mainpageads

बृद्धद्वारा बालिका बलात्कृत...

सल्यान, फाल्गुन १३ - जिल्लाको डाँडागाउँ गाविस वडा नं ५ स्यालपानीका एक वृद्धले गाउँकै १२ वर्षीया एक बालिकालाई बलात्कार गरेको अभियोगमा सल्यान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा डाँडागाउँ– ५ स्यालपानीका ६२ वर्र्षीय वृद्ध चन्द्रबहादुर बस्नेत रहेका छन् ।    बस्नेतलाई जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
घरमा कोही नभएको बेलामा बालिकालाई चाउचाउ देखाएर उनले बलात्कार गरेको परिवारले जनाएका छन् ।
बलात्कार भएको तीनदिनपछि बालिकाले पेट दुखेको बताएपछि अस्पतालमा जचाउँदा डाक्टरले बलात्कार भएको आशङ्का गरेको बालिकाका आफन्तले बताएका छन् । बालिकाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले बालिकाको बलात्कार भएको हो वा होइन भनेर अनुसन्धानका लागि रिपोर्ट काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । रासस


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts