसको जिद्धीपनाले म अझ दुःखी भएको थिएँ । त्यस दिन मैले उसलाई
भनेको थिएँ सुमन तिमी मलाई प्रेम गर्छौ भने मेरो एस.एल.सि. परीक्षा
नसकुन्जेल मेरो नजिक नआउ । तिम्रो आगमनले मलाई अनौठो प्रभाव पार्दछ, म पढ्न
सक्दिँन । यसर्थ जुन दिन मेरो एस.एल.सि. परिक्षा सकिन्छ, त्यसै दिन हामी
भेटौँला । उ केही पनि बोलेन ज्ञानी बालक झैं मन्दिर बाट कतै निक्लियो, म
पुजा गरेर घर फर्किएँ । त्यस पछिका दिन उ कहिल्यै पनि मेरो अघिल्तिर आएन ।
मेरो स्कुल छुट्टी, सगैं मेरो अगाडी वा पछाडी हिडिँरहने मान्छे, बोलिरहने,
जिस्कीरहने, रमाइलो गरिरहने मान्छेको साथमा खै कसरी हो, म संगै रमाउन
थालेथेँ या किन हो कुन्नी उसको अनुपस्थितिमा म दुःखी भने भएको थिएँ । स्कुल
छुट्टी भए पछि घर जाने बाटोहरुमा मेरा आँखाहरुले उसलाई खोजेका थिए । तर
अहँ उ भेटिएन, उ आएन, मैले सोचेँ अब उ आउँदैन । यो सोचाईले म पहिलो पल्ट
दुःखी भएँ । म उसलाई घृणा गर्थे तर किन उ नआउनुले त्यति पीडा दिएको थियो
मलाई त्यो थाहा भएन । धेरै पटक मनै देखि उसलाई बोलाएँ तर उ आएन ।
समयको बेग संगै एस.एल.सि.को परिक्षा आयो,
सकियो पनि, अन्तिम दिन हामी सबै घुम्न जाने भएका थियौं । शारिरिक शिक्षाको
परिक्षा सिद्धयाएर म परिक्षा केन्द्रबाट बाहिर निक्लिँदै थिएँ । अनायासै
चिनेको अनुहार मेरो अगाडि देखें । उ सुमन थियो । उ मलाइ एकटकले हेरिरहेको
थियो । मलाई उसको माया लाग्यो । किन लाग्यो थाहा छैन ? तर लाग्यो । उसको
छातीमा आफ्नो टाउको राखेर भन्न मन लाग्यो तिमी त निष्ठुरी रहेछौ, किन आएनौ
यतिका दिन ? किन कुरायौ यतिका दिन ? तर अहँ त्यस्तो गर्न सकिँन । ती सबै
मैलेनै राखेका शर्तहरु थिए । उसले त मेरो खुशीको लागि मेरा हरेक शर्तहरु
पालना गरेको थियो । एस.एल.सि.पछिको लामो बिदामा मैले धेरै कामहरु गर्नु
थियो । सीपमूलक तालिमहरु लिने योजना बनाएको थिएँ । ति सबै संगै मैले सुमनको
बारेमा बुझ्नु थियो । किनकि उ मेरो नजिक थियो । मेरो अगाडि पछाडी तर म
उसलाई नजिक बाट चिन्दैनथेँ । प्रयास गरे असम्भव के छ र ? मैले सुमनको
बारेमा बुझ्न सकें । सुमन पनि म जस्तै मध्यम वर्गीय परिवारको छोरा रहेछ । उ
म भन्दा एक क्लास सिनिएर रहेछ । पढाईमा तेज, अनुशासित अनि सुसंस्कृत
परिवारमा जन्मिएको कारणले होला उसलाई उसको गाउँमा अब्बल दर्जाको युवकको
सूचिमा राख्ने रहेछन् । मेरा लागि आवारा सुमनको दोस्रो रुप थाहा पाएँ मैले ।
मेरो एस.एल.सि. को रिजल्ट भयो । म पास भएँ । साइन्स नै पढ्ने निधो गरें ।
तर सुमनको कलेजमा हैन । मेरो कलेजको पहिलो दिन नै उ मेरो कलेजमा आयो अनि
फेरी त्यही रट लाउन थाल्यो जुन मेरो लागि अब कुनै नौलो थिएन । मेरो हात
समातेर कलेजको छतमा लगेको थियो उसले,अनि मैले सहजै सुमनलाई भनको थिएँ, सुमन
म प्रेमलाई विवाहको रुप दिनु पर्छ भन्ने मान्यता राख्दछु, म जुन समाज र
संस्कारमा हुर्केको छु त्यहाँ प्रेम मात्र संभव छैन, विवाह सहितको प्रेम
केही संभव होला । तिमी मलाई पञ्चे बाजा बजाएर सिन्दुर हाली दुलही बनाई घर
भित्र्याउन सक्छौ भने मलाई तिम्रो प्रेम प्रस्ताव मन्जुर छ । मेरा यति
शब्दहरुले उसमा खुशी ल्याएदिएको थियो । उ अत्यन्त खुशी थियो त्यो दिन ।
उसको प्रतिक्षा प्राप्तिमा बदलिएको दिन, उसको तपस्याले फल पाएको दिन । उ
अत्यन्त खुशी थियो ।
आई.एस.सि. द्वितिय बर्षको परिक्षाको
तयारीमा सुमन जुट्यो । उसले मलाई प्रष्ट भनेको थियो । उसका दुई वटा लक्ष्य
छन् । एउटा डाक्टर बन्ने अर्को मलाई प्राप्त गर्ने, मानसिक, शारिरीक र
भौतिक रुपमा नै मलाई खुशी राख्ने, उ आफ्नो लक्ष्यमा प्रष्ट थियो । मेरो पनि
प्रथम बर्षको परिक्षा नजिकिँदै थियो । म पनि परिक्षाको तयारीमा लागेँ ।
सुमन पढाईमा ब्यस्त थियो अनि म पनि त्यति धेरै भेट्न या संगै रहन अनि माया
पि्रतिका कुराहरु आदान प्रदान गर्न जान्दिनथेँ त्यसैले पनि होला हाम्रो भेट
पातलिएको थियो । हामी कमै भेट्थ्यौ र भेटिहाले पनि पढाईका कुरा, लक्ष्य
प्राप्तिका कुरा, भविष्यका कुरा गथ्यौ । हामी एकअर्काका आर्दश थियौं ।
हामी उमेर नै नपुगी परिपक्व भैसकेका थियौँ । सुमनले डाक्टर पढ्न छात्रवृति
पायो । डाक्टर पढ्नको लागि सुमन रसिया जाने भयो । म त्यतिखेर आई.एस.सि.
दास्रो बर्षमा पढ्दै थिएँ । उ अत्यन्त खुशी भएको थियो त्यस दिन । उसको
जीवनका दुइटा ठूला उद्देश्य, एउटा डाक्टर बन्ने अनि अर्को मलाई प्राप्त
गर्ने । दुईवटा उद्देश्य नै प्राप्तिको बाटोमा थिए । उसले मलाई दुबै हातले
उचाल्दै खुशीले घाँटीबाट धोत्रे स्वर निकाल्दै भनेको थियो “अब मेरो जीवन
सार्थक भयो । “
अन्ततः सुमन रसियाको लागि उड्यो । उसलाई
छोड्न म विमान स्थल गएको थिएँ । उसले अन्तिम पल्ट भनेको थियो “दिपिका तिमी म
संगै रसिया जादैँछौँ, मेरा सम्झनाहरुमा म तिमीलाई बोकेर जादैँछु । मेरो
रगतका नशा नशामा तिमी छौ, मुटुको धड्कनहरुमा तिमीनै छौ । यसर्थ तिमी म संगै
छयौ दिपिका, त्यसैले म एक्लो छैन ।’’ सुमनको विमान आकासका टुक्रे
बाँदलहरुभित्र हरायो ।सुमनको बिदाईमा म विचलित हुनुपर्ने । उसलाई सम्झेर
आँखाबाट बगेका आँशुहरु सुक्न नसक्नुपर्ने हो तर मलाई त्यति धेरै गाह्रो
भएको थिएन । उ गएको पनि २ महिना भईसकेको थियो । उसले मलाई ४ वटा पत्र
पठाईसकेको थियो । इमेल इन्टरनेट र फोन अहिले जस्तो सहज थिएनन् । त्यसैले
चिठ्ठीहरुको प्रयोग हुन्थ्यो । मैले भने उसको पत्रको जवाफ लेखेकै थिइँन ।
मेरो पत्रको उत्तर नपाउँदा सुमन दुःखी हुन्छ भन्ने थाहा थियो । तर मलाई
लेख्न जाँगर नै चलेन ।
आई.एस.सि. दास्रो बर्षको परिक्षा सकिनु
संगै मेरो घरमा मेरो विवाहको कुरा चल्न थाल्यो । छोरीको विवाह को बारेमा
केही सोचि नसकेका मेरा बुवा आमाहरुलाई पनि सोच्न बाध्य बनाउने गरि मेरा
आफन्तहरु विवाहको लागि प्रस्ताव बोकेर आउन थाले । हाम्रो समाज अचम्मको छ ।
विवाह गर्ने उमेरको तय व्यक्ति स्वयंमले गर्न पाउँदैन अरु कसैले गरिदिन्छन्
। मैले आफू अहिले विवाह नगर्ने कुरा प्रष्ट राखेको थिएं । मलाई पढ्नु छ । म
साईन्समा नै मास्टर डिग्री सम्म पढ्न चाहन्छु । त्यो भन्दा अगाडि कृपया
मेरो विवाहको कुरा नगर्नुहोला भनेर प्रष्ट भनिदिएको थिँए । बुवाले मेरो
कुरामा सहमत जनाउनु भएको थियो आमा पनि मौन हुनुहुन्थ्यो । मलाई मेरो विवाह
४-५ वर्षको लागि सारिएको महशुस भएको थियो ।समयले फड्को मार्यो । सुमन
रसिया गएको पनि ३ वर्ष भइसकेको थियो । ३ वर्षमा सुमनले जति मलाई चिठ्ठी
पठाएको थियो त्यसको एक चौथाई मात्र मैले पठाएकी थिँए होला । उसका हरेक
पत्रमा मेरा यादहरु समेटिएका हुन्थे । मलाई भेट्न उ व्याकुल भएको कुरा
लेखिएको हुन्थ्यो । अनि मेरो फोटोलाई साथमा नै राखेर विदेशी मुलुकमा
पट्यारलाग्दा दिनहरु बिताईरहेको कुरा लेखिएको हुन्थ्यो ।
एक दिन बुबाले मलाई बोलाउनु भयो, एउटा
साह्रै नै असल, राम्रो, सुसंस्कृत परिवारको अनि आर्थिक रुपले पनि सुसम्पन्न
इन्जिनियरको प्रस्ताव राख्नुभयो । मैले आफू विवाह नगर्ने कुरा भन्दिएँ ।
बुबाले कारण सोध्दा म मौन थिएँ । मैले सुमनलाई सम्झनु पथ्र्यो, सुमनले
लेखिएका पत्रका हरफहरु सम्झनु पथ्र्यो । तर अहँ ति सबै मैले सम्झिदै सम्झिन
। मैले बुबालाई भनिनँ कि भोलिको डाक्टर मेरो प्रतिक्षामा दिनहरु कटाइरहेछ,
मैले उसलाई कुर्नुपर्छ । उ मेरो प्रेम हो अनि मैले त्यो प्रेमलाई
प्राप्तिमा बदल्नु पर्छ । बरु म चुपचाप लागिरहेँ र तत्काल विवाह नगर्ने
कुरा मात्र दोहोरयाईरहें । बुबा आमाले कर गर्न थाल्नुभयो । त्यति राम्रो घर
परिवार र केटाको प्रस्ताव अस्विकार गर्न चाहनु भएन उहाँहरुले, अन्ततः त्यो
केटालाई घरमा बोलाउनु भयो, उसको परिवार सहित । मैले बनाएको चिया खाने
कार्यक्रम तय भएको थियो त्यो दिन, म किस्ती भरी चियाको कपहरु राखेर बैठक
कोठामा प्रवेश गरेको थिएँ । मेरा आँखाहरु एकजोडी युवक आँखा संग ठोक्किए ।
उसको आँखामा चमक थियो अनि मुहारमा मुस्कान । मलाई उसको आँखा मन
पर्यो,आँखाको चमक मन पर्यो अनि मुस्कान मन पर्यो, मलाई उ मन पर्यो ।
उसलाई र मलाई मात्र त्यो कोठामा छोडेर
सबै जना बाहिर निक्लिएका थिए । उसले मलाई हेरेर हाँस्दै भनेको थियो दिपिका
मलाई तिमी संग केही कुरा गर्नुपर्ने छैन, मलाई तिमी पहिले नै मन परिसक्यो ।
म तिमीलाई सधैं खुशी राख्नेछु, तिमीले म संग विवाह गर्ने निर्णयले तिमीलाई
कहिल्यै दुःखी बनाउने छैन । तिमीलाई म संग केही कुरा सोध्नु छ भने सोधू ।
मैले भने उसलाई केही सोधिंनँ मात्र नाम सोधँे, उसको नाम केशव रहेछ ।
केशवसंग मेरो विवाह तय भयो । विवाह अगाडिको इन्गेजमेन्टको दिन तय भयो अनि
सकियो पनि । इन्गेजमेन्टमा आएका आफन्तहरु र केटा पक्षका सबै जनालाई बिदा
गरेर म आप\mनो कोठामा जाँदै थिएँ । हुलाकीको चिठ्ठीले मलाई फर्काइदियो सधैँ
झैँ त्यो चिठ्ठी सुमनको थियो । चिठ्ठी खोल्न डर लागेको थियो मलाई । मैले
डराई डराई चिठ्ठी खोले र माथि देखि तल सम्म एकै चोटि पढ्ने प्रयास गरें ।
प्रत्येक हरफ पढ्ने हिम्मत नै जुटाउन सकिराखेको थिइँन । सुमनले चिठ्ठीको
बीच तिर लेखेको थियो जहाँ मेरा आँखाहरुले बारम्बार पढिरहेका थिए । दिपिका म
तिमीलाई छिट्टै भेट्न आउँदैछु । मेरो कलेजमा एक महिनाको लामो छुट्टी
हुँदैछ, म त्यही छुट्टीमा आउनेछु । उसको पूरा चिठ्ठी पढ्न सकेको नै थिइँन
मैले, बारम्बार एउटै वाक्यमात्र मेरो रसिलो आँखामा आईरह्यो अनि त्यही
वाक्यमात्र मेरो स्मृतिमा रहिरह्यो । सुमनलाई सम्झेँ, सुमनको माया लाग्यो,
केशवलाई सम्झेँ, केशवको माया लाग्यो ।
मेरो विवाहको दिन नजिकिँदै थियो । म
विवाह अगाडिको हरेक गतिविधिमा आफू संलग्न भएँ । केशवको लागि किनिएका
सामानहरु आफैले हेरेको थिँए । दुलहीको लागि सम्पूर्ण सामानहरु आफैले छानेको
थिएँ । तर अचम्म मेरो मनमा उत्साह थिएन, मेरो शरीरमा फुर्ति थिएन, ममा
हर्ष थिएन । पञ्चे बाजा बजाएर दुलही बनी कोही राजकुमारको घर जाने इच्छा
बच्चैदेखि मनमा सजाएर हिँडेकी म, त्यही दिनको आगमन नजिकिँदा पनि खुशी
भैरहेको थिइँन बरु डराईरहेको थिएँ । डर लाई खुशीको आवरण भित्र लुकाउन
चाहन्थेँ, हाँस्न चाहन्थेँ, रमाउन चाहन्थेँ । डर र खुशीको संयोगले अलग्गै
अनुभूति भएको भए पनि हुन्थ्यो भन्ने चाहन्थेँ तर अहँ त्यस्तो भएकै थिएन । म
डराईरहेको नै थिएँ । तर मैले डराइरहँदा यो कहिले सोचिनँकि मेरो राजकुमारको
छनौटले त कतै म डराएको थिइन ? गतिशिल समय म डराएकोले रोकिन चाहेन, मेरो
विवाहको दिन आयो । विवाहको अघिल्लो दिन नै आएका आफन्त र संगीहरुको
जिस्काईमा म खिस्स हाँसिदिन्थेँ । गह्रुँगो मन, भारी शरीर बोकेर म मण्डपमा
बसेँ, चामलको पिठो र अबिरले सिङ्गारिएको मण्डपको अग्निकुण्डमा आगो बलिरहेको
थियो । म पुरोहित बा को आदेश अनुसार पुजा गरिरहेको थिएँ मलाई दुलहीको
रुपमा ग्रहण गर्न केशव आउँदैछ, उसले आफ्नो मन परेकी दिपिकालाई दुलही बनाएर
लैजानेछ । म पनि एउटा सक्षम र मायालु दुलाहाको पछि पछि उसको घरमा जानेछु,
मेरो नयाँ संसारमा जानेछु । त्यहाँका सबै सदस्यहरु मेरा लागि नौला हुनेछन् ।
नयँा दुलही भनेर मलाई छुट्टै माया दिनेछन् । मेरो अनुहार हेर्न भिड
लाग्नेछ , त्यतिखेर मेरो अनुहारमा लाजका अवशेषहरु भेट्टाउनेछु, मेरो गाला
रक्तिम हुनेछ । आहा ! कति सुन्दर कल्पनाहरु जुन मैले गर्नुपर्ने, दुलाहाको
आगमनमा व्यग्र भएर आँखाहरु आँगन,करेसाबारी हुँदै बाटोसम्म पुग्नुपर्ने तर
ति सबै त्यसरी भइराखेको थिएनन् जसरी हुनुपथ्र्यो ।
पर कतै बाजा बजेको आवाज आयो, बाजाको आवाज
बढ्दै गयो । मेरो मुटुको धड्कन बढ्दै गयो । जन्ती आईपुग्यो, सबैजना
जन्तीको स्वागत गर्नमा व्यस्त भए मेरा आँखाहरु भने एकाएक एकजोडी आँखासंग
जुध्न पुगे । ती आँखाहरु वाण जस्तै तिखा थिए, मेरो आँखाबाट छिरेर छातीमा
पुगे अनि मेरो मुटुमा छेडेझैँ लाग्यो मलाई । मलाई आफ्नो टाउको उठाएर हेर्ने
हिम्मत नै भएन । मलाई आफु ती आँखाका दोषीझैं लाग्यो, ती आँखाहरुले मलाई
दिपिका मेरो के गल्ति भयो ?’’ भनेर प्रश्न गरेझैं लाग्यो ।सुमनले अघिल्लो
पत्रमा नेपाल आउने कुरा लेखेको थियो । मैले याद गरें उसको पत्रमा उ नेपाल
आउने मितिपनि लेखिएको थियो अहो ! कस्तो संयोग उ त आजै पो आउँदै थियो उ
नेपाल आउनु त ठिकै थियो तर सिधै मेरो घरमा आउँछ भन्ने मैले सोचेकै थिइन ।
सोचेकी भए पनि म के गर्न सक्थंे र मैले सुमन होइन केशवसंग विवाह गर्ने जो
निर्णय गरिसकेको थिएँ । मेरो मन भित्र कुराहरु खेल्न थाले । म बिगतमा पुगे
जहाँ म थिएँ अनि म संग सुमन, उसले मलाई पाउन गरेका हरेक प्रयासहरुको सम्झना
आयो । उसले स्कुलको ब्लाकबोर्डमा मेरो र उसको नाम जोडेर लेखेको सम्झिएँ।
हरेक दिन मेरो अगाडि पछाडि उ हिँडिरहेको सम्झिएँ । मंदिरमा उसले रात
बिताएको सम्झिएँ । मेरो अनुरोध पछि उ मेरो अगाडि नआएको अनि मेरो चाहना
उसलाई भेट्ने, देख्ने भइरहेको पनिसम्झिएँ, मैले उसको प्रेम प्रस्ताव
स्विकारेको, उ डाक्टर पढ्न रसिया गएको अनि उसले पठाएका पत्रहरु सम्झिएँ ।
उसको दुइटा उद्देश्य थियो, एउटा मलाइ प्राप्त गर्ने, अर्को डाक्टर बन्ने,
जब त्यो सम्झेँ मलाई फेरि डर लाग्यो । मैले मनमनै निचोड निकाले मलाई पाउन
सुमनले जे पनि गर्दछ’ उ अब मेरो नजिक आउँछ मेरो हात समात्छ र मलाई भन्छ
दिपिका तिमी मेरी हौ तिमी मेरी हुनुपर्छ, तिमी हिडँ मसँग, तिम्रो सिउँदो
सजाउने अधिकार मेरो हो, अरु कसैको होइन’ । यो सम्झनाले मात्रै पनि म
आत्तिएँ । आमाबुबाको प्यारी छोरी म, उहाँहरुले मबाट कहिले पनि यस्तो
दुर्घटनाको कल्पना गर्नु भएन । आफन्तहरुमा पनि म राम्री र नमुना छोरी थिएँ ।
मेरो जन्ती आइसकेको थियो । अनि मेरो हुनेवाला श्रीमान्को लागि म आर्दश
थिएँ । तर ति सब मेरो लागि बनेका दृष्टिकोणहरु सुमनको एक शब्दले परिवर्तन
हुन सक्थे । मलाइ फेरि डर लाग्यो ।
म डरले पसिना पसिना भएको थिएँ । असार
महिनाको दिन, आकाश पनि म सँग रिसाए झैँ अँध्यारो भएको थियो । पानीका मसिना
थोपा मण्डप माथिको त्रिपालमा टिप-टिप गरिराखेको थिए । मण्डपको वरिपरि बसेका
बुज्रुकहरु विवाहका मन्त्रसंगै मलाइ र मेरो दाहिनेतिर बसेका मेरा हुनेवाला
श्रीमान्लाई पुजा गर्न सिकाइ राखेका थिए । मैले मेरो शिर थोरै उठाएर
सुमनलाइ हेरेँ । उ मेरो अगाडि थियो र मलाइ हेरिरहेको थियो एकटकले उसले मलाइ
पहिलो पल्ट देखेको होस् । सुमन कतिखेर बसेको स्थान बाट उठ्दछ र म भएको
ठाउँमा आउँछ अनि मलाइ हात समातेर उ सँग भागेर जान अनुरोध गर्दछ भन्ने
सोच्दै, अनि डराउँदै मेरो विवाह सम्पन्न भयो । तर अझै सुमनले त्यस्तो केही
गरेन, मैले सोचे जस्तो केही गरेन, खाली मलाइ हेरिरह्यो । मैले अरु कोही सँग
सात फन्का अग्नीको परिक्रमा गरेको हेरिरह्यो । कसैले मेरो टाउकोमा सिन्दुर
हालेको हेरिरह्यो । उसकी दिपिका अरु कसैको भएको हेरिरह्यो । अन्तत मेरो
विवाह सकियो । मलाई विवाहको मण्डपबाट अन्माइयो र घर देखि अलि पर राखिएको
