खानामा पौष्टिक तत्वको कमी, लामो समयसम्म
नखाने वा पेटभर नखाने, खानमा भन्दा काममा बढि जोतिने लगायतका कारणले मान्छे
दुब्लो र ख्याउटे बन्नसक्छ । त्यस्तै विभिन्न खाले रोगहरु पनि दुब्लाउनुका
कारण हुनसक्छन् । यद्यपि बढि मोटो हुनु राम्रो होइन, तर उमेर र उचाइ
अनुसार जिउ ठिक्क मोटोघाटो भने हुनुपर्छ ।
मान्छेको लागि बढि मोटोपन मात्र होइन
अत्यधिक ख्याउटेपन पनि रोगको कारकको रुपमा रहेको हुन्छ । त्यसैले निकै
दुब्लो सरीर भएकाहरुले खानपान लगायतमा ध्यान दिएर तौल बढाएर ठिक्क
बनाउनुपर्छ । हामीले यहाँ केही खानेकुराको नाम प्रस्तुत गरेका छौँ, जसमा
हुने उच्च क्यालोरी, प्रोटिन तथा चिल्लो मान्छेको वजन बढाउन कामयावी हुन्छ ।
त्यसैले निकै दुब्लाएर चिन्तामा रहेका वा तौललाई बढाएर मोटोघाटो बन्न
चाहनेहरुका लागि यी खानेकुरा फलदायी हुन्छन :
· बदाम
· नरिवलको पानी
· नौनी घिउ
· ओखर
· केरा
· काजू
· ब्राउन राइस
· पेस्ता
· आलु
· सिमी
· पनीर
· अण्डा
· साल्मन तथा झिँजे माछा, मासु
· किसमिस
· चिज
यो सँगै भात तथा कोदो र मकैको ढिँडो पनि वजन बढाउनका लागि सहयोगी खाना हुन् ।
कुनैपनि महिलाका लागि आफ्नो श्रीमानले
घरायासी काममा सघाओस् भन्ने लाग्छ र घरधन्दामा लोग्नेले सघायो भने महिला
खुबै मख्ख पर्छन् । श्रीमतीहरु यस्ता कामकाजी लोग्नेहरुलाई अझै फुर्काएर
बढि काममा जोताउन चाहन्छन् । तर श्रीमतीले आफुलाई काममा जोताउनका लागि
फुर्काइरहेकी छे भन्ने कुराको चियो भने पुरुषहरुले पाइसकेका हुन्छन् ।
त्यसैले श्रीमतीका सबै प्रसंसा पुरुषहरुका लागि पि्रय हुँदैनन् ।
मनोविज्ञहरुका अनुसार पुरुषहरु आफुप्रति
गरिने त्यस्ता प्रसंसा मात्र सुन्न चाहन्छन् जसले उनीहरुको ‘इगो’ लाई
बढाइदिन्छ । यहाँ केही त्यस्ता प्रसंसाहरु छन् जो आफ्नी जिवनसंगिनीको
मुखबाट सुन्न चाहँदैनन् पुरुषहरु । आफ्नो जिवनसाथीलाई फुर्काउने नाममा
श्रीमतीहरु श्रीमानलाई यस्ता प्रसंसा गर्नबाट आफुलाई रोक्न सकेभने अवश्यपनि
उनीहरुको दाम्पत्य जिवन सुखी हुन्छ । पुरुषले सुन्न नचाहने केही
प्रसंसाहरु ः
१. मैले तिमीलाई मन पराउने कारण तिमीमा भएको निकै गम्भीरता हो ।
२. निकै निकै बच्चाजस्तो इमोसनल छौ ।
३. ओहो, धन्य तिमीले बजारबाट बल्ब किनेर ल्याएर उज्यालो पारेछौ ।
४.मलाई तिम्रो भुँडी मन पर्छ ।
५. तिमी घरायासी काममा खुबै निपूर्ण छौ ।
स्याउलाई निकै हितकारी फल मानिन्छ । यो
पौष्टिक तत्वले भरिपूर्ण हुन्छ । यसले केवल रोगसँग लड्न मद्दत मात्र गर्दैन
सरीर स्वस्थ राख्न वा रोगको रोकथामकै लागि सहयोग गर्छ । वैज्ञानिक
अध्ययनले पनि के पुष्टि गरेको छ भने स्याउले मुटुरोग, क्यान्सर तथा मधुमेह
सँगै विभिन्न खालका मस्तिष्क रोग जस्तै अल्जाइमर तथा पार्किन्सन्स जस्ता
रोगबाट समेत बचाउन ठूलो सहयोग गर्छ ।
स्याउ रेशायुक्त फल हो । यसमा प्रसस्त
फाइबर पाइन्छ । स्याउको नियमित सेवनले पाचन क्रियालाई समेत सन्तुलित र
नियमित गर्न मद्धत गर्छ । साथै स्याउमा एन्टी अक्सिडेन्ट तत्व प्रचूर
मात्रामा पाइन्छ जसले विभिन्न खालका रोगसँग प्रतिरोधी क्षमता बढाउने मात्र
होइन छिटो बुढ्यौली लाग्ने रोग अर्थात् समस्यालाई समेत कम गर्ने बताइएको छ ।
स्याउका अन्य केही फाइदा यसप्रकार छन् :
- स्याउमा प्रसस्त मात्रामा आइरन तत्व पाइन्छ । स्याउको नियमित सेवनले रक्तअल्पता हुनबाट बचाउँछ ।
- स्याउले क्यान्सरको खतरा कम गर्छ । स्याउमा हुने एक विशेष तत्व क्वरसिटिनले सरीरका कोषिकाहरुलाई नष्ट हुनबाट जोगाउँछ ।
- स्याउमा पाइने पेक्टिन तत्वले सरीरमा ग्लाक्ट्रोनिक एसिडको अभाव पूर्र्ति गर्छ । यसबाट इन्सुलिनको मात्रा सन्तुलित हुन्छ र मधुमेहको जोखिम कम हुन्छ ।
- स्याउले पाचन प्रक्रियामा हुने गडबडीलाई पनि हटाउँछ । बोक्रैसित स्याउ खाएमा कब्जियत जस्ता समस्या हल हुन्छन् ।
- स्याउमा घुलनशील फाइबार पाइन्छ जसले रगतको कोलेस्टेरोललाई कम गर्छ ।
- स्याउ नियमित खानाले मोटोपन पनि कम हुन्छ ।
- स्याउमा पाइने एन्टिअक्सिडेन्टका कारण सरीरमा रोग प्रतिरोधी क्षमता मजबुत हुन्छ ।
- स्याउले सरीरका विषाक्त पदार्थहरु निस्कासन गर्न तथा कलेजो लगायतका अंगलाई स्वस्थ राख्न मद्धत गर्छ ।
- स्याउमा इन्टीभाइरल प्रोपेर्टियस तत्व पाइन्छ, यसले ब्याक्टेरिया तथा भाइरस नियन्त्रण गर्न मद्धत गर्छ । यसमा मुखमा थुकको मात्रा पनि बढाउँछ । साथै दाँतलाई पनि स्वस्थ बनाउन मद्धत गर्छ ।
- स्याउले मुगौला तथा मुत्रथैलीको पत्थरी बाट बचाउन पनि सहयोग गर्छ ।
- हड्डीलाई बलियो तथा मजबुत बनाउन पनि स्याउको नियमित सेवन सहयोगी हुने बताइएको छ ।
परिवर्तित मौसमसंगै हाम्रो छालाको पनि हेरचाह त्यही अनुरुप गर्नुपर्छ ।
यदी छालाको स्याहारसुसार सही रुपमा गरिएन भने छालामा रोग तथा समस्याहरु
उत्पन्न हुन सक्छ । अहिले भित्रिएको यो गर्मी मौसममा पनि छालाको विशेष
हेरचाह गर्नुपर्छ । होइन भने टैनिंग, घामले पोल्नु, डंडिफोर, रैशेज र
पसिनाको दुर्गन्ध जस्ता समस्याले सताउँन सक्छ । त्यसैले यी समस्याहरुबाट
छुट्कारा पाउनका लागि यी पाचँ उपायहरु अपनाउनु पर्ने हुन्छः
- गर्मीका कारण छालामा एलर्जी र रैशेज जस्ता समस्याहरु आउन सक्छ त्यसैले ध्युकुमारीको जेल पनि लगाउन सकिन्छ, या नुहाउने पानीमा थोरै बेकिंग सोडा मिलाएर नुहाएमा पनि गर्मिका कारण हुने एलर्जीबाट छुट्कारा पाउन सकिन्छ ।
- डंडिफोरबाट बच्नका लागि एक चम्चा कागतीको रसमा बदामको तेल मिसाएर अनुहारमा लगाउन सकिन्छ, या पुदीनाको रसलाई अनुहारलाई लगाएर आधा घण्टापछि धुने गरेमा पनि डंडिफोरबाट छुट्कारा पाउन सकिन्छ भने गर्मीबाट पनि आराम मिल्नेछ ।
- यदी घामबाट छालालाई असर परेको छ भने भिजाएको एक कपडा या बर्फबाट छालालाई सेक्न सकिन्छ, आलुलाई मिक्सरमा पिसेर यसको रसलाई घामले पालेको ठाउँमा लगाउनाले पनि आराम मिल्नेछ ।
- गर्मिमा पसिनाको दुर्गन्धबाट बच्नका लागि सकेसम्म धेरै मात्रामा पानी पिउने, नुहाउने पानीमा एक चम्चा व्हाइट वेनेगर मिसाएर नुहाउने या नुहाउने पानीमा गुलाबजल हालेर नुहाउदा पनि पसिनाको दुर्गन्धबाट बच्न सकिन्छ ।
- घामबाट छाला टैन हुने गर्छ त्यसैले कागतीको रस, गुलाबजलको रस मिलाएर छालामा लगाउदा पनि हुन्छ ।
पुरुष चालकको तुलनामा महिला चालकले गाडि चलाइरहेका बेला गालिगलौजको भाषा धेरै बोल्ने गरेको एक अध्ययनले देखाएको छ ।
अध्ययन अनुसार ४८ प्रतिशत महिला चालकले आफ्नो गाडि गुडाइको दौरान अर्को गाडिको चालक, यात्रु वा बटुवालाई सराप्छन् । जबकी यसरी अरुलाई सराप्ने पुरुष चालक सयमा ४० जनामात्र हुन्छन् ।

बेलायतको कार बिमा कम्पनी डाइरेक्ट लाइनले गरेको सर्भेक्षणका अनुसार समग्रमा रुखो बोली बोल्ने चालक सयमा ४३ जना हुन्छन् ।

२. प्रत्येक एक मिनेटको चुम्बनले २-३ क्यालोरी खर्च हुन्छ र पाचन शाक्ति पनि दुइ गुणाले बढोत्तरी हुन्छ | तौल घटाउनको लागि द… िनको तीन चुम्बन (कम्तिमा २० सेकेन्ड लामो)गर्दा झन्डै आधा किलो वजन घट्न सक्ने बताइन्छ |
३. चुम्बनले मानिसमा स्वाभिमान बढाउछ र मस्तिष्क चुस्त राख्न मद्दत गर्दछ|
४. चुम्बनले तनाब कम गर्न सहयोग गर्छ | आत्मीय चुम्बनले नकारात्मक सोचाई कम गर्ने, सुखी जिबनको अनुभूति दिने, र तनाब हर्मोनलाइ घटाउने काम गर्छ |
५. चुम्बन गर्दा मुहारका ३० वटा मांसपेशीहरु ले काम गर्छन | यसले मुहारका मांशपेशीहरुको व्यायाम भई बुढेशकालसम्म यिनीहरुको कडापन रहिरहन्छ र चाउरी कम गर्न सहयोग पुग्छ| छाला मुलायम र रक्तसंचारमा पनि यसले सहयोग गर्छ |
६. चुम्बन मुटुको लागि पनि सहयोगी हुने पत्ता लागेको छ | चुम्बन गर्दा यसले सरिरमा एड्रनालिन भन्ने रसायन उत्पादन गरेर मुटुलाई बढी रगत संचार गर्न सहोयोग गर्छ | बेला बेलामा गरिने चुम्बनले मुटु सम्बन्धि रोगहरुलाई कम गर्न पनि सहयोग गर्नुका साथै ब्लड प्रेसर कम गर्ने र कोलेस्टोर पनि कम गर्न सक्छ |
७. बेला बेलामा गरिने चुम्बन गरि राख्ने मानिसमा पेट, पिसाब थैली र रगतको इन्फेक्सन कम हुन्छ |
८. चुम्बन गर्दा थुकमा निस्कने प्राकृतिक अन्तिबायोटिक ले किटाणु हरुसंग लड्न सहयोग गर्दर्छ | चुम्बन गर्दा थुकसंग निस्कने प्राकृतिक एनेस्थेटिकले दुखाइ पनि कम गर्छ |
९. चुम्बनले मानिसलाई शान्त हुन सहयोग गर्दछ | यसले अक्सिटोसिन नामको रसायन उत्पादन गरेर आत्तिएको मानिसलाई शान्त पार्न सहयोग गर्छ |
१०. चुम्बन गर्दा निस्कने अतिरिक्त थुकले मुखमा हुने किटाणुहरुलाई पखालेर दात स्वस्थ हुन सहयोग गर्छ ।
विश्वमा नै प्रजनन् उमेरका महिलाका लागि गर्भनिरोधक साधनको अभाव बढ्दै गएको हालै गरिएको एक सर्वेक्षणले देखाएको छ ।
फ्रान्सको राजधानी पेरिसमा मङ्गलबार सार्वजनिक सो सर्वेक्षणले आगामी सन् २०१५ सम्ममा विश्वका विभिन्न विकासशील एवम् सब सहारान अफ्रिकी देशका महिलामा यो अभाव हुने देखाएको छ ।
सो सर्वेक्षणले सन् २०१५ सम्ममा विश्वका २३ करोडभन्दा बढी प्रजनन् उमेरका महिलामा गर्भनिरोधक सामानको अभाव हुने भएको देखाएको छ ।
प्रजनन् उमेर भन्नाले १५ देखि ४९ वर्षसम्मको उमेरका महिलालाई जनाउँछ । यो उमेरका महिलामा बच्चा जन्माउन सक्ने क्षमता बढीमात्रामा हुने भएकोले विश्वकै महिलाको सो उमेरलाई प्रजनन् उमेर भनिएको हो ।
यो अभाव बर्सेनि बढ्दै गएको पाइएको छ । सन् २०१० मा यो उमेर समूहका करिब २२ करोड मात्र महिलामा यस्ता साधनको अभाव रहेकोमा सो सङ्ख्या यो वर्ष र आगामी सन् २०१५ सम्मको अवस्थामा हेर्दा बढ्ने पाइएको हो ।
विश्वका विकासशील देशका करिब ८० प्रतिशत नै महिलामा यी साधनको अप्राप्य चाहना रहेको छ । अथवा यी देशका प्रजनन् उमेरका त्यति धेरै महिलाले गर्भनिरोध साधनको प्रयोग गर्न चाहेर पनि पाएका छैनन् ।
विशेषगरी सब सहारान अफ्रिकी देशहरुमा यो अवस्था बढी मात्रामा रहेको छ । पछिल्लो सर्वेक्षणले विश्वमा गर्भनिरोधक सामानहरुको चाहना भए पनि प्रयोगको पहूँच नपाएका महिलाको सङ्ख्या बढ्दै गएको देखाएको छ ।
साथै विश्वका विभिन्न देशमा गरिएको सो सर्वेक्षणले प्रतिवर्ष गर्भनिरोधका आधुनिक साधनको प्रयोगमा महिलाको सङ्ख्या भने बढ्दै गएको पाइएको छ ।
यो अवस्थाले जन्मदर नियन्त्रणका लागि विश्वमा अघि सारिएका पहलहरु पनि पर्याप्त छैनन् र यसबाट महिलाको पहूँच प्रतिदिन टाढा बन्दैछ भन्ने देखाएको विश्लेषकहरुको भनाई छ ।
सन् २०१० मा मात्र पनि विश्वका प्रजनन् उमेरका १२.३ प्रतिशत महिलाले यस्ता साधनको प्रयोगमा पहूँच पाउन सकेनन् । यो सङ्ख्या सन् १९९० मा भने १५.४ प्रतिशत थियो ।
यो अवस्था हेर्दा विगतका दशकहरुको तुलनामा हालैका वर्षहरुमा महिलामा गर्भनिरोधक साधनहरुको प्रयोगको पहूँच केही मात्रामा बढ्दै गएको भने देखिन्छ ।
तरपनि साधन प्रयोग गर्ने महिलाको सङ्ख्या बढ्दै जाँदा अप्राप्य चाहना (अनमिट निड) पनि बढ्दै गएको छ । यो पछिल्लो सर्वेक्षणले पनि सन् २०१० को तुलनामा अबको अवस्था झनै नाजुक हुने देखिन्छ ।
संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषको आर्थिक सहयोगमा सिंगापुरको नेसनल युनिभर्सिटी अफ सिंगापुरले हालै सो सर्वेक्षण गरेको हो ।
सन् २०१५ सम्म पूरा हुनुपर्ने सहस्राब्दी विकास लक्ष (एमडिजी) का अनुसार सो वर्षसम्ममा विश्वका सबै महिलामा यस्ता साधनहरुको प्रयोग सर्वसुलभ गराउनु पर्ने भनिएको छ ।
तर यस अवस्थामा भने सो विकास लक्ष्य हासिल हुन सक्ने अवस्था देखिँदैन । जनसङ्ख्या विदहरुका अनुसार महिलामा यस्ता साधनहरुको सर्वसुलभताका कारण बाल स्वास्थ्य, शिक्षा एवम् अन्य मानव विकासमा पनि सहयोग पुग्दछ ।
साथै विस्फोटक रुपमा बढ्दै गएको जनसङ्ख्याको नियन्त्रणका लागि पनि प्रजनन् उमेरका महिलामा गर्भ निरोधक साधनको उपलब्धता र सर्वसुलभता आवश्यक छ ।
साथै गर्भनिरोधक साधन कण्डमले एचआईभी एड्सलगायतका विविध यौन रोगको नियन्त्रणमा पनि सघाउने हुनाले जनस्वास्थ्यका लागि पनि यी साधनको उपलब्धता आवश्यक नै छ ।
यस तथ्याङ्क बाहेक पनि यदि विश्वका थप १२ करोड महिलाले आगामी सन् २०२० सम्ममा यस्ता साधनको प्रयोगमा पहूँच पाएभने कम्तीमा पनि तीस लाख शिशुहरु असुरक्षित गर्भकाका कारण हुनसक्ने स्वास्थ्य जोखिमबाट बच्न सक्नेछन्– सो सर्वेक्षणमा भनिएको छ ।

अमेरिकामा
जन्मँदै आँखा र नाक नभएकी एक किशोरीले नाक पाउने भएकी छिन् । नर्थ
क्यारोलिनाकी १६ वषर्ीया ती किशोरीको चार्लोटमा रहेको एक बाल अस्पतालमा
शल्यक्रिया गरी नाक प्रत्यारोपण गरिने भएको हो ।
उनको खप्परको हाड तथा कुरकुरे हाडबाट नाक
तयार गरी दुइ हप्ताको शल्यक्रिया पछि नाक प्रत्यारोपण गरिने बताइएको छ ।
त्यसको लागि तिनवटा शल्यक्रिया गर्नुपर्नेछ । क्यासिडी हुपर नामकी ती
किशोरी शल्यक्रिया पछि अब गन्ध थाहा पाउन तथा नाकबाट स्वास फेर्न सक्ने
हुनेछिन् । आँखा नभएपनि अब नाक भएपछि उनलाई निकै सजिलो पक्कै हुनेछ ।
उनी जन्मिँदै उनको नाक तथा आँखा थिएनन्,
जसले चिकित्सकलाई पनि अचम्ममा पारेको थियो । उनका सरीरका अरु भित्री अंग
भने स्वस्थ छन् । सर्जरी गरेपछि अब आफ्नोपनि नाक हुने कुराले उनी निकै खुसी
छिन् । उनको उपचारका लागि डाक्टर डेभिडले पाँच वर्षदेखि अनवरत प्रयास
गरिरहेका छन् । उनको नाक हुने स्थानमा प्वाल स्थापना गर्नेदेखि लिएर नयाँ
नाक प्रत्यारोपणका लागि सहज स्थान तयार गर्ने काममा उनले सफलता प्राप्त
गरिसकेका छन् ।
नाक र आँखा नभएकी ति किशोरीको पत्रकार
बन्ने धोको रहेछ । अब नाक प्रत्यारोपण गरेपछि आफु रेडियोकर्मी बन्ने उनी
बताउँछिन् । यसका लागि उनले स्थानीय एक रेडियो स्टेशनमा अभ्यास पनि गर्ने
गर्छिन् । शुभकामना छ यी हिम्मतिली किशोरीलाई
सामान्यतया कुरकुरे बैँश अर्थात् किशोरावस्थाको समयमा मान्छे सेक्सको विषयमा सबैभन्दा धेरै उत्सुक हुन्छ र त्यस्तो कौतुहलताको उमेरमा गरिने सेक्समा उसले सबैभन्दा धेरै सन्तुष्टी पाउँछ होला भन्ने आमधारणा छ । 7तर यो धारणा सही भने होइन । पछिल्लोपटक गरिएको एक अध्ययनले महिलाहरुको हकमा २८ वर्षको उमेरमा गरिने सेक्स सबैभन्दा आनन्ददायक हुने देखाएको छ । तर पुरुषको हकमा भने सेक्समा सबैभन्दा धेरै मज्जा लिने उमेर ३३ वर्ष रहेको बताइएको छ ।महिलाहरुले २८ वर्षको उमेरमा सेक्सबाट सबैभन्दा धेरै आनन्द लिने भएपनि उनीहरु २५ वर्षको उमेरमा सेक्सको मामिलामा धेरै सक्रिय हुन्छन् । त्यस्तै महिलाहरुले औषतमा १७ वर्षको उमेरमा आफ्नो कुमारित्व गुमाउने गरेका छन् ।यस्तै पुरुषहरुको हकमा औषतमा १८ वर्षको उमेरमा उनीहरुको भर्जिनिटी तोडिने र २९ वर्षको उमेरमा सेक्सको मामिलामा सबैभन्दा बढि सक्रिय हुने अध्ययनको निष्कर्ष छ । अनलाइन मार्फत गरिएको यो अध्ययन एक यौन खेलौना उत्पादक कम्पनीले गरेको हो ।
यसअघिको अर्को अध्ययनले भने पुरुषले १८ वर्ष तथा महिलाले ३० वर्षको उमेरमा सेक्समा सबैभन्दा धेरै मज्जा लिने निष्कर्ष निकालेको थियो ।
परीक्षा
नजिकिँदै जाँदा तनावको पारो पनि तात्दै जान्छ । अझ परीक्षा हलमा बसिसकेपछि
तनाव निकै उच्च हुन्छ । खासगरी परीक्षाका बेला पढाइ तथा लेखाइमा समय
व्यवस्थापन हुन नसक्दा तनाव बढि हुन्छ ।
-परीक्षाको तयारीका लागि अध्ययन गर्दा
एकाग्र भएर पढ्नुहोस् । पढिरहेको बेला बारम्बार उठेर यताउती गर्ने,
मोबाइलमा कुरा गर्ने जस्ता काम गरेमा ध्यान अन्तै मोडिन्छ । त्यसैले बरु
थोरै समयमात्र पढ्नुस् तर सकेसम्म मोबाइल स्विच अफ गरेर मात्र पढ्न बस्नुस्
।
- परीक्षा नजिकिँदै गएपछि बँचेका थोरै
दिनमा हरेक दिन प्रत्येक विषय पढ्ने गर्नुपर्छ । थोरै थोरै भएपनि हरेक
विषयका पाठहरु प्रत्येक दिन पढ्नुपर्छ, नत्र एउटा विषय पढ्दा अर्को विषयको
कुरा बिर्सिन्छ ।
-परीक्षाको हाउगुजी त्याग्नुहोस् र
परीक्षाबाट नडराउनुहोस् । परीक्षामा अप्ठेरो प्रश्न आउँछन् भन्ने मानसिकता
त्याग्नुपर्छ । पढेकै पाठबाट जानेकी प्रश्न सोधिन्छ भन्ने आत्मविश्वास
राख्नुपर्छ । त्यसैले सोधिनसक्ने प्रश्नको उत्तर लेख्ने अभ्यास पर्याप्त
गर्नुपर्छ ।
- प्रायः विद्यार्थीहरु के सोँच्छन् भने
कम खाँदा निद्रा लाग्दैन । तर यो सोचाइ गलत हो । पढाइका लागि पर्याप्त
खानपिन आवश्यक हुन्छ । पढाइका बेला घरमै तयार गरेको खाना खानुहोस् । होटलमा
गएर खाना नखानुहोस्, ताकी
विरामी नहोइयोस् । पर्याप्त पानी तथा अन्य तरल पदार्थ खानुहोस् । साथै पर्याप्त समयसम्म सुत्नुहोस् ।
-पढ्नुको साथै लेख्ने अभ्यास पनि
गरिरहनुपर्छ । बजारमा उपलब्ध विभिन्न पुस्तकहरुको सहायता लिएर विषयवस्तुको
बारेमा अझ स्पष्टता हासिल गर्न सकिन्छ । पढाइका दौरान पाठको अंक भारलाई
ध्यान दिएर उपयुक्त समय छुट्टाउनुपर्छ । यसो गरेमा कम अंकवाला पाठमा बढि समय अल्झिनु पर्दैन ।
- यदि तपाइँ कुनै तनावमा हुनुहुन्छ भने
तनाव पालेर नबस्नुहोस् । यो विषयमा अभिभावक, शिक्षक तथा दाजु दिदी वा
साथीसँग खुलेर भन्नुहोस् । यसो गर्दा तपाइँको मन हल्का हुन्छ र तनावको
विषयवस्तुको समाधानका लागि समेत उपाय निस्कन्छ । यसो गर्दा परीक्षाको बेला अरु तनावका कारण परीक्षा बिग्रने डर कम हुन्छ ।
गर्मी सुरु भएलगत्तै अस्पतालमा
आँखासम्बन्धी समस्या लिएर आउने विरामीको संख्या बढेको छ । जाडोभन्दा गर्मी
मौसम खाँखाको लागि प्रतिकूल रहेको चिकित्सकहरुको भनाई छ ।
गर्मीमा बढी मात्रामा आँखा पाक्ने
(कन्जन्टेभाइटिस), आँखा चिलाउने र सुखा हुने लगायतका समस्या देखिन्छ ।
त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको बिपी कोइराला नेत्ररोग अध्ययन
केन्द्रका विभागीय प्रमुख डा. आनन्दकुमार शर्मा वायु प्रदूषण, अत्यधिक
मात्रामा रहेको धुलोले राजधानीमा यसबर्ष गर्मी सुरु भएसँगै धेरै बिरामीको
आँखा रातो देखिएको बताए । ‘काठमाण्डौंमा भइरहेको सडक विस्तारले धुलोको
मात्रा थपेको छ, धुवाँका कारण पनि प्रदूषण बढेको छ,’ उनले भने,
‘चैत-बैशाखमा सबैतिर सुखा हुने भएकाले यो याम आँखाका लागि सबैभन्दा जोखिम
पूर्ण हुन्छ ।’
कन्जन्टेभाइटिस हुँदा आँखाको सबैभन्दा
बाहिरी झिल्ली रातो भई सुन्निने, विस्तारै आँसु बग्ने र चिप्रा लागेर
परेलीको डिल सुन्निने डा. शर्माको भनाई रहेको नागरिक दैनिकमा खबर छ ।
कन्जेन्टेभाइटिस ब्याक्टेरिया र भाइरस दुबै कारणले हुन्छ । ब्याक्टेरियाका
कारण बच्चामा कन्जन्टेभाइटिस बढी हुने गरेको छ ।
रोगबाट बच्ने उपाय
· कन्जन्टेभाइटिसका बिरामीले प्रयोग गरेको
औषधी, आँसु पुछेको रुमाल र संसर्गबाट सर्ने हुनाले सकेसम्म बिरामीले
प्रयोग गरेकेा वस्तु प्रयोग नगर्ने ।
· आँखा चिलाउँदा तथा सुख्खा भएमा कृत्रिम आँसु प्रयोग गर्ने र ओसिलो बनाउने ।
· केटाकेटीलाई बढी घाम, धुलो र धुँवाबाट जोगाउने ।
· कालो चस्माको प्रयोग गर्ने ।
· केटाकेटीलाई नियमति चिसो पानीले अनुहार र आँखा धुन सिकाउने ।
· टेलिभिजन हेर्दा वा कम्प्युटरमा काम गर्दा आराम गर्ने तथा चिसो पानीले मुख धुने ।
· मोटरसाइकलमा हिँड्नेले भाइजर प्रयोग गर्ने ।
· आवश्यक मात्रामा झोल पदार्थ पिउने ।
गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि
तुलसीपुर (दाङ), २१ फागुन । सरकारले गर्भपतनलाई कानुनी मान्यता दिएपछि राप्ती अञ्चल अस्पतालमा सुरक्षित गर्भपतनको सेवा लिनेको सङ्ख्यामा वृद्धि भएको छ ।
सो अस्पतालका प्र्रमुख डा केदारराज सेञ्चुरीका अनुसार अस्पतालमा गत साउन महिनादेखि हालसम्म १४५ जनाले गर्भपतनको सेवा लिइसकेका छन् ।
गर्भपतन गराउन आउनेमा २० देखि ४० वर्षसम्मका छन् । अस्पतालमा आएकामध्ये केही अविवाहिता पनि रहेका छन् ।
अस्पतालले सुरक्षित गर्भपतन गराएबापत रु एक हजार शुल्क लिने गरेको छ । आफूलाई चित्रे डरले गर्दा गर्भपतन गराउने महिलाले आफ्नो ठेगाना भने ढाट्ने गरेको अस्पतालले जनाएको छ ।
यसैबीच जिल्लाका तीनवटा स्वास्थ्य निकायहरूलाई सुरक्षित गर्भपतन गराउने कानुनी मान्यता केही वर्ष अघिदेखि पाए पनि राप्ती अञ्चल अस्पतालले भने यस वर्षदेखि मात्र पाएको हो ।

मान्छेले वास्तविक जीवनमा पाउन नसकेका वा दबाएर राखिएका इच्छाहरू सपनामा प्राप्त गरेको कुरा देख्छन । यसै गरी दबेर रहेका यौनइच्छा पनि सपनामा छताछुल्ल हुन्छन् । विभिन्न अध्ययन अनुसार अधिकांश युवायुवती त्यस्तो सपना देख्न चाहन्छन् जहाँ उनीहरूको भेट आफ्ना प्रियजनसँग होस् र यौनक्रीडा गर्न पाइयोस् । त्यसैले सपनामा कसैसँग सम्भोग गरेको देख्नुलाई सामान्य रूपमा लिइन्छ।
हामीमध्ये धेरैले यसलाई हल्का रूपले लिन्छौँ र किन यस्तो सपना देखियो भन्ने विषयमा खासै चासो दिँदैनौँ, तर यौनविज्ञहरूले भने सपनामा सम्भोगको सम्बन्ध व्यक्तिको अरूसँगको यौनसम्बन्ध एवं उसको मनोविज्ञानमा निर्भर हुने बताएका छन् । कुनै महिलाले सपनामा कसैसँग सम्भोग गरेको देख्नुको कारण के हो भन्ने कुराको उत्तर दिँदै यौनविज्ञ डाक्टर केतन परमारले विभिन्न पाँचवटा अवस्थाको व्याख्या गरेका छन्।
१. पति वा प्रेमीसँग सम्भोग गरेको सपना देखे:यदि सपनामा आफ्नो पति वा प्रेमिका साथ सम्भोग गरेको देखियो भने त्यसका दुईवटा अर्थ हुन सक्छन्। या त सपना देख्ने महिलाको पति वा प्रेमीसँगको सम्बन्ध प्रगाढ छ, या त उनले पति वा प्रेमीबाट त्यो सन्तुष्टि पाइरहेकी छैनन्, जुन उनले चाहिरहेकी छिन्। यदि कसैले यस्तो सपना देखे आफ्नो प्रेमी वा पतिसँग बसेर कुराकानी गरी कारण पहिल्याएर समाधानतर्फ लाग्नुपर्छ।
२. पूर्वप्रेमीसँग सम्भोग गरेको देखे: यदि आफ्नो पूर्वप्रेमीसँग सम्भोग गरेको सपना देखियो भने त्यसको अर्थ हुनसक्छ, पुरानो ब्वाइफ्रेन्डसँगको सेक्सलाइफ निकै राम्रो थियो। देखावटी रूपमा अहिलेको प्रेमीलाई मन पराइए पनि अचेतन मनमा पुरानो प्रेमीले नै लोभ्याइरहेको छ भने ऊसँग सम्भोग गरेको सपना देखिन्छ। यस्ता सपनाबाट आफ्नो नयाँ प्रेमीसँग सन्तुष्टिका साथ सम्भोग गर्न पाइएन वा नयाँ प्रेमीसँग खटपट हुन थाल्यो भन्ने प्रस्ट हुन्छ।
३. कुनै चर्चित नायकसँग सम्भोग गरेको सपना देखे: यदि कुनै चर्चित नायकसँग सम्भोग गरेको सपना देखियो भने त्यसको अर्थ हो, आफ्नो प्रेमी वा पतिमा अरू केही कुरा खोजिएको छ। हिरोको सफलता र खुबीसँग आफ्नो प्रेमी वा पतिलाई दाँजिरहँदा पनि यस्ता सपना देखिन्छ।
