समर्थकको शुभकामना बोकेर पूर्वराजारानी बैंककतिर
'भगवान भरोसा र चिकित्सकको विश्वास'
‘छोराको अवस्था अहिले पनि स्थिर र
चिन्ताजनक छ’ भावुक मुद्रामा ज्ञानेन्द्रले भन्नुभयो-’सबैले चासो र चिन्ता
व्यक्त गर्नुभएको छ, सबैप्रति मेरो र मेरो परिवारको तर्फबाट धन्यवाद छ
।’ज्ञानेन्द्रले यस्तो बेला भगवानको भरोसा र चिकित्सकको विश्वास लिनुपर्ने
बताउनुभयो । ‘म गएर छोराको स्थिति बुझ्छु, चिकित्सकसँग पनि कुरा गर्छु’
उहाँले भन्नुभयो-’सबैतिर पूजापाठ भैरेको छ, यस्तोबेला भगवानको भरोसासँगै
चिकित्सकको क्षमतामा विश्वास पनि लिनुपर्छ ।’ उहाँले पारसको स्वास्थ्यको
लाभका लागि प्रार्थना गरिदिन सबैसँग अनुरोध पनि गर्नुभयो ।
पूर्व युवराज पारसको स्वास्थ्यमा अझै
सुधार हुन नसकेपछि छोरालाई भेट्न पूर्व राजारानी नातिनातिना लिएर बैंककतर्फ
जानुभएको हो । पूर्व युवराज्ञी हिमानी र पूर्व राजपरिवारका अरु नातेदार
यसअघि नै बैंकक गएका छन् । पारसको बैंककस्थित समितिभेज अस्पतालमा उपचार
भैरहेको छ ।
समर्थकद्वारा विदाइ र कामना
गम्भीर बिरामी भएका पारसको स्वास्थ्य
लाभको कामना गर्दै आएका राजावादीहरुले बुधबार निर्मल निवास र विमानस्थलमा
प्रदर्शन गरेका छन् । पूर्व राजारानीलाई फूलमालाले बिदाई गर्दै उनीहरुले
पारसको स्वास्थ्यका लाभको कामना गरेका हुन् । उनीहरुले राजतन्त्रको पक्षमा
चर्का नाराबाजी समेत गरेका थिए ।
पूर्व राजाको बिदाइ र पारसको स्वास्थ्य लाभको कामना गर्न राप्रपा नेपाल, बिश्व हिन्दू महासंघलगायत राजावादीहरुको निर्मल निवास र विमानस्थलमा बाक्लो उपस्थिति थियो ।
पूर्व राजाको बिदाइ र पारसको स्वास्थ्य लाभको कामना गर्न राप्रपा नेपाल, बिश्व हिन्दू महासंघलगायत राजावादीहरुको निर्मल निवास र विमानस्थलमा बाक्लो उपस्थिति थियो ।

0 comments
Write Down Your Responses