mainpageads

म १८ वर्षीय दुब्लो युवक हुँ। कुनै केटीलाई हेर्दा मेरो लिंगमा बढी उत्तेजना आउँछ। किन ?

म १८ वर्षीय दुब्लो युवक हुँ। कुनै केटीलाई हेर्दा मेरो लिंगमा बढी उत्तेजना आउँछ। किन ?

किशोरावस्थादेखि नै अनि वयस्क हुने क्रममा प्रजनन, मानसिक, बौद्धिक, आर्थिक तथा अन्य क्षेत्रमा परिवर्तन देखापर्नु स्वाभाविक हो र यो विकास क्रममा  बिस्तारै सबैको अंग  एवं मस्तिष्क परिपक्व हुँदै आउँछन्। यी परिवर्तनहरूमा यौनसम्बन्धी परिवर्तन प्रमुख हुन्छन्। यसै क्रममा अर्को व्यक्ति (धेरैजसो  स्थितिमा विपरित लिङ्गी) प्रति यौनका दृष्टिकोणले आकर्षण बढ्नु प्रमुख परिवर्तन हो। शारीरिक, भावनात्मक तथा यौनसम्बन्धी परिवर्तनका साथै  आफूलाई व्यवस्थित गर्नु आफैंमा असजिलो कुरा हो। त्यसमा पनि यौनप्रतिको चाहना, त्यसलाई शान्त पार्न के गर्न हुन्छ के गर्न हुँदैन जस्तो अलमल  सबैमा हुन्छ। यौनसम्बन्धी कुरा सपनामा पनि देखिन्छ। तपाईंले भन्नु भएजस्तै युवतीलाई हेर्दा यौन उत्तेजना आउने कुरा पनि हुन्छ। यसको अर्थ के होला  ? के यो सामान्य होला जस्ता अनेक प्रश्न उत्पन्न हुनसक्छन्  र अन्यौल उत्पन्न्न हुन्छ।

यौन मानवजीवनको अभिन्न अङ्ग हो। प्राकृतिक रूपमा सबैजसो स्वस्थ व्यक्तिमा यौनेच्छा हुन्छ। भोक, निद्रा, प्यासजस्तै यौन पनि आवश्यक कुरा हो मानव  जीवनका लागि। यो प्रकृतिले नै दिएको छ। सामान्य भाषामा भन्दा यौनसम्पर्क राख्ने वा यौन तनाव शान्त पार्ने इच्छालाई नै यौनेच्छा भन्न सकिन्छ।  परिभाषामा केही फरक मत भए पनि यौनेच्छा वा यौन व्यग्रता मानसिक तथा भावनात्मक जैविक व्यग्रतासँग सम्बन्धित स्वाभाविक शक्ति हो। त्यसैका  साथै हामी कुनै पनि यौन उत्तेजनात्मक दृश्य जसमा पहिरन सहितकै भए पनि युवतीको शरीर वा अङ्ग को प्रभाव पर्छ नै र उत्तेजना हुन्छ। यसको अर्थ  यो होइन कि त्यस्तो भयो भन्दैमा कुनै यौन क्रियाकलापका लागि पहल जायज हुन्छ। त्यसैले यी स्वाभाविक कुरालाई व्यवस्थित गर्नु जरुरी छ। हाम्रो  व्यवहार समाजमा भएका तत्कालीन मूल्य-मान्यताअनुरूप सुहाउँदो हुनु आवश्यक छ। यौन उत्तेजन दृश्य देखेर लिङ्ग केही वेर उत्तेजित हुँदैमा हानि पुग्दैन  अनि कसैलाई यी कुरा थाहा दिइएन भने अर्को व्यक्तिलाई हानि पनि हुने भएन।

म अहिले २० वर्षको भएँ राति दिनहुँ नाइटफल हुन्छ। म के गरूँ ?

निदाइरहेका बेला एकपछि अर्को चित्र, विचार, भावना र संवेदनाहरू अचेतन रूपमै मस्तिष्कमा आउनु सपना देख्नु हो। अनेकन प्रयास गरिए पनि कुनै  व्यक्तिले किन कुनै किसिमको सपना देख्छ र त्यसको अर्थ के हुन्छ भन्ने ठोस निष्कर्ष प्राप्त भैसकेको छैन। सपना विशेष गरेर Rapid Eye Movement (REM) निद्राको स्थितिमा देखिन्छ। सपना विभिन्न किसिमका हुन्छन्, जस्तै कि डरलाग्दो, साहसिक, रमाइलो वा यौनसम्बन्धी। यहाँ हामी यौन सपनाका  बारेमा तपाईंकै चासोको सेरोफेरोमा रहेर कुरा गर्छां। यस्तो च्भ्ः स्थितिमा यौनाङ्गमा रगत भरिन्छ र पुरुषको लिङ्ग उत्तेजित हुन्छ भने अनि महिलामा पनि  योनिश्राव हुन्छ।

यौनसम्बन्धी कुरा हामी सचेत मनले मात्र गर्ने कुरा हो भन्ने मान्छौं तर यौनसम्बन्धी कुरा निदाएका बेला पनि निरन्तर रूपमा चलिरहन्छ। निदाएको बेला  लिङ्ग उत्तेजित हुने वा यौन क्रियाकलापमा संलग्न भएको सपना देखिन्छ। पहिलो पटक यो किशोरावस्थामा देखापर्छ र यसले यौन विकास राम्रैसँग भएको  संकेत गर्छ। यही क्रममा कतिपय व्यक्तिले यौन चरमसुख पनि पाउँछन्। यसरी निदाएका बेला सपनामा यौन क्रियाकलापमा संलग्न भएर वीर्य स्खलन  हुनुलाई नै बोलीचालीको भाषामा स्वप्नदोष भनिन्छ। दोषको अर्थ केही खराबी भन्ने बुझिन्छ। यसलाई स्वप्नदोष भनिए पनि यौन सपना समस्या वा खराबी होइन।  पूर्वीय समाजमा वीर्य खेर जान दिनु हुँदैन भन्ने सोच विद्यमान थियो र अहिले पनि छ। वीर्य खेर गए कमजोरी हुने, जीवन शक्तिमा ह्रास आउने विश्वास  राखिन्थ्यो। त्यसगरी अन्य भागमा १८ औ १९ औं शताब्दी विवाह बाहिर वा धेरै मात्रामा वीर्य स्खलन हुनुलाई spermatorrhea भन्ने खराबीको  संज्ञा दिइन्थ्यो र त्यसको उपचार गरिन्थ्यो।

यौन सपनाका सन्दर्भमा धेरै कुरा भए पनि माथि भनिएजस्तै यो कुनै दोष युक्त कुरा नभै स्वाभाविक रूपमा हुने कुरा हो। यौन सपनाले शरीरमा भएको  यौन तनावलाई कम गर्न सहयोग गर्छ। यो यौन विकासको स्वाभाविक कुरा हो। किशोरावस्थामा यौन विकासका क्रममा धेरैले यसको पहिलो अनुभव गरे का हुन्छ। हस्तमैथुन वा यौनसम्पर्कको माध्यमवाट यौन तनावलाई शान्त पारिने उपाय नगरिएको स्थितिमा केही बढी देखिन्छ। अविवाहित वा यौन साथीस ँग छुट्टएिर बसेको व्यक्तिले यौन सपना देख्नु सामान्य हो।

कतिपय यस्ता यौन उत्तेजक सपना देखेर वीर्य स्खलन हुनासाथ ब्यूँझिन्छन् भने अर्को थरी वीर्य स्खलन हुनै लागेका बेला ब्यूँझिन्छन्। केहीको त निद्रै  खुल्दैन र बिहान ब्यूँझिसकेपछि मात्र थाहा पाउँछन्। जे होस्, निद्रामा वीर्य स्खलन भएपछि बिहान उठेर सरसफाइमा विशेष ध्यान पुर्‍याउनुपर्छ। वीर्य यौ नाङ्ग क्षेत्रमा रहे संक्रमण हुने जोखिम बढी हुन्छ। त्यसैले ब्यूँझिएपछि लिङ्ग र अण्डकोष तथा वरिपरिका क्षेत्र साबुन पानीले धुनुपर्छ। तन्ना वा आफ्नो  पहिरनमा वीर्यको दाग लाग्ने अनि कसैले थाहा पाउला भन्ने कुराले पनि निकै चिन्ता उत्पन्न हुन्छ। अण्डरवेयर वा कट्टु लगाएर सुते त्यसलाई मात्र धुन  तुलनात्मक रूपमा सजिलो हुन्छ।

स्वप्नदोषका सम्बन्धमा उचित जानकारी नपाइने हुनाले कतिपय किशोर तथा युवाहरू गहिरो चिन्तामा पर्छन्। पक्कै पनि आफूलाई कुनै गम्भीर रोग  लागेको शंका पनि हुन्छ। यसलाई अन्य कतिपय कुराहरूसँग जोडिन्छ। यसमा कुनै हानिकारक असर हुँदैन। बुझ्नुभयो होला यसमा केही गर्नुपर्दैन।  अनावश्यक रूपमा उपचार गराउँदा आफूलाई होइन व्यवसायीहरूलाई मात्र फाइदा हुन्छ।

यौन मनोविज्ञान

म १९ वर्षीया अविवाहित युवती हुँ। मैले अहिलेसम्म दुईजना युवकसँग यौनसम्पर्क राखिसकेकी छु। पहिलो युवकसँग सम्पर्क हुँदा उसले मलाई भविष्यसम्म साथ दिने विश्वास दिलाएको थियो, जुन उसले पूरा गरेन। केही समयपछि उसलाई मैले अर्कै युवतीसँग सम्पर्क बढाएको पाएँ।

एक्लो भएको केही समयपछि मैले अर्को विश्वासिलो साथी भेटेकी छु। ऊ मेरो डि्रम ब्वाइ भएकाले जुनसुकै मूल्य चुकाएर पनि यो सम्बन्धलाई राम्रो  बनाउन चाहन्छु। एउटासँग धोका पाएकाले मलाई यो सम्बन्ध लामो समय जाला भन्ने विश्वास भने लागेको छैन। कम उमेर भए पनि एकातिर मैले  पहिले नै कुमारित्व गुमाएकी छु। यसले बेलाबखतमा चिन्ता पैदा गराइरहन्छ। मेरो यौनसाथीको बेला-बेलामा तिमी यौनमा परिपक्व छौं भन्ने भनाइले पनि  मलाई मेरो शंकामा बल पुर्‍याउँछ। यो सम्वन्ध तोडियो भने म पुरुष फेर्ने युवतीका रूपमा चर्चित हुन पुगुँली भन्ने त्रास मनमा आइरहन्छ। मैले पहिलो  युवकसँग किन सम्बन्ध राखे भनेर पश्चाताप मानिरहने मेरो यो स्वभावमा कसरी सुधार ल्याउने ? मनोविज्ञानका हिसाबले मेरो मनस्थितिलाई कस्तो  अवस्थामा राखेर मूल्यांकन गर्न सकिन्छ ?

आमयुवती

१९ वर्ष पुग्नुअघि नै तपाईंले दुई जना युवकसँग सम्पर्क राखिसक्नुभएको रहेछ। युवतीहरू प्रेममा नपरी यौन सम्बन्ध राख्न सक्दैनन् भन्ने मेरो बुझाइ छ।  यस अर्थमा तपाईं दुई पटक प्रेममा परिसक्नुभएको रहेछ। जीवनमा टिन एज अर्थात् १९ वर्षभन्दा कम उमेरमा विपरीत लिंगीप्रति आकषिर्त हुनु  स्वाभाविक हो। यो उमेरमा हामीलाई धेरै कुरा थाहा पनि हुँदैन। कसैप्रतिको आकर्षण र वास्तविक प्रेम सम्बन्ध फरक कुरा हुन्। यो उमेरमा भएका तपाईंका घटना अस्वाभाविक होइनन्, तर प्रेम र यौनका गतिविधिहरूमा हामीले देश, समाज र परिवेशले निर्धारण गरेको मापदण्डअनुसार आफूलाई समायो जन गर्नुपर्ने हुन्छ। यसअन्तर्गत आफ्ना व्यक्तिगत मापदण्ड बनाउन सकिन्छ। प्रेम र यौनका सम्बन्धमा आफैंले पनि एकपटक गम्भीर भएर सोचे अघि  बढ्ने कि नबढ्ने भन्ने परिपक्व निर्णय गर्न मद्दत पुग्नेछ। सामान्य रूपमा सोच्दा पनि हामीले अहिलेको सूचना प्रविधिको विकासलाई सदुपयोग गरिरहेका  छैनौं। आफ्ना राम्रा पक्षमा गौरब गर्न छोडेका छौं। तिनलाई बचाइराख्न सकिरहेका छैनौ, तर संसारका नराम्रा कुरा हामीले छिटो ग्रहण गरिरहेका हुन्छौं।  एकछिन गम्भीर भएर नियालौ त, अहिलेको समय आफ्ना राम्रा कुराको सूची बनाएर तिनलाई भरसक नघटाउने र संसारका राम्रा पक्ष सिकेर आफ्नो  विद्यमान ज्ञानको भण्डार बढाउँदै लाने होइन र ?

