mainpageads

फेसबुकपछि हृयाकरको शिकार बन्यो एप्पल

पछिल्लो साता फेसबुकलाई निशाना बनाएका हृयाकरहरुले एप्पललाई शिकार बनाएको छ । आईफोनको निर्माता एप्पलको कम्प्युटर साइबर आक्रमणको शिकार बनेको हो । फेसबुकमा आक्रमण गर्नेहरुले नै आफ्नो कम्प्युटरमा आक्रमण गरेको एप्पलले बताएको छ ।
आक्रमणको असर निकै कम मेशिनमा परेको र कम्प्युटरबाट कुनै पनि जानकारी चोरी भएको प्रमाण नभेटिएको समेत उसले बताएको छ । हृयाकिङपछि एप्पलले उपभोक्तालाई क्षति पुर्‍याउने सफ्टवेयरलाई आक्रमणबाट बचाउन नयाँ सफ्टवेयर जारी गर्ने बताएको छ ।
क्यालिफोर्नियाको कम्पनी कपरटिनोले एप्पलमा क्षति पुर्‍याउने सफ्टवेयरको पहिचान भएको बताएको छ । उसले भनेको छ-’नोक्सान पुर्‍याउने त्यो सफ्टवेयर एप्पलविरुद्धको आक्रमणमा सहभागी थियो र सफ्टवे्यर बनाउने इन्जिनियरको एक वेबसाइटको माध्यमबाट फैलिएको थियो ।’
पछिल्लो समय बढेको साइबर आक्रमणमा चिनियाँ सेनाको एक खुफिया शाखालाई आरोप लगाइएको छ, जो विश्वको सबैभन्दा सफल साइबर आक्रमणकारी समूह मध्ये एक हो । चीनले भने हृयाकिङ आरोपलाई अस्वीकार गर्दै आएको छ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts