नेपाली चलचित्रमा फरक धारकी नायिका खोज्नुपर्दा दिया मास्केको नाम पहिलो नम्बरमा आउँछ। हिमालपारिको कथा बोकेको 'कागबेनी' होस् कि यौनमनोविज्ञानमा आधारित चलचित्र 'साँघुरो', दियाले परिष्कृत काम गरिन्। दिया अभिनीत 'सुनगाभा'लाई नेपाली जुरीले ओस्कारमा पठाउन योग्य नेपाली चलचित्रका रूपमा मनोनीत गरेको छ। नाटकमा अब्बल दिया कत्थक तथा भारत नाट्यममा पनि पारंगत छिन्। अहिले चलचित्र उद्योगमा निकै आशा गरिएको अनुप बराल निर्देशित चलचित्र 'फिटकिरी' सबैको प्रतीक्षामा छ। 'फिटकिरी' मा ग्लामरस नायिकाका रूपमा प्रस्तुत हुन लागेकी दियासँग कुराकानी।
तपाईं आफूलाई कस्ती नायिका मान्नुहुन्छ ?
म त नायिका नै होइन, कलाकार मात्र हुँ। मलाई नायिका भनेर सम्बोधन गर्दा कस्तो-कस्तो लाग्छ।
मन परे पनि नपरे पनि तपाईं नेपाली चलचित्रकी नायिका नै हो, के भन्नुहुन्छ ?
हो, कलाकार शब्दले अलि फराकिलो अर्थ दिन्छ। नायिकाहरू ग्ल्यामरस हुन्छन्, उनीहरूमा तडकभडक हुन्छ, कलाकारमा सबैथोक हुन्छ। म कलाकार हुनुअघिसम्म पनि एक्टर हुन्छु भन्ने सोच्दिनथें। किनभने मेरो विचारमा युवतीहरू कलाकार हुनु भनेको नायिका हुनु नै थियो। मलाई त्यो कुरा खासै जच्दैनथ्यो।
नायिकाप्रति नै किन नकारात्मक भाव ?
सम्भवतः अचेतन मनमा नायिकाप्रति मेरो खासै राम्रो भाव थिएन। नेपाली चलचित्रले नायिकालाई ग्लामरस आइटमभन्दा बढी महत्व दिएको छैन भन्ने लाग्थ्यो। जब काम गर्न थालें, मैले राम्रा मानिसहरूको साथ पाएँ। अभिनयमा एकैपटक फराकिलो क्षेत्रमा पाइला हाल्ने अवसर पाएँ।
अहिले पनि हिरोइनलाई नराम्रो मान्नुहुन्छ ?
अहिले मान्दिनँ। हिरोइनको अर्थ मैले मुख्य कलाकारको अभिनयको कुरा गरेकी हुँ। त्यस किसिमको अभिनय मबाट हुन्छ भन्ने लाग्दैनथ्यो। म अभिनय गर्न सक्छु भन्ने लाग्दैनथ्यो। अहिले सम्झदा लाग्छ, सम्भवतः म यो विषयमा नेगेटिभ थिएँ कि ?
त्यही भएर सधैं उमेरभन्दा बढी उमेरको भूमिका निर्वाह गर्नुभएको हो ?
मैले चाहेर गरेकी होइन, निर्देशकहरूले त्यस्तो भूमिका दियालाई ठिक हुन्छ भनेर दिनु भएको हो। नभन्दै त्यस्ता अभिनयले निकै प्रशंसा पनि पाए।
तपाईं अभिनय गर्न चाहनुहुन्नथ्यो भने यो क्षेत्रमा किन प्रवेश गर्नुभयो ?
म कलाकारभन्दा पनि राम्रो डान्सर हुँ। मैले इलाहावाद नाट्य संगीत विश्वविद्यालयबाट कत्थक नृत्यमा स्नातकोत्तर गरेकी छु। सानो छँदा निर्देशक तुलसी घिमिरेको 'दुई थोपा आँसु'मा बालकलाकारका रूपमा नृत्य गरेकी थिएँ, जून त लग्यो ताराले.. मा। सानैमा गरेको उक्त अभिनयले नै मलाई यो क्षेत्रमा तान्दै लगेको रहेछ।
यो क्षेत्रमा आउनुको जस कसलाई दिनुहुन्छ ?
सानैमा मलाई नृत्यमा पारंगत बनाउने अमर शिशु स्कुल तथा अभिनयमा ल्याउने निर्देशक अनुप बराल।
तपाईं काठमाडौंकी केटी, पहिलो पटक दलनमा अभिनय गर्न पश्चिम नेपाल जाँदाको अनुभव कस्तो थियो ?
त्यो दलितका विषयमा निर्माण गरिएको टेलिश्रृंखला थियो। मैले जातभातको कुरा सुनेकी थिएँ तर फिल्डमा त्यस्तो दृश्य देखेकी थिइनँ। पर्वत जिल्लाको खोला गाउँमा ३ महिना बस्दा नेपालको फरक रूप देख्न पाएँ। दलितको समस्या, भाषाको फरकपन सबै अनुभव गर्न पाएँ।
तपाईंले दलनमा पाकी महिलाका रूपमा काम गर्नुभएको छ, तपाईं नराम्री पनि देखिनुभएको छ, चित्त दुखेन ?
२०-२२ वर्षीया युवतीले त्यसरी पाकी महिलाका रूपमा अभिनय गर्न पाउँदा त खुसी लाग्यो, तर सधैं यस्तै भूमिका पाइने हो कि भन्ने चिन्ता पनि थियो।
कागबेनीदेखि साँघुरोसम्म आइपुग्दा पनि तपाईं यस्तै चरित्रमा देखिनुभयो, किन ?
निर्देशकहरूको आँखामा म यस्तैमा राम्री देखिन्छु भन्ने पर्यो कि ? जबकि म बोल्ड क्यारेक्टरमा पनि उत्तिकै फिट छु भन्ने लाग्छ। वास्तवमा मेरो कला आम दर्शकले हेर्नै पाउनुभएको छैन।
अभिनयमा तपाईंको क्षमता कति उपयोग भएको होला ?
सम्भवतः १५ प्रतिशत।
नृत्यमा नि ?
म कत्थक र भरत नाट्यममा पोख्त छु। म नृत्यकै लागि जन्मिएकी हुँ । सुनगाभामा मेरो नृत्यप्रतिभाको केही अंश देखाउने अवसर पाएकी छु। अहिलेसम्म दर्शकले मेरो नृत्यको ५ प्रतिशतजति मात्र प्रतिभा हेर्न पाउनुभएको छ। म नृत्य र अभिनयमा धेरै राम्रो गर्न सक्छु।
कुन अभिनयमा पारंगत छु भन्ने लाग्छ ?
मेरो स्टयान्डवाई कमेडी निकै राम्रो छ। म बोल्ड युवतीको भूमिकामा युवकहरूलाई गलाउन सक्छु।
त्यही भएर फिटकिरीमा बोल्ड र आधुनिक युवतीको भूमिकामा देखिनुभएको हो ?
हो, यो चलचित्रपछि मेरो जवानी देख्न पाइनेछ। नेपाली चलचित्रका लागि म बल्ल तरुनी भएँ। मेरो नृत्य प्रतिभालाई पनि फिटकीरीमा राम्रैसँग प्रस्तुत गरेकी छु।
यति बोल्ड चरित्र निर्वाह गर्दै हुनुहुन्छ। दर्शकको नजरमा भने तपाईं अझै ननग्ल्यामर हिरोइन हुनुहुन्छ, कसरी पत्याउलान् र ?
म बोल्ड र ग्लामरस छु। अब कसरी छु, त्यो त चलचित्रको प्रदर्शनपछि नै थाहा हुन्छ, जहाँसम्म मेरो क्षमताको कुरा छ, मलाई त्यसको प्रचार गर्न आउँदैन। आफ्नो मार्केटिङ गर्ने कुरामा म झुर छु। संसारभरका नायिकाहरू स्पेसल फोटो सुट गर्छन्, यहाँ पनि गरिन्छ। मैले भने अहिलेसम्म त्यस्तो फोटो सुट नै गराएकी छैन।
तपाईंले काम गरेका धेरैजसो चलचित्रमा अन्तरंग दृश्यहरू छन्, अविवाहित युवतीले यस्ता दृश्य गर्नुपर्दा के सोच्नुहुन्छ ?
त्यसलाई म केवल कामका रूपमा हेर्छु। अविवाहित युवतीलाई सुटिङ स्पटमा त्यस्ता दृश्य दर्जनौं व्यक्तिका अघि गर्नुपर्दा सहज लाग्न सक्दैन। तैपनि म भाग्यमानी छु, किनभने मैले असल निर्देशकहरू पाएँ। उहाँहरूले त्यस्ता दृश्यमा काम गराउँदा एकदमै सहज वातावरण बनाइदिनुहुन्छ।
तपाईं केही समयदेखि एक जना निर्देशकको प्रेममा हुनुहुन्छ भन्ने बजार हल्ला छ, के भन्नुहुन्छ ?
बजार हल्ला कहाँ सत्य हुन्छ र ?
त्यसो भए प्रेममा हुनुहुन्न ?
मैले कहाँ त्यसो भने र ? म सानैदेखि आमा-बुवाको प्रेममा छु, साथीभाइको प्रेममा छु। प्रेमबिना को बाँच्न सक्छ र ?
तरुनी युवतीले आफ्नो श्रीमान् छान्ने खालको प्रेमको कुरा गरेको।
हुन सक्छ, तरुनी युवतीले आफ्नो प्रेमी खोज्नु कुन ठूलो कुरा भयो र ?
यो त कूटनीतिक उत्तर भयो। स्पष्ट शब्दमा भन्न मिल्दैन ?
के भन्नु ?
प्रेममा हुनुहुन्छ कि हुनुहुन्न ?
छु।
विवाह कहिले गर्ने ?
प्रेम हामीले गर्यौं। विवाह गर्नु उपयुक्त छ कि छैन भनेर सोच्ने जिम्मा भने परिवारलाई दिएका छौं। परिवारले स्वीकृति दियो भने विवाह गर्छौ।
पूजना प्रधान कामुक नायिकाका रुपमा परिचित छन् । उनी जति कामुक छिन् उतिनै सेक्सबारे खुलेर कुरा गर्छिन् । ‘हिरो’ चलचित्रबाट रजतपटमा प्रवेश गरेकी पूजना प्रधान बिगत केही समययतादेखि समाजसेवामा पनि लागेकी छिन् । त्यति मात्र नभइ उनी अहिले पूर्ण रुपले अध्यात्मीक भएकी छिन् । इश्वरको बरदान मानव चोलालाई र्सार्थक बनाउनका लागि आध्यात्मीकता अपनाएको कुरा बताउने पूजनाको आध्यात्मीकप्रतिको झुकाब सानैदेखिको भए तापनि पुष्पराज पुरुषले सुरु गरेको ‘संगत आश्रम’ मा पुगेपछि आफूले आध्यात्मीक बाटो भेटाएको कुरा बताउछिन् । चलचित्र अभिनय, आध्यात्म र समाजसेवालाई एकैसाथ निरन्तरता दिइरहेकी पूजना पहिला पूजा प्रधानको नामबाट रजतपटमा प्रबेश गरिएकी थिइन् । पछि पूजाबाट पूजना प्रधान भइन् । र, अहिले चाहिू उनी पूजना ‘स्त्री’ भएकी छिन् । प्रधान थर उनले हटाएकी छिन् । र, अब उप्रँन्त उनको नामको पछाडि मानव सिर्जीत कुनै पनि थर देख्न पाइने छैन । प्रधान बाबु र गुरुङ आमाको संयोजनबाट मानब चोला पाएकी पूजना अब पूजना ‘स्त्री’ मात्र हुनेछिन् । यो उनको घोषणा हो । यीनै बिषयहरुमा रिपोर्टस् नेपाल डट कमका लागि लोकप्रीय सुवेदीले गरेको कुराकानी ।
चलचित्र,अध्यात्मा, र समाज सेवालाई एकै साथ अघि बढाउन कसरी सकिन्छ ?
संसारमा सबै कुरा सम्भब छ । र, यी सबै कुरा एउटै प्रँणीले मात्रै गर्न सक्छ र त्यो एक मात्र प्राणी हो- मानव । यहा कुनै काम गर्न पनि गाह्रो छैन । मात्र बाटो पहिल्याउन सक्नु पर्छ । यसका लागि सबै भन्दा उत्तम र एक मात्र मार्ग हो-अध्यात्म । अध्यात्मामा लाग्यो भने सबै कुरा सजिलो र सम्भव हुन्छ ।
अहिलेनै अध्यात्मिक क्रियाकलापमा किन लागेको ?
मेरो मनमा सानैदेखि अध्यात्मीक मार्गमा लाग्ने चाहना थियो तर मैले बाटो पहिल्याउन सकिरहेकी थिइन् । जब म पुष्पराज पुरुषले संचालन गर्नुभएको ‘संगत आश्रम’ मा पुगे, त्यहाबाट नै मैले आध्यात्मीक बाटो पहिल्याउन सकें । अब म अध्यात्मीक बाटोमै लागी रहन्छु । त्यसबाहेक आफ्नो कर्म त छदैछ ।
अचेल अरु के गर्दैहुनुहुन्छ ?
म समाजसेवामा लागेको छु । खास भन्ने हो भने मेरो जीवनको एउटै मात्र लक्ष्य समाज सेवा हो । तर, मैले भर्खरै मात्र सुरु गरेकी छु । अहिले नै उल्लेखनीय कार्य चाहि गरिसकेकी छैन ।
सामाजसेवा गर्नलाई त पैसा पनि चाहिन्छ होइन र ?
आम मान्छेमा समाजसेवी भनेपछि आर्थिक रुपले अति नै सम्पन्न मान्छे हो भनेर छाप परेको छ । तर म त्यस्तो परिन् । समाजसेवा गर्नलाई पैसाको धनी हुनपर्छ भन्ने मलाई लाग्दैन । समाजसेवा गर्नलाई मन हुनुपर्छ । मन भएमा बिना पैसा पनि समाजसेवा गर्न सकिन्छ ।
तपाईं त सेक्सी नायिकाका रुपमा पो परिचित हुनुहुन्छ हैन र ?
हो, मैले जति पनि चलचित्र गरेकी छु, त्यसमा मेरो भूमिका ग्ल्यामरस् नै धेरै छ । तर, म त कलाकार हु नि । कलाकार भएपछि कथा अनुसारको भूमिका निभाउनु पर्छ । यो मेरो कर्म हो । जस्तोसुकै बिचार बोके तापनि मान्छेले आफ्नो कर्म गर्न छाड्नु हुन्न । तर जब मैले सत्य घटनामा आधारित ‘द निर्मला’ चलचित्रमा अभिनय गरे, त्यो हेरेपछि मान्छेहरुमा मलाई हेने दृष्टिमा केही परिवर्तन आएको मैले पाएकी छु । र, अचेल मलाई फिःल्म खेल्न अफर गर्दा ‘ग्ल्यामरस’ भूमिकाको लागि मात्रै कुरा गर्दैनन् । मलाई ‘बोल्ड क्यारेटर’ मा पनि अफर आउन थालेको छ । तर मैले अफर आएपछि, यदि मलाई भूमिका चित्त बुझेमा ‘ग्ल्यामरस’, ‘बोल्ड’ जस्तोसुकै भूमिका पनि निभाउन तयार छु । अभिनय मेरो कर्म हो । म कर्म गरिरहन्छु ।
अचेल त तपाईबाट कसैले पनि ‘नमस्कार’ पाउदैनन् नि ?
हो । म अचेल कसैलाई पनि नमस्कार भन्दिन । नमस्कारमा अहंमता हुन्छ । तपाईले कसैलाई नमस्कार भन्नुभयो भने उसले भनिदिनलाई ‘नमस्कार नमस्कार’ भन्छ । कसैलाई नमस्कार गरियो भने ऊबाट प्रतिउत्तर पाउन पर्खनु पर्छ । त्यसैले म सबैलाई ‘जय संगत’ भन्छु । जय संगतमा अहमता छैन । जय संगत भनेको हामी एक अर्का बीचको संगतको जय होस् भन्ने अर्थ हो । यसमा पर्खनु पदैन । सानो-ठूलो जसले जतिबेला पनि भन्न सक्छ । यसले सदैब प्रगति उन्मुख बनाउछ । त्यसैले म आफू भन्दा साना-ठूला सबैलाई ‘जय संगत’ भन्छु ।
कसरी सिकीयो त ‘जय संगत’ भन्न ?
‘संगत आश्रम’ मा गएर ध्यान, जप,योगा गर्न थालेदेखि त्यहा जाने मानिसहरुबाट सुनेपछि र्सार्थक लागेर भन्न थालेको हु । ‘जय संगत’ मा आत्मीयता छ ।
विवाह कहिले गर्ने ?
बिहे भन्ने कुरा चाहिं बंश बढाउनका लागि मात्र आवश्यक छ । नत्र बिहे गर्नुपर्छ भन्ने जरुरी ठान्दिन । इच्छा हुनेले बिहे गर्नुपर्छ । तर हामी बिहे गर्न, बच्चा जन्माउन मात्र जन्मिएका होइनौ । मानिसको जीवनको लक्ष्य अन्नत छ । त्यसैले ती लक्ष्यहरु प्राप्त गर्नतिर लाग्नुपर्छ ।
उसो भए बिहे नगर्ने ?
होइन, म बिहे नै गर्दिन त भन्दिनू । समय आएपछि बिहे गर्छु । अहिले नै बिहे गर्ने सोचाइमा छैन म । पहिला यो देशका लागि, मानवका लागि केही गरुं अनि मात्र बिहे गरुंला ।
बिहे अगाडिको सेक्सलाई के भन्नुहुन्छ ?
विवाह अगाडि सेक्स गर्न हुन्न । सेक्स भन्ने कुरा बंश बृद्धिका लागि बाहेक अरु कुरामा आवश्यक छैन । त्यसैले बिहेपछाडि मात्र,त्यो पनि इच्छा लागेमा मात्र सेक्स गर्नुपर्छ ।
बिहे नगरेकाले सेक्स नै नगर्ने ?
अब सेक्सलाई कसरी परिभाषित गर्ने - सेक्स भन्ने कुरा पल पलमा हुन्छ । कोही मान्छे राम्रो लाग्छ,उसलाई हेदा ‘आइ सेक्स’ हुन्छ । कोही मान्छेका कुरा राम्रा लाग्छन् उसूग कुरा गर्दा ‘स्पीक, हेयर सेक्स’ हुन्छ । त्यस्तै कसैलाई छुदा ‘र्स्पर्श सेक्स’ हुन्छ । यी पनि त सेक्स हुन् नि । यसैले सन्तुष्टि लिन सकिन्छ ।
स्त्री र पुरुषको शारिरीक रुपमा हुने यौन क्रियालाई चाहिं कसरी लिनु हुन्छ ?
त्यो भनेको मात्र सन्तान जन्माउनका लागि हो । बंश बृद्धि गर्नका लागि मात्र हो । प्राक्टिकल सेक्स बिना पनि बाूच्न सकिन्छ । त्यसैले त्यस्तो सेक्सलाई म महत्व दिन्न । मलाई यसप्रति ध्यान छ्र्रैन ।
तपाईं अहिलेसम्म कुमारी नै हो ?
-मैले बुझेको सेक्सको परिभाषा माथि नै उल्लेख गरिसकें । त्यसैबाट प्रष्ट हुदैन र ?
प्रेम चाहिं के हो त ?
जहाू कुनै स्वार्थ, आग्रह पूवाग्रह केही पनि हुदैन । त्यो नै प्रेम हो । तर अहिले आमरुपमा परिभाषीत प्रेम प्रेम नै होइन । मात्र भ्रम, स्वार्थको पोको हो ।
प्रेममा धोका खानुभएको छ ?
होइन । मैले बुझेको प्रेमको परिभाषा अनुसार अहिलेसम्म मेरो त्यस्तो प्रेम भएकै छैन ।
मतलब, धोका खाएपछिको प्रेमको परिभाषा फेरियो ?
त्यस्तो नक्कली प्रेमको के कुरा गर्नु भो ।
कति वटा प्रेममा धोका मिल्यो ?
-एक दुइ वटा ।
एक वा दुइ ?
-एउटा………तर मैले त्यो कुरा बिर्सीसके । त्यो अञ्जानमा भएको थियो ।
अहिले चाहिं कसैसंग प्रेम चल्दैछैन ?
-मेरो प्रेमको परिभाषामा अटाउने पुरुष अहिलेसम्म भेटेकी छैन । भेटें भने प्रेम होला ।
तीन वर्षदेखि आफू प्रेममा परेको र चाँडै विवाह गर्न लागेको खबर दिँदै आएका
राजेश हमालले आफ्नी प्रेमिकालाई सार्वजनिक गर्न सकेका छैनन्। प्रेम भएको
सार्वजनिक चर्चा हुनु तर उनकी प्रेमिकालाई भने कसैले फेला पार्न नसक्ने
अवस्था सिर्जना भएपछि कतिपयले उनको नियतमै शंका गर्न थाले। उमेरका कारण कम
चलचित्र हात पर्न थालेपछि आफ्नो क्रेज कायम राख्न उनले प्रेम र विवाहको
कुरा बाहिर ल्याएको आरोप लगाउनेहरूको पनि कमी भएन।
साप्ताहिकमै पटक-पटक आफ्नो प्रेम भएको र चाँडै विवाहको खबर सुनाउने दाबा गर्दै आएका हमालले २०६९ सालसम्ममा विवाह गर्ने बताएका थिए। यो वर्ष सकिन लाग्दा पनि प्रेमिका सार्वजनिक नभएपछि साप्ताहिकलाई पनि उनकी प्रेमिका नै नभएको शंका लाग्न थाल्यो। हमाललाई पटक-पटक प्रेमिका सार्वजनिक गर्न आग्रह गर्दा उनी भन्थे, 'म पो सेलिब्रेटी हुँ र बाहिर आउनुपर्ने बाध्यता छ, उनी चाहन्नन्, म के गरूँ?' अरूले दिएको समाचारमा सधैं शंका गर्नु भन्ने पत्रकारको बानीअनुसार केही समयदेखि साप्ताहिकले राजेश हमालको प्रेमिका छन् कि छैनन् भन्ने विषयमा विभिन्न रूपले परीक्षण गर्यो। केही प्रश्न पठाएर त्यसको उत्तर लिने प्रयास भयो। हमाल पनि के कम ? अति भएपछि उनले आफ्नी प्रेमिकालाई प्रकट हुन राजी गराएरै छाडे।
भ्यालेन्टाइन डेको दिनदेखि लगातार प्रयास गरेपछि दरबारमार्गस्थित एउटा रेस्टुराँमा महानायक राजेश हमालकी प्रेमिकासँग अनौपचारिक भे टघाट र कुराकानी भयो। हमालले जसलाई प्रेमिका भनी परिचय गराए, उनी आमपाठकले कल्पना गरेभन्दा फरक थिइन्। ५० पुगेका राजेश हमालको छेउमा करिब आधा उमेरझैं लाग्ने उनकी प्रेमिका अकस्मात् भेटिँदा अप्ठयारो महसुस गरिरहेकी थिइन्। हँसिलो मुद्राकी राजेश हमालकी भ्यालेन्टाइन सकेसम्म कम तर चुस्त भाषा प्रयोग गरिरहेकी थिइन्। धेरै प्रश्न सोधेपछि बल्ल उनको बोलीबाट थोरै शब्द चुहिन्थ्यो। यस्तो लाग्थ्यो, उनी बाध्यताका कारण मात्र बोलिरहेकी छिन्।
उनको अप्ठयारो महसुस गर्दै सकेसम्म सावधानीका साथ साप्ताहिकले कुरा सुरु गर्यो। कुराकानीकै क्रममा उनी भन्दै थिइन्, 'प्लिज तस्बिरचाहिँ नखिच्नुहोला।'
तपाईंको नाम ?
मधु भट्टराई
अनुहार त मंगोलको जस्तो देखिन्छ, नाम थर ढाँट्नुभएको हो ?
होइन, ढाँट्ने भए यहाँ किन आउँथें र ?
तैपनि मंगोल अनुहारको केही कारण त होला नि ?
बुवाले अन्तरजातीय विवाह गर्नुभएको हो।
घरमा को-को हुनुहुन्छ ?
आमा र दुई भाइ।
तीन वर्षदेखि राजेशजी तपाईंको चर्चा गरिरहनुभएको छ, तर तपाईं कतै देखिनुहुन्न। यसरी लुक्नुपर्ने कारणचाहिँ के हो ?
हामी उपयुक्त समयको प्रतीक्षामा थियौं। म ग्लामर क्षेत्र बाहिरको मानिस भएकाले अप्ठयारो लागेको हो।
अहिले उपयुक्त समय हो भन्ने लाग्यो ?
अझै लागेको छैन। विवाहपछि नै बोलौं जस्तो लागेको थियो, तर तपाईंहरूले राजेशजीकी प्रेमिका नै छैनन् भन्न थालेपछि बाध्यताकै कारण बोलेकी हुँ।
पहिलोपल्ट राजेश हमाललाई कहाँ देख्नुभयो ?
मैले हेरेको पहिलो चलचित्र गोपीकृष्ण थियो। त्यसको नायकका रूपमा भेटेकी हुँ।
औपचारिक भेट नि ?
सात वर्षअघि एउटा सामाजिक समारोहमा भेट भएको थियो। त्यो बेला म उहाँकी फ्यान थिएँ।
कल्पनाको राजेश हमाल र यथार्थको राजेशबीच के भिन्नता थियो ?
त्यो बेला सामान्य परिचय मात्र भएको थियो। भेट छोटो थियो। यद्यपि मैले उहाँलाई मेहनती र असल चरित्रको व्यक्तिका रूपमा पाएकी छु र यस्तै कल्पना पनि गर्थें। भिन्नता धेरै रहेनछ।
पहिलोपल्ट तपाईंले मन पराएको सिग्नल कसरी दिनुभयो ?
म भेट गर्ने बहानाको खोजीमा थिएँ। केही प्रयासपछि भेटघाट भयो। हामीले एक-अर्कालाई चिन्दै गयौं र बिस्तारै एक-अर्कालाई मन पराउँछौं भन्ने थाहा भयो। म बेलाबेलामा फोन गर्थें उहाँलाई।
पहिलो भेटदेखि अहिलेसम्मको अवस्था सम्झँदा राजेशजीमा के परिवर्तन देख्नुभयो ?
उहाँ परिपक्व र अनुशासित हुनुहुन्छ र मेहनती पनि असाध्यै, तर समयसँगै मानिसको जीवनमा पनि सानातिना परिवर्तन भैरहन्छन्। यसले गर्दा उहाँको व्यवहारमा, सोचमा सामान्य परिवर्तन आउनु स्वाभाविक हो।
तपाईंको प्रेम कस्तो प्रकारको हो ?
प्रेमका प्रकारका बारेमा मलाई राम्रोसँग थाहा भएन। मेरो विचारमा प्रेम दुई प्रकारको हुन्छ, स्वार्थ र निःस्वार्थ। मेरो प्रेम सफा छ।
प्रेम के हो ?
प्रेमलाई सम्भवतः शब्दका माध्यमले बुझाउन सकिँदैन। प्रेमलाई केही शब्दले बुझाउने प्रयास हुन्छ भने पनि ती शब्दभन्दा प्रेम माथि हुन्छ।
प्रेम किन गरिन्छ ?
प्रेम किन गरिन्छ त्यो मलाई थाहा भएन। म पनि किन उहाँलाई प्रेम गर्छु थाहा छैन। यति हो, म उहाँलाई प्रेम नगरी बस्न सक्दिनँ।
प्रेमका निम्ति तपाईंको उमेर परिपक्व छ जस्तो लाग्छ ?
प्रेममा उमेरले खासै महत्व राख्दैन। प्रेम जुनसुकै उमेरमा पनि हुनसक्छ। प्रेम कहिले हुन्छ भन्ने विषयमा आफैंलाई थाहा हुँदैन। मलाई जब उहाँसँग प्रेम भयो, मेरो उमेर सानै थियो। मेरो यो प्रेम सफल हुनेछ भन्ने मेरो हृदयले मानेको थियो। आज प्रेममा पाँच वर्ष बितेको सम्झँदा खुसी लाग्छ।
यो प्रेम नै हो भन्नेमा पक्का हुनुहुन्छ ?
जुन किसिमको प्रेमका कुरा हामी गरिरहेका छौं, म गर्वका साथ भन्छु- यो मेरो पहिलो प्रेम हो र अन्तिम पनि। मलाई खुसी लाग्छ, हाम्रो प्रेम सुरुका दिनमा जस्तो ताजा थियो, आज पनि त्यस्तै छ। फरक यति मात्र छ कि हामीमा अझ बढी माया छ। म एकदमै खुसी छु।
प्रेम हुँदाको अनुभूति कस्तो हुँदो रहेछ ?
मायामा परेपछि यस्तै हुँदो रहेछ सायद, सधैं सँगै बस्न मन लाग्ने। कहिल्यै नछुट्टिऊँ भन्ने लाग्दो रहेछ। त्यसैले नै हामीले विवाह गर्ने निर्णय गरेका हौ।
राजेश हमालले तपाईंलाई भ्यालेन्टाइन डेमा घुमाउन लानुभयो ?
(हाँसो) उहाँ जहाँ हुनुहुन्छ, त्यहीँ नै मेरो भ्यालेन्टाइन स्पट हो। मेरो विचारमा प्रेमीको साथ छ भने खोला किनारको ढुंगा होस् कि सुन्दर फूलको बगैंचा...त्यसले प्रेमको सानिध्यमा खासै फरक पर्दैन। बाइ द वे भ्यालेन्टाइन डेको दिन उहाँ नेपालगन्जमा हुनुहुन्थ्यो, म काठमाडौंमा।
तपाईंहरू जोडिनुमा कसको बढी भूमिका छ ?
हामी एकसाथ हुनुमा हामी दुवैबीचको मायाको भूमिका छ। माया छ र त यो सम्बन्ध बलियो छ।
तपाईंहरूको जोडी मिल्छ जस्तो लाग्छ ?
मलाई हामी दुवै जना एक-अर्काका लागि मात्र बनेका हौं जस्तो लाग्छ।
राजेश हमालको विगतका प्रेम प्रसङ्गले तपाईंको प्रेमलाई असर पार्छ नि, होइन ?
उहाँको जिन्दगीको विगतका कथाहरू उहाँलाई प्रिय छन्, तर हामी अहिले विगतभन्दा बढी वर्तमानमै सन्तुष्ट छौं।
उमेरको ग्याप बढी छ भन्ने लाग्दैन ?
हामीबीचको उमेरको ग्यापलाई मायाले जोडिदिएको छ।
राजेश हमालको व्यक्तित्वको वर्णन गर्नुपर्यो भने, के भन्नुहुन्छ ?
उहाँ आकर्षक हुनुहुन्छ। म उहाँको बौद्धिकताको सम्मान गर्छु। उहाँमा यस्ता धेरै गुण छन्, जसले गर्दा उहाँ आज यो स्थानमा हुनुहुन्छ। मलाई खुसी लाग्छ, हाम्रो भेट भयो र उहाँलाई नजिकबाट चिन्ने मौका पाएँ। हामीबीच निकटता बढ्यो। हामी चाँडै विवाह गर्ने तयारीमा छौं।
राजेश हमाल माया गर्न जान्ने खेलाडी हो ?
उहाँलाई माया गर्नचाहिँ अलि आउँदैन, मैले सिकाइरहेकी छु। अँ केही सुधार आउँदैछ।
परिवारलाई थाहा छ ?
सुरुदेखि नै थाहा छ। म आमालाई जानकारी नदिई जीवनको गम्भीर निर्णय गर्नु हुँदैन भन्ने कुरामा विश्वास राख्छु।
तपाईंको प्रेमसम्बन्धी जानकारी निकै रमाइलो लाग्यो, कुन लेखकबाट बढी प्रभावित हुनुहुन्छ ?
ब्राजिलियन लेखक पाउलो कोहेलो मन पर्छन्। उनले जीवनका गम्भीर कुरा सरल तर मार्मिक रूपमा प्रस्तुत गर्छन्।
तपाईं समाजशास्त्रको विद्यार्थी, नेपाली समाजका महिलाहरूका सम्बन्धमा राम्रोसँग परिचित हुनुहुन्छ, तपाईर् आफूलाई कुन वर्गको नारीमा राख्नुहुन्छ ?
मलाई नारीको कुनै वर्ग हुन्छ जस्तो लाग्दैन। सबै नारी समान हुन्छन्। मायालु, संवेदनशील एवं क्षमाशीलको अर्थमा।
राजेशजीलाई तपाईंले मन पराउनु सामान्य नै हो, किनभने उहाँ नेपालको सुपरस्टार हो, तर राजेशजीले तपाईंलाई नै किन मनपराउनुभयो होला ?
मैले राजेशजीलाई सुपरस्टार भन्दा पनि एक असल व्यक्ति भएकाले मन पराएकी हुँ। यो कुरा र मेरो भावना उहाँले बुझ्नुभएको छ र खुसी पनि लाग्छ। उहाँले मलाई किन मन पराउनुभयो भन्ने कुराचाहिँ उहाँसगैै सोध्नुपर्छ।
तपाईंको विचारमा प्रेम हुनु वा विवाह हुनु पूर्वजन्मको फल हो ?
मैले यस विषयमा सोचेकी छैन।
ईश्वर धर्म वा सांसारिक कुरालाई नेपाली समाजले जसरी मान्छ, तपाईं त्यसैगरी मान्नुहुन्छ कि तपाईंका धारणा फरक छन् ?
म सबै भगवानप्रति आस्था राख्छु। म नेपाली नारी हुँ।
विश्वभरि नै सेलिब्रेटीसँगका वैवाहिक जीवन सधैं धरापमा देखिन्छन्, पक्कै पनि तपाईंलाई पनि डर लाग्दो हो, होइन ?
जुन सम्बन्धमा विश्वास हुँदैन, त्यहाँ डर हुन्छ। डरले गर्दा विभिन्न किसिमका शंका वा अवरोध आउने हो, तर मैले उहाँलाई राम्रोसँग चिनेकी छु र त्योभन्दा राम्रोसँग मैले आफूलाई चिनेकी छु। त्यसैले कुनै डर छैन।
राजेशजीका लागि तपाईंले दिने सर्वोत्तम उपहार भनेको सन्तान नै हो, यस्तो उपहारका बारेमा तपाईंको धारणा के छ ?
अहिले हामी विवाहका बारेमा सोच्दैछौ, त्यसपछि मात्र सन्तानका विषयमा कुराकानी होला।
तपाईं पहिलो पटक पत्रकारको चंगुलमा पर्नुभयो, पत्रकारका बारेमा तपाईंको धारणा के रह्यो ?
हरेक क्षेत्रमा लागेका व्यक्तिले आफ्नो पेसागत कर्तव्य गर्ने हो। तपाईंले पनि त्यही गर्नुभएको छ जस्तो लाग्छ। पत्रकारसँगको भेट मलाई पनि रमाइलो लाग्यो।

नेपाली
चलचित्रमा धेरै नायिका अभिनयका कारण होइन यौन मामिलामा उदार भएका कारण
चर्चामा आउने गरेका छन् । त्यही सिलसिलामा जोडिएकी छन् नवनायिका सोनिया
केसी, चलचित्र सिलसिलामा उतेजित अधर चुम्बनको दृष्य दिएर चर्चामा आएकी
नवनायिका सोनीया त्यसभन्दा बढी निर्देशक सुरेशदर्पण पोख्रेलसँगको यौन
विवादका कारण चर्चामा आइन् । सोनियाले प्वाक्कै भनिदिइन्, सुरेशले मलाई
बल्तकारको प्रयास गर्यो, यही विवादले सुरेशलाई प्रहरी खोरसम्म पुर्यायो ।
तर विवाद यति फिल्मी शैलीमा मिल्यो की सुरेशले प्रहरी खोरमा रात विताउनै
परेन ।
“सेक्स फिल्ममा अफर आएमा काम गर्नुहुन्छ ?“
भन्ने प्रश्न लाई सहज रुपमा लिदै सोनियाले उत्तर दिईन : “नगर्ने भन्ने कुरा छैन … “। तर साथै, उनले अहिलेसम्म सेक्सको अनुभव भने नगरेको बताइन। (पत्याउनु, नपत्याउनु तपाईको विचार)भोजपुरी चलचित्रमा अलि बढी नै ग्लामोर र अंग प्रदशन बिक्ने हुनाले होला एउटा नसकिदै अर्को फिल्म मा अनुबन्धन भै सकेको खबर आएको छ।
- तपाईको फोटोहरु त निकै हट छन नि सिनेमा बढी पाउने आशा हो ?-
सिनेमा पाउन कै लागि त हैन । जमाना अनुसार त्यतिको त खिच्नै पर्यो नि हैन र ।
- भनेपछि खुलेर अंगप्रदर्शन गर्नसक्नु हुन्छ ?
भयंकर अंगप्रर्दशन गरेर, शरिर देखाएर त्यही खालको नायिका बन्ने सोच हैन मेरो । कुन डेस लगाउँदा सुहाउँछ त्यही लाउने हो । अंगप्रदर्शन गर्ने भन्दैमा जस्तो पायो त्यस्तो लगाउँदिन । नगर्ने भन्ने हैन ठिक्क गर्नुपर्छ ।
- तपाईंको विहे गर्ने उमेर भैसक्यो हैन ?
- विहे गर्ने समय नै आएको छैन जस्तो लाग्छ । अझै सिनेमा क्षेत्रमा सघर्ष गर्ने योजनामा भएकाले विहे बारे केही सोचेकी पनि छैन ।
- ब्वायफ्रेण्ड त होलान् नि ? -
छैन, छैन अहिलेसम्म ।
- नव नायिकाहरु फिल्म खेल्नकै निर्माता, निर्देशकहरुको गर्लफ्रेण्ड बन्ने गर्छन नि ? - कतिपय त्यस्ता पनि होलान, तर म त्यस्तो गर्ने पक्षको मान्छे हैनन । आफ्नो क्षमताले यस क्षेत्रमा आउनु पर्छ भन्ने मान्यता राख्छु ।
- उमेर कति भयो नि ?
- हत्तेरिका उमेर पनि सोध्ने ?
- हिरोइनहरु उमेर भन्न किन डराउँछन ? -
त्यस्तो होइन, म भरखरै २२ बर्षको भएँ ।
- आफुलाई कतिको सेक्सी मान्नु हुन्छ ?
- सेक्सी नै ठान्छु, अरुले पनि भन्छन ।
सेक्सलाई कसरी व्याख्या गर्नुहुन्छ ? -
यो एउटा प्राकृतिक जैविक कुरा हो । मानवीय आवश्यकताको कुरा हो
सेक्स फिल्ममा अफर आएमा काम गर्नुहुन्छ ? -
नगर्ने भन्ने कुरा छैन । कस्तो मेसेज दिने फिल्म हो, कस्तो स्टोरी छ, त्यो हेरेर राम्रो रैछ भने गर्छु ।
- विवाहपूर्वको सेक्स उचित हो ?
- हैन जस्तो लाग्छ ।
सेक्सको अनुभव छ कि ? -
आइ एम सरी, मलाई अनुभव छैन ।
यत्रो उमेरमा पनि छैन ?
- छैन, छैन, भए पो त छ भन्ने ।

करिश्मा मानन्धर, नायिका
नेपाली
चलचित्र क्षेत्रमा थोरै मात्र कलाकार छन्, जो लामो सयमसम्म यो क्षेत्रमा
आफ्नो प्रभुत्व जमाउन सफल रहे । चलचित्र ‘सन्तान’ वाट नेपाली सिनेमा
क्षेत्रमा पाइला टेकेकी नायिका करिश्मा मानन्धर पनि यस्तै, एक कलाकार
हुन्,जो विगत २५ वर्षदेखि यो क्षेत्रमा चर्चित छिन् । विवाह अघि करिश्मा
के.सीको नामले परिचित उनी विहेपछि मानन्धर भएकी हुन् । आजसम्म १०० भन्दा
वढि सिनेमामा काम गरीसकेकी सुन्दर नायिका मानन्धरसँग अनलाईनखवरका लागि विजय
आवाजले गरेको कुराकानीको संक्षेप ।
आफुले खेलेकोमध्ये कुन सिनेमा मन पर्छ ?
मलाई यस्तो विशेष यही नै भन्ने छैन । आजसम्म जति सिनेमा खेले सवै उत्तिकै राम्रा लाग्छन् ।
कुन कलाकार मन पर्छ ?
कलाकार पनि धेरै छन् । मेरो समयका राजेश हमाल, भुवन के.सी, शिव श्रेष्ठ, तृत्ति नाडकर, जल शाह, कृष्टि मैनाली, निरुता सिं, हरिवंश आचार्य, निर शाह, दिलीप रायमाझीदेखि अहिले आएका नयाँ कलाकारमा आर्यन सिग्देलसम्म मनपर्छ ।
कुन पहिरनमा राम्रो देखिन्छु जस्तो लाग्छ ?
पहिरन सजिलोका लागि नै लगाउने हो । सारी खुव मनपर्छ । म सारीमै राम्री देखिन्छु जस्तो लाग्छ ।
१० वर्ष जेठोसँग विहे गर्नुभयो त्यो कलिलै उमेरमा । कहिलेकाही छिटो विहे गरेछु जस्तो लाग्दैन ?
विनोद मानन्धरसँग विहे गर्दा मेरो उमेर भर्खर २० थियो, जतिवेला विनोद जि ३० वर्षको हुनुहुन्थ्यो । मेरो वुवा हुनुहुन्नथ्यो, यसैले पनि हाम्रो परिवारमा पुरुष कोही पनि थिएन । मेरो दिदीसँग विनोदजीको चिनजान थियो । त्यतिबेला पनि आबश्यक ठानेरै बिहे गरें, अहिले आएर सोच्दा पनि हतारमा विहे गरेजस्तो लाग्दैन ।
तपाईको पहुँचमा धेरै पुरुष आए होलान, विनोद मानन्धरसँग नै के कारणले दिल बस्यो ?
विनोद आर्थिक र वौद्धिक हिसावले दुवैमा माथी थियो । मैले उसँग स्वतन्त्रताका लागि विहे गरेकी थिएँ । म विहे गरेपछि खुम्चीएर वस्न चाहन्नथें, जुन कुरा विनोदले मात्र वुझ्थ्यो । यसैले पनि उसँग मैले विहे गरें । म आज स्वतन्त्र जीवन वाँचिरहेकी छु । मलाई त आफु वच्चाको आमा हुँ जस्तो पनि लाग्दैन ।
विनोदजी सँग विहे गर्नुअघि कसैसँग प्रेममा पर्नुभएन ?
कसैसँग सम्वन्ध गाँसिन । किनकी, त्यतिवेला म सानै थिएँ अर्कोतिर त्यतिवेला अहिलेको जस्तो समय पनि थिएन । म तिमी विना वाच्न सक्दिन भनेर कसैसँग पनि प्रेम गरिएन ।
विहे गरेपछि पनि फ्यानहरुको प्रेम प्रस्ताव त आए होलान् नि हैन ?
कुनै पनि व्यक्तिले कसैलाई मन पराउँदा उ विवाहित हो या होईन भनेर हेर्दैन, मन परेपछि पर्यो पर्यो । कसैले मलाई मन पराउन पाउँछ, यो उसको अधिकार पनि हो । त्यसलाई मैले कसरी लिने भन्ने मुख्य कुरा हो । म मेरो फ्यानलाई सम्मान गर्छु ।
रगतले लेखेर पनि त आए होलान हैन प्रेम प्रस्ताव ?
पहिला पहिला त प्राय रगतले नै लेखेर आउँथे । तर, अहिले जमाना फेरिएको छ । अहिले त सोझै तिम्रो नम्वर देउ न, म तिमीलाई मन पराउँछु भन्ने जमाना आयो ।
‘वावुसाहेव’ असफल भएपछि अमेरीकातिर लाग्नुभयो । फेरी नेपालै र्फकनु भयो । किन ?
म सिनेमा असफल भएर अमेरीका गएकी हैन् । फेरी, म अमेरीका सधै वस्नका लागि पनि गएकी हैन, यसैले नर्फकने त कुरै भएन । मलाइ यो क्षेत्रमा नयाँ मानिस आउनुपर्छ भन्ने लाग्थ्यो । टेलिभिजन हेर्दा लगातार मेरा मात्र ६ वटा गीत बज्थे । यसैले, पनि म केही नयाँ होस भन्ने चाहन्थें । अमेरीकाबाट फर्केपछि म केही नया त वने नि हैन ?
कहिलेसम्म सिनेमा खेल्ने ?
म सिनेमा सधै नै खेल्न चाहन्छु । तर, आज आएर मेरा लागि सिनेमा क्षेत्रमा भुमिका नै छैन जस्तो लाग्छ । अफर त आउछन् तर कस्ता-कस्ता ! आफै छक्क पर्छु ।
सिनेमा क्षेत्रमा लामो समय विताएपछि धेरै कलाकारहरु निर्देशनमा लागेका छन् । निर्देशन गर्ने वेला आयो जस्तो लाग्दैन ?
हो, म निर्देशनकै मनस्थीतिमा छु । तर, राम्रो सिनेमाको अफर आयो भने मात्र । यो सिनेमाले व्यवसायिक रुपमा राम्रो गर्छ भन्ने लाग्यो भने निर्देशन गर्छु । अफर पनि आइरहेका छन् । होम प्रोडक्सनकै पनि निर्देशन गर्न सक्छु ।
त्यति धेरै सिनेमा खेल्नु भयो अवार्ड पनि त प्रशस्त पाउनु भयो होला हैन ?
अवार्ड भन्दा पनि मैले सम्मान धेरै पाएँ । मेरो घरमा अवार्ड र सम्मान १०० भन्दा वढि छन् । तर, सवैलाई मिलाएर राख्न सकेकी छैन् । अव एउटा कोठामा सवैलाई मिलाएर राख्नुपर्ला ।
उत्कृष्ट अभिनेत्रीको अवार्ड कति पटक पाउनुभयो ?
अचम्मको कुरा, मैले आजसम्म उत्कृष्ट अभिनेत्रीको अवार्ड नै पाएकी छैन् । किन यस्तो भयो मलाई नै थाहा छैन् । सायद मैले खेलेका सिनेमा र मेरो भुमिका अवार्डका लागी लायक नभएरै होला ।
पछिल्ला दिनमा सेक्स बेच्ने गरि धेरै सिनेमा बनिरहेका छन नेपालमा । कस्तो लागिरहेछ ?
समयअनुसार सवै कुरा परिवर्तन हुने हो । जुन चिज जे मा सुहाउँछ त्यसैमा राख्नुपर्छ । प्याजको फ्लेवर हालेर आईसक्रिम मिठो हुँदैन । अहिले वनिरहेका केही सिनेमा पनि निश्चित समयका लागि हुन जस्तो लाग्छ । समयक्रममा यस्ता सिनेमा र कलाकार आफै हराउछन् जस्तो लाग्छ ।

सवीन श्रेष्ठ, नायक
निर्माणाधीन ‘हमेसा चलचित्रमा नायिका रेखा थापासँग अभिनय गरेका उदीयमान नायक सवीन श्रेष्ठले अहिलेसम्म विवाह गरेका छैनन् । तर, कृष्णप्रसाद भट्टराईले भनेजस्तै उनी अविवाहित भए पनि ‘कुमार’ चाहिँ हैनरै’छन् । पहिलो चुम्बन र यौनको अनुभवबारे अनलाइनखबरको प्रश्नमा नायक श्रेष्ठ भन्छन्- ‘केटा मान्छे भएपछि चुम्बन, सेक्स त अवश्य हुन्छ नै । तर, चुम्बन गर्नेबेला अलिकति आवेशमा आउने भएकाले याद नभएको होला ।’ यद्यपि नायक श्रेष्ठ कथाले माग्यो भन्दैमा बेडसिन भने नदिने पक्षमा छन् । भर्खरै एक युवतीसँग दोहोरो प्रेममा डुबेका श्रेष्ठ आफूलाई रेखा थापा, श्रृष्टि श्रेष्ठ र सदीक्षा श्रेष्ठ खुबै ‘सेक्सी’ लाग्ने बताउँछन् ।
हमेसा कस्तो सिनेमा हो ?
यो एक लभस्टोरी र द्वन्द्वप्रधान सिनेमा हो । मैले यो सिनेमामा राम्रै काम गरेको छु जस्तो लाग्छ ।
प्राय सिनेमामा रेखा थापासँग देखिनुहुन्छ, जोडी कहिलेसम्म जम्ला ?
मलाई त लामै समयसम्म जम्छ जस्तो लाग्छ । उहासँग काम गर्न सजिलो पनि लाग्छ मलाई ।
तपाईलाई आफू कस्तो मानिस हुँ जस्तो लाग्छ ?
म सादा जीवन, उच्च बिचार बोकेको मानिस हँु । १२ बर्षदेखि यो क्षेत्रमा संघर्षरत छु । म एक मिहिनेती मानिस हुँ ।
रेखाभन्दा बाहिरको ब्यानरमा नजम्नु भएको हो ?
होइन, मैले नायिका बिनिता बरालसँग फुलस्टपममा पनि काम गरें । जम्न त मेरो जोडी विनितासँग पनि जमेकै हो । तर, व्यापार गर्न सकिएन ।
एक्लै हुँदा युवतीबारे कत्तिको सोचिन्छ ?
स्कुल पढ्दा त खुबै सोच्थे । तर ,अहिले करिअरको बारेमा बढी सोच्ने भएकाले पनि त्यता खासै ध्यान जाँदैन ।
पुस्तक पढ्ने बानी कत्तिको छ ?
पुस्तक पढ्ने बानी छ । पल्पसा क्याफे बल्ल पढ्दैछु । जोक्स, म्यागजिन पढिरहेको छु । पुस्तकहरु खुबै पढ्छु ।
कस्ता युवतीले आकर्षण गर्छन् ?
आँखा राम्रो र नशालु भएका, हातका औंला लामा भएका र सफा युवतीले खुबै लोभ्याउँछन् ।
प्रेम कत्तिको गरियो ?
दोहोरो प्रेम त खासै भएको छैन । तर, भर्खर-भर्खर परेको छु ।
कति भयो प्रेम गर्न थाल्नुभएको ?
हाम्रो प्रेम भएको १ बर्ष भयो होला । उनलाई मनाउन खुबै गाह्रो भयो मलाई । तर, मनपरेकाले आफ्नो नबनाई रहनै सकिँन ।
पहिलो चुम्बन याद छ ?
खासै याद गरेको छैन । केटा मान्छे भएपछि चुम्बन, सेक्स त अवश्य हुन्छ नै । तर, चुम्बन गर्नेबेला अलिकति आवेशमा आउने भएकाले पनि याद नभएको होला ।
पहिलो सेक्स कति बर्षको उमेरमा भयो त ?
म यस्तै २४ बर्षको थिएँ होला, जतिबेला मैले सेक्सको अनुभव गरेको थिएँ ।
नायक भएपछि युवतीले कत्तिको प्रस्ताव गर्छन् ?
प्रेम प्रस्तावभन्दा पनि कामलाई मनपराउँछन् । तर, मलाई सवीन मनपर्छ भनेर मरिहाल्दैनन् ।
आफ्नो अंगमा कुन मनपर्छ ?
मलाई आँखा खुबै मनपर्छ । मेरो आँखाको रंग परिवर्तन भैराख्छ भन्छन् ।
नेपालका तीन सेक्सी युवती को-को लाग्छन् ?
रेखा थापा, श्रृष्टि श्रेष्ठ, सदीक्षा श्रेष्ठ मलाई खुबै सेक्सी लाग्छन् ।
विश्वमा कुन सेलिब्रेटी देख्दा आफुमा सेक्स डिजाइर भएको जस्तो लाग्छ ?
करिना कपुर र ऐश्वर्या राय देख्दा मन नै थाम्न सक्दिन ।
अब नेपालका को-को कलाकारसँग काम गर्न मन छ ?
सबैसँग मन लागेको छ । तर, मिस नेपाल श्रृष्टि श्रेष्ठ सिनेमा क्षेत्रमा आउनुभयो भने उहाँसँग काम गर्न मन लागेको छ ।
के मनपर्छ श्रृष्टिको तपाईलाई ?
उहाँको आँखा र ओठले खुबै लोभ्याउँछ ।
अब कस्तोखालको भूमिकामा काम गर्न मन लागेको छ ?
आमिर खान टाइपको सिनेमा गर्न मन लागेको छ । आमिरले रंगीला, गजिनीमा निर्वाह गरेको भुमिका मलाई पनि गर्न मन छ । नेपालमा भर्खरै मात्रधन्दामा अर्पण थापाले गर्नुभएको जस्तो भूमिका गर्न मन छ ।
बिहे कहिले गर्ने त ?
बिहे अब ३ बर्षपछि गर्ने सोचाइमा छु । बिहे गर्ने मानिस रोजिसकंे, अब करिअरलाई केही उचाइमा पुर्याएर बिहे गर्छु
फिल्म लाईनलाई कस्तो पाउनुभयो ?
मैले सोचेभन्दा धेरै फरक पाएँ । यहा नाम, इज्जत र पैसा छ । अहिले कलाकारहरु सक्षम बन्न सक्ने अवस्था छ ।
सवीन श्रेष्ठले छोटो समयमै आफ्नो पारिश्रमिक बढायो भन्छन् नि ?