जहाँसम्म पुराना घटनाप्रति पश्चातापको कुरा छ, यसरी पश्चाताप गर्नेमा तपाईं मात्र एक्लो हुनुहुन्न। यो उमेरमा कुमारित्व गुमाएकोमा धेरैलाई  पश्चाताप हुन्छ। त्यसमाथि पनि गलत मानिससँग यस्तो सम्बन्ध भएको घटनाप्रति पश्चाताप मान्नेहरूको सूची लामै छ। उक्त घटनाले तपाईंलाई पटक -पटक घचघच्याइरहन्छ। यो पनि स्वाभाविक हो, तर तपाईंले उक्त घटनाबाट शिक्षा लिनुभएको छ कि छैन भन्ने पक्षचाहिँ महत्वपूर्ण कुरा हो। मनो विज्ञानका हिसाबले आफ्नो पुरानो घटनालाई छलफलमा ल्याएर समाधान खोज्नु नै एक कदम अघि बढ्नु हो। यसबाट पाठ सिकेर आगामी दिनमा यस्ता  घटना रोक्नुभयो भने यसलाई शिक्षाकै रूपमा लिनुपर्ने हुन्छ। घटना दोहोर्‍याइरह्यो भने मात्र समस्या बढ्दै जान्छ।

टिन एज केही खतरनाक हुने भएकाले यो उमेरलाई पश्चातापको भूमरीमा धकेल्नबाट जोगाउनेहरू पछि लभ सेक्स र रोमान्सको जीवन सुखमय बनाउन  सक्छन्। पुरुषहरूले कुन बेला आफूसँग जम्काभेट भएकी आकर्षक युवतीसँग प्रेम प्रस्ताव राख्न नसकेकोमा पश्चाताप मान्ने गरेका छन्। उनीहरूले  त्यसरी मौका पाएका युवतीसँग यौन सम्पर्क गर्न नपाएकोमा पश्चाताप मान्ने गरेको पाइन्छ, तर धेरैजसो युवतीले भने छिट्टै कसैलाई विश्वास गरेर यौन  सम्पर्क गरेकोमा दुख प्रकट गर्ने गरेका छन्।

त्यसमाथि पनि माथि भनिएजस्तै गलत व्यक्तिसँग आफ्नो कुमारित्व गुमाएकोमा उनीहरूलाई बढी पश्चाताप हुने गरेको छ। पुरुषहरू क्याजुअल सेक्स  मन पराउँछन। अल्पकालीन सम्बन्ध मन पराउँछन्, तर महिलाहरू पुरुषहरूसँग जीवन बिताउन दीर्घकालीन प्रतिबद्धता चाहन्छन्। पुरुषहरू यौनसम्पर्कपछि  प्रेम गर्ने खालका हुन्छन् भने महिलाहरू प्रेमपछि यौनसम्पर्क चाहन्छन्। महिलाहरू यौन सम्पर्कमा छनौटपूर्ण हुन्छन्। किनभने बच्चा जन्माउनु, हुर्काउनु र  उनीहरूसँग समय बिताउनु महिलाका लागि जैविक, भावनात्मक एवं प्रजननजन्य कुरा हुन्छ। सिद्धान्ततः पुरुषहरूले चाहे एकैदिनमा धेरैलाई गर्भवती  बनाउन सक्छन्, अर्थात् यो धर्तीमा महिलाको भूमिका नै बेग्लै छ। तैपनि कहिलेकाहीँ महिलाहरू कुनै पुरुषसँग अन्जानमा र प्रेम भएको भ्रमका आधारमा  फस्छन् र कुमारित्व गुमाउँछन्। कुमारित्व र प्रजनन् महिलाका लागि जीवनका दुई महत्वपूर्ण सम्पत्ति हुन। यी दुई चीज गुमाउँदा महिलाहरूलाई जीवनमा  सबैभन्दा ठूलो निराशा पैदा हुन्छ। कुमारित्व गुमाउँदा ठूलो पश्चाताप हुन्छ भने प्रजनन् क्षमता गुमाउँदा ठूलो निराशा। यो स्वाभाविक हो। समयक्रमसँगै  सकिने प्रजनन् क्षमता र कुमारित्व टार्न सकिँदैन, तर गलत मानिसबाट कुमारित्व तोड्ने काम रोक्न सकिन्छ। अब तपाईंसँग गुमेको कुरा बाँकी छैन।  विगतका घटनाप्रति पश्चाताप गरिरहनुभन्दा पनि विगतको घटनाबाट पाठ सिकेर नयाँ प्रेमीसँग रमाइलो जीवन बिताउन सकिने उपलब्ध सम्भावनातर्फ  केन्दि्रत हुनुहोस्। निरन्तर आइरहने पश्चातापबाट जोगिन मनोविद्हरूसँग सम्पर्क गर्न सकिन्छ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts