mainpageads

खुलामञ्चमा विधवा कोमल वली (फोटो फिचरसहित)

खुलामञ्चमा मानिसहरुको बाक्लो भिड, लाग्छ कुनै राजनीतिक दलको कार्यक्रम चल्दै छ । तर, भाषण गर्ने अनुहार कुनै नेताको जस्तो लाग्दैन । सेतो पहिरनमा माइक अगाडी उभिएर भाषण गर्दै गरेकी ति महिला अरु कोही नभएर गायिका कोमल वली थिइन् ।वसन्त निरौलाले निर्देशन गरिरहेको चलचित्र ‘राजनीति’को छायांकनका क्रममा गायिका कोमल वलीको यस्तो रुप देखिएको हो । ‘आफ्नो पतिको निधन भएपछि कोमल राजनीतिमा आउन वाध्य हुन्छिन’, निर्देशक निरौला भन्दै थिए । चलचित्रमा नायक राजेश हमालको पनि अभिनय छ, तर खुलामञ्चमा भने हमाल देखिएनन् ।
चलचित्रमा पवित्रा आचार्य, रमेश वुढाथोकी लगायतका कलाकारको पनि अभिनय हेर्न सकिन्छ । राजनीतिक बिषयबस्तुमा आधारित रहेर तयार पारिएको यो सिनेमालाई निर्माणपक्षले तिजमा प्रदर्शनमा ल्याउने तयारी गरेको छ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts