mainpageads

मुलुक निर्वाचन उन्मूख : प्रधानमन्त्री


१४ फागुन, काठमाण्डौ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले चुनावी सरकारको नेतृत्व लिन प्रधानन्यायाधीश खिलराज रेग्मी सकारात्मक भएकाले अब मुलुक निर्वाचनतर्फ लम्किएको वताउनु भएको छ । प्रमुख चार दलका नेताहरु र प्रधानन्यायाधीशबीच सोमवार विहान भएको छलफल निकै सकारात्मक भएको भन्दै प्रधानमन्त्रीले मुलुक अब चुनावतिर लम्किएको बताउनु भएको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार परिसरमा नवनिर्मित सभागृह र सशस्त्र प्रहरी बलको आवासगृहको सोमवार उद्घाटन उहाँले प्रधानन्यायाधीशले उठाएका केही राजनीतिक र संवैधानिक विषयलाई दलहरुको सहमतिमा समाधान गर्ने विषयमा समेत नेताहरुवीच सहमति भएको वताउनुभयो । उहाँले दलहरुको सहमतिमा संवैधानिक तथा कानुनी रुपमा मिलाउनुपर्ने सबै प्रावधानहरु मिलाएर बाधा अड्काउ फुकाउमार्फत प्रक्रिया अगाडि बढ्ने वताउनुभयो ।
भट्टराईले चुनावमा जानका लागि रेग्मीको नेतृत्वमा गठन गरिने चुनावी सरकारले मुलुकलाई चुनावमा केन्दि्रत गर्ने र दलहरु निर्वाचनको तयारीमा जुट्ने वताउनुभयो । प्रधानमान्त्री भट्टराईले सोमबार दिउँसो बस्ने प्रमुख चार दलको बैठकले दलहरुवीच रहेका मतभेदलाई समाधान गरेर ठोस निर्णय लिने जानकारी दिनुभयो ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts