मालिक्नीलाई चुम्बन गरी कुकुरले राख्यो किर्तिमान
अमेरिकामा एक घरपालुवा कुकुरले आफ्नी मालिक्नीलाई लगातार ४५.८ सेकेण्ड किस गरेर किर्तिमान सहित उपाधि जितेको छ ।
प्रणय दिवसको उपलक्ष्यमा पोर्टल्याण्डमा
भएको कुकुर चुम्बन प्रतियोगितामा १२ वर्षको बिउ नामको कुकुरले आफ्नी
मालिकनी लिन्डा वाल्टनलाई लगातार ४५.८ सेकेण्ड चुम्बन गरी यो वर्षको च्याम्पियन बन्न सफल भएको हो ।
यस्तै मालिकनी केसी माउन्टेनलाई १६.८
सेकेण्ड चुम्बन गरेर सन्नी नामको कुकुर दोश्रो भयो भने डिजान्गोले तेश्रो
स्थान प्राप्त गर्दा आफ्ना मालिकलाई ११.७ सेकेण्ड चुम्बन गर्यो । पहिलो हुने बिउले उपाधिसँगै ७५ डलरको पुरस्कार पायो ।

0 comments
Write Down Your Responses