mainpageads

छविको रोजाइकी सुनुको हट फोटोसुट (फोटो फिचरसहित)

निर्माता छविराज ओझा आफ्नो सिनेमामा नयाँ नायिका भित्राउन खप्पिस मानिन्छन् । उनै ओझा आफ्नो नयाँ चलचित्रमा धरानकी सुनु भट्टराइलाई भित्राउने तयारीमा छन् ।
हालै मात्र हट फोटोसुट गराएकी सुनुले अनलाइनखबरसँग यो रहस्य खोलेकी हुन् । नवल नेपालले निर्देशन गरेको एक म्युजिक भिडियोमा अभिनय गरेपछि छविले उनलाई हिरोइन बनाउने प्रस्ताव गरेका हुन् । छविले फोनै गरेर हिरोइन बनाउछु भनेपछि सुनुको उत्साह झनै बढेको छ ।
कथाले मागेअनुसार जस्तो सुकै दृश्य दिन पनि तयार सुनु कलाकार भएपछि यस्तो कुरामा हिचकिचाउन नहुने प्रतिक्रिया दिन्छिन् । उनले आफू पुर्वेलीहरुले निर्माण गर्न लागेको चलचित्र ‘ब्रेक माई हर्ट’ मा अभिनय गर्न लागेको बताइन् ।
५ फिट ५ इन्च उचाई भएकी यि मोडलले आफ्नो नयाँ चलचित्रका लागि धनकुटाको नाम्जेमा हट फोटोसुट गराएकी छिन् । उनले चलचित्रका नायक माधव केसीसँग उत्तेजक फोटोसुट गरेकी हुन् । स्थानियस्तरका सिनेमामा खेल्दै गरेकी सुनुले निर्माता छविराज ओझाको क्याम्पमा प्रवेश पाउने हुन् या होइनन् त्यो भने हेर्न बाँकी छ । तर छविको फोनले काम गरेको खण्डमा सुनुको नेपाली चलचित्र यात्रा सुखद हुने पक्का छ ।


1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts