विवाह अघि सेक्स, करोडौं जरिवाना सजाय
पछिल्लो समय नेपालमा बलात्कारका घटना
बढ्दो छ । दोषीमाथि कारबाहीको माग गर्दै अधिकारकर्मीहरु आन्दोलनमा पनि छन् ।
बलात्कारको विरोध र दोषीमाथि कारबाहीको माग हुनु अस्वभाविक पनि होइन । तर,
माल्दिभ्समा फरक घटना भएको छ ।
एक अदालतले बलात्कार पीडित १५ वर्षीया
युवतीलाई ९ सय करोड जरिवाना सजाय सुनाएइको छ । विवाह पूर्व यौन सम्बन्ध
राखेको आरोपमा अदालतले यस्तो फैसला सुनाएको हो । अदालतले उनलाई ८ महिनासम्म
बाल गृहमा राख्न समेत आदेश दिएको छ । उनले इच्छाले कानुन तोडेको अदालतको
ठहर छ । अधिकारीहरुका अनुसार उनलाई कोर्रा भने १८ वर्षको उमेर पुरा गरेपछि
मात्र लगाइनेछ ।
युवतीले आफ्ना सौतेनी बाबुले यौन बोषण
गरेको र आफ्नो बच्चा मारेको आरोप लगाएका थिए । मानवअधिकारवादी संगठन
एमेनेष्टी इन्टरनेशनले भने अदालतको फैसलाको विरोध गर्दै यसलाई ‘क्रुस,
अपमानजनक र अमानवीय’ भनेको छ । माल्दिभ्स सरकार पनि फैसलाप्रति सन्तुष्ट
छैन र कानुनमा परिर्वतनको तयारीमा रहेको बीबीसीले जनाएको छ ।

0 comments
Write Down Your Responses