अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले बुधबार सार्वजनिक गरेको एकदिवसीय विश्वकप छनोट 'ड्र' को समूह 'ए' मा नेपालले परिचित प्रतिद्वन्द्वी पाउँदा अर्को समूहमा नेदरल्यान्डस, केन्या, पपुवा न्युगिनी, नामिबिया र युगान्डा परेका छन्।
दुई वर्षपछि अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रूपमा गर्ने विश्वकपको अन्तिम चरणको छनोट प्रतियोगिता पुस २९ देखि माघ १८ सम्म (जनवरी १३ देखि फेब्रुअरी १) सम्म न्युजिल्यान्डको क्राइसचर्चमा हुनेछ। प्रतियोगिताले २०१५ को फेब्रुअरी १४ देखि मार्च १५ सम्म हुने विश्वकपका बाँकी दुई स्थानलाई टोली छनोट गर्नेछ।
नेपालले जनवरी १३ मा युएईसँग खेलेर प्रतियोगिताको सुरुआत गर्नेछ। नेपाल र युएई भर्खरै बंगलादेशमा मार्चमा हुने आइसिसी ट्वान्टी–२० विश्वकपमा छानिएका राष्ट्र हुन्। समूह चरणका बाँकी खेलमा नेपालले जनवरी १६ मा स्कटल्यान्ड, १९ मा हङकङ तथा २१ मा क्यानाडासँग प्रतिस्पर्धा गर्नेछ।
दुवै समूहका शीर्ष तीन टोली सुपर सिक्स प्लेअफमा छानिने छन्। त्यसबाट शीर्ष दुई टोलीले विश्वकपको टिकट काट्ने छन् भने तेस्रो र चौथो हुने टोलीले चार वर्षका लागि एकदिवसीय मान्यता पाउने छन्।
आइसिसीका अध्यक्ष एलान इसाकले न्युजिल्यान्डमा एसोसिएट र एफिलिएटेड देशबीच राम्रो प्रतिस्पर्धा हुने अपेक्षा गरे। 'मेरो विचारमा न्युजिल्यान्डमा केही सनसनीपूर्ण खेल हुनेछन्,' उनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचारहरूमा जनाइएको छ। आइसिसीको एसोसिएट तथा एफिलिएटेड सदस्य राष्ट्रबाट अफगानिस्तान र आयरल्यान्ड एकदिवसीय विश्वकपमा छनोट भइसकेका छन्।
नेपालले छनोट चरणमा प्रतिस्पर्धा गर्नुअघि दुई वार्मअप म्याच खेल्नेछ। पुस २६ मा नामिबिया र पुस २७ मा केन्यासँग क्राइसचर्चमा खेल्नेछ।
काठमाडौ, मंसिर २४ - नयाँ खेलाडी सोमपाल कामीलाई सामेल गर्दै वान-डे विश्वकप छनोटका लागि नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार १५ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेको छ । पारस खड्काको नेतृत्वमा रहेको टिममा युवा मिडियम पेस बलर सोमपाल पहिलोपल्ट पर्न सफल भए भने चोटका कारण यूएईमा भएको ट्वान्टी-ट्वान्टी विश्वकप छनोटमा टिममा पर्न असफल पृथु बाँस्कोटाले कमब्याक गरेका छन् ।
यूएई भ्रमण गरेका स्पिनर राहुलकुमार विश्वकर्मा र मिडियम पेस बलर अमृत भट्टराई भने टिमबाट बाहिरिए । अमृतको स्थानमा सोमपाल आए भने राहुलको स्थानमा पृथुलाई ल्याइएको हो । यस्तै, प्रशिक्षक पुबुदु दसानायकेले जर्नी टु वल्र्डकप प्रतियोगिताका अन्तिम दुई खेलमा हेर्न बोलाएका भेट्रान स्पिनर राजकुमार प्रधान टिममा पर्न असफल रहे ।
ट्वान्टी-ट्वान्टी विश्वकप छनोट खेलेका पन्ध्र खेलाडीबाट दुई जनालाई परिवर्तन गरिएको हो । उपकप्तानमा ज्ञानेन्द्र मल्ललाई नै निरन्तरता दिइएको टिममा शरद भेषवाकर, शक्ति गौचन, वसन्त रेग्मी, अनिल मण्डल, विनोद भण्डारी, प्रदीप ऐरी, सागर पुन, जितेन्द्र मुखिया, महेश क्षेत्री, सुवास खकुरेल र अविनाश कर्ण छन् । यस्तै, वैकल्पिक खेलाडीमा नरेशबहादुर बुढाऐर, रामनरेश गिरी, अमृत र राहुल छन् । वान-डे विश्वकप छनोट जनवरी १३ देखि फेब्रुअरी १ सम्म न्युजिल्यान्डमा हुँदैछ ।
'मिहिनेत गरेको थिएँ’
टिममा कमब्याक गर्न सफल अलराउन्डर पृथुले त्यसका लागि धेरै मिहिनेत गरेको कान्तिपुरसँग बताए । उनले भने,'चोटका कारण मैले यूएईमा खेल्न पाइनँ । एक महिनासम्म मैले दैनिक खुट्टाको उपचारमै बिताएँ,' उनले भने,'त्यसपछि मैले दैनिक ५ घन्टा अभ्यास गरिरहें । मिहिनेत गरे फेरि टिममा पर्न सकिन्छ भन्ने मलाई पूर्ण विश्वास थियो ।' उनले एउटा विश्वकपमा नेपाललाई पुर्याउँदा नभए पनि वान-डे विश्वकपमा पुर्याउन आफूले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले जर्नी टु वल्र्डकपमा ब्याट, बलसँगै फिल्डिङमा राम्रो गरेर प्रशिक्षक पुबुदुको मन जितेका थिए । टिमले न्युजिल्यान्डमा राम्रो गर्न सक्ने पूर्ण विश्वास रहेको प्रशिक्षक पुबुदुले बताए । प्रतियोगिता महत्त्वपूर्ण रहेको र त्यसमा विश्वकप छनोटसँगै वान-डे मान्यता पाउन नेपाली टिमलाई मौका रहेको उनले बताए । उनले धेरै ठाउँमा सुधार गर्नुपर्ने पनि जानकारी दिए । source:- ekantipur

काठमाडौ, मंसिर २४ - भनिन्छ, क्षमता र प्रतिभा भए व्यक्तिलाई अघि बढ्न कसैले छेक्न सक्दैन । आइतबार राष्ट्रिय क्रिकेट टिममा पर्न सफल युवा बलर सोमपाल कामीले यही पुष्टि गरे ।
मिडियम पेस बलर सोमपाल काठमाडौं टेकेको चार महिनामै अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्न मुलुकका तर्फबाट छनोट भएका हुन् । न्युजिल्यान्डमा जनवरी १३ देखि फेब्रुअरी १ सम्म हुने वान-डे विश्वकप छनोट खेल्न नेपाल क्रिकेट संघ (क्यान) ले घोषणा गरेको पन्ध्र सदस्यीय टिममा उनी पनि छानिएका हुन् । 'छोटो अवधिमै कुशल प्रदर्शन गरेर राष्ट्रिय टिममा पर्ने' १८ वर्षे सोमपाल सम्भवतः पहिलो नेपाली खेलाडी हुन् ।
पुख्र्यौली घर गुल्मी भएका सोमपाल तीन वर्षको उमेरमा परिवारसँगै भारतको पञ्जाबस्थित पटियाला पुगेका थिए । क्रिकेटको देश र क्रिकेटरलाई भगवान्को दर्जामा राखिने ठाउँ पुगेका उनलाई पनि बल फ्याँल्ने र ब्याट घुमाउने जोस चल्यो । 'सानोमा केही समय क्रिकेट हेरेरै बिताएँ,' सोमपालले कान्तिपुरसँग भने, 'बलिङ गर्दा सुरुमा मेरो हात पूरै घुम्दैनथ्यो । त्यसपछि मैले केही समय इँटा लिएर हात घुमाउन थालें र बलिङ गर्न सिकें ।'
उनले पटियाको मल्टिप्रपोज स्कुलमा पढ्दा क्रिकेट खेल्न सिके । मानविकी विषयमा १२ पूरा गरेका सोमपालले भने, 'त्यहाँको इन्डियन पि्रमियर कर्पोरेट लिग खेलें ।' उनका बाबु रामबहादुर पटियालाको विद्युत् कार्यालयमा काम गर्छन् । काका भारतीय आर्मी छन् । रामबहादुर छोरालाई पनि भाइजस्तै आर्मी बनाउन चाहन्थे । 'तर मलाई क्रिकेट मन पर्ने, त्यसैले काकाको जस्तो आर्मीमा जाने सोच बनाइनँ,' उनले सुनाए ।
फेसबुक मित्र काठमाडौंका अर्जुन अधिकारीले उनलाई एक दिन फेसबुकमा सोधे, 'नेपाली नागरिकता छ ?' सोमपाले जवाफ फर्काए, 'मेरो छैन, बुवाको छ ।' लगत्तै गएको भदौमा पहिलोपल्ट उनले काठमाडौं टेके । 'यहाँ आएपछि मिहिनेत गरेर पनि खेल्न थालें र नागरिकता पनि लिएँ,' उनले सुनाए ।
सोमपाल काठमाडौं आएपछि सुरुमा नेपाली क्रिकेट फ्यान क्लबबाट खेल्न थाले । उनको बलिङले सबैलाई चकित पार्यो । तुरुन्तै उनी काठमाडौं जिल्लाको टिममा परे । काठमाडौं क्षेत्र नम्बर-३ बाट सिनियर राष्ट्रिय प्रतियोगिता खेले । तीन साताअघि सकिएको राष्ट्रिय यू-१९ क्रिकेटमा १७ विकेट लिए । यसै साता यू-१९ एसिया कपका लागि पनि उनी नेपाली टिममा पर्न सफल भए ।
उनी अहिले नेपाली मिडियम पेस बलरहरूमध्ये बढी गति फ्याँल्ने खेलाडी हुन् । 'मेरो बलको गति करिब १ सय ३४ किलोमिटर पर-आवर छ,' सोमपालले भने । शनिबार काठमाडौंमा सकिएको जर्नी टु वल्र्ड प्रतियोगिता सोमपालका लागि राष्ट्रिय टिममा अटाउने 'टर्निङ-प्वाइन्ट' रह्यो । उनले चार खेलमा १० विकेट लिए र कीर्तिपुर मैदानमा प्रशिक्षक पुबुदु, कप्तान पारस र सबै नेपाली दर्शकको मन जिते । 'उनको बलिङ न्युजिल्यान्डका घाँसे पिच भएको ठाउँमा राम्रो हुनेछ,' पुबुदुले भने, 'तर उनले अझ धेरै सुधार गर्नुपर्ने छ । एकमहिने प्रशिक्षणमा धेरै सिक्ने छन् ।'
अचानक भारतबाट चार महिनाअघि काठमाडौं आएको आफू नेपाली टिममा पर्न सफल हुनुलाई उनले 'सपना पूरा भएको' बताए । 'मैले अघि बढ्न अझै धेरै मिहिनेत गर्नुपर्छ,' उनले नेपालीपनले मन छोएको खुलाए, 'उता हुँदा मेरो भन्ने थियो, यहाँ आएपछि हाम्रो भन्ने भएको छ । सबैले पे्ररणा दिएका छन् । सबैको आशालाई सफलतामा बदल्न चाहन्छु ।' source:- ekantipur

काठमाडौं, मंसिर २३ - आइसिसी विश्वकप क्रिकेटको छनौट चरणका लागि नेपाल क्रिकेट संघ क्यानले नेपाली टिमको घोषणा गरेको छ ।
युएईमा भएको ट्वान्टी–ट्वान्टी विश्वकप छनौट प्रतियोगितामा तेश्रो हुँदै विश्वकपमा छानिएको टोलीमा २ परिवर्तन गर्दै क्यानले ५० ओभरको विश्वकप छनौटका लागि टोलीको घोषणा गरेको हो ।
काठमाडौंमा भएको जर्नी टु वर्ल्ड कप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेको बलर सोमपाल कामी टोलीमा परेका छन् । यस्तै चोटका कारण ट्वान्टी–ट्वान्टी छनौट नखेलेको पृथु बास्कोटाले पनि टिममा स्थान बनाएका छन् ।
ट्वान्टी–ट्वान्टी टोलीमा रहेका राहुल बिक र अमृत भट्टराई भने यो पटक बैकल्पिकमा परेका छन् । आइसिसीको आयोजनामा न्यूजिल्याण्डमा जनवरी १३ देखि फ्रेबु्रअरी १ सम्म विश्वकप छनौट हुँदै छ ।
छनौट भएका खेलाडीहरुः
१. पारस खड्का – कप्तान २. ज्ञानेन्द्र मल्ल –उप–कप्तान ३. शरद भेषावकर
४. सोमपाल कामी ५. शक्ति गौचन ६. वसन्त रेग्मी
७. प्रिथु बा“स्कोटा ८. विनोद भण्डारी ९. प्रदीप ऐरी
१०. अनिल मण्डल ११. सागर पुन १२. जितेन्द्र मुखिया
१३. महेश क्षेत्री १४. सुवास खकुरेल १५. अभिनाश कर्ण
बैकल्पिक खेलाडीहरुः
नरेश बहादुर बुढाऐर रामनरेश गिरी अमृत भट्टराई राहुल वि.क.

टी–ट्वान्टी विश्वकपमा पुगेको राष्ट्रिय क्रिकेट टीमका खेलाडीलाई नगर परिक्रमा गरिएको छ । नेपाललाई विश्वकपमा पुर्याएको खेलाडीको सम्मानमा १९ मंसीरमा नगर परिक्रमा गरिएको हो ।
नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको नगर परिक्रमा मध्यान्ह १२ बजे नक्सालको होटल क्राउन प्लाजाबाट शुरु भएको थियो । होटल क्राउनबाट शुरु भएको परिक्रमा दरबारमार्ग, बागबजार, पुतलीसडक, भृकुटीमण्डप, भद्रकाली, सहिदगेट हुँदै राष्ट्रिय खेलकुद परिषद् त्रिपुरेश्वरमा पुगेर सकिएको थियो ।
खेलाडीको सम्मानमा क्रिकेट समर्थकको बाक्लो उपस्थिती थियो ।
नेपालले२९ पुषदेखि न्यूजिल्याण्डमा एक दिवसीय विश्वकप छनोट खेल्दैछ । त्यसलगत्तै २ चैतदेखि बंगलादेशमा हुने ट्वान्टी– २० विश्वकप क्रिकेटमा नेपाली क्रिकेट टीम सहभागी हुँदैछ ।
भारतविरुद्धको तीनवटा एक दिवसिय क्रिकेट श्रृङखलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले सानदार जीत दर्ता गरेको छ ।
जोहानेसवर्गका विहिबार राति सम्पन्न खेलमा घरेलु टोली दक्षिण अफ्रिकाले भारतलाई १ सय ४१ रनको फराकिलो अन्तरले पराजीत गरेको हो । दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ३ सय ५९ रनको लक्ष्य पछ्याउने क्रममा भारतले ४१ ओभरमा आफ्ना सबै विकेट गुमाउदै केवल २ सय १७ रन मात्र जोड्न सक्यो । भारतका लागि कप्तान महेन्द्रसिंह धोनीले सर्वाधिक ६५ रन जोड्दा विराट कोहलीले ३१ रनको योगदान गरेका थिए । भारतको इनिङ धराशायी बनाउन दक्षिण अफ्रिकी बलरद्धय डेल स्टेन र ¥यान माईकलारेनले समान ३–३ विकेट हात पारे ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले सानदार ब्याटिङको नमुना प्रस्तत गरेको थियो । दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउदै ३ सय ५८ रन जोडेको थियो । क्विन्टन डि ककले दक्षिण अफ्रिकाका लागि १ सय ३५ रनको योगदान गर्दा एवी डि भिलियर्सले केवल ४७ बलको सामना गर्दै ७७ रन जोडेका थिए । त्यस्तै ओपनर हसिम अमलाले ६६ रनमा आउट हुदा जेपी डुमिनी ५९ रनमा नटआउट रहे । डुमिनीले केवल २९ बलको समाना गरेका थिए । भारतीय बलर मोहमद सामीले सर्वाधिक तीन विकेट हात पारे भने १० ओभरमा ८२ रन खर्चेका मोहित शर्मा सर्वाधिक महंगा सावित भए । यस जितसंगै दक्षिण अफ्रिकाले श्रृङखलामा १–० को अग्रता लिएको छ । यी दुई टोलीबीचको दोस्रो एक दिवसिय आइतबार हुनेछ ।

काठमाडौं– एकदिवसीय विश्वकप २०१५ छनोटअन्तर्गत अन्तिम चरणमा अर्को महिना न्युजिल्यान्डमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानाडा, स्कटल्यान्ड, हङकङ र युएईलाई प्रतिद्वन्द्वीमा पाएको छ।
काठमाडौं - राजधानीमा जारी सगरमाथा जर्नी टू विश्वकप क्रिकेट प्रतियोगिताको आजको खेलमा नेपाली टोलीले सिंगापुरको राष्ट्रिय टोलीलाई २ सय २७ रनले पराजित गरेको छ। ४५ ओभरको खेलमा टस हारेर व्याटिङका लागि सिंगापुरले निम्त्याएपछि नेपालले ५ विकेट गुमाउँदै ३ सय १३ रनको बलियो योगफल तयार पारेको थियो।
काठमाडौं– ट्वान्टी–२० विश्वकपमा पुगेको नेपाली क्रिकेट टोलीलाई सशस्त्र प्रहरी बलले नगदसहित सम्मान गरेको छ। बिहीबार आयोजित कार्यक्रममा सशस्त्र प्रहरीले नेपाली टोलीलाई नगद ४ लाख दिएर सम्मान गरेको हो।
सशस्त्रका प्रहरी महानिरिक्षक कोषराज वन्तले कप्तान पारस खड्कालाई ४ लाखको चेक हस्तान्तरण गरे। युएईमा यसै हप्ता सम्पन्न आइसिसी विश्व ट्वान्टी–२० छनोटमा तेस्रो स्थान हात पार्दै नेपाल अर्को वर्ष बंगलादेशमा हुने विश्व ट्वान्टी–२० लाई छनोट भएको थियो।
ट्वान्टी–२० विश्वकपमा छनोट भएको १५ सदस्य नेपाली टोलीमा सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लबका कप्तान पारससहित उपकप्तान ज्ञानेन्द्र मल्ल, सुवास खकुरेल, शरद भेषावकर, शक्ति गौचन, वसन्त रेग्मी, अमृत भट्टराई र प्रदीप ऐरी गरी ८ खेलाडी थिए। सुवासले नेपालबाट सर्वाधिक २ सय ३४ रन र वसन्तले सर्वाधिक १४ विकेट लिए। पारसले २ सय ३२ रनका साथै ११ विकेट लिए। ज्ञानेन्द्रले २ सय १० रन बनाए भने नेपालले दोस्रो ब्याटिङ गरेर ५ खेल जित्दा ४ मा विजयी रन बटुलेका शरदले १ सय झन्डै १ सय ३० को स्ट्राइक रेटमा १ सय ४० रन बनाए।
सशस्त्रकै दुई खेलाडी पृथु बाँस्कोटा र सञ्जम रेग्मी चोटका कारण नेपाली टोलीमा थिएनन्। विभागीय क्रिकेट बनाउने सशस्त्र नेपालको पहिलो टोली हो
काठमाडौ, मंसिर ५ – ‘भण्डारीको छक्का मैले अहिलेसम्म देखेको उत्कृष्ट सट मध्येको एक हो’ अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का ग्लोवल डेभलपमेन्ट म्यानेजर टिम एण्डेरसनले युएईको अंग्रेजी दैनिक पत्रिका दि नेशनलसँग भनेका छन् ‘यो साहसिक सट थियो ।’
पपुवा न्यूगिनी विरुद्धको खेलमा नेपाललाई जिताउन निर्णायक भूमिका खेलेका विनोद भण्डारीले प्रहार गरेको अन्तिम छक्का अहिले निकै चर्चामा छ र त्यो छक्का क्रिकेटको दुनियाँमा उत्कृष्ट छक्कामा दरिन पुगेको छ ।
हरेक खेलमा फरक फरक नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गरेपछि अहिले नेपाली टिम र खेलाडिको प्रतिभाका विषयमा सकारात्मक बहस पनि चलिरहेको छ । पारस खड्का र शरद भेषावकरको विषयमा राम्रो स्टोरी लेखेको युएईको अंग्रेजी दैनिक दि नेशनलले विनोद भण्डारीको छक्का र उनको प्रतिभाका विषयमा पनि कलम चलाएको छ । के लेख्यो त यूएईको अंग्रेजी दैनिक दि नेशनलले विनोद भण्डारीका बारेमा ?
पढ्नुस् त्यसको नेपाली अनुवाद —
हुनत अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले यस विश्व टी—२० छनौट प्रतियोगिताको उत्कृष्ट सटका लगि कुनै पुरस्कारको ब्यवस्था गरेको छैन । यदि गरेको भए, विनोद भन्डारीले घर लैजानका लागि त्यो ट्रफी आफनो झोलामा हालिसकेका हुने थिए ।
श्रीलंकाली ब्याटसम्यान तिलकरत्ने दिलसानले विकास गरेको सट ‘दिलस्कुप’ भन्दा कुनै उत्कृष्ट सट कसैले खेलेको छ भने त्यो यी नेपाली ब्याट्सम्यानले पपुवा न्युगिनी विरुद्दको मंगलवारको खेलमा लक्ष्य पछ्याउने क्रमका प्रहार गरेको अन्तिम छक्का थियो, जसले यूट्यूवमा १० लाख दर्शक सजिलै पाउन सक्छ ।
आफ्नो शारीरिक सुरक्षाको पनि वास्तानै नगरी उनले पपुवा न्युगिनीका तिब्र गतिका वलर विली गाभेरको बाउन्सर बललाई विकेट किपर माथि वाट ३० यार्ड पछाडिको बाउन्ड्री माथिको बाटो देखाउँदै शानदार विजयी छक्का प्रहार गरेका थिए ।
शारजाँह क्रिकेट स्टेडियममा उपस्थित केही भाग्यमानी दर्शकले विनोदको यो छक्कालाई आफुले क्रिकेट दर्शकका रुपमा देखेको अहिलेसम्मकै उत्कृष्ट सट भएको खुशी—खुशी स्वीकार गरेका थिए । यो छक्कासंगै नेपालले खेलेको अहिलेसम्मका ४ वटा ग्रुप म्याचमा तेश्रो जित दर्ता गराउन सफल भएको छ ।
‘विनोद हाम्रो टिमको सबैभन्दा प्रतिभाशाली टी— २० ब्याटसम्यान हो’ नेपाली टिमका क्याप्टेन पारस खड्काले विनोदको प्रशंसा गर्दै भने । विनोदले आफ्नो ५१ रनको उत्कृष्ट पारीमा ६ छक्का प्रहार गर्दै आफनो टिमलाई ७ विकेटको महत्वपूर्ण जित दिलाए ।
‘टिमका रुपमा हम्रा सवै खेलाडी बलिङ, ब्याटिङ तथा फिल्डिङ सवै क्षेत्रमा आफनो प्रतिभा प्रर्दशन गर्न स्वतन्त्र छन्’ लामो समयको निरन्तर अभ्यासपछि आफ्ना खेलाडीले प्रतिभा प्रर्दशन गर्न शुरु गरेको नेपाली प्रशिक्षक पुवुदु दासानायकेले भने 'यसले हाम्रो टिमको सामर्थ्य जनाउँछ । हाम्रो सामर्थ्यको परीक्षा यो हदसम्म कहिल्यै भएको थिएन, खेलाडीको बढ्दो आत्मविश्वास देखेर म खुशी छु । खासगरी पारसमा आएको परिपक्वता र जस्तोसुकै परिस्थितिलाईलाई ह्याण्डल गर्ने क्षमताले मलाई आनन्दित तुल्याउँछ । हाम्रो टिममा ठूला सट खेल्न सक्षम खेलाडी छन्, जसले खेलको दिशा कुनैपनि समय परिर्वतन गर्न सक्छन् । उनीहरु यो स्तरको खेलमा अभ्यस्त हुनु मात्र जरुरी छ ।’
पपुवा न्युगिनी विरुद्वको यो सफलता नेपालका लागि विश्वकप छनौटका लागि महत्वपुर्ण त छदैँछ यो स्तरको जित टिमका लागि आफैमा ठूलो उपलब्धि हो । यिनीहरुले देखाएको खेलको लेभलले यी मध्ये कुनै पनि टिमले बंगलादेशमा हुने आगामी टी—२० विश्वकपमा पाहुनाका रुपमा स्वागत पाउन सक्नेछन् । पपुवा न्युगिनीका ब्याटसम्यानहरुले पनि रामै ब्याटिङ गरेका थिए । इङ्ल्याण्डको राष्ट्रिय टिमबाट खेलिसकेका गेरिएन्ट जोन्सले पपुवा न्युगिनीका लागि उत्कृष्ट ५५ रनको योगदान गरेका थिए ।
‘भण्डारीको छक्का मैले अहिलेसम्म देखेको उत्कृष्ट सट मध्येको एक हो’ आईसीसीका ग्लोवल डेभलेपमेन्ट म्यानेजर टीम एण्डेरसनले भने ‘यो साहसिक सट थियो र आजको क्रिकेट खेल उत्कृष्ट थियो । पपुवा न्युगिनी यो प्रतियोगिताको राम्रो टिम मध्येको एक हो । मलाई विश्वास छ ,प्रतियोगितको अन्त्यसम्म यी टिम छानिने मध्येको एक हुनेछ ।’
काठमाण्डौ - आगामी शनिबारदेखि राजधानीमा सुरु हने साफ च्याम्पियनसिप फुटबलका लागि नेपाली टोलीको अन्तिम छनोट गरिएको छ ।
नेपालका मुख्य प्रशिक्षक ज्याक स्टोफानोस्कीले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी सागर थापाको नेतृत्वमा २० सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।
घोषित टोलीमा अनिल गुरुङ्ग, भरत खवास, जुमनु राई, सन्तोष साहुखल र बिमल घर्ती मगर फरवार्डमा छानिएका छन । त्यस्तै मिडफिल्डमा भोला सिलवाल, राजु तामाङ, जगजित श्रेष्ठ, बिक्रम लामा, टंक बस्नेत र प्रकाश बुढाथोकी छन् ।
रक्षकमा सागर थापा, रविन श्रेष्ठ, रोहित चन्द, सन्दीप राई, बिराज महर्जन र सविन्द्र श्रेष्ठ छन् । गोलरक्षकमा किरण चेम्जोङ, रितेश थापा र विशाल श्रेष्ठ रहेका छन् ।
नेपाली टोलीमा रहेका बिजय गुरुङ, निराजन खड्का, अनन्त तामाङ, टेकबहादुर बुढाथोकी र बिजय धिमाल अन्तिम छनोटमा अटाएनन् ।
शनिबार नेपालले बंगलादेशसँग पहिलो खेल खेल्दै प्रतियोगिताको सुरुआत गर्ने भएको छ।
तस्विर सौजन्य : गोल नेपाल डटकम
काठमाण्डौ - नेपाल क्रिकेट संघ क्यानले विश्वकप छनोट तयारीका लागि ब्याटिङ विशेषज्ञ अस्ट्रेलियन प्रशिक्षक ल्याउने भएको छ। अस्ट्रेलियाका क्रि ह्यारिस विश्वकप तयारीका लागि प्रशिक्षणमा सहयोग गर्न नेपाल आउन लागेको आजको अन्नपूर्णमा खबर छ।
ह्यारिस हाल अस्ट्रेलियाको घरेलु क्लब भिक्टोरीयाका प्रशिक्षक हुन्।नेपालको टिट्वान्टी र एक दिवसीय विश्वकप दुबैको तयारीलाई लक्षित गरी अस्ट्रेलियका प्रशिक्षक ल्याउन लागिएको हो।
नेपालले टिट्वान्टी विश्वकप आगामी नोभेन्बरमा यूएईमा खेल्दैछ।एक दिवसीय विश्वकप छनोट भने सन् २०१४को सुरुमा न्यूजिल्यान्डमा खेल्ने छ।दुबै प्रतियोगिता नेपाली क्रिकेटको हालसम्मकै सबैभन्दा महत्वपूर्ण प्रतियोगिता हुन्।
योगेश रावल कैलाली, भदौ १२ - कैलालीका १० जना क्रिकेट खेलाडीले निःशुल्क अध्ययनका साथै राष्ट्रिय स्तरको प्रशिक्षणसमेत पाउने भएका छन्। काठमाण्डौको हिमालयन ह्वाइट हाउस कलेजले उनीहरुलाई निशुल्क शिक्षाका साथै राष्ट्रिय क्रिकेट एकेडेमीबाट प्रशिक्षणको व्यवस्था गर्ने भएको छ।
कलेजले देशका पाँच वटै विकास क्षेत्रबाट ४० जना क्रिकेट खेलाडीलाई यो अवसर जुराएको हो। जसमध्ये कैलालीबाट १० जना खेलाडी छनोटमा परेका छन्।
कैलालीका ४० जना क्रिकेट खेलाडीमध्येबाट आज भएको छनोटमा १० जना छानिएको धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुभाश शाहीले जानकारी दिएका छन्।
उनले क्रिकेट खेलाडी न्युरिन अन्सारी, ललीत बम, सौरब बम, सन्जय पन्त र बिराट मल्ल छनोट भएको जानकारी दिएका छन्।
त्यस्तै रोमन बम, प्रकास सिंह, कुवेर शाह, बल्लभ दाहाल र बिरेन्द्र शाहीले समेत यो अवसर प्राप्त गरेको शाहीले बताए।
छनोटमा परेका खेलाडीहरुको अध्ययनमा लाग्ने सबै खर्च कलेजले निशुल्क गर्नुका साथै राष्ट्रिय क्रिकेट एकेडेमीबाट प्रशिक्षण समेत प्रदान गर्ने कलेजका अध्यक्ष युवराज शर्माले जानकारी दिएका छन्।
खेलाडी छनोटका क्रममा धनगढी पुगेका शर्माले खेलाडीहरुले खाने बस्ने व्यवस्था भने आफै गर्नुपर्ने बताए। उनले आर्थिक अवस्था निकै कमजोर रहेको खेलाडीका हकमा भने खानेबस्ने व्यवस्था समेत गर्न सकिने बताए।
'हाम्रो अभियानमा खाने बस्ने व्यवस्था गर्ने भन्ने छैन' उनले भने–'तर राम्रो खेल्छ तर उसको परिवारले काठमाण्डौंमा राख्न सक्ने अवस्था छैन भने त्यो बारेमा सोच्न सकिन्छ।'
उनले पारस खड्का, विनोद दास लगायतका क्रिकेट खेलाडीलाई समेत कलेजले यसअघि छात्रवृत्ति प्रदान गरेको बताए।
'शिक्षाका साथसाथै खेलकुदलाई पनि सँगै लैजानु पर्छ भनेर सानो सहयोग गर्ने प्रयास गरेका हौं' अध्यक्ष शर्माले भने–'अन्य खेलका खेलाडीलाई समेत निशुल्क शिक्षाको बारेमा सोच बनाईरहेका छौं।'
सो अवसरमा कलेजका खेल प्रशिक्षक तथा किर्तिमानी खेलाडी दीपक बिष्टले स्थानीय स्तरका शैक्षिक संस्थाले पनि खेलाडीलाई निशुल्क अध्ययनको बन्दोबस्त गर्नुपर्ने बताए।
उनले खेलकुदमा राम्रो गर्न सक्यो भने पढ्न पनि पाईन्छ भन्ने विश्वास भयो भने धेरै व्यक्ति खेलकुदको क्षेत्रमा प्रवेश गर्ने बताए।
'खेलकदुमा लागेर पनि केही पाईन्छ भन्ने वातावरण बन्यो भने अनि धेरै व्यक्ति खेलकुदमा आउने छन्' उनले भने–'तब मात्रै स्तरीय खेलाडी जन्मिनेछन्।'
उनले अवसर पाए क्षमता भएको खेलाडीले राम्रो प्रदर्शन गर्न सक्ने भन्दै छनौट भएका खेलाडीले नेपालको राष्ट्रिय क्रिकेट टीमको नेतृत्व गर्नेमा आफू आशावादी रहेको बताए।
'म पनि यही धनगढी नजिकैको गाउँबाट यहाँसम्म पुगेको छुँ। सबै अवसर प्राप्त भएर सम्भव भएको हो' उनले भने–'अवसर नपाएर थुप्रै खेलाडी गुमनाम भएका छन्।'
हालै नेपाल क्रिकेट संघको क्षेत्र नम्बर ६ बाट विभाजन भएर क्षेत्र नम्बर ९ भएको धनगढीमा आशलाग्दा क्रिकेट खेलाडी रहेका छन्। क्षेत्र नम्बर ९ मा कैलाली, कञ्चनपुर, डोटी र अछाम जिल्ला रहेका छन्।
हालको क्षेत्र नम्बर ९ बाट भुवन कार्की, प्रदिप ऐरी, नरेश बुढाऐर, विनोद भण्डारी र चन्द्र साउँद राष्ट्रिय क्रिकेट टीममा सहभागी छन्। महिला क्रिकेट तर्फ पनि सोनु खड्का लगायत महिला राष्ट्रिय टीममा रहेका छन्।
काठमाण्डौ - अखिल नेपाल फुटबल सँघ का अध्क्षय गणेश थापा ले फेरी एक पटक नेपाली क्रिकेट को बारेमा मुख खोलेका छन् । तर यस पटक भने उनले क्रिकेट को खुलेरै तारिफ गरेका छन् । आज साझ एक निजि टेलिभिजन लाई अन्तरवार्ता दिदै गणेश थापा ले भने " म पनि एक नेपाली भएको ले क्रिकेट ले गरेको प्रगति बाट एकदमै खुसी छु " । साथै उनले नेपाली क्रिकेट को सफलता देखी कहिल्यै पनि रिस नउठेको र आफु अधक्ष्य भएको बेलामा फुटबल लाई उपाधि दिलाउन नसकेको मा दुखी भएको पनि भन्न भ्याए ।
स्मरण रहोस् नेपाली क्रिकेट टिम ले डिभिजन थ्री जित्नु खासै ठुलो उपलब्धि नभएको भन्ने अभिब्यक्ति दिए पछि गणेश थापा बिबाद मा आएका थिए ।
५ भदौ, काठमाडौं । नेपाल सिंगापुरमा जारी इमर्जिङ टिम्स कप क्रिकेटको समूह चरणवाटै बाहिरिएको छ । समूह चरणको खेलमा बुधवार पाकिस्तानको २३ वर्ष मूनिको टोलीसंग ९ विकेटले पराजित भएपछि नेपाल अंकतालिकामा खाता नै नखोलि समूहचरणवाटै बाहिरिएको हो ।
नेपालले दिएको १ सय ५७ रनको विजयी लक्ष्य पाकिस्तानले ३३ दशमलब १ ओभरमा १ विकेटको क्षतिमा भट्टाएको हो । पाकिस्तानका लागि बबर अजामले नट आउट एक सय तथा हम्मद अजामले नट आउट ४१ रनको योगदान दिए । अजिम गुम्मानले भने १५ रनको योगदान दिए ।
यसअघि टस हारेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै १ सय ५६ रन बनाएको थियो । नेपालका लागि ओप्नर ब्याट्सम्यान सुवास खकुरेलले सर्वाधिक ७८ रनको योगदान दिए । यस्तै विनोद भण्डारीले १६, बसन्त रेग्मीले नटआउट १६ रन जोड्दा उपकप्तान ज्ञानेन्द्र मल्ल १० रनमा पभेलियन फर्किए । यस्तै सरद भेष्वाकरले ८, सागर पुन र अनिल मण्डलले समान ५-५ रन जोडे भने शक्ति गौचनले मात्र २ रन जोडे ।
यस्तै कप्तान पारस खड्का र चन्द्र साउन समान १-१ रन जोडे । अविनाश कर्ण भने खाता नै नखोलि पभेलियन फर्किएका थिए । यसअघि नेपाल पहिलो खेलमा अफगानिस्तानसँग ३ रनले तथा दोस्रो खेलमा भारतसंग ८४ रनले पराजित भएको थियो ।
३ भदौ, काठमाण्डौं । तिव्रगतिका धावक उसेन बोल्टले विश्व एथलेटिक्स च्याम्पियनसिपमा ४ गुणा १ सय मिटरमा स्वर्ण जितेका छन् । यससँगै उनी रुसको मस्कोमा जारी विश्व च्याम्पियनसिपको सर्वाधिक सफल खेलाडी बनेका छन् ।
च्याम्पियनसिपमा उनले ८ स्वर्णसहित १० पदक जितेपछि बोल्टले महान धावक कार्ल लेविस र एलीसन फेलिक्सको कीर्तिमानसँग बराबरी गरेका छन् । यद्यपी लेविसले ८ स्वर्ण, एक रजत र एक कास्य जितेका थिए भने बोल्टले ८ स्वर्ण र दुई रजत जितेका छन् ।
४ गुणा १ सय मिटरको दौड पूरा गर्न बोल्टले ३७ दशमलव ३६ सकेण्ड लगाए ।
४ भदौ, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटीले विजयी सुरुवात गरेको छ । सोमबार राति भएको खेलमा आफ्नो पहिलो खेलमा म्यानचेष्टर सिटीले १० खेलाडीमा सिमित न्यूक्यासललाई ४–० ले पराजित गरेको हो ।
नयाँ प्रशिक्षक म्यानुअल पेलेग्रिनीको डेब्यू खेलमा डेभिड सिल्भाले दोस्रो मिनेटमा ने गोल गरे । इडेन जोकोको पासमा उनले गोल गरेका हुन् । २२ औं मिनेटमा सर्जिओ एग्युरोले सिटीको अग्रता दोब्बर पारे । पहिलो हापको अन्तिममा स्टिभिन टेलरले रातो कार्ड पाएपछि न्यूक्यासल १० खेलाडीमा सिमित भयो ।
५५ औं मिनेटमा पाएको फ्रिकिकमा याया टोरे गोल गरे भने ७५ औं मिनेटमा समिर नासरीले गोल गरेपछि ४–० ले विजयी भयो ।

काठमाडौं— एसिसी इमर्जिङ टिम्स कपमा नेपाल क्रिकेट सुपरपावर भारतको अन्डर २३ सँग ८४ रनले पराजित भएको छ। २६९ रनको लक्ष्य पाएको नेपालले ५० ओभर खेल्दै १८४ रन बनायो। उत्कृष्ट ब्याटिङ गरेका सागर पुनले ५९ बलमा अर्धसत पूरा गरे।
पछिल्लोक्रमका ब्याट्सम्यान पुनले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले राम्रो ५० ओभर खेल्दै राम्रो स्कोर बनाउन सकेको हो।
बसन्त रेग्मीले १० ओभर बलिङ गर्दै ९० रन खर्चेर ३ विकेट लिए। १० ओभर नै बलिङ गरेका अविनाश कर्ण र शक्ति गौचनका खातामा पनि एक एक विकेट रह्यो। कर्णले एक मेडन ओभर राख्न सफल रहे।
जवाफी ब्याटिङमा ओर्लिएको नेपाली टोलीले अहिलेसम्म ४१ ओभर खेल्दै ८ विकेटको क्षतिमा १४४ रन जोडेको छ। सुवास खकुरेलले ६० बल खेल्दै २९ रन बनाएर भने कप्तान पारस खड्का २७ बलमा १२ रनमै आउट भए। नेपालको स्कोर माथि ल्याउन अनिल मन्डलले १९ रनको योगदान दिए।
