मानिसको पिसाव जाँच्ने एप
मानिसको पिसावमा कुनै खरावी छ कि छैन भनेर
जाँच्न अब प्रयोगशाला धाउन नपर्ने भएको छ । अमेरिकाको लस एन्जलसमामा जारी
प्रविधी मेलामा मुत्र जाँच गरी विरामीको रोग पत्ता लगाउने स्मार्टफोन एप
सार्वजनिक गरिएको छ ।
यो एपले पिसावमा रहेको ग्लूकोज, प्रोटिन र
नाइट्रेट समेत कुल १० तत्व जाँच्न सक्छ । यस्तै डाइबिटीज अर्थात
मधुमेहदेखि पिसावको संक्रमण लगायतका रोग पनि पत्ता लगाउनेछ ।
यो परीक्षणका लागि स्मार्टफोन
प्रयोगकर्ताहरुले आफ्नो विसावमा एक स्ट्याण्डर स्टि्रप डुवाउनु पर्छ ।
त्यसपछि उक्त स्टि्रपलाई यस एपसँग जोडिएको अर्को स्टि्रपमा राख्नु पर्छ ।
त्यसमा केही रंग देखिन्छ । त्यही रंगका आधारमा स्मार्टफोनमा रहेको एपले
विश्लेषण गर्न सुरु गर्छ ।
यो एप मार्चको अन्त्यसम्ममा एपलको एप
स्टोरमा उपलब्ध हुनेछ र यसको मूल्य २० डलर पर्ने डेभलपरहरुले बताएका छन ।
यो एपलाई भारत मुम्बईको किङ्ग एडवार्ड अस्पालमा पनि राखिनेछ ।

0 comments
Write Down Your Responses