४. कुनै महिलासँगै सम्भोग गरेको सपना देखे: यदि कुनै महिलासँगै सम्भोग गरिएको सपना देखियो भने त्यसले मनोविज्ञान एवं शारीरिक अवस्थाका बारेमा पनि गहिरो अर्थ राख्छ। यस्तो सपना देखियो भने के बुझ्नुपर्छ भने आफ्नो यौन पार्टनर पुरुष मात्र हो भन्ने सोच गलत हो। यस्तो सपना बारम्बार देखियो भने र वास्तविक जीवनमा पनि कुनै महिलासँगै यौन क्रियाकलापका लागि आकषिर्त भइयो भने आफ्नो यौनचरित्र वा प्राथमिकता तथा यौनिकताका सम्बन्धमा पुनर्विचार गर्नुपर्छ। कुनै महिलाले सपनामा अर्की महिलासँग सम्भोग गरेको देख्छिन् भने त्यसको अर्थ के पनि हुनसक्छ भने ती महिलाले आफ्नो प्रेमी वा पतिले आफ्नो बढी ख्याल गरोस् भन्ने चाहन्छिन् ।
५. प्रेमीसँग बिछोड भएको सपना देखे: प्रेमीसँग विछोड भएको सपना देखियो भने त्यसको अर्थ हो— आफ्नो प्रेमीसँग संवेगात्मक निकट सम्बन्ध र बढी समय चाहे पनि त्यो पाइएको छैन। सम्बन्धमा खटपट आएको वा निकट भविष्यमा आउने ठूलो परिवर्तन वा घटनाको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा चिन्तित रहेका बेला पनि प्रेमीसँग बिछोड भएको सपना देखिने यौनमनोविज्ञ परमार बताउँछन् ।

वैज्ञानिकहरुले बच्चाले जन्मिनु तिन महिना अघि नै पाठेघरमा रहेको अवस्थामा बाहिरी वातावरणको आवाज सुन्ने तथ्य पत्ता लगाएका छन् ।
फ्रान्सेली
वैज्ञानिकहरुले बच्चाले गर्भमै बाहिरको आवाज सुनेर चिन्नसक्ने दाबी गरेका
हुन् । युनिभर्सिटी अफ पिकार्डीका शोधकर्ताहरुले २८ हप्ताको गर्भको अप्टिकल
स्क्यानिङ गरी यो कुराको प्रमाणित गरेका हुन् ।
बच्चाले गर्भमै बाहिरको आवाज सुन्न सक्ने र
उक्त आवाज महिला वा पुरुष कसको रहेको छुट्टाउन सक्ने निष्कर्ष उनीहरुको छ ।
गर्भ रहेको ६ महिनामा बच्चाको कान विकशित हुन्छ । यसपछि ऊ आफ्नी आमाको बोली सहित अरु विभिन्न आवाज सुन्न र छुट्टाउन सक्ने हुन्छ ।
तर, बोलेको कुरा बुझ्ने क्षमताको विकाश
भने गर्भमै वा जन्मेपछि हुन्छ भन्ने कुरा भने वैज्ञानिकहरुले पत्ता लगाउन
सकेका छैनन् । तर पछिल्लो अध्ययनले के कुरा देखाएको छ भने बच्चाले गर्भमै रहँदाबाट भाषा सिक्न सुरु गर्छ ।
सरीरमा
पानीको कमीले विभिन्न खालका स्वास्थ्य समस्या उब्जिन्छन् । सरीरमा पानी कम
भयो भने कब्जियत, पाइल्स, मृगौलाको पत्थरी, पाचन प्रक्रियामा गडबडीका साथै
उच्च रक्तचाप लगायतका समस्या पैदा हुन्छन् ।
एक पन्थ दो काज भनेझैँ यस्ता खानेकुराको
सेवनले सरीरमा अन्य पोषक तत्वको आपूर्ति सँगै पानीको पनि आपूर्ति हुन्छ ।
सरीरमा पानीको मात्रा सन्तुलित गराउने फलफूल र तरकारीहरु मध्ये केही निम्न
छन् ः
गोलभेँडाः गोलभेँडामा पोटासिएम र लाइकोपाइन तत्वका साथै ९० प्रतिशत पानी हुन्छ । गोलभेँडाको सेवन मोटोपन घटाउन पनि कामयावी हुन्छ ।
गाजर: गाजरमा एन्टी
अक्सिडेन्ट, भिटामिन तथा प्रोटिन लगायतका तत्व पाइन्छन् । सलादको रुपमा
साथै अन्य समयमा पनि नियमित रुपमा गाजर खाने गरेमा सरीरमा पानीको कमी हुने
समस्या रहँदैन ।
मूला: मूलामा अत्यधिक
पानीका साथै फलाम लगायतका लवण पनि पाइन्छन् । मुलाले सरीरमा पर्याप्त पानी
आपूर्ति गर्ने मात्र होइन मोटोपन नियन्त्रणमा पनि सघाउ पुराउँछ ।
काँक्रो: काँक्रोमा लगभग ९६ प्रतिशत पानी हुन्छ र बाँकी ४ प्रतिशत फाइबर हुन्छ । काँक्रो खानाले पानीको आपूर्तिसँगै कब्जियतको समस्या पनि दूर हुन्छ ।
आरु: यो फलमा भिटामिन ए,
सी तथा बिटा क्यारोटिन नामक तत्व हुन्छ । आरुमा पर्याप्त पानी पनि हुन्छ ।
यसको सेवन पनि स्वास्थ्यको लागि निकै लाभदायी हुन्छ ।
सुन्तला: सुन्तलाको नियमित खानाले सरीरमा पानीको आपूर्ति मात्र होइन फाइबर लगायत अन्य महत्वपूर्ण पौष्टिक तत्वको पनि कमी हुन पाउँदैन ।
भुइँकटहर: यसमा पनि घुलनशील रेशा तथा एन्टी अक्सिडेन्ट हुन्छ । जसले सरीरलाई तन्दुरुस्त राख्छ र छिटै बुढो देखिनबाट बचाउँछ ।
खरभुजा, तरभुजा: यो
गर्मी याममा पानीको आपूर्ति गर्ने सबैभन्दा उत्तम र शुलभ फल हो । यसमा
पानीको साथै भिटामिन ए, बी, पोटासिएम तथा म्याग्नेसियम लगायतका तत्व पनि
पाइन्छ ।
स्ट्रबेरी: यो पनि निकै लाभदायक फल हो । यसमा भिटामिन तथा प्रोटिन पाइन्छ । यसले रक्तचाप नियन्त्रण गर्नुका साथै मोटोपन पनि घटाउँछ ।
सम्भोग सुरु गर्नु अघि यौन उत्तेजना वढाउन गरिने विभिन्न यौन क्रियाकलाप
प्राक्कक्रिडा (फोर प्ले) गर्ने गर्नु पर्छ। यौन क्रियाकलापलाई सुमधुर
वनाउन गरिने कुनैपनि पूर्व क्रियाकलाप जस्तै रमाइलो वातावरणमा गरिने भोजन,
प्रेमवार्ता, सृंगाररसयुक्त ठट्टालाई पनि प्राक्कक्रिडा भनिन्छ। तर कतिपय
मानिसहरु एकैचोटी सम्भोग गर्छन। यसो गर्दा पुरुष तथा महिलाको
यौनप्रतिक्रिया चक्रमा भएको भिन्नताले दुवैमा चरम यौन आनन्द पाउन गाह्रो
हुन्छ। यौन सुख लिने क्रममा तालमेल मिल्दैन ।

यथोचित प्राक्कक्रिडामा संलग्न हुदा यौन अनन्दलाई यसको चरम विन्दुमा पुर्याउन मद्दत गर्छ।प्राकक्रिडामा संलग्न हुदा एक अर्काको शरीर, उसका संवेदनशिल अंगका वारेमा थाहा हुने मात्र होइन, दम्पतीवीच एक आपसमा कुराकानी हुने र एक अर्कालाई राम्ररी वुझ्ने अवसर पनि मिल्छ। आपसी समझदारी वढाउन मद्दत मिल्छ। यहि आपसी समझदारीले नै वैवाहिक जीवन उच्चतम रुपमा सफल हुन्छ। यसका लागि यौनप्रतिक्रिया चक्र र संवेदनशिल अंगका वारेमा थाहा हुनुपर्छ।
उत्तेजनात्मक अंगहरु व्यक्ति व्यक्तिमा केहि फरक पर्ने भए पनि यौनाङग, यौन वरिपरिको क्षेत्र, चाक, नितम्व, ओठ गर्दन, स्तन काखी, तिघ्रा, नाभी क्षेत्र केहि प्रमूख यौन संवेदनशिल क्षेत्र हुन्। यौनाङ्गको कुरा गर्दा पुरुष लिङ्ग जति महत्वपूर्ण छ, महिलाको भगांकुरलाई विर्सनुहुन्न। यौन सुखका लागि शारीरिक मात्र होइन मानसिक तयारी पनि आबश्यक पर्छ।
चरम सुख कसरी थाहा पाउने ?
