mainpageads

सिड्निमा निमा रुम्वाको साथमा तामाङ ल्होछार मनाइयो

सिड्नी । सिड्नी वासीले गायक निमा रुम्वाको साथमा तामाङ ल्होछार मनाएका छन् । तामाङ् समाज न्यु साउथ वेल्सले सिड्निमा आयोजना गरेको नयाँ वर्ष तथा तामाङ ल्होछार कार्यक्रममा सिड्नी वासिको वाक्लो उपस्थितिका विच भब्यताका साथ सम्पन्न भएको छ । राति अवेर सम्म जमेको सो कार्यक्रममा निमा रुम्वा को गितमा युवा युवतिहरु राति अवेर सम्म रमाएका थिए ।

निमाले आफ्ना नयाँ र पुराना गीत गाएका थिए । पिटरशाम टाउनहलमा शनिवार आयोजित सो कार्यक्रममा एन एस डब्लु का नेपाली महावाण्ज्िय दुत दिपक खड्का ले समुदायको विविधता र राष्ट्रिय पहिचानका लागि ल्होछार मनाउनु सकारात्मक पक्ष भएको बताएका थिए ।
कार्यक्रममा नेपाली आदिवासि जनाजाति मन्चका अध्यक्ष गणेश तमाङले नेपाली जातिय पहिचानका लागि हरेक जात जातिले आफ्नो पहिचान र रिती रिवाजको निरन्तरताका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिनु पर्ने बताए । यस्तै अस्ट्रेलियाको मन्त्री स्तरिय समितिका सल्लाहकार महेन्द्र लम्साल, तामाङ् समाज न्यु साउथ वेल्सका अध्यक्ष अरुण तमाङ लगायतले नेपाली समुदायको एकता र विकासका लागि यस्ता कार्यक्रमको निरन्तरता हुनु पार्ने कुरामा जोड दिएका थिए । औपचारिक कार्यक्रम पस्चात शुरु भएको साङिितक कार्यक्रममा निमा रुम्वा का साथ साथै राजेश के सि, सुजाता उपाध्याय, सुजाता केसि तथा स्थानिय ब्यान्डका कलाकरहरुको प्रस्तुसति रहेको थियो । यस्तै गरि कार्यक्रममा प्रस्तुत डम्फु नाच, तमाङ सेलो ,तथा अन्य सामुहिक नाचले दर्शकको मन जितेको थियो ।
मिस साइवर नेपाल अस्ट्रेलिया सन्ध्या तामाङ लगायत थुप्रै प्रतिभाशालि कालकारहरुले आ आ आफ्ना नाच तथा रोचक प्रस्तुति राखेका थिए । कार्यक्रममा क्यान्सर रोग पीडित सङगिता तमाङ लामाको लागि सहयोग रकम संकलन गरिएको थियो भने कार्यक्रममा पासाङ वान्जि स्यान्बो तमाङ को नयां गिती एल्बम समेत विमोचन गरिएको थियो । नेपाली परिकार, बुद्ध पूजा तथा प्रसाद समेत कार्यक्रमा उपलब्ध गराइएको थियो ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts