mainpageads

गगन थापालाई १० दिनभित्र अदालतमा उपस्थित हुन आदेश

काठमाडौँ - संविधान सभा अदालतले काठमाडौँ क्षेत्र नं ४ का विजयी उम्मेदवार गगन थापा र दोलखा–१ का पार्वत गुरुङलाई १० दिनभित्र संविधान संविधानसभा अदालतमा उपस्थित हुन आदेश जारी गरेको छ।

उक्त अदालतका अध्यक्ष कल्याण श्रेष्ठ तथा सदस्यद्वय गिरीशचन्द्र लाल र सुशीला कार्कीको इजलासले काठमाडौँ–४ का थापा र दोलखा–१ का गुरुङका साथै निर्वाचन आयोग, सम्बन्धित क्षेत्रका निर्वाचन अधिकृत लगायतलाई आवश्यक कागजातसहित १० दिनभित्र उपस्थित हुन भनेको हो।

निर्वाचनमा पराजित दोलखा–१ का एनेकपा(माओवादी)का पराजित उम्मेदवार नेता विशाल खड्काले नेकपा एमालेबाट विजयी पार्वत गुरुङविरुद्ध आज संविधानसभा अदालतमा उजुरी दर्ता गराएका थिए।

यसअघि नेपाली काँग्रेसका उम्मेदवार जीपछिरिङ लामाले पनि विपक्षी गुरुङविरुद्ध संविधानसभा निर्वाचनमा धाकधम्कीसहित गुण्डागर्दी गरेर मतदान केन्द्र कब्जामा लिने काम भएको आरोप लगाउँदै पुनः निर्वाचन गराउन पर्ने माग सहित उजुरी गरेका थिए।

उजुरीमा निर्वाचन आयोग, सम्बन्धित क्षेत्रका निर्वाचन अधिकृतलगायतलाई विपक्षी बनाइएको छ।
-रासस


1 comments

म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts