पारसको अझै होस खुलेन
दूतावासका अधिकारी अस्पताल पुगे
९ फागुन, काठमाडौं । हृदयघातका कारण
बैंककस्थित समित्भेज अस्पतालको आईसीयुमा भर्ना भएका पूर्वयुवराज पारसको
अबस्थाबारे नेपाली दूतावासका अधिकारीहरुले जानकारी लिएका छन् । कार्यबाहक
राजदूत डोरनाथ अर्यालले आज बिहान अस्पताल पुगेर पारसको उपचारमा संलग्न
चिकित्सकहरुसँग बिरामीको अवस्थाबारे जानकारी लिनुभएको हो । अर्यालले
टेलिफोनमा अनलाइनखबरसँग भन्नुभयो-’आइसीयुमा राखेर उपचार भइरहेको छ, होसमा
नरहेका शाहको अवस्था स्थिर चिकित्सकहरुले बताएका छन् ।’
सिटी स्क्यान लगायतका परिक्षण नभइसकेकाले स्वास्थ्य अवस्थाबारे विस्तृत बिबरण दिन नसकिने चिकित्सकले बताएका छन् । मस्तिष्कघात र हृदयघात भएको हुनसक्ने उनीहरुको अनुमान छ । गैरआवासीय नेपाली संघका सचिव सुनील खड्का र पारसकी केटी साथीले अहिले उनको हेरचाह गरिरहेका छन् । परिवारका सदस्य आजै थाइ एयरको उडानमार्फत पुगेपछि थप परीक्षण हुने बताइएको छ ।
हृदयघात भएको करिव एक घण्टापछि मात्र उनलाई अस्पताल पुर्याइएको थियो, जसका कारण उनका केही अंग नचल्ने हुनसक्ने चिकित्सकले बताएका छन् । तर, विस्तृत परीक्षणपछि मात्र उनको अवस्थाबारे जानकारी दिने चिकित्सकले बताएका छन् ।
पूर्वराजपरिवारका सहयोगी फणिराज पाठकले भने पारसको अवस्था बिस्तारै सुधार हुन थालेको बताउनुभएको छ । ‘सरकारको मुटुको शल्यक्रिया गरेर स्टण्ट राखिएको छ, स्वास्थ्य अवस्था बिस्तारै सुधारोन्मुख हुन थालेको छ’ पाठकले अनलाइनखबरसित भन्नुभयो ।
छोरी कृतिका पनि गम्भिर बिरामी
पारसलाई हृदयघात भएलगत्तै नेपालमा रहेकी कान्छी छोरी कृतिका पनि एपेन्टिसाइटिसका कारण थलिएकी छिन, उनलाई नर्भिक अस्पताल भर्ना गरिएको छ । सहयोगी पाठकका अनुसार पारस र हिमानीकी कान्छी छोरी कृतिकाको राजधानीको थापाथली स्थित नर्भिक अस्पतालमा उपचार भैरहेको छ । ‘सिमरामा हजुरबुबा र हजुरआमासँग रहेका बेला गएराति अकस्मात एपेन्टिसाइटिस भएपछि हतार-हतार राजधानी ल्याएर अस्पताल भर्ना गरिएको हो ।’ पाठकले भन्नुभयो -’बुधबार बिहान सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको छ ।’
हिमानी बैंकक नजाने
पति पारससँगको सम्बन्ध चिसो भए पनि गम्भीर बिरामी भएको खबर पाएपछि पूर्वयुवराज्ञी हिमानी बुधबार बिहान बैंकक जाने तयारी थियो । तर, कान्छी छोरीको अकस्मात अप्रेसन गुनपर्ने भएपछि उहाँको बैंकक जाने कार्यक्रम तत्कालका लागि स्थगित भएको बतायउको छ । उहाँ बिरामी छोरीको स्याहार गरेर अस्पतालमै बसिरहनुभएको छ ।
केही दिनदेखि सिमरामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाह भने अझै काठमाडौं र्फकनुभएको छैन । उहाँहरु बैंकक जाने नजाने विषयमा अझै टुंगो लागेको छैन । स्रोतका अनुसार बैंककमा पारसको स्याहारसुसार उहाँकै थाई गर्लप|mेन्डले गर्दै आएकी छिन् । परिवारसँग सम्बन्ध चिसो भएपछि पारस लामो समयदेखि थाई गर्लफेन्डसँगै बैंककमा बस्ने गर्नुभएको हो । केही समय उहाँ सुनील खड्कासँग बस्नुभएको थियो ।

0 comments
Write Down Your Responses