मानव यौन प्रतिक्रिया चक्रका चारवटा चरण हुन्छन् । एक्साइटमेन्ट फेज, प्लाटो फेज, अर्गाजम फेज र रिजोलुसन फेज। एक्साइटमेन्ट फेज – यस उत्तेजनाको चरणलाई निरन्तरता दिए मानिस प्लाटो फेजमा पुग्छ। यो चरणमा यौन उत्तेजनाको मात्रा अझ वढ्छ। महिलाहरुमा यौनिद्धार अझै खुल्ने तथा यस वरिपरिको भाग फुल्ने हुन्छ। योनी वरिपरिको भाग यसरी वढ्ने भएका ले भंगकुर अलि भित्र दवेको जस्तो देखिन्छ। स्तनपान नगराएका महिलाहरुमा स्तनको आकार वढेको देख्न सकिन्छ। आधा भन्दा वढीजसो महिलाहरुमा अनुहार र शरीरको छाला रातो देखिन्छ। पुरुषले जस्ते यस चरणमा महिलाले पनि अनन्तरिक न्यानोपन तथा दवावको मह्सुस गर्छ। माशंपेशीहरुमा तनाव पैदा हुन्छ तथा रक्तचाप वढ्छ।
प्लेटो फेजमा भएको यौन स्टिमुलेसन निरन्तररुपमा भएमा चरम सुखको चरण (अर्गाजम फेज) मा पुगिन्छ । यो चरणमा वढ्दै गएको यौनतनावको उन्मोचन हुन्छ । यसको अवधि निकै छोटो हुने भए पनि मानव यौनजीवनमा यस चरणको विशेष महत्व छ। यस चरणमा मांसपेशीहरुमा निकै तनाव आउछ र खुम्चिने तथा खुल्ने हुन्छ। महिलाहरुमा पाठेघर तथा योनिको बाहिरी भाग एवं शरीरको तल्लो भागका मांसपेशीरु खुम्चने तथा फुक्ने हुन्छन्। पूर्णचरम सुख पाउदा यस्तो मांसपेशी खुम्चने, फुक्ने क्रम १० देखि १५ पटकसम्म हुन्छ। यस बेला जुन सुखानुभूति हुन्छ हामी त्यसलाई चरम सुख वा चरम स्वर्गीय आनन्द भन्छौं। यसपछि पुनः सबै कुरा सामान्य अवर्थामा आउने क्रम सुरु हुन्छ, जसलाई हामी रिजोलुसन फेज भन्छौं ।
संसारमा सबैभन्दा मीठो, प्रिय शब्द कुन हो भनेर सोध्यो भने अधिकांशको जवाफ
‘प्रेम’ भन्ने आउँछ । साँच्चैभन्दा हामी प्रेमकै कारण जीवन जिइरहेका
हुन्छौँ ।

प्रेमका प्रकार र प्रकृतिमा फरक–फरक हुन्छ । बुबाआमा, दाजुभाइ, दिदीबहिनी, इष्टमित्र, साथीसंगीलाई गर्ने प्रेम पनि फरक हुन्छ तर सबैसँग गर्ने प्रेम निकै चोखो र मीठो हुन्छ । अझ प्रेमिकासँग गर्ने प्रेम त सबैभन्दा माथि हुन्छ, चोखो हुन्छ ।
यस्तो चोखो मायालाई अझ गाढा बनाउन सेक्सका महत्त्वपूर्ण भूमिका खेल्छ । त्यसैले पनि सेक्सलाई प्रेम अभिव्यक्तिको अन्तिम बिन्दु भनिन्छ । तर अब भने व्यवहारमा यो भनाइभन्दा ठीकविपरीत हुन थालेको छ ।
केही अगाडिसम्म पहिले प्रेम त्यसपछि सेक्स हुन्थ्यो तर अब भने पहिले सेक्स अनिमात्र प्रेम हुन थालेको छ । अर्थात् प्रेमको सुरुआत नै सेक्सबाट हुन थालेको छ । लन्डनमा हालै भएको एक अध्ययनले यस्तो तथ्य फेला पारेको हो ।
प्रेम सम्बन्धमा बाँधिएका चार हजारभन्दा बढी जोडीबीच गरिएको सो अध्ययनमा सहभागी अधिकांशले प्रेमको सुरुवातताका नै सेक्स गरेको बताएका थिए । प्रविधिको विकास र सेक्सलाई हेर्ने दृष्टिकोण खुकुलो भएकोले पनि प्रेमभन्दा पहिले सेक्स गर्ने संस्कृतिको विकास भइरहेको अध्ययनको निष्कर्ष छ ।
आफू राम्रो देखिन छाला र अनुहारलाई मात्रै ध्यान दिए पुग्छ भन्ने आम
मान्यता छ । तर सफा र सुकोमल राम्रो हातले समेत व्यक्तित्वलाई ग्लामरस
बनाउँछ । अर्को कुरा के बिर्सिनुहुन्न भने, हातलाई आकर्षक नङ ले बनाउँछ । प्राकृतिक रूपले राम्रो नङ ले । त्यसैले व्यक्तित्व निखार्न नङ को सुन्दरता पनि उत्तिकै आवश्यक हुन्छ ।
नङ लाई बलियो, सफा, सुन्दर र स्वस्थ राख्नुपर्छ । सामान्य प्रक्रियाद्वारा तपाइर्ं नङ लाई प्राकृतिक रूपमै आकर्षक बनाउन सक्नुहुन्छ । नङ मृत कोषिकाले बनेको हुन्छ । नयाँ कोषिका बनेसँगै मृत कोषिका हट्दै जान्छ र नङ बढ्दै जान्छ ।
अमेरिकन एकेडेमी अफ डर्मेटोलजी -एएडी) को तथ्यपत्र अनुसार, हाम्रो हातको नङ खुट्टाको नङ को दाजोमा छिटछिटो बढ्छ । औसत रूपमा हातको नङ प्रतिमहिना ३.५ मिलिमिटर बढ्ने गर्छ भने खुट्टाको नङ १.६ मिलिमिटर प्रतिमहिनाको दरले ।
नङ बढ्ने गति उमेर, वर्षको समय, सक्रियताको स्तर र वंशानुगत प्रक्रियामा भर पर्छ । पुरुषको दाँजोमा महिलाको नङ निकै विस्तारै बढ्छ । अनि, नङ जाडो यामभन्दा गर्मीको मौसममा बढी बढ्छ ।
' नङ भित्र ब्याक्टेरियाको वृद्घ िरोक्न यसलाई सदैव सफा र सुक्खा राख्नुपर्छ,' धुलिखेल अस्पतालका छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा. धर्मेन्द्र कर्ण भन्छन्, 'खुट्टा र हातको नङ लाई छेउछेउमा काट्दै बीचमा अलि गोलो पार्नुपर्छ । यसो गर्दा नङ बलियो हुन्छ ।' सातामा एक पटक नङ काट्नुपर्ने र हरेक व्यक्तिले आपmना लागि छुट्टै नेल कटर राख्नुपर्ने सल्लाहसमेत उनी दिन्छन् । नङ नभाँचियोस् भन्नका लागि ब्लेडले काट्ने गर्नु हुँदैन । नेल कटर र फाइलर उपयोग गर्नुपर्छ ।
उनका अनुसार, सहरी क्षेत्रका बासिन्दाको नङ अचेल कमजोर हुने गरेको छ । खानापिनमा क्याल्सियमको कमीले गर्दा । सामान्यतः नङ मा सेतो दाग क्याल्सियम र आइरनको कमीले गर्दा हुने गर्छ । 'खानपान र उचित देखभालले नङ लाई वास्तविक रूपमा सुन्दर बनाउन सकिन्छ,' उनी भन्छन् । स्वस्थ नङ को पहिचान यसको गुलाफी रंगले हुन्छ । नङ को यस्तो रंग रक्तसञ्चार सुचारु रूपले हुने गर्नाले हुन्छ ।
खानपानमा क्याल्सियम, जिंक, आइरनयुक्त खाना, फलफूल, सागसब्जी, माछा, अन्डा, लसुन आदि खानुपर्ने डा. कर्ण बताउँछन् । खाना रेसादार हुनुपर्छ । यस्तो खानपानले नङ लाई पोषण मिल्छ । नङ र कपालको स्वास्थ्यको सीधा सम्बन्ध हाम्रो खानपानसँग हुन्छ ।
टाइट जुत्ता लगाउने बानीले खुट्टाको नङ मा नकारात्मक असर पार्छ । जुत्ता टाइट हुँदा खुट्टाको नङ थिचिन्छ । अनि नङ मा संक्रमण देखिन सक्छ । 'त्यस्तो भए आफंैले सफा गर्ने प्रयास गर्नुको सट्टा छाला रोग विशेषज्ञकहाँ जानुपर्छ,' डा. कर्ण भन्छन् ।
नङ मा सबैभन्दा बढी दुष्प्रभाव साबुन र डिटरजेन्टले पर्छ । यसैले लुगा धुदा, भाँडा मस्काउँदा सकेसम्म पन्जा -ग्लोभ्स) को उपयोग गर्नु उपयुक्त हुन्छ । महिलाहरूले नङ मा सधैं नेलपालिस लगाउनु राम्रो हुन्न । यो प्रक्रियाले नङ ले प्राकृतिक रूपले हुर्किन पाउँदैन । डा. कर्ण सुझाव दिन्छन्, 'सातामा कम्तीमा दुई/तीन दिन नङ मा पालिस लगाउनुहुन्न । यसो गर्दा नङ लाई प्राकृतिक रूपमा हुर्किन सघाउ मिल्छ ।' निरन्तर नेल पालिस लगाउँदा नङ मा यसको प्राकृतिक रंगको साटो पहेंलोपना, दाग आदि देखिने गर्छ ।