मैले त्यस्तो केही पनि गरेको छैन । म काम गरेअनुसारको पारिश्रमिक दिनुहोस् भन्छु । निर्माता बच्यो भने हामी पनि बाँच्ने हो भन्ने सिद्धान्त मेरो छ ।
कस्तोबेलामा सेक्स गर्न मन लाग्छ ?
मलाई मात्र मन लागेर हुँदैन, आफ्नो सहकर्मीलाई पनि मन लाग्नुपर्छ । चिसो मौसममा दुबैजना तातेपछि सेक्स गर्नुको मजा नै बेग्लै छ । आफ्नो सहकर्मीको रुचि जाग्नु पर्यो । चिसो चिसो मौसममा मजा आउँछ । मलाई मात्र इच्छा जागेर भएन ।
सिनेमाभित्र बेड सिन र किस कति हदसम्म दिनुहुन्छ ?
म त्यस्तो सिनेमा गर्दिँन । कथाले मागेअनुसारको म दिन्न ।

धेरै मानिस नराम्रा दिनका कुरा लुकाउन चाहन्छन्, तपाईंले भने हाम्रो आग्रहलाई सजिलै स्वीकार गर्नुभयो, किन ?
मानिसलाई धेरै पीडा भयो भने त्यसलाई सुनाउनुपर्छ। यसले पीडा कम हुन्छ। तपाईंहरूलाई भनेर म आफ्नो पीडा कम गर्न चाहन्छु। अर्को कुरा, मेरो पीडा सुनेर दुई जनाले पनि यो बाटोमा हिँड्नुहुँदो रहेनछ भन्ने बुझें भने मेरो जीवन सार्थक हुनेछ।
तपाईंले १५ वर्ष लागूऔषध सेवन गर्नुभयो, यो अवधिमा कस्ता व्यक्ति यसमा फसेको पाउनुभयो ?
जुन युवकले सानैमा चुरोट खान सिक्छ, उसले गाँजा तान्न बेर लगाउँदैन। जसले गाँजा तान्न थाल्छ, ऊ यसमा फस्न सक्छ। विशेषगरी अभिभावकको माया नपाएका, पैसा एवं गलत संगत भएका युवा यसमा फसिहाल्छन्।
तपाईं कसरी फस्नुभयो ?
म जन्मँदा मेरो बुवा खसिसक्नुभएको थियो। काठमाडौंको युवक भएकाले घरभाडाको पैसा आउँथ्यो। आमा व्यापार गर्नुहुन्थ्यो। गोजीमा पैसा हुने तर अभिभावकको गाइड नपुग्ने अवस्थामा गलतको संगतमा जोडिए, अनि फसिहालें।
कति वर्षको उमेरमा ?
१३ वर्षको उमेरमा सिनियर दाइहरूले चुरोट खान सिकाए। मज्जा हुन्छ, एकपल्ट तान् भनेर फुस्ल्याए। चुरोट तान्दा क्या दामी गरी तान्छ यार भनेर फुक्र्याउँथे। १४ वर्षको उमेरमा मज्जाले गाँजा तान्न थालें। १५ वर्षको उमेरमा म टोलको सबैभन्दा धेरै डोज ब्राउन सुगर पचाउन सक्ने एडिक्ट भैसकेको थिएँ।
घर-परिवारलाई थाहा भएन ?
१६ वर्षको उमेरमा थाहा भयो। त्यो बेला ७ कक्षामा फेल भएँ। संगत नराम्रो भयो भनेर काकाले स्कुल परिवर्तन गरिदिनुभयो, तर अर्को स्कुलमा पनि फेल भएँ। ब्राउन सुगरको खोजी गर्दै दिन बित्थ्यो, पढ्नै सकिएन। त्यसपछि थाहा भैहाल्यो।
कसरी पाउनुहुन्थ्यो ब्राउनसुगर ?
सिनियर दाइहरूले बेच्थे। आमाको पसल भएकाले मलाई पैसा चोर्न सजिलो थियो। उनीहरूलाई भारतबाट ल्याउने व्यक्तिहरूले दिन्थे। त्यो सामान मजस्ता भर्खरका युवालाई महँगोमा बेच्थे। यसको च्यानल नै हुन्छ।
लागूऔषध प्रयोग गर्नेलाई कुन बेला अप्ठयारो हुन्छ ?
जब बिहान-बेलुकाको डोज किन्ने पैसा हुँदैन, त्यो बेला अप्ठयारो मात्र होइन, साह्रै गाह्रो हुन्छ।
पैसा हुने भएकाले तपाईंलाई त धेरै अप्ठयारो परेन होला ?
पसल सानो थियो। मैले दिनैपिच्छे पैसा चोरेर हैरान पारेपछि आमाले पसल छाडिदिनुभयो। त्यसपछि भने साह्रै गाह्रो हुन थाल्यो।
पैसा पाउन तपाईंले गरेको सबैभन्दा निकृष्ट काम के थियो ?
आमाले पसल छाडेपछि घरको सामग्री चोरेर बेच्न थालें। सुन, भाँडा-कुँडा र अन्य सामान दिएर दुई-चार दिनको डोज जम्मा पार्थें। एक दिन चाडबाडमा लगाउने सबैभन्दा राम्रो साडी दिएर मैले दुई दिनको डोज लिएँ। त्यही दिन आमा आफन्तको भोजमा जानुपर्ने थियो तर ठिक्क पर्दा कुनै साडी थिएनन्। मैले आमाका सबै साडी बेचिसकेको रहेछु। उहाँ दिनभरि-रातभरि रुनुभयो। यो नै थियो मेरो निकृष्ट चोरी।
धेरैजसो ड्रग युजर पहिले आफ्नो घरको सामान चोरी गर्छन्, त्यसपछि अरूको। तपाईंले पनि त्यसै गर्नुभयो ?
हो, त्यसै गरें। मैले भात पकाउने भाँडासमेत बेचेपछि घरमा कडाइ हुन थाल्यो। त्यसपछि साथीभाइ मिलेर उनीहरूको घरमा चोरी गर्न थाल्यौं। यसै क्रममा धेरै पटक पक्राउ परेर प्रहरी थाना पनि पुग्यौं।
कतिपटक थुनिनुभयो ?
छ-सात पटक।
त्यस्तो बेला लज्जाबोध हुँदैनथ्यो ?
ड्रग युज गर्नुअघि कसरी आजको डोज पुर्याउने भन्ने चिन्ता हुन्थ्यो। जब गलत काम गरेर ड्रग लिइन्थ्यो, त्यसपछि म किन यति खराब भएको भनेर रुन मन लाग्थ्यो। पसलमा पैसा चोरेदेखि नै मलाई हीनताबोध हुन्थ्यो। जब घरका भाँडा र आमाको साडीसमेत चोरेर ड्रग लिने अवस्था आयो, मलाई लाग्यो, यसरी दुनियाँलाई रुवाएर बाँच्नु ठीक छैन। यही लज्जाबोधमा मैले ५ पटकसम्म आत्महत्याको प्रयास गरेँ। ड्रग पाउनुभन्दा अघि शरीरको भोक शान्त गर्न नसक्नुको पीडा, त्यही पीडाका कारण गर्नुपरेको गलत क्रियाकलाप र ड्रग लिइसकेपछिको पश्चाताप...। यो यति ठूलो पीडा हो, जसलाई शब्दमा वर्णन गर्न सकिँदैन। यो पीडाका कारण मानिस आत्महत्या गर्न बाध्य हुन्छ।
पहिलो आत्महत्याको प्रयास कसरी गर्नुभयो ?
त्यो बेला मैले घरको सुन चोरेको थिएँ। सुन चोरेको थाहा हुनुअघि नै म मर्न चाहन्थें। सुन बेचेका कारण मसँग दुई-चार दिनको स्टक थियो। मैले सोचें, ओभरडोज लिएपछि म बेहोसीमै मर्छु। मैले घरबाहिर एकान्तमा रहेको ट्वाइलेटमा पसेर सामान्यभन्दा दस गुणा बढीको डोज लिएँ। अरू बेला ठिक डोज लिने भएका कारण गहिरो ट्रिप दिन्थ्यो। यस पटक म त्यही ट्वाइलेटमै ढलें। सोचेको थिएँ, अब कहिलै उठ्नु पर्दैन, झन्झट खत्तम भयो, तर भाग्यले मर्न दिएन। शरीरले त्यति धेरै डोज पनि पचाइदिएछ। सात घण्टापछि होस खुल्दा म ट्वाइलेटको फोहोरमा लडिरहेको थिएँ।
त्यसपछि के गर्नुभयो ?
पटक-पटक मर्ने प्रयास गरे। अरू बेलाभन्दा सयौं गुणा बढी डोज लिएर मर्ने प्रयास गरें। त्यसलाई पनि शरीरले पचाइदिन थाल्यो। हेर्दा-हेर्दा विष नै हाने पनि मर्न नसक्ने गरी शरीर विखालु हुँदै गयो। मान्छेको शरीर अद्भुत हुँदो रहेछ। बानी लगाउने हो भने यसले जस्तोसुकै बिष पनि पचाउने रहेछ।
आत्महत्या गर्ने अरू तरिका पनि थिए, ती तरिका किन अपनाउनुभएन ?
अन्तिम पटक आफ्नो पाँचतले घरको माथिबाट हामफालेर मर्ने विचार गरेको थिएँ। जब हामफाल्न आँटें, मेरो मनमा अचानक आयो, यहाँबाट हाम फालेर अरू बेलाझैं म त मर्दिनँ। बरु हात-खुट्टा भाँचिएर कुँजो हुन्छु। त्यस्तो भएपछि डोज पनि खोज्न सक्दिनँ। मेरो बिजोग हुन्छ भनेर मर्ने विचार त्यागिदिएँ।
यति धेरै विजोग हुँदा पनि ड्रगबाट छुट्कारा पाउने प्रयास किन गर्नुभएन ?
सुरु-सुरुमा परिवारले मलाई रिह्याविट सेन्टर पुर्याएको थियो। त्यहाँको क्लास एवं अनुशासनले बिस्तारै लत छुट्थ्यो। एक-दुई महिना राखेर परिवारलाई जिम्मा दिइन्थ्यो। फर्केर आएपछि एक-दुई दिन टाढा बसे पनि बिस्तारै पुरानै साथीहरूको संगतमा पुगिन्थ्यो। साथीहरूले कर गरे पछि एक डोज त हो नि भनेर लिएपछि फेरि पुरानै कुरा दोहोरिन्थ्यो।
कतिपटक पुग्नुभयो, रिह्याबिट सेन्टर ?
ड्रग लिएको १५ वर्षमा १७ पटक विभिन्न रिह्याविट सेन्टर पुगें। प्रत्येक पटक यसको नकारात्मक असर, जीवनको बरवादी एवं विभिन्न किसिमका औषधिले तत्काललाई ड्रगको असर छुट्थ्यो। अब बाहिर गएर सभ्य जिन्दगी बिताउँछु भन्दा समाजले हेर्ने दृष्टिकोण त्यहीं पाउँथें। हामीजस्ता व्यक्तिसँग कोही पनि संगत गर्न मान्दैनथे। हामी संगत गर्न लायक पनि हुँदैनौं, किनभने उनीहरूलाई दिनुपर्ने दुःख पहिल्यै दिइसके का हुन्छौं। ड्रग्ससँग ८-१० वटा ट्याब्लेट लिएपछि र हतियार लिएर हिँडेपछि त्यसको परिणाम दुःखद हुन्थ्यो। झगडा पथ्र्यो। यस्ता व्यक्तिसँग असल व्यक्तिले कसरी संगत गर्ने ? त्यसपछि पुरानै संगतमा पुगिन्थ्यो र पुरानै दिनचर्या सुरु हुन्थ्यो।
झगडा गर्नुहुन्थ्यो ?
गर्थें। केही पैसा लिएर हामी कसैको उक्साहटमा खुकुरी एवं अन्य हतियार लिएर मानिस कुट्न जान्थ्यौं। मेरो कानको साइडमा तपाईंले गहिरो चोट देख्न सक्नुहुन्छ, यो त्यही बेला खुकुरीले लागेको चोट हो। ड्रगका लागि पैसा लिएर यस्तो काम गर्नु हाम्रो बाध्यता हुन्थ्यो। त्यस्तो बाध्यता बुझेकाहरूले हामीलाई प्रयोग गर्थे।
अहिले ड्रग लिनुहुन्न। स्पर्श नेपालमा एचआईभी पीडितहरूको परामर्शदाता हुनुभएको छ। जीवनले यसरी पल्टा खाला भन्ने कल्पना गर्नुभएको थियो ?
यस्तो होला भन्ने सपना पनि थिएन। पटक-पटक मर्ने प्रयास गर्दा पनि मर्न नसकेपछि, सबैलाई वाक्क बनाएर पनि नथाकेपछि एउटा यस्तो मोड आउँदो रहेछ, जुन मोडले मानिसलाई परिवर्तन गर्दो रहेछ।
तपाईंलाई परिवर्तन गर्ने त्यस्तो कुन तत्त्व थियो ?
२८ वर्षको उमेरमा पुग्दा म ८२ वर्षे बूढोजस्तो भएँ। शरीरले ड्रग माग्थ्यो, तर ड्रगको नशा थेग्न सक्दैनथ्यो। यस्तो बेलामा मानिसलाई यो संसारमा बाँच्न पाए हुन्थ्यो, फेरि एकपटक जीवनका असल कुराको स्वाद लिन पाए हुन्थ्यो भन्ने लाग्दो रहेछ। यही बेला मैले भित्रैदेखि म बाँचेर देखाउँछु भनेर हृदयदेखि नै पुकार गरें। धेरैलाई मैले रिह्याबिट सेन्टर पुर्याइदेऊ भनेर बिन्ती गर्न थालें। पहिले पनि मैले यसैगरी बचाइदे ऊ भन्ने गरेको थिएँ। कसैले दया गरेर पुर्याइदिन्थे तर अलिकति बलियो भएर र्फकनेबित्तिकै म पुरानै दुष्चक्रमा फस्थें। उक्त कुरा थाहा पाएका कसैले पनि मलाई सहयोग गरेनन्। अन्तिममा एक जना ड्रग लिन सिकाउने दाइलाई मैले रुँदै यी कुरा भने। उनी ड्रग युजर भएकाले मेरो पीडा बुझ्थे। उनकै सहाराले म रिह्याविटमा पुगें।
त्यसपछि सुध्रनुभयो ?
जति सजिलो गरी तपाईंले भन्नुभयो, त्यति सजिलो भएन। उनीहरूले मलाई राख्नै मानेनन्। किनभने यसअघि पनि मैले धेरै युवकलाई यस्ता सेन्टरबाट भगाएर बिगारेको थिएँ। १० दिन मलाई गेटको पाले बनाएर राखियो। १० दिन मलाई भिन्दै कोठामा राखियो र १० दिन त्यहाँ आएका युवकसँग थोरै समयका लागि मात्र भेट्ने व्यवस्था गरियो। यो ३० दिनसम्म मैले केही लिइहाल्छु कि भनेर कडा निगरानी राखिएको थियो। म सारा पीडा सहेर पनि ड्रग नलिने निर्णयमा पुगेको थिएँ। किनभने म बाँच्न चाहन्थें। ३० दिनसम्म सुत्न सकिनँ, निदाउन सकिनँ, खान सकिनँ। अरू सुतेको देखेर म भन्थें, 'हे ईश्वर ! मलाई पनि यस्तै निद्रा देऊ।' यस्तो अवस्थामा पनि मैले सहेको देखेपछि सबैलाई विश्वास भयो। विशेषगरी मनोविद् करुणा कुँवरले मेरो हिम्मत घट्न दिनुभएन। ४५ दिनसम्म म ड्रग नलिइ बसें। यसैबाट जीवन परिवर्तन भयो।
घर फर्किपछि पुरानो दिनचर्यामा किन र्फकनुभएन ?
घरका सबै मानिसले के सोचेका थिए भने फेरि पुरानै दिनचर्या सुरु हुन्छ, तर मैले घरका मानिसलाई भने, 'मेरो विवाह गरिदिनुहोस्, म बाँच्न चाहन्छु।' अचानक विवाहको प्रस्तावले घरका मान्छे छक्क परे। मैले थाहा पाइसकेको थिएँ, अब असल श्रीमतीले मात्र मलाई सम्हाल्न सक्छिन्। निकै कर गरेपछि मात्र परिवारले मेरो विवाह गरिदिए। भाग्य नै भन्नुपर्छ, मेरी श्रीमती असल परिन्। उनले लगातार मेरो औषधि मात्र गरिनन्, मेरो बाँच्ने चाहनालाई हौसला पनि दिइन्। राम्रो परामर्श र असल श्रीमतीका कारण मैले नयाँ जीवन पाएँ।
अब ड्रग्स लिनुहुन्न भन्ने के ग्यारेन्टी छ ?
मेरी एउटी छोरी छिन्। उनी हाँस्दा संसार हाँसेको देख्छु। मायालु श्रीमती छिन्, उनको प्रेम देखेर ईश्वरले यही प्रेम पाउन मलाई जन्माएका हुन् भन्ने लाग्छ। यो स्वर्ग छाडेर भोगिसकेको त्यो नर्कमा को पर्न चाहन्छ ? अब त एचआइभीपीडितहरूको परामर्शदाता पनि नियुक्त भएको छु।
सर्वोच्च अदालतका प्रधान न्यायाधीशलाई कार्यकारी प्रमुख बनाएर चुनाव गराउने चार दलीय योजनाको अहिलेको स्ट्याटस के छ?
हिजो चार पार्टीका प्रमुखले प्रधान न्यायाधीशसँग भेट गर्नुभयो। यो भेट-वार्तापछि उहाँहरुबीच एकपटक विज्ञहरूसँग सल्लाह गर्ने सहमति भयो। आज दिउसो नै विज्ञहरूसँग छलफल र सल्लाह हुँदैछ। त्यहाँबाट यो ठीक छ र ठीक छैन भन्ने दुवै राय आउला।
विज्ञ भनेको को?
विज्ञ भन्नाले कानुन क्षेत्रमा काम गर्ने साथीहरू। त्यसमा अब राज्यसँग रहेका कानुन क्षेत्रका साथीहरू पनि होलान् र कानुन व्यवसायी साथीहरू पनि होलान्। त्यहाँबाट के विचार आउँछ? त्यसपछि केही निष्कर्ष निस्कन्छ कि भन्ने झिनो आशा छ। यी सबैका बावजुद मलाई के लागिरहेको छ भने यसमा राष्ट्रपतिजीले आफैँ कुनै एउटा निर्णयमा पुग्नुपर्छ। चाहे त्यो दलहरूसँग सहमति गरेर होस्, स्वतन्त्र व्यक्तिको चयन गरेर होस् या प्रधान न्यायाधीशलाई नै नियुक्त गरेर किन नहोस्। उहाँ एउटा निष्कर्षमा पुग्नु जरुरी छ। सबैभन्दा उत्तम राजनीतिक विकल्प त दलहरूबीचको सहमतिबाटै अगाडि बढ्नु हो। त्यो भएन भने सरकारको सिफरिसमा भनुँ या आफ्नै स्वविवेकमा अथवा सर्वोच्च अदालतको राय लिएर राष्ट्रपति नै निष्कर्षमा पुग्नुपर्छ।
त्यसो भए तपाईंहरुले राजनीतिको बल राष्ट्रपतिको कोर्टमा फाल्दिनुभयो। होइन त?
नचाहँदा-नचाहँदै बल त्यहाँ पुगेको हो। हामीले चाहेको होइन। हामीले चाहेको राजनीतिक दलकै सहमतिमा सरकार हो। संविधान सभा विघटनपछि हामीले पहिले संविधानका विवादित मुद्दामा सहमति गर्न सकिन्छ भने फेरि किन संविधान सभाको निर्वाचन गर्ने? विवादित विषय टुंगो लगाउँ र छोटो समयका लागि भए पनि संविधान सभा पुनर्बहाली गरेर संविधान घोषणा गरौँ भनेका हौँ। तर, पाँच महिनाको छलफलबाट पनि कुनै निष्कर्ष निस्किएन। सहमति बन्न सकेन विवादित मुद्दामा। त्यसैले निर्वाचनमा जानुको विकल्प छैन भन्ने निष्कर्षमा हामी पुगेका हौँ। वर्तमान सरकारकै नेतृत्वमा सहमतीय सरकार गठन गरेर अगाडि बढ्ने कुरामा पनि हामीले सहमति जुटाउन सकेनौँ। अन्ततः नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठन भए हुन्छ, नेपाली काँग्रेसले निर्णय गरोस् यसमा भनियो। हामीले सुशील कोइरालाको नाम प्रस्ताव गरेपछि माओवादी पार्टी आफ्नो बोलीबाट पछि हट्यो। त्यहाँबाट अर्को समस्या उत्पन्न भयो। अहिले दलीय सहमतिको सरकार बन्न नसकेको परिप्रेक्ष्यमा निर्वाचित संस्था लामो समयसम्म नरहने स्थिति आयो। यसले गर्दा जनताको शक्ति केन्द्रित हुने ठाउँकै अभाव भयो। मूलरूपमा त्यसैले संविधान सभाको निर्वाचन गरौँ, जसले पछि संसदको पनि काम गर्छ भनेर हामीले त्यो निर्णय गरेका हौँ। जसरी हुन्छ, हामी निर्वाचनमा जानुपर्छ भन्ने उद्देश्य हो आजको दिनमा।
ल भन्नुस न, अहिले त कस्तो देखियो भने राजनीतिक दलका यत्रो राष्ट्रिय दायित्व बोकेका कुनै पनि नेता जिम्मेवार देखिएनन्। दुलाहा जसलाई बनाउने हो, उसको अभिप्राय नै नबुझी बिहेको निर्णय गरेजस्तो भएन यो? प्रधान न्यायाधीशलाई चुनावी सरकारको नेतृत्व गरिदिनुपर्यो भनेर अफर नै नगरी कुरा अगाडि बढाइएको रहेछ नि त।
होइन, होइन। कुरा भएकै हो। राष्ट्रपति कार्यालयमा राष्ट्रपतिज्यूकै पहलमा बसेको चार दलको बैठकमा राष्ट्रपतिले यो प्रस्ताव त पहिले मैले राखेको हुँ भन्नुभएको छ। तर माओवादी नेतृत्वले आफ्नो महाधिवेशनमा त्यो प्रस्ताव राखेर मात्र समस्या उत्पन्न भएको हो। राष्ट्रपतिले त्यसो गर्नुहुँदैनथ्यो पनि भन्नुभयो। प्रधान न्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्ने विषयमा चार दल बसेर सहमति गरेर अगाडि बढाउनुको साटो आफ्नो पार्टीको एजेन्डाका रूपमा प्रस्तुत गर्नुभयो प्रचण्डजीले यो प्रस्ताव। मलाई लाग्छ- राष्ट्रपतिले सहमतिको सरकार गठन गर्न जुन लामो समयदेखि पहल गर्नुभयो, त्यसैको सिलसिलामा यो एउटा विकल्प आएको हो।
राष्ट्रपतिले प्रधान न्यायाधीशलाई प्रम बनाएर भए पनि निर्वाचन गराउँछु भन्ने अठोट गर्नुभएको थियो भन्दै हुनुहुन्छ तपाईँ?
मलाई त्यही लाग्यो। उहाँले चार दलकै बीचमा छलफलका क्रममा भन्नुभएको थियो- 'जसरी पनि संविधान सभाको निर्वाचन गर्नु एकमात्र विकल्प छ मुलुकका लागि। त्यसका लागि सहमतिकै सरकार चाहिन्छ। मैले दलीय सहमतिको सरकार निर्माण गर्न पहल गरेको लामो समय भयो। तपार्इंहरूलाई मैले बारम्बार सम्झाएँ। बनाउन सक्नुभएन। स्वतन्त्र व्यक्ति, पूर्व न्यायाधीश, न्यायाधीश जसलाई राखेर भए पनि निर्वाचनमा मुलुकलाई लान सकिन्छ कि भनेर मैले नै प्रस्ताव अघि सारेको हुँ। त्यस कारणले कसले प्रस्ताव ल्यायो? कहाँबाट आयो भनेर तपाईंहरू तरंगित नहुनूस्। यदि प्रधान न्यायाधीशलाई बनाएर निर्वाचनको बाटोमा अगाडि बढ्न सकिन्छ भन्ने जस्तो तपाईंहरूलाई पनि लाग्छ भने छलफल गर्नूस्, सहमति गर्नूस्।' त्यसपछि त्यो आग्रहले आकार लिन खोजेकोमात्र हो। आकार लिइसकेको छैन। यसमा विभिन्न प्रकारका राजनीति, संवैधानिक प्रश्नहरू उठेका छन्। त्यसको सम्बोधनविना प्रधान न्यायाधीशकै नेतृत्वमा सरकार बनाउने सम्भावना मैले आजसम्म पनि कमै देखेको छु।
हिजो प्रधान न्यायाधीशले के भन्नुभएछ त?
मूलतः तीनवटा प्रश्न उठेका छन् अहिले। पहिलो- राजनीतिक वातावरण हुनुपर्यो सहमति गरेर निर्वाचनमा जानका लागि। दोस्रो- प्रधान न्यायाधीशले सरकारको नेतृत्व गर्न जे/जति संवैधानिक बाधा अडचन छन्, त्यो फुकाउनुपर्यो। फेरि सबै राजनीतिक पक्षबाट प्रश्न उठ्न थाल्यो भने विवाद बढ्छ र निर्वाचन हुने वातावरण बन्दैन। तेस्रो- जुन कार्यका लागि मलाई ल्याउँदै हुनुहुन्छ त्यो पूरा गर्न सकिएन भने कुनै व्यक्ति विशेषलाई भन्दा पनि मुलुकलाई सारै नराम्रो हुन्छ। त्यसैले मुलुकलाई फाइदा पुग्नेगरी तपाईंहरू पहिला सहमति गर्नूस्। मैले थाहा पाएअनुसार प्रधान न्यायाधीशले जोड दिनुभएका विषय यिनै हुन।
विज्ञहरूको रायबाट सरकार बन्ने वातावरण तयार हुन्छ त अहिले?
विज्ञहरूको राय आएपछि राजनीतिक दलका नेताहरूले त्यसबारे सोच्न थाल्छन् नि त। मलाई लागेको अहिलेको अन्तरिम संविधानका धाराहरूबाट हामीले कुनै पनि निष्कर्ष निकाल्न सक्दैनौँ। अन्तरिम संविधानबाट हामी अलिकति माथि उठ्नैपर्छ। अन्तरिम संविधान आफैँ क्रियाशील हुन सक्ने अवस्थामा छैन।
यसलाई भत्काएर?
भत्काएर होइन। यसलाई क्रियाशील बनाउनका लागि जहाँनेर बाधा परेको छ, त्यो बाधा त हटाउनुपर्यो नि! त्यो हटाउने कुरालाई संविधान नै भत्काउने कुरा त भन्नुभएन नि हामीले। यस संविधानलाई क्रियाशील गराउन जहाँ बाधा उत्पन्न भयो, त्यो त हटाउनु नै पर्यो नि। उदाहरणका लागि नयाँ संविधान सभाको निर्वाचन गराउनु छ अहिले तर, नयाँ संविधान सभाको निर्वाचनको परिकल्पना अन्तरिम संविधानले कहीँ पनि गरेको छैन। नयाँ संविधान सभाको निर्वाचनका लागि संविधानमा नै संशोधन गर्ने आवश्यकता छ।
समस्या के छ भने तपाईंहरू यतिबेला यस्तो कुरा गर्दै हुनुहुन्छ, जब देश प्रतिनिधिबिहीन छ। संविधान संशोधन गर्ने ठाउँ नै छैन। कसले गर्ने त्यो? सरकार र राष्ट्रपतिको आपसी समझदारीमा त्यो गर्न पनि तपाईं राजनीतिक दलहरूमा सहमति छैन। तपाईंहरू संविधान संशोधन गर्नु सक्नुहुन्न भने फेरि मुख त राष्ट्रपतिकै ताक्नुपर्यो। होइन?
मैले अघि नै भनें यो कुरा। निर्णय त राष्ट्रपतिले नै गर्ने हो आजको दिनमा। राष्ट्रपति निर्णयमा पुग्दाचाहिँ कुन तरिकाबाट पुग्ने भन्नेमात्र हो। राष्ट्रपतिले पनि चाहनुभयो र त्यसैले दलीय सहमतिका आधारमा निर्णयमा पुग्ने कोसिस गर्नुभयो। त्यसमा सहमति जुट्न सकेन।
प्रधान न्यायधीशको प्रसंगमा तपाईंहरू सबैजनाको बोली मिलेको छ नि। सबैजना एक ठाउँमा देखिनुभएको छ। तपाईंहरू सबैजना लाग्नुभएको छ प्रधान न्यायाधीशलाई प्रम बनाउन। यसको प्रेरणाचाहिँ कहाँबाट आयो?
सामान्यरूपमा हामीले हेर्दा राजनीतिक दलमा सहमति हुन नसक्दा बंगलादेशमा प्रधान न्यायाधीशको नेतृत्वमा चुनावी सरकार बन्यो र चुनाव भयो। झट्ट हाम्रो सामु त्यही उदाहरण आयो। मूलतः निर्वाचित संस्था नरहेको समयमा निर्वाचनलाई प्रमुख विषय मानेर हामीले विभिन्न विकल्पको खोजी गरेका हौँ। तर, त्यो विकल्प प्रयोगमा आइ नसकेको अवस्था हो अहिले।
यसो वातावरण हेर्दाखेरी त तपाईंहरूले प्रधान न्यायाधीशलाई नै सत्ता सुम्पने तय भएको जस्तो देखिन्छ नि? तपाईंहरु लागेको भए यो अस्तिनै सकिइसक्थ्यो होला। तर, प्रधान न्यायाधीशले नमानिदिँदा पो यस्तो भएको हो, होइन र?
ठीक भन्नुभयो। चार पार्टीका प्रमुखहरूले लगभग सहमति जनाइसकेकै कुरा हो।
तपाईंहरू देशमा उपस्थित त्यत्रा मुद्दाहरू कुनैमा पनि सहमतिमा पुग्न नसक्ने। अहिले प्रधान न्यायाधीशलाई प्रम बनाउने कुरामा रातारात कसरी एकै ठाउँमा उभिन आइपुग्नुभयो? कसले घच्घच्यायो तपाइंहरुलाई? उत्प्रेरक तत्व को हो यसको?
हामी कहाँ रातारात सहमतिमा पुगेका हौँ र? जेठ १४ देखि बल्ल यहाँसम्म आइपुगेका छौं। निकै समय लाग्यो नि।
तपाईंहरूको मौलिक आइडिया हो यो?
मौलिक आइडिया नै हो। खाली पहिला कसले फ्लोट गर्यो भन्नेमात्र हो। त्यो राष्ट्रपतिले नै गर्नुभएको होे।
राष्ट्रपति र प्रचण्डबीच महिना दिनअघि नै सहमति भइसकेको थियो भन्ने कुरा पनि आएको छ बजारमा। बाबुरामजीले महाधिवेशनभन्दा दुई दिनअघि मसँग कुरा गर्दा महाधिवेशनबाट सरकार निर्माणका लागि अमोघ अस्त्र लिएर आउछौँ भन्नुभएको थियो। यसका तन्तुहरू केलाउँदै केलाउँदै जाँदा यसको ओरिजिनचाहिँ कहाँ हो भनेरमात्र मलाई चासो लागेको।
मेरो विचारमा यो विचारको ओरिजिन राष्ट्रपति नै हो। हामीहरुले बाहिर छलफल गरेर निष्कर्ष ननिक्लने देखेर उहाँले राष्ट्रपति कार्यालयमा नै छलफल गर्न लगाउनुभयो। नास्ता, पानी सबै त्यहीँ व्यवस्था गरेर। जसरी हुन्छ उहाँले सहमतिमा पुर्याउने कोसिस गर्नुभएको हो।
राष्ट्रपतिको यो एजेन्डा हो भने जुन किसिमले माओवादीका दुईजना प्रमुख नेता प्रचण्ड र बाबुरामले यसलाई बोकिरहेका छन्, त्यही प्रतिबद्धतासाथ तपाईंहरूले किन यसलाई बोक्नुभएको छैन त?
राष्ट्रपतिले पहिला हामीलाई आफैँ मिल्नूस् भनेर धेरै पटक भन्नुभयो। त्यसमा कुरा नमिलेपछि स्वतन्त्रको कुरा आयो। त्यो पनि नभएपछि पूर्व न्यायधीशको कुरा आयो र त्यसपछि मात्र प्रधान न्यायाधीशको कुरा आएको हो। राष्ट्रपतिज्यूले दुई किसिमको भेट गर्नुभएको थियो। एउटा सबै दलका नेताहरूलाई छुट्टाछुट्टै भेट्नुभयो। अर्को सबैलाई सँगै भेट्नुभएको थियो। यसरी उहाँले देशलाई निकास दिन जुन प्रयास गर्नुभयो, त्यही प्रयासको सिलसिलामा नै यो अहिलेको विषय आयो। तर, प्रचण्डजीले हामीलाई उछिन्नका लागि महाधिवेशनमै यो प्रस्ताव राख्नुभयो। समस्याचाहिँ त्यहाँबाट उठेको हो। मलाई लाग्छ, शायद प्रचण्डजीले महाधिवेशनमा यो कुरा नराखेर चार दलकै बैठकमा पहिला राखेको भए अलिकति सहज ढंगमा निष्कर्षमा पुर्याउन सकिन्थ्यो कि?
उहाँभन्दा अगाडि तपाईंले पनि त भन्न सक्नुहुन्थ्यो नि?
भन्न सकिन्थ्यो। भनिएन। वार्ता गरेर कुनै कुरा निष्कर्षमा पुर्याउनु छ भने पार्टीले यसलाई आफ्नो एजेण्डाका रूपमा लैजानु हुँदैन। त्यसो भयो भने कहिल्यै पनि सहमति हुँदैन। नेपाली काँग्रेस, माओवादी, एमाले, मधेसी मोर्चा कसैको पनि निर्णयलाई अघि सारेर सहमतिमा पुग्न सकिँदैन। त्यसैले वार्ताको संवेदनशीलता र वार्तामा नेताहरूबीच हुने पारस्परिक तनावलाई ध्यानमा राखेर हामी बोली नहालेका हौं। वास्तवमै हामी निष्कर्ष निकाल्न खोज्छौँ भने यस्तो कुरा वार्ताको टेबलमा उठाउनुपर्छ। ठिक छ, आ-आफ्नो पार्टीमा छलफल गर्नुपर्छ। तर त्यो पार्टीमै सीमित राख्नुपर्छ। वार्ताको त्यो सामान्य नियम नै हो। नेपालको शान्ति प्रक्रियाकै नियम हो यो। जब पहिलो दिनको वार्ता हुन्छ र त्यहाँ भएका मत/मतान्तरहरू प्रेसमार्फत् बाहिर जान्छ, त्यसबेला सहमति गर्न निकै कठिन हुन जान्छ। यो विगतमा पनि देखिएको छ। प्रचण्डजीले महाधिवेशनमा यो प्रस्ताव राखेर गल्ती गरेकै हो।
यो त केवल दोषरोपण गर्ने कुरामात्र भयो। प्रचण्डजीले नबोल्नुभएको भए कुरा मिल्थ्यो भन्ने तर्कको त कुनै आधार नै छैन नि? प्रचण्डजीले जे प्रस्ताव गर्नुभयो, हिजो प्रधान न्यायाधीशले जे भन्नुभयो, आज जे खबर बाहिर आयो, त्यो त फरक छ नि। तपाईंहरू जेठमा निर्वाचन गराउने भन्नुहुन्छ। तर, प्रधान न्यायाधीश जेठमा निर्वाचन गराउन सकिएन भने समय हेरेर गराउने भन्नुहुँदैछ त?
जेठमै निर्वाचन गराउन सकिन्छ कि सकिँदैन भनेर अहिले नै भन्न गाह्रो छ। निर्वाचन गराउन निर्वाचन आयोगको औपचारिक बैठक बसेर नीतिगत कार्ययोजना पेश गरेको सय दिनमा मात्र सकिन्छ, थोरैमा। तर समय हेर्दा एकदमै खड्केको लाग्छ। जेठको मसान्ततिर सय दिन पुग्ने भएको छ। जेठको अन्तिमतिर त वर्षा सुरु हुने सम्भावना पनि त्यत्तिकै छ। त्यो भयो भने पनि निर्वाचन हुन सक्छ नि। जोसुकैको सरकार बने पनि सरकारकै कारणले निर्वाचन नहुने भन्ने हुँदैन। यो त राजनीतिक दलहरूको पारस्परिक सम्बन्धमा र प्राकृतिक मौसममा आधारित हुन्छ। सबै राजनीति दलहरूको सहमति मै निर्वाचन हुने भयो भने पनि त जेठमा हुने निर्वाचनलाई वर्षाले रोक्न सक्छ। त्यसैले प्रधान न्यायाधीशले प्रमुख पार्टीहरूबाट उचित समयमा निर्वाचनमा जाने प्रतिबद्धता खोजेको हुनुपर्छ। किनकि, उहाँले चाहेर वा नचाहेर त निर्वाचन हुने/नहुने होइन। यो राजनीतिक दलको भूमिका, निर्वाचन आयोग र मौसममा जोडिन्छ।
पानी परेको बेलामा निर्वाचन हुँदैन भनेरचाहिँ कहाँ लेखेको छ? सधैं पानी पर्ने देश छन्, सधैं हिउँ पर्ने देश छन्। त्यहाँ पनि चुनाव भएको छ।
तर, नेपालमा त्यो सम्भव छैन। वर्षा सुरु भएपछि जनता भोट हाल्नै आउँदैनन्। खुल्ला ठाउँमा भोट खसाल्नुपर्छ। कहाँ पानीमा रुझ्दै मान्छे भोट हाल्न आउँछ? हिँउदमा पनि हिँउ पर्ने बेलामा निर्वाचन सम्भव छैन।
तपाईं नेपाली काँग्रेसका यस्ता वार्ताकार हुनुहुन्छ, जो ठूला ठूला वार्ताहरू सहज ढंगमा सल्टाउनुभएको छ। तर पछिल्लो समयमा भने तपाईं वार्तामा असफल देखिँदै आउनुभएको छ। तपाईंले सुशीलजीलाई प्रधानमन्त्री बनाउन सक्नुभएन, हैन?
वास्तवमा मलाई लागेको थियो- सुशील दाइ प्रम हुनुहुन्छ भनेर। तपाईंले अहिले यो प्रश्न उठाउँदा हामी असफल भएकै हो जस्तो लाग्छ। यो हुन नसकेको कारण प्रचण्डजीले आफ्नो कुरा फेरेर पनि हो। त्यसमा मलाई ठूलो दुःख लागेको छ। कुरा धेरै कोट्याउन चाहन्न म।
प्रचण्डजीसँग त तपाईँको सम्बन्ध निकै सुमधुर छ नि त सुरुदेखि नै?
वार्तामा धेरै पटक उठबस भएकाले मानवीय संवेदना गाँसिएको हुन्छ। त्यो स्वाभाविक हो। राजनीतिकरूपमा उहाँले मलाई काँग्रेसकै महामन्त्रीका रूपमा हेर्नुहुन्छ, मैले उहाँलाई माओवादीको अध्यक्षकै रूपमा हेर्ने हो। तर वार्तामा अलिकति मानवीय संवेदनाले पनि काम गर्छ। एउटा विश्वासको वातावरण बनाउन मद्दत गर्छ। तर उहाँले त्यो विश्वास तोड्नुभयो। सुशील कोइरालाको नाममा सहमति भएपछि अहिले भएका जटिलता कसरी हटाउन सकिन्छ भनेर विभिन्न पार्टीका विज्ञहरू राखेर टोली पनि बनाइएको थियो। त्यसले काम पनि गर्न थालिसकेको थियो। त्यो दुई दिनमा सबै भत्कियो। लागु गराउन सकिएन। हामी त्यसमा असफल भयौँ। त्यसमा मलाई दुःख लाग्छ।
असफलताको कारण के त? तपाईं त असफल हुनेखालको मान्छे त होइन?