गाडीमा लगेर बसाइयो । म घरका सम्पूर्ण सदस्यहरुलाई बिदा गरेर गाडीमा बसेँ,
जीवन यात्रामा बिल्कुल नयाँ भूमिका निभाउन । म बसेको गाडीको चक्का खाल्डोमा
नाचेझैँ महशुस भयो । मेरो दिमाग शून्य भएको थियो । केही सोच्नै नसक्ने
भएकी थिएँ । दिनभरि सुमनले उदण्ड गर्न सक्ने कल्पना गर्दै डराएकी म यतिखेर
सुमनको सम्झनामा चुर्लम्मै डुबेको थिएँ । आफ्नो कर्ममा पश्चाताप् गर्न
सकिराखेकी थिइँन तर त्यो कर्मले दुःखी भएकी थिएँ । मैले टाउको उठाएर गाडीको
साइड मिरर मा हेरें । गाडीको साइड मिररमा गाडी ठेल्दै गरेका मानिसको भीड
देखेँ । त्यही भीडमा मैले सुमनलाई देखेँ । उ कसैको मतलब नगरी कसैको बोलावट
बिनानै उसकी दिपिका दुलही बनेर बसेकी गाडी ठेल्दै थियो ।
मैले पहिलो चोटि साह्रै नै निःस्वार्थ
प्रेम देखेँ । मैले पहिलो चोटि प्रेमको अर्थ बुझेँ, मलाई सुमनको माया
लाग्यो, अत्यन्तै माया लाग्यो । गाडीबाट निस्केर सुमन भएको ठाउँतिर जान मन
लाग्यो । उसको गाडी ठेलिरहेका हातहरु समातेर चुम्बन गर्न मन लाग्यो ।
गर्लम्म उसको अंगालोमा बाँधिएर, म अरु कसैकी नभएर उसैकी हो भनि उद्घोष गर्न
मन लाग्यो । तर म उसकी हैन अरु कसैकी भैसकेकी थिएँ । जति खेर मेरो र
सुमनको मिलन संभव थियो, मैले प्रयास नै गरिनँ अनि जतिखेर मेरो र सुमनको
मिलन संभव थिएन मलाई सुमनकी हुनुपर्ने कुराको आत्मबोध भयो । तर ढिला
भइसकेको थियो, म अरु कसैकी भइसकेको थिएँ । विवाह पछिका दिनहरु मेरो लागि
त्यति सहज भएनन् । मेरो श्रीमान् केशवको मायामा म रमाउनु पर्ने, खुशीको
सागरमा डुबुल्की मार्दै नयाँ प्रेम, नयाँ साथको सामिप्यतमा दिनहरु थाहा
नपाई कट्नुपर्ने तर त्यस्तो भइराखेको थिएन । मेरो मन खाली थियो, हलुको थियो
। म केशवलाई माया गर्न चाहन्थेँ , उसका आखाँहरुबाट संसार हेर्दै स्वपनिल
भविष्यको कल्पनामा दिनहरु बिताउन चाहन्थेँ, एउटा उदाहरणीय दम्पती बन्न
चाहन्थेँ । तर विवाह पछिका दिनहरु त्यस्ता भएनन् जस्तो मैले सोचेकी थिएँ । म
केशव भित्र सुमनलाई खोज्न थालेको थिएँ । म केशवलाई भन्दा सुमनलाई माया
गर्न थालेको थिएँ । मलाई हरेक क्षण सुमनको याद आउन थालेथ्यो पछिल्लो चोटि
सुमनलाई त्यही गाडी ठेल्न लाग्दा देखेकी थिएँ । उसको त्यो गाडी ठेल्दाको
चेहेरा जब मेरो सम्झनामा आउँदथ्यो मलाई मेरो मुटु चिरिएझैँ हुन्थ्यो ।
बेदनाले म छट्पटिन्थेँ । केशव म संग नजिक थियो, उ मलाई अत्यन्तै माया
गथ्र्यो, मलाई खुशी राख्ने प्रयास गथ्र्यो । तर म केशव संग नजिक हुन
सकिरहेकी थिइँन । केशवले मलाई एक दिन सोधेको थियो “तिम्रो जीवनमा विवाह
अगाडि अरु कोहि थियो ? मैले सहजै जवाफ दिएको थिएँ “अँ थियो ‘ मेरो जवाफले
उसलाई के असर पर्यो म जान्दिँन तर म आफुभने त्यो जवाफ दिन पाउँदा खुशी
भएकी थिएँ ।
मलाई सुमनको बारेमा बुझ्ने इच्छा हुन
थाल्यो । सुमन जसको जीवनमा दुइवटा उद्देश्य थिए । एउटा डाक्टर बन्ने र
अर्को मलाई प्राप्त गर्ने । एउटा उद्देश्य त मेरो आफ्नो कारणले कहिल्यै
पुरा हुन सकेन, उसको अर्काे उद्देश्यमा उ कहाँ पुग्योे ,जान्ने तीव्र
इच्छाले म एक दिन सुमनको गाउँ गएको थिँए । मेरो कलेज पढ्दाको उसैको गाउँको
एकजना मित्रबाट थाहा पाए कि सुमन मेरो विवाहपछि पढ्नको लागि रसिया गएनछ ।
सुमनले आफ्नो पढाई बीचमानै छोडेकोले उसको परिवार पनि उ संग रुष्ट भएछन् ।
त्यसैले परिवारसंग पनि अलग्गै बस्दो रहेछ । कुनै लक्ष्य बिहिन मानिसको जीवन
जस्तो, बिहान घरबाट हिड्नु, दिनभर भांैतारिनु र फेरि बेलुकी घर आउनु नै
उसको दैनिकी रहेछ । सुमनको यर्थाथले मेरो मुटु फेरि हल्लायो । मैले डाक्टर
सुमनको हत्या गरेझैँ लाग्यो । मैले ठूलो पाप गरेको महशुस भयो । त्यो दिन म
खुब रोएकी थिँए । मेरा आखाँहरु रुदाँ रुदाँ राता भएका थिए । अनुहार उमङ्ग
विहिन फुङ्ग उडेको थियो । मैले सुमनलाई कहाँ भेट्न सकिन्छ भनि सोधेको थिएँ,
सुमनको कुनै ठेगाना नै नभएको, घरमा आउने जाने कुनै निधो नै नभएको थाहा
भएपछि म उसको गाउँबाट फर्किएको थिएँ ।
यता केशव र मेरो सम्बन्ध केही चिसिएको
थियो । केशवले बुझेर हो वा किन हो “तिम्रो विवाह अगाडि कोही संग प्रेम
सम्बन्ध थियो ? यो प्रश्न गर्नु र मेरो “अँ थियो” भन्ने उत्तर प्राप्त
गर्नु अनि लगातार ममा देखिएका उदासीपनाहरुले केशव पनि खुशी थिएन ।एकदिन
केशव र मेरो झगडा भएको थियो । म उ संग रिसाएर घरबाट बाहिर निस्केकीे थिएँ ।
म त्यो दिन पशुपति गएकी थिएँ । म गुहेश्वरी माथि उक्लिदैँ थिएँ ।
ढु्ङ्गाको स्लेटले छापिएको सिँडिहरुमा गहँरुङ्गो गरी उक्लिरहेका मेरा
खुट्टाहरु केही लरबराए । मैले अकस्मात मेरो अघिल्तिर सुमनलाई देखेँ । उसलाई
देख्ने इच्छाले सताइरहको मेरो मनलाई सान्त्वना मिल्यो । खुशीले धोत्रो
स्वर घाँटीबाट निकाल्दै मैले सुमनलाई बोलाएँ, तर उ त मलाई नचिनेको जस्तो
गरी वास्तै नगरेर सिँडिहरुओर्लन थाल्यो । मैले उसलाई हातमा च्याप्प समातेर
भने सुमन तिमिलाई कस्तो छ ? उसको उत्तरको आशा नै नगरि फेरी अर्को प्रश्न
राखें । तिमि डाक्टर पढ्न किन रसिया नगएको? उसले मेरो प्रश्नको उत्तर दिन
जरुरी ठानेन या उसंग उत्तरै थिएन । उ केहिपनि नबोली बाटो लाग्न खोज्यो ।
मैले उसलाई रोक्दै फेरि अर्को प्रश्न गरेँ । सुमन तिमिले किन विवाह नगरेको ?
तिमीलाई कसैको सामिप्यता चाहिएको छ सुमन कसैको साथ चाहिएको छ, त्यसैले
तिमीले विवाह गर्नुपर्छ सुमन । मैले यति भनेपछि उसले आवाज खोल्यो र भन्यो
दिपिका मैले विवाह गरिसकेको छु, जुनदिन मेरो मनले तिमिलाई अपनायो त्यहि दिन
मैले विवाह गरिसकेँ, विवाह यस्तो बन्धन हो जसको असर हृदयमा हुन्छ, मैले त
त्यही दिन तिमीलाई विवाह गरें जुन दिन तिमीले मलाई साथ दिने प्रण गरेकी
थियौं ।
अब म तिमी माथि सौता हाल्दिन दिपिका, म
बहु विवाह गर्दिनँ उ यति भनेर सिँडिहरु ओर्लिन थाल्यो । मेरो घाँटीबाट
सुमन, सुमन भन्ने मसिनो आवाज निक्लियो तर बाहिर सम्म सुनिएन शायद उ त्यो
आवाजले म तिर फकिर्दै फर्किएन, हिँडिरह्यो, मैले उसलाई हेरिरहेँ । उ
हिँडेको बाटो देखियुञ्जेल हेरिरहेँ र अघिकै आवाजमा बरबराए ‘ सुमन यो जन्ममा
दिपिका तिम्रो हुन सकिन, तर अब जीउने सयौं जन्महरु दिपिकाले तिम्रो लागि
जीउनेछ, तिमी मलाई साथ दिन्छौ हैन ? सुमनले मेरो आवाज सुन्दै सुनेन, म तिर
हेर्दै हेरेन, उ हिँडिरह्यो.., हिँडिरह्यो.., म उसलाई हेरिरहेँ… हेरिरहेँ… ।
घटना हो संवत २०३३ को फागुन ।
पूणिर्माको दिन । काठमाडौँस्थित भारतीय
राजदूतावासले त्यो दिन काठमाडौँका उच्च राजनीतिक नेतृत्वको ठूलो अंशलाई
दूतावासमा रमाइलो भेटघाटका निम्ति बोलाएको थियो । मलाई पनि निम्ता थियो ।
त्यो अपराहृनकालमा मैले डा. केशरजंघ रायमाझीलाई “जनतासित पार्टीको सम्बन्ध
विचलित हुँदै जान लागेको छ । नेपाल सरकारले गाउँदेखि नगर, जिल्ला,
अञ्चलस्तरका निर्वाचनहरू गराउने घोषणा गरिसकेको छ । यो अवसरलाई आफ्नो
पार्टीका कार्यकर्तालाई निर्वाचनमा उम्मेदवार बनाएर जनसम्पर्क शुरु गर्ने र
आफू निर्वाचित भएको पञ्चायत एकाइका क्रियाकलापलाई जनहितको स्वार्थमा
संलग्न गराउनेतर्फ क्रियाशील तुल्याउनु वेश होला” भनी सुझाउ दिएँ । उहाँले
स्वीकार गर्नुभयो र साँझमा ७ बजे आफ्नो घरमा मलाई बोलाउनुभयो र शैयद कमर
शाहलाई समेत भरे साँझ बोलाई पठाउनेछु भन्नुभयो ।
परिणामअनुसार ५/७ मिनेटको छलफलपछि रायमाझी
र कमर शाहले मलाई पञ्चायत निर्वाचनको उम्मेदवार हुन स्वीकार गराए । सो
कुरा मैले स्वीकार गरेँ किनभने संवत २०१९ र २०२४ को स्नातक प्रतिनिधि
निर्वाचनमा म एक मत र अढाई मतले पराजित भएको थिएँ । त्यो पनि पुन डा. तुलसी
गिरीले भनेर मतगणनाका अधिकृत राष्ट्रिय निर्देशन परिषद्का उपसचिव रहेका
कुलशेखर शर्माले सोझैँ झेल गरेर डा. नगेन्द्रप्रसाद श्रीवास्तवको पक्षमा
जाली मत गन्ती गरेर संवत् २०२४ को स्नातक निर्वाचनमा समेत डा. प्रकाशचन्द्र
लोहनीको पक्षमा त्यस्तै झेल गरेर निर्वाचनमा मलाई हराएका थिए ।
संवत २०३४ को काठमाडौँ नगर पञ्चायत
निर्वाचनमा उम्मेदवार हुन मैले “गाउँ र्फक राष्ट्रिय अभियान समिति” बाट
स्वीकृति पाइनँ । त्यसबेलाको कानुनअनुसार जुन तहको निर्वाचनमा उम्मेदवार
हुने हो त्यो उम्मेदवारले त्यहीतहको गाउँ र्फक समितिसित अनुमोदन
लिनुपर्दथ्यो । मैले गाउँ र्फकको अनुमोदन माग्न त्यो अभियान समितिका
केन्द्रीय सदस्य श्री कमलराज रेग्मीसित भेटेर कुराकानी गर्नु उपयुक्त ठानेँ
।
श्री कमलराज रेग्मीसित अर्थात् पाल्पा
जिल्लाको कम्युनिस्ट समूहको नेतासित मेरो पहिलो भेट संवत् २००८ को मङ्सिर
अन्त्यतिर भएको थियो । त्यसबेला श्री टंकप्रसाद आचार्यको नेपाल प्रजा परिषद
तथा त्यो सालको २२ सेप्टेम्बरदेखि ३० सेप्टेम्बरसम्म कलकत्ताको भवानीपुरमा
भएको नेपालका ४५ जना कम्युनिस्टहरूको भेलाले विधिवत गठन गरेको थियो ।
पार्टी सङ्गठनलाई वैधानिकता प्रदान गर्न त्यसले ३ सर्त पूरा गर्नुपर्दछ
भन्ने अन्तर्राष्ट्रिय उदाहरणको आधारमा प्रस्तावित पार्टीका सदस्यहरूको
भेला गर्नु :
१) दोस्रोमा त्यो भेलाले त्यो पार्टीको प्रस्तावित विधानलाई सर्वसम्मतिले अनुमोदन गर्नु ।
२) तेस्रो सर्त हो त्यो सभाले केन्दि्रय समितिको निर्वाचन गरेर पार्टीको कार्यनीति वा कार्यक्रमलाई स्वीकार गर्नु ।
३) त्यसरी पार्टीको विधिवत सङ्गठन भएपछि
प्रजा परिषद र नेकपाले नेपालमा राष्ट्रिय जनतान्त्रिक संयुक्त मोर्चा गठन
गर्ने निर्णय गरेको थियो । त्यो मोर्चाको पहिलो बैठक मङ्सिरतिर काठमाडौँमा
हुने भएकाले वीरगन्जमा नेपालभरिका कम्युनिस्टहरू पहिल्यै जम्मा भएर सँगै
काठमाडौँतिर हिँड्ने प्रबन्ध गरिएको थियो । दक्षिण गण्डक प्रान्तीय कमिटी,
त्यस्तै पूर्वाञ्चल र पश्चिमाञ्चल कमिटीहरूबाट वीरगन्जमा ३० जना जति
कम्युनिस्टहरू जम्मा भयौँ र भिमफेदीतिर लाग्यौँ । भिमफेदीबाट चिसापानीगढीमा
एक रात बास बसेर कुलेखानी, मार्खु, चित्लाङ् हुँदै थानकोटसम्म आइपुग्यौँ र
मोटर लहरीमा टन्न कसिएर बस्यौँ । त्यो समूहमा पाल्पाबाट आएको समूह
सबैभन्दा बढी समर्पित समूहजस्तो मैले देखेको थिएँ । त्यसको नेतृत्व श्री
कमलराज रेग्मीले गर्नुभएको थियो । कलकत्ताको भवानीपुर सम्मेलनमा कमलराजजीको
अनुपस्थितिका कारण पाल्पाको किसान आन्दोलनमा उहाँले ११ महिना थुनामा
बस्नुपरेको रहेछ ।
वीरगन्जमा भेला भएर काठमाडौँतिर हिँडेको
त्यो समूहमध्ये पाल्पा समूह थानकोटमा आइपुगेपछि र मोटर लहरीमा बसेर
काठमाडौँतिर हिँडेपछि त्यो समूहले गीत गाउन थाल्यो- आयो कम्युनिस्ट नेपालमा
रातो झन्डा फहराउँदै… । मोटर लहरीको बीचबाट उढेको त्यो पाल्पाली गीतमा
कमलराज रेग्मी सम्मिलित भए नभएको मैले देख्न र बुझ्न सकिनँ तर राजविराजदेखि
पर्सा जिल्लासम्मका हामी ८/९ जना व्यक्ति भने त्यो गीतमा निकै रमायौँ तर
सम्मिलित हुन सकेनौँ । काठमाडौँ पुगेपछि भुरुङ्खेलको घरमा बसोबासका निम्ति
प्रबन्ध गरिएको थियो ।
त्यो राष्ट्रिय जनतान्त्रिक संयुक्त
मोर्चाको विशाल बैठक ७ दिनसम्म चलेपछि खिचिएको “ग्रुप फोटोग्राफ” (८०/९०
जनाको उपस्थिति) को अग्रपङ्क्तिमा कुर्सीमा बसेका श्री कमलराज रेग्मीको
तस्बिर मसित अझै छ । त्यो मोर्चाको अधिवेशन कमलराज रेग्मीको कुनै वक्तव्य
भने मैले सुनेको छैन । संयुक्त मोर्चा सम्मेलनको वर्ष दिनपछि संवत् २००९
सालमा म र श्री कमलराज रेग्मीसँगै काठमाडौँ आयौँ कुलेखानीमा एकरात बास
बस्नुपरेको थियो । हामी बास बसेको होटेलको मालिकले आएर हामीसित सोध्यो-
राती के खाने ? दाल, भात, तरकारी कि गाईको घिउ हालेर पकाएको भुजा र
कुखुराको मासु ? मैले घिउ हालेको भात रोज्दा श्री कमलराज रेग्मीले ममा
रहेको अभिजात्यताको लक्षणबारे मलाई राम्रैसित फट्कार्नुभयो र त्यस्तो
मान्छे कम्युनिस्ट पार्टीको नेता कसरी हुन सक्छ ? त्यतिखेर मैले मौन
बस्नुपरेको थियो । यसरी वर्षदिन २ वर्षमा कमलराज रेग्मी र मेरोबीच भेट हुने
गर्दै रहृयो । पार्टीको पहिलो महाधिवेशन (संवत २०१०) बारे मेरा सम्झना
अहिले क्षीण भएका छन् । संवत २०१४ असारको दोस्रो पार्टी महाधिवेशनले समेत
रेग्मीज्यूलाई पार्टीको केन्द्रिय समितिको र आफूले रोजेका वरिष्ठ नेताहरूका
व्यक्तिगत तस्बिरहरू खिचेका थिएँ । आफ्नो डेरामा बोलाएर । मैले खिचेको
रेग्मीज्यूको तस्बिर अहिले पनि उहाँको कोठामा म देख्छु । २०१७ साल पुस १
गते पछि उहाँ पाल्पामा पक्राउमा पर्नुभयो र पाल्पा बुटवल तथा काठमाडौँका
जेलहरूमा गरी ४ वर्षसम्म जेलमा रहनुभयो । म आफू वीरगन्जको र काठमाडौँको
सेन्ट्रल जेल र नख्खू जेलमा गरी जम्मा ११ महिना जति जेलमा बसिसकेको हुँदा
मलाई जेल परेका साथीहरूलाई भेट्न त्यहाँ जान मन लाग्दैनथ्यो । ती ४ वर्ष
पनि मैले उहाँलाई भेटिनँ, नेकपाका कुनै ठूला नेताले पनि जेलमा उहाँको
अवस्था कस्तो छ, पाल्पामा परिवारका सदस्यहरूको अवस्था के कस्तो छ आदि
विषयबारे कहिल्यै एक दिन पनि चासोसम्म नराखी आफूहरू भएकोतिरको यात्रामा नै
निरन्तर संलग्न रहने गरे । त्यस्तैमा एक दिन संवत २०२१ म श्री रेग्मीज्यू
जेल मुक्त हुनुभएको बारे शैयद कमर शाहले मलाई बताउनुभयो र उहाँ छुटेको दिन
नै टुँडिखेलमा रेग्मीज्यूसित हामी २ जनाको भेटघाट र कुराकानी भयो । त्यहाँ २
घण्टासम्म उभिएर भलाकुसारी गर्दा मसित डा. तुलसी गिरीको सिनेमा क्यामेरा
थियो । त्यो क्यामेराले मैले रेग्मीज्यूको २० मिनेट जति तस्बिर खिचेँ । आज
त्यो तस्बिर मसित छैन किनभने नेकपा काठमाडौँकै एक सुपरिचित र निकै
क्रियाशील रहेका वटुकचन्द्र गौतम भन्ने युवकले यो तस्बिर म हेर्दछु भनी
मागेर लगेको २ सातापछि मैले आफ्नो फिल्म माग्दा “हराएछ” भनी मलाई फिर्ता
दिएनन् ।
श्री कलमराज रेग्मीसितको यो परिचयको
पृष्ठभूमिमा उहाँ गाउँर्फक राष्ट्रिय अभियानमा सदस्य हुन पुग्नुभयो ।
उहाँको त्यो सदस्यतालाई मैले सामान्य रूपबाट लिएको थिएँ । त्यसबेला उहाँको
कुनै सम्बन्ध नेकपासित रहेको थिएन । तापनि उहाँलाई नेपालको राजसंस्थाले
पूर्व पश्चिम राजमार्गको चन्द्रनिगाहपुरको मूल सडक छेउमै रहेको साढे दुई
बिघा क्षेत्रफलको लामो घरवास जमिन लिन उहाँले अस्वीकार गर्नुभयो । त्यो
अस्वीकृतिपछि राजसंस्थाले उहाँलाई फेरि बुटवलको तिनाउँ नदीको किनारा नजिकै
ठूलै घर जग्गा जमिन दियो । तर उहाँले त्यो लिन पनि अस्वीकार गर्नुभयो ।
यस पृष्ठभूमिमा मैले कमलराज रेग्मीसित भेट
गरेर म आफू काठमाडौँ नगर पञ्चायतको निर्वाचनमा सदस्य हुन चाहन्छु, मेरो यो
उम्मेदवारीका निम्ति गाउँ र्फकबाट अनुमोदन गरिदिनुस् भन्न गएँ । उहाँले
मेरा सबै कुरा सुन्नुभयो र मलाई भन्नुभयो- तपाईंजस्तो राष्ट्रिय परिचयको
व्यक्तिलाई मैले केही जवाफ दिन गाह्रो छ । तसर्थ तपाईं यही कोठामा बसेर
चुपचाप सुन्नुहोस्, म गाउँर्फकका केन्द्रीय सभापति खड्गबहादुर सिंहसित कुरा
गर्छु । केन्द्रीय सभापति खड्ग ब. सिंहलाई उहाँले टेलिफोन गर्नुभयो-
राष्ट्रिय पहिचानको एकजना व्यक्ति मसित उम्मेदवारीको अनुमोदन माग्दै
हुनुहुन्छ उहाँलाई तपाईं छेउ भोलि कुन बेला पठाऊँ ?