बसन्त रेग्मीले २ विकेट ढालेका छन्। ७ ओभर बलिङ गर्दै ५५ रन दिएपछि उनले २ विकेट आफ्नो खातामा लेखाएका हुन्।
शक्ति गौचनको बलमा उन्मुक्त भरत ठाकुर चन्दको विकेट ढलेको छ। भारतको १ विकेट ढल्यो।
बसन्त नेपालका लागि निकै महँगो सावित भए। उनको ओभरमा एक चौका र एक छक्का सहित भारतले १२ रन बनायो।
११ औं ओभरमा नेपालले बलिङ परिवर्तन गरेको छ। स्पिनर बसन्त रेग्मी बलिङ गर्दैछन्।
१० ओभरको समाप्तिसँगै पारस खड्का र अविनाश कर्णले ५-५ ओभरको स्पेल पूरा गरेका छन्।
८ ओभरमा विकेट नगुमाइ भारतले २२ रन जोड्यो।
अविनाश कर्णका नाउँमा मेडन ओभर। ७ औं ओभरमा अविनाशले मेडन राखेका हुन्। कप्तान पारस खड्काले १ मेडन ओभर आफ्नो नाउँमा लेखाइसकेका छन्।
६ ओभरको समाप्तिमा भारतले २१ रन बनाएको छ।
नेपाली टोलीमा केही परिवर्तन गरेको छ। चन्द्र साउदको स्थानमा विनोद भण्डारी मैदानमा उताारेको छ।
सिंगापुर भइरहेको खेलमा नेपालले टस जितेर भारतलाई फिल्डिङको निम्तो दिएको छ।
काठमाडौं – पल्सर स्पोर्टस अवार्ड–२०६९ को लोकप्रिय खेलाडी विधाको मनोनयन आइतबार सार्वजनिक भएको छ। एसएमएस र फेसबुक भोटिङका आधारमा विजेता चुनिने लोकप्रिय खेलाडी विधामा क्रिकेट टोलीका कप्तान पारस खड्का, उसुकी झरना गुरुङ, एथलेटिक्सकी केशरी चौधरी, पौडीका शिरिश गुरुङ र फुटबलका जगजित श्रेष्ठ मनोनयनमा परेका छन्।
लोकप्रिय विधाको विजेता असार १८ गते स्पोर्टस अवार्ड कार्यक्रममा घोषणा गरिनेछ। आइतबारबाट सुरु भएको भोटिङ स्पोटर्स अवार्ड कार्यक्रमको अघिल्लो रात (असार १७) गते सम्म गर्न सकिने मञ्चले जनाएको छ।
वर्षभर खेलाडीले गरेको प्रदर्शन, प्राप्त उपलब्धि, प्रभाव एवं जनचासोलाई आधार मानेर खेलाडीको मनोनयन गरिएको खेलाडी छनोट समितिका संयोजक एवं मञ्चका सचिव प्रकाश तिमल्सिनाले जानकारी दिए।
आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले एसएमएस भोटिङलाई ८० प्रतिशत र फुसबुक भोटिङलाई २० प्रतिशत अंकभार दिने बताएको छ। एसएमएस भोटिङका लागि मञ्चले टिएचटी लाइभको ३१३१ सँग सोही कार्यक्रममा सम्झौता गरेको छ। यस वर्षपनि स्पोर्टस अवार्डको प्रत्यक्ष प्रसारण एभिन्युजन टेलिभजनले गर्ने भएको छ। सम्झौता पत्रमा मञ्चका महासचिव महेश आचार्यले एभिन्युजका महाप्रबन्धक लक्ष्मणप्रसाद बास्तोला र टिएचटी लाइभका सिनियर मेनेजर भुपेन्द्र तामाङसँग सम्झौता पत्रमा हस्ताक्षर गरे।
भोटिङ प्रक्रियालाई फराकिलो बनाउने क्रममा पहिलो पटक फेसबुकलाई पनि प्रयोग गरिएको आचार्यले बताए। स्पोर्टस अवार्डका लागि मञ्चको फेसबुक एकाउन्ट र टिएटटी लाइभको फेसबुक एकाउन्टमा गएर आफुले मत दिन चाहेको खेलाडीको फोटोमा लाइक गर्न सकिनेछ।
मनोनयनमा पर्ने खेलाडीले मनोयनमा पर्न सफल भएकोमा खुसी व्यक्त गर्दै आफ्ना लागि भोट अपिल गरे। नेपाललाई विश्व क्रिकेट लिग डिभिजन ४, एससी ट्रफी जिताउँदा टोलीको नेतृत्व गरेका कप्तान पारसले मञ्चले खेलाडीलाई गर्दै आएको सम्मानको प्रशंसा गरे।' म यो अवार्ड हेर्दै बढेको हो। यसको मनोनयमा पर्नु पनि ठुलो उपलब्धी हो,' उनले भने,' खेलाडीलाई यति ठुलो सम्मान दिने कार्यको थालनी मञ्चले गरेकोमा धन्यवाद। मैले जिते पनि नजितेपनि अवार्डको सफलताको कामना गर्दछु।'
दुई बर्ष लगातार राष्ट्रिय टोलीका सदस्य रहेका जगजितले मनोयनमा पर्दा मनोबल बढेको बताए। ' फुटबल खेलाडी अहिले निराश छन्,' राष्ट्रिय टोलीको नतिजातर्फ संकेत गर्दै उनले भने,' यो मनोनयनले मेरो मनोबल बढेको छ। फुटबल खेलाडीको तर्फबाट मञ्चलाई धन्यवाद दिन्छु। घरेलु फुटबलमा लगातार चर्चामा रहेका जगजित लिगमा उत्कृष्ट मिडफिल्डर चुनिएका थिए।
भर्खरै गृह जिल्ला कास्कीको बर्ष खेलाडी बनेकी झरना गुरुङले मनोयनले आफुलाई थप उत्साहित बनाएको उल्लेख गरिन्। ' यो मनोयनले मसँगै पोखरेलीलाई पनि उत्साहित बनाएको छ,' गत बर्ष आठौं एसियाली उसु च्याम्पियनसिपमा महिला सान्सौ ५६ केजीमा कास्य पदक जितेकी उनले उनले थपिन्,' उसु खेलाडीलाई समावेश गरिएकोमा धन्यवाद दिन चाहन्छु।'
गत चैतमा मात्र एथलेटिक्समा तीन वटा कीर्तिमान राख्न सफल एथलेटिक्सकी केशरीले मनोनयमा पर्दा खुसी लागेको बताइन्। अभ्यासका लागि भारतमा रहेका कारण मनोनयनमा परेका शिरिर कार्यक्रममा उपस्थित थिएनन्। उनले गत बर्ष पौडीमा ६ कीर्तिमानसहित ३२ स्वर्ण पदक जितेका थिए।
एभिन्युजका महाप्रबन्धक बास्तोलाले मञ्चको खेलाडीलाई प्रोत्साहान दिने कार्यक्रममा एभिन्युजले लगातार साथ दिइरहेको जनाउँदै भने,' यो सहयोग नेपाली खेलकुदका लागि गरिएको सहयोग हो। भविष्यमा पनि यसलाई निरन्तरता दिनेछौं।'
मञ्चका निर्वतमान अध्यक्ष निरञ्जन राजवंशीले बर्ष भरी चर्चामा रहेकामध्येबाट पाँच भित्र पर्नु जिते बराबर भएको बताए।
लोकप्रियससँगै स्पोर्टस अवार्डका दिन वर्षको उत्कृट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड र पल्सर वर्षको उत्कृष्ट पारा एथलिट गरि आठ विधामा सम्मान प्रदान गरिनेछ। मञ्चले पुरुष,महिला, युवा र प्रशिक्षकको मनोनयन केही दिनमा सार्वजनिक गर्ने जनाएको छ।

काठमाडौ, जेष्ठ १४ - विराटनगरले सोमबार वाईवाई वुमेन्स यू-१९ राष्ट्रिय क्रिकेटको उपाधि हात पारेको छ । क्षेत्र नम्बर-१, विराटनगरले कीर्तिपुर मैदानमा भएको फाइनलमा क्षेत्र नम्बर-४, भैरहवामाथि २ विकेटको रोमाञ्चकजित दर्ता गर्यो ।
विराटनगरले उमेर समूहमा हात पारेको यो सफलता महिला क्रिकेटमै पहिलो हो । उसले सिनियर टिममा पनि कुनै उपाधि हासिल गर्न सकेको छैन । वर्षाले खेल प्रभावित भएपछि खेल ५ ओभर घटाउँदै २० मा झारिएको थियो । 'प्लेअर अफ द म्याच' संगीता राईले महत्त्वपूर्ण चार विकेट लिएपछि पहिले ब्याटिङ गरेको भैरहवाले १८ ओभर १ बलमा अलआउट हुँदै ६३ रनमात्र बनायो । पछिल्लो १२ रन जोड्दा भैरहवाले ६ विकेट गुमाएपछि झीनो रन मात्र तयार गर्न सक्यो । चार विकेट गुमाउँदा ५१ रन जोडेको भैरहवाका लागि प्रारम्भिक ब्याट्सवुमेन प्रतीक्षा बस्यालले सर्वाधिक ३२ रन बनाइन् । उनले ४९ बलमा ३ चौका प्रहार गरेकी थिइन् । अरू कोही खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । पुछारका तीन खेलाडीले खाता खोल्न सकेनन् । सत्रौं ओभरको अन्तिम दुई बलमा लगातार विकेट लिएकी संगीताले चार ओभरमा १२ रन खर्चंदै चार खेलाडीलाई पेभेलियन फर्काएकी थिइन् । जवाफमा विराटनगरले १३ ओभर ४ बलमा ८ विकेट गुमाउँदै ६४ रन बनायो । उसका लागि रोशना राई र संगीता राईले दोस्रो विकेटका लागि २५ रनको साझेदारी गरे । संगीताले १५ र रोशनाले ११ रन बनाउनुबाहेक अरू दोहोरो रन बनाउनबाट चुके । टिमले २१ अतिरिक्त रन पायो । भैरहवाका सोनिया पौडेलले तीन तथा इन्दु बर्मा र सैया गुरुङले दुई/दुई विकेट लिए । विराटनगरकी काजोल श्रेष्ठ तीन खेलमा एक अर्धशतकसहित १ सय २ रन बनाउँदै उत्कृष्ट ब्याट्सवुमेन बनिन् । भैरहवाकी सोनिया पौडेल उत्कृष्ट बलर चुनिइन् । उनले तीन खेलमा १५ ओभर बलिङ गर्दै ८ विकेट लिइन् । विराटनगरकी सञ्जना बुढाथोकी 'प्लेअर अफ द सिरिज' बनिन् । उनले पाँच खेलमा ६ विकेट लिनुका साथै ८१ रन जोडेकी थिइन् ।

श्रीशान्थसहित तीन पक्राउनयाँ दिल्ली – स्पट फिक्सिङको लागि दसौं हजार डलर स्विकार गरेको अभियोगमा भारतीय पुलिसले शान्तकुमारन श्रीशान्थसहित तीन क्रिकेटरलाई बिहीबार पक्राउ गरेको जनाएको छ।
अनुसन्धानका लागि ११ बाजीगरलाई पनि पक्राउ गरिएको दिल्ली पुलिसका कमिस्नर नीरज कुमारले बताएका छन्। उनले मिलेमतो आशंका गरिएका जारी इन्डियन प्रिमियर लिग (आइपिएल) का तीन खेलबारे विस्तृत विवरण पेश गरे।
कुमारले अनुसन्धानक्रम अरु थुप्रै बाजीगर पक्राउ पर्नसक्ने जनाउ दिए। भारतीय क्रिकेट प्रशासनले आरोपित क्रिकेटरहरूलाई निलम्बन गरिसकेको छ। खेलको निश्चित भाग वा पक्षमा मिलेमतो गर्ने 'स्पट फिक्सिङ' क्रिकेटमा अवैधानिक छ। भारतका लागि २७ टेस्ट खेलेका श्रीशान्थले मे ९ मा राजस्थान रोयल्सबाट खेल्दा किंग्स इलेभन पन्जाबविरुद्ध सम्पन्न खेलको एकै ओभरमा १४ रन दिनका लागि ४० लाख भारतीय रुपैयाँ लिएको आरोप छ। उनका टिम सहयात्री अंकित चाभानले पनि त्यत्तिकै रन दिन सहमति जनाएको पुलिसको आरोप छ। उनले बुधबार मुम्बई इन्डियन्सविरुद्धको खेलमा १४ रन दिएवापत ६० लाख रुपैयाँ पाएको दाबी गरिएको छ। यसैगरी अजित चान्दिलाले राजस्थान रोयल्स र पुने वारियर्सबीचको खेलमा स्पट फिक्सिङवापत २० लाख रुपैयाँ पाएको आरोप छ।