मैले तीतो शब्द किन भन्ने? प्रचण्डजीले जे भन्नुभएको थियो, जे वचन दिनुभएको थियो, त्यो पूरा गर्नुभएन।
उहाँको पार्टीभित्रको आन्तरिक जटिलताको कारणले हो कि? त्यो जटिलता तपाईंकै पार्टीभित्र पनि त छ!
उहाँको पार्टीको आन्तरिक जटिलता पनि हुन सक्छ। मलाई पनि त्यो लाग्छ। उहाँले सहमति गर्नुभयो तर बाबुरामजीले मान्नुभएन कि? हामीले कुरा गर्दा त पार्टीकै प्रमुखसँग कुरा गर्ने हो नि।
तपाईंहरूले पनि त प्रचण्डसँग तेरो उपाध्यक्षको टाउको ले भनेर माग्नुभयो नि, होइन? अराजनीतिक भाषामा त त्यही भन्नुभएको हो नि?
हैन, हैन। त्यो भाषा त एकदमै कडा भयो नि। (हा...हा...) त्यस्तो होइन।
तपाईंले माओवादी र काँग्रेसको सम्बन्ध नङ र मासुको जस्तो बनाउनुभएको थियो। संविधान सभाको निर्वाचनपछि मात्रै अलिकति अन्योलता आएको हो। त्यसपछिको माधवकुमार नेपालको पालामा पनि गिरिजाबाबु र प्रचण्डको सम्बन्ध एकदमै घनिष्ठ थियो। एकाएक त्यो बिग्रनु भनेको त खराब नै हो नि, हैन?
कुरा के हो भने गिरिजाबाबु हुँदा जुन निर्णय लिने क्षमता उहाँमा थियो, त्यो कसैमा पनि रहेन अब। त्यसबेला प्रचण्डजीसँग पनि जुन निर्णय गर्ने क्षमता थियो त्यो पनि आजको दिनमा रहेन। जतिबेला हामी शान्ति प्रक्रियाको डकुमेन्ट बनाउँदै थियौँ, त्यतिबेला प्रचण्डजीले के भन्नुहुन्छ भनेर बाबुरामजी, वैद्यजीहरू हेर्नुहुन्थ्यो। उहाँले भनेपछि फाइनल हुन्थ्यो, कुनै डिस्कसन हुँदैन थियो। कमान्ड थियो। जुन कमान्ड उहाँको तत्कालीन पार्टीभित्र थियो, त्यो अहिले देखेनौँ हामीले। त्यो पार्टी फुट्यो नै पिस प्रोसेसकै इस्युमा।
उहाँहरूको पार्टी त फुट्यो तर गिरिजाबाबुको देहावसानपछि तपाईंको पार्टीमा त निर्णय गर्ने क्षमता नै देखिएन नि?
निर्णय गर्ने क्षमता छैन काँग्रेसमा त नभनौँ।
खै त अहिलेसम्म के निर्णय गर्यो? तपाईंहरू कसिस्टेन्टल्ली कुन कुरामा टिक्नुभएको छ? एमालेसँग मिलेर पत्रकारको बुई चढेर आन्दोलन गर्न दैलेख जानुभयो। त्यो आन्दोलन कोहलपुर नआइपुग्दै समाप्त भयो त?
त्यस्तो होइन। पहिले गिरिजाबाबु हुँदा एकल नेतृत्व थियो। अहिले हाम्रो पार्टीको मूल निर्णय के हो भने नयाँ संविधान सभाका लागि सहमतीय सरकारमा नयाँ निर्वाचन। काँग्रेसले एउटा नाम दिनुपर्यो भनेपछि हामीले सुशील कोइरालाको नाममा निर्णय गर्यौँ। नयाँ संविधान सभाको निर्वाचन गर्न सम्वाद र संघर्ष दुवै सँगै बढाउँछौँ भनेर हाम्रो पार्टीले निर्णय गर्यो। हामीले दुवैलाई सँगै लैजान्छौँ भनेका थियौँ। यताको दिनमा आएपछिचाहिँ वार्तालाई नै निर्णयमा पुर्याउनुपर्यो भनेर नेतात्रय सुशील कोइराला, शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई निर्णय गर्ने जिम्मा दिएका छौँ।
तपाईंहरूले जसको हातमा राज्यलक्ष्मी बुझाउने तरखर गर्नुभएको थियो त्यो दुलाहा नै म बिहे गर्दिन भन्ने दोमनको देखा पर्यो, होइन? तपाईंहरूले दुलाहासँग कुरै नगरी सिधै गएर बिहे गर भन्नुभएको रहेछ नि हैन? अहिले त्यस्तै देखिएको छ नि? तपाईंहरूको राजनीतिक क्षमता भइदिएको भए त प्रधान न्यायाधीश गुहार्नै पर्दैन थियो नि, हैन र?
राजनीतिक दलकै सहमतिमा राष्ट्रिय सहमतिको सरकार बनाउने कुरामा सहमति थियो। त्यो सर्वोत्तम विकल्प थियो। त्यसपछि अर्को विकल्प भनेको स्वतन्त्र व्यक्तिको नेतृत्वमा निर्वाचनमा जाने भन्ने थियो। त्यो पनि नभएपछि न प्रधान न्यायाधीशको कुरा आएको हो। निर्णय गर्न नसकेकाले त्यहाँ पुगेको होइन नि त। को बन्ने भन्ने सहमति गर्न नसकेकाले हो। यसलाई नेगेटिभरूपमा मात्र हेर्नुभएन। राजनीतिक दलले नेतृत्व नै गर्न नसकेको होइन, सहमति जुटाउन नसकेको हो।
तपाईंले अघि बंगलादेशको उदाहरण उठाउनुभयो। त्यहाँ जति नै ठूलो मत/मतान्तर भए पनि आर्थिक विकासलगायत्का कुरा त रोकिएको छैन। हामीकहाँ त्यो किन रोकिन्छ?
बंगलादेश र हामीमा फरक छ। त्यो एउटा नयाँ देश हो। संक्रमणकालीन अवस्था पार गरेर नयाँ संविधान उसले प्रप्त गरिसकेको अवस्था छ। केवल त्यसको कार्यान्वयनमा समस्या देखिएको हो। हामीकहाँ फेरि संघीयता जस्तो नयाँ र नौलो कुराको पनि त उठान भयो। नेपाल लोकतान्त्रिक संघीय गणतन्त्रमा जाने भन्ने कुरामा अब कुनै विवाद नै रहेन। तर संघीयतामा कसरी जाने भन्ने कुरामा न सहमति हुन नसकेको हो नि।
यो त माओवादी र काँग्रेस दुवैका लागि नौलो कुरा हो। तर तपाईंहरूले योबारे कहिल्यै छलफल नै गर्नुभएन, किन?
त्यस्तो होइन। संघीयतामा जाने कुरामा कसैको पनि दुई मत छैन। एक दुई वटा साना दललाई छाडेर।
बाह्र बुँदे समझदारी, जुन अहिले डढिसक्यो। त्यो बेलामा पनि त संघीयताको कुरा उठेको थियो होला नि?
बाह्र बुँदे समझदारी अझै कायम छ। त्यो डढिसक्यो भन्ने पक्षमा म छैन। त्यसको कार्यदिशा अझै कायम नै छ। तर बाह्र बुँदे समझदारी गर्दा राज्य पुनःसंरचनाको कुरामात्र भनिएको थियो। पछि हामीले त्यसलाई मधेसबाट उठेको असन्तुष्टिपछि अन्तरिम संविधानमा सम्बोधन गर्यौँ। राज्य पुनर्संरचनाकै ठाउँमा हामीले संघीयताको कुरा उल्लेख गर्नुपर्थ्यो। त्यसमा गल्ती भएकै हो। हामीलाई राज्य पुनर्संरचना भनेरै संघीयतामा पुग्न सकिन्छ भन्ने लागेको थियो। तर मधेस आन्दोलनपछि हामीले त्यो गल्ती स्वीकार गर्यौँ र त्यसलाई सम्बोधन पनि गर्यौँ। अब संघीयता हुन्छ या हुँदैन भनेर विवाद गर्नुको कुनै औचित्य छैन। यसमा देश निकै अगाडि बढिसक्यो।
संघीयता हुन्छ। त्यसमा कुनै दुई मत भएन। तर कस्तो किसिमको संघीयता त?
हो, त्यसमा धेरै मतभेद छ।
जति मतभेद छ, त्यति डिबेट पार्टीहरूले गरेका छैनन् नि?
म मान्छु यो कुरा। पार्टीले जुन स्तरमा डिबेट गर्नुपर्ने हो, त्यो गरेको छैन। जनतामा त्यो लैजानुपर्थ्यो र पार्टीमा उठाउनुपर्थ्यो, त्यो भएन।
तपाईं पार्टीको महामन्त्री पनि हुनुहुन्छ। तपाईंले किन उठाउनुभएन त?
हामीले उठायौँ। म के स्वीकार गर्न चाहन्छु भने हामीले राज्यको पुनःसंरचना गरेर कहिले छ प्रदेशमा पुग्यौँ, सात प्रदेशमा पुग्यौँ। भन्न खोजेको के भने हामीभित्रै पनि मतभेद छ नि त। संघीयतालाई हेर्ने दृष्टिकोणमा मतभेद छ। तर, एउटा कुरामा नेपाली काँग्रेस पार्टीभित्र आमसहमति छ, त्यो भनेको संघीयताकै संविधान आउनुपर्छ भनेर।
अहिले यस्तो तरल अवस्था छ। जातजातिको हिसाबमा भन्दा पनि राजनीतिक हिसावमा देश विभाजित छ। तपाईंहरू विकल्प खोज्नुहुन्छ, त्यो प्रयोग नै गर्न नपाई तुहिएको अवस्था छ। राजनीतिक दलबीच पानी बाराबारको स्थिति छ। यस्तो अवस्थामा देश कसरी सुस्थिर हुन्छ जस्तो लाग्छ?
यसमा मेरो ठीक विपरित धारणा छ। राजनीतिक दलबीच पानी बारबारको स्थिति छैन। राजनीतिक दलहरू बारम्बार भेटिरहेका छन्, औपचारिक/अनौपचारिक छलफल भइरहेका छन्। हामी बैठकमा बसिरहेका छौँ। हामीबीच एकदमै हार्दिकताको सम्बन्ध छ।
तपाईंहरूबीच हार्दिकताको सम्बन्ध त छ तर जनतालाई नाटक देखाइरहनुभएको छ। पुतलीको खेल?
पुतलीको खेल त होइन तर के भने इस्युमा सहमति भएन। नेताहरू दलको घेराभन्दा माथि उठ्न सक्नुभएन। यो कुनै एउटा दललाई मात्र लागु हुँदैन। सबै दललाई लागु हुन्छ।
गिरिजाप्रसाद कोइरालापछि तपाईंहरूले केही गर्नै सक्नुभएन त?
गिरिजाबाबुले जुन ढंगबाट शान्ति प्रक्रिया हाँक्नुभयो, त्यहीरूपमा हामी जान नसकेकै हो। तर उहाँले दिनुभएको कार्यदिशा नेपाली काँग्रसले छाडेको छैन।
गिरिजाप्रसादले निर्माण गर्नुभएको त्यो बाह्र बुँदे समझदारीलाई काँग्रेसले कहिल्यै ग्रहण गरेको देखिएन। मान्नुहुन्छ यो कुरा?
अहँ, मान्दिन। किनभने नेपाली काँग्रेसको बाह्रौँ महाधिवेशनमा हामीले त्यो शान्ति प्रक्रियामा हामी प्रतिबद्ध छौँ भनेर निर्णय गरेका छौँ। पुराना कुरा धेरै कोट्याउन चाहन्न म, धेरै निर्णय माओवादीले ढिलो गरी गर्दा धेरै समस्या उत्पन्न भएका हुन्। उहाँहरूको पार्टी पनि फुट्यो।
प्रधान न्यायाधीशमा पनि कुरा नमिलेर लम्बियो भने देश कतातिर जान्छ त?
राजनीति भ्याक्युम जति लम्बिएर जान्छ, मूलतः प्रजातन्त्रले नै दुर्गति भोग्नुपर्छ।
होइपोथेटिकल कुरा गरौँ। यदि प्रधान न्यायाधीशको नेतृत्वमा पनि सहमति हुन सकेन भने अहिलेकै सरकार कन्टिन्यु हुन्छ कि के हुन्छ?
अहिले गठबन्धनमा रहेका कुनै पनि नेताको नेतृत्वमा सहमतीय सरकार बन्न सक्ने सम्भावना मैले देखेको छैन।
त्यो पनि नहुने, यो पनि नहुने। त्यसो भए के त जर्नेल लिएर आउने?
तपाईंले भनेजस्तो जर्नेलको तहसम्म नपुग्ला। त्यहाँसम्म त पुग्दै पुग्दैन, त्यो त डिजास्टर हो।
डिजास्टर आउनुअघि यस्तै सन्नाटा हुन्छ नि, हैन?
तपाईंको विश्लेषण ठीक हो तर त्यो आउनुअघि हामी त्यसलाई रोक्छौँ। त्यो अवस्थामा पुग्न दिँदैनौँ।
तपाईंहरूको कुरामा जनताले विश्वास नै गर्न छाडिसके। तपाईंहरू कहिल्यै ठेगानको कुरै गर्नुहुन्न, हैन?
विश्वास नै गर्न छाडे त म भन्दिन तर हाम्रो कमजोरीप्रति भने जनता पनि दिक्क भइसकेका होलान्। अझै पनि जनतामा विश्वास निर्माण गर्न सक्नुपर्छ। त्यसैले अब निष्कर्षमा पुग्नैपर्छ।