स्वभावतः भोलिपल्ट निर्धारित समयमा म
गाउँर्फकको केन्द्रीय कार्यालयमा पुगेँ । खड्गबहादुरसित मेरो परिचय
धुरसिङ-हेटौँडामा नेपाल राष्ट्रिय काङ्ग्रेसको सदस्यका रूपमा उहाँ प्रचारमा
लाग्नुहुँदा र त्यसपछि २०३२ सालसम्म हाम्रो निरन्तर भेटघाट हुँने गर्दथ्यो
। यो पटक उहाँलाई भेट्दा मैले उभिएरै कुरा गर्न गरेँ र “हिजो कमलराज
रेग्मीले मेरोबारे तपाईंलाई टेलिफोन गर्नुभएको व्यक्ति हुँ” भनी बताएपछि
उहाँले आफ्नो सामुन्नेको कुर्सी देखाएर बस्न भन्नुभयो । उहाँले सोध्नुभयो-
कुन तहसम्मको निर्वाचन लड्ने विचार गर्नुभएको छ ? उत्तरमा मैले भनेको थिएँ-
धुरसिङ्गमा म नेकपाको नेता र तपाईं राष्ट्रिय काङ्ग्रेसको कार्यकर्ता भएको
समयदेखि हाम्रो परिचय र घनिष्ठता बढेको हो । अहिले तपाईंको निधारमा श्री ५
को सिन्दुर तर मेरो निधार खाली छ । तथापि मैले काठमाडौँ नगर पञ्चायत
सदस्यको ठाउँमा मात्र उम्मेदवार हुने विचार गरेको छु । ३ मिनेट जतिमा त्यति
कुराकानी भएपछि हामी बिदा भयौँ । “म विचार गर्नेछु” भनी उहाँले भन्नुभयो ।
मलाई मैले मागेको गाउँर्फकको अनुमोदन दिइएन । मैले निर्वाचनमा भाग लिन
पाइनँ । त्यस्तैमा मेरी छोरीको विवाह हुने भएकाले मैले वीरगन्ज र मजफरपुर
जानुपर्ने भयो । संवत २०३३ को वैशाख ५ गते मेरो छोरा विनोद दीक्षितले
वीरगन्जमा मलाई टेलिफोन गरेर “गा.फ.रा.अ. ले तपाईंलाई का.न.पा. को सदस्यमा
हिजो मनोनित गर्यो ।” मैले वीरगन्जबाट वासुदेव ढुङ्गाना “का.न.पा. सभापति”
खड्गबहादुर सिंह र श्री कमलराज रेग्मीलाई आकाशवाणी पठाएर आˆनो धन्यवाद
अर्पित गरेँ । स्वभावतया म आफ्नो काम सिध्याएर १० वैशाख शुक्रबार काठमाडौँ
फर्किएँ । १२ गते का.न.पा. गएर मैले आफ्नो जिम्मेवारी सम्हालेँ ।
दोस्रो दिन, म श्री कमलराज रेग्मी कहाँ
पुगेँ र वार्ताको क्रममा मैले सोधेँ- म दलविहीनता विरोधी व्यक्ति हुँ ।
तथापि का.न.पा. मा सदस्य भएको छु । अब गाउँर्फकने मबाट के कामको आशा गरेको छ
भन्नेबारे मलाई केही बताइदिनुहुन आग्रह गर्दछु ।
श्री कमलराज रेग्मीको उत्तरबाट उहाँबारे
मैले २०१७ पुसदेखि अनुमान गरेको तर अरू कसैलाई केही नभनी आफैँभित्र गोप्य
राखेको कुरा प्रमाणित भयो । नेपालमा कम्युनिस्ट पार्टी गठन हुनेभन्दा
पहिलेदेखि उहाँले पाल्पाका किसानहरूलाई सङ्गठित गर्न थाल्नुभएको थियो ।
पाल्पा प्रशासन अर्थात् रूद्र शमशेर ज.ब.रा. र तिनका नातेदारहरू
रेग्मीज्यूसित क्रुद्ध रहने गरेका थिए । उहाँले जेलमा पनि बस्नुपरेको थियो ।
कम्युनिस्ट नेताका रूपमा उहाँको छवि पाल्पा बुटवल र काठमाडौँमा साह्रै
उज्यालो थियो । त्यसैकारण २०१७ मा उहाँ जेलमा दोस्रोपटक थुनिँदा उहाँले
पाल्पा पश्चिम निर्वाचन क्षेत्रमा कम्युनिस्ट नेता केशरजङ्ग रायमाझीले हारे
पनि आफू पूर्व क्षेत्रबाट प्रतिनिधि सभाको सदस्य बन्नुभएको थियो । ५ वर्ष
जेलमा बसेर उहाँ कैदमुक्त भएपछि मैले र कमर शाहले टुँडिखेल मैदानमा उहाँलाई
भेट्दा तिनै कुराहरूबारे मेरो मनमा पुष्टि पनि भएको थियो । २०३४ साल
वैशाखमा का.न.पा. को सदस्यका रूपमा मैले के काम गर्नुपर्छ भन्ने मेरो
प्रश्न थियो ।
उहाँले जवाफ दिँदै भन्नुभएको कुरा म अझै
अक्षरसः सम्झिन्छु- दीक्षितजी तपाईंले संस्कृतको मध्यमा र एम.ए. सम्म पढेर
विद्यावारिधिमा पनि लाग्नुभएको थियो । तपाईंको परिवारको प्रसिद्धि
नेपालव्यापी छ र आफ्नो विचारमा अडिग रहने मानिस हुनुहुन्छ । तर गा.फ.रा.अ.
ले तपाईंका यी सबै सकारात्मक छविलाई पञ्चायत व्यवस्थाको पक्षमा उपयोग गर्न
होइन कि तपाईंले का.म.पा. मा काम गर्दा तपाईंको मुखमा कालो पोतियोस्,
तपाईंको कुनै पनि उज्यालो छवि बाँकी नरहोस् भनेर तपाईंलाई सदस्यमा मनोनित
गरिएको हो । कुरा यिनै हुन् अब तपाईंलाई जे मन लाग्छ त्यही गर्ने गर्नूस्
मैले थप भन्नुपर्ने कुरा केही छैन ।
रेग्मीज्यूको त्यो विचित्रको जवाफबाट म
झसङ्ग भएँ । फागुपूणिर्माको दिन डा. केशरजंग रायमाझीले शैयद कमर शाह,
कृष्णराज वर्मा र आफ्नी पत्नी तरूलता रायामाझीलाई पनि पञ्चायतमा प्रवेश
गर्न निर्वाचनमा उम्मेदवार बनाउनेबारे मलाई बताइएको थियो तर ती कुनै पनि
कम्युनिस्ट नेता कोही पनि उम्मेदवार भएनन् तर श्रीमतीलाई काठमाडौँमा
राष्ट्रिय पञ्चायतकै माननीय सदस्य मनोनीत गराउनुभयो । म एक्लो भएँ भन्ने
सम्झिएर श्री कमलराज रेग्मीको उत्तरबाट म तर्सिएको थिएँ । तथापि आफूले
स्वीकार गरेको कामबाट उस्तै नपरी आफू पछाडि नफर्किने मेरो बानीअनुसार
का.न.पा. को सदस्यका रूपमा काम गर्दै गएँ । मेरो त्यो सफलता श्री कमलराज
रेग्मीज्यूको त्यो दिनको अनुदान हो भन्नेलाई मैले कहिल्यै बिर्सिइनँ ।
कहाँसम्म भने हाल मेरो घरसँगै पूर्व र उत्तरतिर रहेको साढे ४ रोपनी जमिनलाई
म समेत ३ जनाले, मलाई आधा जमीन दिएर बाँकी आधाबाट २ जना का.न.पा. सदस्यले
आफूले १/१ रोपनी लिने भन्ने गोप्य प्रस्ताव मेरो सामु ती २ ले गरेका थिए ।
मैले केही जवाफ दिएको थिइनँ र का.न.पा. का निम्ति नयाँ प्रशासकीय भवन
चाहिने हुँदा कुन ठाउँमा त्यसका निम्ति जमिन पाइने होला भन्ने विषयमा
का.न.पा. मा छलफल हुँदा मैले आफ्नो घरको पूर्व र उत्तरतिर रहेको साढे ४
रोपनी जमिन देखाइदिएर त्यो जमिनलाई का.न.पा. सदस्यहरूले आपसमा भागबण्डा
गर्ने विचारलाई अन्त्य गराइदिएको थिएँ । मेरो मुखमा कालो पोत्ने यस्ता केही
अन्य प्रयास पनि भएका थिए तर मैले विफल तुल्याएको थिएँ । संवत २०३६ को १०
जेठमा राजा वीरेन्द्रबाट राष्ट्रिय जनमत सङ्ग्रहको घोषणा गरिने प्रस्ताव
सार्वजनिक भएपछि दोस्रो दिन नै मैले का.न.पा. बाट राजिनामा गर्ने निर्णयगरी
चिठी लेखेर लगेको थिएँ । तर केही सदस्यहरूले २ दिन पर्खिन अनुरोध गरे-
त्यो अनुरोध काम लागेन । ४ दिनपछि १४ जेठको दिन मैले का.न.पा. सदस्यबाट
राजिनामा गरेँ ।
कमलराज रेग्मीसित मेरो भेटघाट अटुटजस्तै छ
। यद्यपि बढ्दो उमेरले बसयात्रा गर्नु प्रायः असम्भव जस्तै भएर उमेरले
गर्दा बाध्य भइयो र हाम्रो अटुट भेटघाटमा केही बाधा पर्न थालेको छ । त्यसो
हुँदाहुँदै पनि रेग्मीज्यूले आफ्नो परिवारप्रतिको दायित्वलाई सफलताका साथ र
पूर्णतामा पुर्याएको म देखिरहेको छु । जेलमा बस्नुपर्दा रेग्मीज्यूकी
देवीजी- श्री विमला रेग्मीले परिवार पाल्न धौ-धौ भएर पाल्पाको मिसन
अस्पतालमा परिचारिकाको काम गरेर परिवारको भारलाई आˆनो काँधमा बोक्नुभएको
थियो । यस्तै पीडाका कारणले हुन सक्छ- रेग्मीज्यूका पिताको देहावसान भयो ।
रेग्मीज्यूको परिवारतिर हेर्दा उहाँका ४ छोरी १ छोरामध्ये अधिकांश युरोपमा
अध्ययन गरेका, जेठा छोरा प्रकाशराज रेग्मीले सोभियत रूसको मेडिकल कलेजमा
हृदयरोग सम्बन्धी विशिष्ठतता प्राप्त गर्नुभएको र काठमाडौँका हृदयरोग
सम्बन्धी अस्पतालहरूमा गम्भीरतम अभ्यासरत रहनुभएका हामी देख्छौँ ।
रेग्मीज्यूकी कान्छी छोरी सन्ध्या रेग्मी जर्मनी र सिङगापुरमा अध्ययन पूरा
गरेर अहिले भियतनामको हो चि मिन्ह शहरमा समाजसेवामा विशिष्टता प्राप्त
गर्नुभएको छ । कमलराज रेग्मीज्यूका सन्तानहरूमा आˆनो स्नातकोत्तर अध्ययनको
विषय मात्र नभई प्रायः सबैजसो सुपुत्रीहरू विख्यात लेखिकाका रूपमा आफ्नो
पितासरह ख्याति प्राप्त गर्दै आउनुभएको छ । उहाँकी सुपुत्री श्री ज्योति
रेग्मी काठमाडौँको प्रसिद्ध काठमाडौँ युनिर्भसिटीमा प्राध्यापिका हुनुहुन्छ
। अरू छोरीहरू अरूणा कोइराला र किरण पाठकले पनि शिक्षा क्षेत्रमा नै
योगदान गरिरहेका छन् ।
मैले बुझेसम्म नेपालको कम्युनिस्ट
इतिहासमा केन्द्रीय स्तरमा प्रतिष्ठित र सम्मानित भएका, पञ्चायत
व्यवस्थाअन्तर्गत राजा महेन्द्रद्वारा राजमार्गस्थित विकासोन्मुख नगर
चन्द्रनिगाहापुर तथा बुटवलमा घरजग्गा (जुन जग्गा अहिले करोडौँ मूल्यको छ)
प्रदान गरिँदा सो जग्गा लिन इन्कार गर्ने व्यक्ति, नेपालका इतिहासमा १०
वर्षलामो जनसङ्घर्ष चलाउने माओवादी पार्टीले आफ्नो एउटा भूमिगत कार्यक्रममा
विशेष सम्मान प्रदान गरेको र अन्य कम्युनिस्ट पार्टीहरूले उत्तिकै सम्मान
गरेका नेताका रूपमा श्री कमलराज रेग्मी आजसम्म प्रतिष्ठित हुनुहुन्छ ।