बढी गुलियो खानाले, मद्यपान गर्नाले नङ कमजोर हुन्छ । मधुमेह भएकाहरू र रक्त सञ्चालनमा समस्या भएकाहरूमा नङ को समस्या बढी मात्रामा देखिने गर्छ ।

हाम्रो समाजमा यौनका बारेमा कुरा गर्नु अहिले पनि लाजसरमको विषय मानिन्छ । कतिपय त गर्भनिरोधक औषधि तथा अस्थायी साधन कन्डमको नाम लिनसमेत लाज मान्छन् । जसकारण पनि पहिलोपटक यौनसम्पर्क कसरी गर्ने भन्नेबारे सल्लाह लिन चाहने कतिपयले आफ्ना कुरा मनमै दबाएर राख्ने गरेका हुन्छन् । पहिलो यौनसम्पर्कको पल सबैका लागि यादगार हुन्छ । मानिस आफ्नो पहिलो यौन सम्र्पकलाई अविस्मरणीय बनाउन चाहन्छन् । तर, पर्याप्त सल्लाह र सीपको अभावका कारण कुरा बिग्रने गर्दछ । सानो गल्ती र कमजोरीले पनि जीवनभर पछुतो हुन सक्छ । त्यसकारण पहिलोपटक यौन सम्र्पक गर्दा ध्यान दिनुपर्ने अत्यावश्यक कुरा निम्न छन् ।
कन्डम प्रयोग गर्नु
विशेषगरी नवविवाहित दम्पती पहिलो यौनसम्पर्कलाई लिएर निकै उत्साहित हुने गर्छन्, जसकारण उनीहरूले धेरै कुरा ख्याल गर्दैनन् । अधिकांश जोडी जोसमा होस गुमाउने गर्छन् । कतिपयले कन्डम प्रयोग गर्न जरुरी मान्दैनन् । जसकारण बिहे गरेको केही दिनमै पत्नी गर्भवती हुन्छिन् । नचाहँदा नचाहँदै भएको गर्भधारणले उनीहरूलाई पश्चात्ताप हुन्छ । प्रायः नवविवाहित पहिलो यौनसम्पर्कको अनुभव अनौठो हुन्छ भन्ने ठान्ने गर्छन् । यो अनौठो त हुन्छ नै । तर, कहिलेकाहीँ एउटाको मीठो अनुभव अर्काका लागि पीडादायक पनि हुन सक्छ । त्यसकारण एक-अर्काको सल्लाह र रुचिअनुसार मात्र सम्पर्क गर्नुपर्छ ।
नक्कलदेखि सावधान
इन्टरनेटको जमाना, त्यसमाथि पोर्न फिल्म, फोटोग्राफी र साइटको बिगबिगी । अचेलका युवायुवतीले स्कुल-कलेज लाइफमै पोर्न फिल्म हेर्ने गरेको पाइन्छ । जसमा अप्राकृतिक यौनसम्पर्क पनि देखाइने गरिन्छ । पहिलो यौनसम्पर्कको वेलामा आफूले हेरेको पोर्न फिल्मको नक्कल गर्ने कोसिस कहिल्यै पनि गर्नुहँुदैन । त्यसले दाम्पत्य जीवनमै संकट पैदा गर्न सक्छ । यौन एउटा कला हो, त्यसकारण पहिलो यौनसम्पर्कलाई जतिसक्यो कलात्मक बनाउनुपर्छ । पछि, आफ्नो पार्टनर पनि अभ्यस्त भएपछि आपसी सहमतिमा जे पनि गर्न सकिन्छ । यसप्रति ध्यान दिनु जरुरी छ ।
हतार नगर्नु
अधिकांश युवक पहिलोपटक यौनसम्पर्क गर्दा हतार गर्छन् । हतार गर्ने बानी घातक हुन्छ । हतार गर्नाले कतिपय युवक सम्पर्क नगर्दै स्खलित हुन्छन् । जसले गर्दा पत्नी असन्तुष्ट हुन्छिन् । यसले पति र पत्नी दुवैलाई ग्लानिको आगोमा जलाउँछ । त्यसकारण हतार नगरी प्रेमपूर्वक सम्भोग गर्नुपर्छ । यौन विशेषज्ञहरू भन्छन् कि पुरुषको दाँजोमा उत्तेजनामा आउन महिलालाई धेरै समय लाग्छ । त्यसकारण सम्पर्क गर्नुअघि पुरुषले फोर-प्ले
(प्राक्क्रीडा) मा विशेष ध्यान दिनुपर्छ । पत्नीलाई उत्तेजनामा ल्याउन पतिले उनलाई चुम्बन गर्ने, उनको शरीरका संवेदनशील अंगमा स्पर्श गर्नेलगायत यौन क्रियाकलाप गर्नुपर्छ । पत्नीलाई उत्तेजनामा ल्याएपछि मात्रै यौनसम्पर्क सुरु गर्नु बेस हुन्छ ।
पत्नीको भावना बुझ्नु
कतिपय पत्नी पतिका अगाडि खुलेर कुरा गर्न सक्दैनन्, पतिलाई दुःखी बनाउन चाहँदैनन् । जसकारण उनीहरू आफू सन्तुष्ट भएको झुट बोल्छन् । तर, पतिले पत्नी यौनसम्पर्कबाट साँच्चै सन्तुष्ट छिन् कि छैनन्, विचार गर्नुपर्छ । पतिले आफ्नो मात्रै सन्तुष्टि हेर्नुहँुदैन । पत्नीसँग सल्लाह गरेर अघि बढ्नुपर्छ । पति-पत्नीमा असमझदारी पैदा हुने प्रमुख कसी यौन असन्तुष्टि हो, त्यही भएर पहिलो यौनसम्पर्कमै यी कुरा विचार गर्नु जरुरी हुन्छ ।
यो रोग त होइन ?
म २० वर्षीया विवाहित महिला हुँ। श्रीमान्सँग सम्पर्क गर्दा उहाँको वीर्य झरेपछि मेरो योनि एकदम पोल्छ। यस्तो भएको तीन महिनाजति भयो। के कारणले यस्तो भएको हो ? यो रोग त होइन ?किन पीडा भएको होला ?
हामीलाई थाहै छ, यौनसम्पर्क एक आनन्ददायक क्रियाकलाप हो। सम्भवतः यौन सम्पर्कबाट नै मानवले प्राप्त गर्न सक्नेमध्येको चरम आनन्द प्राप्त गर्छ। असीम आनन्द, चरमसुख, स्वर्गीय आनन्दजस्ता कतिपय नाम पनि यौनसम्पर्कको आनन्दसँग जोडिएका छन्, तर सबै यौनसम्पर्क सुखमय नहुन सक्छन्, त्यसैले यौनसम्पर्क किन पीडायुक्त हुन्छ भन्ने विषयमा केही कुरा गरौं।
योनि सुख्खा भएको स्थितिमा यौनसम्पर्क गर्दा पीडा हुन्छ र यौनसम्पर्कपछि पोल्ने हुन सक्छ। तपाईंको सन्देशमा पर्याप्त जानकारी नभएकाले यसै भन्न सकिने स्थिति भएन। पर्याप्त मात्रामा यौन उत्तेजना नभएको स्थितिमा योनि रस नै आएको हुँदैन। यस्तो स्थितिमा यौनसम्पर्कको घर्षणले पोल्ने समस्या हुन्छ। यौनसम्पर्कका दौरान त्यतातिर ध्यान नगएको हुन सक्छ, तर सम्पर्क सकिएपछि पोलेको अनुभव हुनसक्छ। योनिशो थका कारण यो समस्या थपिन सक्छ। अनावश्यक रूपमा धेरै डुस दिएर योनि सफा गर्ने बानी, केही हार्मोनयुक्त औषधीको प्रयोग, योनिमा चोटपटक (नङ, अन्य वस्तुवाट वा यौनसम्पर्ककै कारणले हुने) पनि यसको कारण हुन सक्छ।
तपाईंको आफ्नो यौन तथा यौनिकताप्रतिको धारणा स्पष्ट पार्नुभएको छैन। कतिपय स्थितिमा मानसिक कारणले यस्तो पीडा अनुभव हुने सम्भावना पनि छ। यौनसम्पर्कसम्बन्धी नकारात्मक धारणाले ग्रसित भएको स्थितिमा वा डर भएको स्थितिमा यस्तो हुन्छ। विशेष गरेर भयातुर वा डर भएका कारणले यौनसम्पर्क गर्न लाग्दा अकस्मात् योनिको मांसपेशीको संकुचित र कडा हुन्छ। यस्तो बेलामा यौनसम्पर्क राख्न खोज्दा पीडा हुनसक्छ। आशा गर्छु, त्यस्तो केही छैन।
यौनसम्पर्क राख्दा महिलाहरूमा पोल्ने कारणहरूमा योनिको संक्रमण प्रमुख हुनसक्छ। योनिको संक्रमण जीवाणु वा ढुसी जातिका सूक्ष्म जीवबाट हुन सक्छ। यसले गर्दा योनि शोथ गराउन सक्छ। यस्तो बेलामा अस्वाभाविक योनिश्राव हुन्छ र चिलाउँछ। त्यसबाहेक यौनरोग हुने सम्भावना पनि त्यत्तिकै छ। तपाईंले त्यस्तो लक्षणका बारेमा केही लेख्नुभएको छैन। शंका भए श्रीमान्-श्रीमती दुवैको परीक्षण तथा उपचार एकसाथ गर्नुपर्छ।
के तपाईंको समस्या वीर्यको एलर्जीले हो ?
कन्डम प्रयोग गर्दा यस्तो पोल्ने नहुने तर योनिमा वीर्य स्लखन हुँदा यस्तो समस्या हुन्छ भने त्यो 'वीर्यको एलर्जी' को कारणले हुन सक्छ।
यसरी वीर्य स्खलनपछि योनि पोल्ने समस्या विरलै (एक प्रतिशत) मात्र हुन्छ। त्यसो भए पनि यस्तो समस्या भएका महिलालाई निकै असहज हुनसक्छ, शारीरिक तथा मानसिक रूपमा। कसैकसैले त यौनसम्पर्कपछि केही घण्टासम्मै यस्तो असजिलो परिस्थति बेहोर्नुपर्छ। तपाईलाई थाहै होला, 'वीर्य' तपाईंको शरीरका लागि बाह्य वस्तु हो। बाह्य वस्तु शरीरमा प्रवेश गरेपछि त्यसले शरीरमा केही परिवर्तन ल्याउँछ नै। तपाईंको सन्दर्भमा तपाईंको योनिको वातावरणलाई केही नै भए पनि परिवर्तन गर्छ। यस्तो कुराले योनिशोथलाई बढावा दिन सक्छ।
तपाईंले तीन महिनादेखि समस्या भयो भन्नुभएको छ, जसको अर्थ पहिले हुँदैनथ्यो भन्ने बुझिन्छ। यस्तो परिस्थितिमा यौन क्रियाकलापमा केही परिवर्तन भएका छन् कि त्यो पनि विचार गर्नुहोला, जस्तै कि कन्डमको नियमित प्रयोग छोड्नुभएको वा पर्याप्त पाक्क्रीडा नगरी यौनसम्पर्क गर्ने गरेको वा कुनै हार्मोनयुक्त वा अन्य औषधीको सेवनले योनि बढी सुख्खा हुने स्थिति आएको छ कि ?
वीर्यको एलर्जीका लागि के गर्ने ?
समयावधि वा तीव्रता (severity) वीर्यको सम्पर्कमा आएको केही बेरपछि पोल्ने, चिलाउने, सुन्निने अनि रातो हुने हुनसक्छ। हुन त वीयर् मा भएको कुनै पनि प्रोटिनको एलर्जी हुन सक्छ। वीर्यको एलर्जी भन्नाले Human seminal plasm protein hypetsensitivity (SPH) बुझिन्छ। यो समस्या यस्तै एक प्रतिशतजति जोडीमा हुने देखिएको छ।
वीर्यको एलर्जी वीर्य योनिको सम्पर्कमा आउँदा मात्र होइन, अन्य अङ्गमा जस्तै कि मुख वा छालामा पर्दा पनि हुन सक्छ। श्रीमान्को वीर्य यसरी अन्य अङ्गमा पर्दा पनि त्यस एलर्जी हुने समस्या छ कि छैन, नलेख्नुभए पनि पक्कै तपाईंलाई थाह होला। त्यस्तो हो भने तपाईंको समस्या वीयर् को एलर्जीले सिर्जना गरेको हो भन्न सकिने बलियो आधार रहन्छ।
समाधानका लागि वीर्यको प्रत्यक्ष सम्पर्कमा आउने स्थितिलाई कम गर्नु हो। त्यसैले आवश्यकता नपरेसम्म वीर्य स्खलन पनि सीधै योनिमा पर्ने गरी नगरे समस्या कम गर्न सजिलो हुन्छ। यसका लागि सबैभन्दा राम्रो उपाय कन्डमको नियमित प्रयोग गर्नु नै हो। तपाईंलाई थाहै होला, कन्डमले यौनरोगका साथसाथै गर्भनिरोधको काम पनि गर्छ। सम्पर्कको समय कम गर्न त्यसबाहेक योनिको बाहिर, अनुहार, हात वा तिघ्रा जता वीर्य परेको भए पनि नरम हाते रुमाल वा सानो कपडाले त्यसलाई तुरुन्त पुछ्नु सहयोगी हुन्छ।
यौन मनोविज्ञान
म २४ वर्षीय अविवाहित पुरुष हुँ। मेरो काँधमा तीन जना भाइबैनीको जिम्मेवारी छ। आमा-बुवा पहाडमा खेती किसानी गर्नुहुन्छ। हामी चार जना काठमाडौंमा बसेर पढ्छौ। यही कारणले मैले कमाउनुपर्ने बाध्यता पनि छ। मेरो मुख्य समस्या भनेको म युवतीसँग संगत गर्न चाहन्छु। यद्यपि मसँगको संगत लामो समय कायम हुन सक्दैन। घरभित्र असल दाइको भूमिका निर्वाह गर्ने म बाहिर किन असल प्रेमी हुन नसकेको होला भन्ने पीरले भित्रभित्रै छट्पटिन्छु। मैले आफ्नो सबै पारिवारिक विवरण दिने भएकाले उनीहरू मसँग टाढिएका हुन् कि ? म तन्नेरी युवक भएकाले युवतीहरू मबाट प्रेम र यौनका केही क्रियाकलाप चाहने तर म त्यसो गर्न नचाहने किसिमको व्यक्ति भएकाले टाढिएका हुन् कि ? वा मैले युवतीको मनोविज्ञान बुझ्न नसकेकाले यसो भएको हो कि ? मेरो समस्यामा तपाईंको राय जान्न चाहन्छु।
एन.आर
सामान्यतः मानिसहरू आफ्नो स्वाभाव जस्तो छ, अरूबाट पनि त्यही किसिमको स्वाभावको इच्छा राख्छन्। आफूले सम्मान चाहन्छन् भने अरूलाई सम्मान दिन्छन् अर्थात् सम्मान चाहने मानिसले अरूलाई पनि सम्मान गर्न जानेको हुन्छ। यो मानिसहरूको प्राकृतिक स्वाभाव हो। यसका लागि महिलालाई अझ बढी उपयुक्त उदाहरण भन्दा हुन्छ। महिलाहरू भावनामा मात्र होइन, शब्दमा पनि आफ्नो श्रीमान्लाई सम्मान गरिरहेका हुन्छन। यस्तै व्यवहार उनीहरू आफ्नो श्रीमान्बाट पनि चाहिरहेका हुन्छन्, तर धेरैजसो श्रीमान् आफूले मनैदेखि माया गरिरहेको छु भने बढी पुलपुल्याउने काम किन गरूँ भन्ने स्वभावका हुन्छन् र यस्तो स्वाभावको आपसमा सञ्चार नहुँदा कहिलेकाहीं श्रीमान्-श्रीमतीबीच सामान्य खटपट हुन्छ। सम्बन्धका आयामहरूको अध्ययन गरिरहेका विज्ञहरूको पनि यसमा फरक राय नै छ। यससम्बन्धी अध्ययन गरिरहेका विज्ञ रवि आर्यका अनुसार महिलाहरूसँगको सम्बन्धमा तीनवटा पाटा छन्। उनीहरू माया, महत्व र प्रशंसा तीन चीजका भोका हुन्छन्। उनीहरू यी तीनै चीजका खानी पनि हुन्। तीनै चीज दिन चाहने र लिन पनि चाहने भएकाले प्रेमीहरू, श्रीमान्हरूले यसलाई बुझेर त्यसै अनुसारको व्यवहार गर्नु श्रेयष्कर हुन्छ। यहाँसम्म कि पुरानै प्रशंसा दोहोर्याए पनि उनीहरूलाई पर्याप्त हुन्छ। सधैं नयाँ र मौलिक प्रशंसा नै हुनुपर्छ भन्ने छैन।
मार्क न्याप र अनिता भ्याङलिस्टीजस्ता सम्बन्धका विज्ञहरूले पनि यसलाई स्वीकारेका छन् र भनेका छन, जोडीहरू प्रारम्भतिर आपसमा प्रशंसामा डुबुल्की मार्छन्। यो केही वर्षसम्म जारी रहन्छ र सम्बन्ध पनि प्रगाढ रहन्छ, तर बिस्तारै महत्व घट्ने, प्रशंसा र माया पनि घटे जस्तो महसुस हुन थालेपछि सम्बन्ध बिग्रन थाल्छ। यस्ता थुप्रै घटनाका उदाहरण दिन सकिन्छ।
तपाईंको समस्या सुन्दा तपाईं बाहिरजस्तै अथवा अरूसँग जस्तै प्रेमिकासँग पनि कसरी परिपक्व सम्बन्ध बनाऊँ भनेर चिन्तित हुनुभएको बुझ्न सकिन्छ। प्रेमिकासँगको सम्बन्धमा पनि तपाईं आफू निपूर्ण हुन चाहनुहुन्छ भन्ने स्पष्ट हुन्छ। बाहिरी अन्य सम्बन्ध र प्रेमिकासँगको सम्बन्ध फरक कुरा हुन्। त्यसैले यसमा फरक ढंगले व्यवहार गर्नुपर्ने हुन्छ। प्रेमिकासँगको यौनसम्बन्धको कुरा गर्न खोज्नुभएको हो भने यसका लागि आपसमा बसेर कुराकानी गर्नुपर्ने हुन्छ। प्रेमिका यौनसम्बन्धका बारेमा सकारात्मक छिन् भने खुलेर कुरा गर्न सक्नुहुन्छ। यहाँ त तपाईंको संगतमा आउनेहरू नै त्यस्तो चाहना राख्ने हुन् कि भनेर तपाईले शंका गर्नुभएको छ। त्यस्तो हुन पनि सक्छ र तपाईंको शंका मात्र पनि हुन सक्छ। तपाईंको र उनीहरूको स्वभाव मेल खान नसकेकाले यस्तो भएको हुनुपर्छ। अर्को कुरा, पारदर्शी रूपमा कुरा गर्नेलाई जसले पनि मन पराउँछ। यसमा पनि तपाईंको अनावश्यक शंका देखिन्छ।