तपाईं आफ्नी प्रमिकाको प्रशंसा गर्न कत्ति पनि नहिचकिचाउनुहोस् । अझ विशेष क्षणमा तपाईंकी प्रेमिका तपाईंको प्रशंसा सुन्न आतुर रहेकी हुन सक्छिन् ।
त्यस्तो बेला तपाईंको सानो प्रशंसाले नै पनि उनलाई लामो समय खुसी दिन सक्छ । उनको प्रशंसा गरेर उनी सुन्दर भएको जानकारी दिनुहोस्, तपाईंकी प्रेमिकाको अनुहारमा सधैं मुस्कान देख्न सक्नुहुनेछ । ‘तिम्रो कपाल राम्रो छ’ भन्नुको सट्टा तपाईंले
आफ्नी प्रेमिकालाई ‘आहा, कस्तो राम्रो कपालको स्टाइल’ भन्नुभयो भने उनमा तत्काल खुसी छाउँछ ।
२. उनका कुरामा समर्थन गर्नुहोस्
आफ्नी प्रेमिकाको समर्थन गर्न कहिल्यै पनि नडराउनुहोस् । तपाईंको साथ पाएको कारणले नै तपाईंकी प्रेमिकामा केही काम गर्ने साहस बढेको हुनसक्छ । त्यसैले आफ्नी प्रेमिकाको चाहना बुझेर उनका काममा साथ दिनुहोस् र उनको ३. उनको आवश्यकता देखाइदिनुहोस्
हरेक युवती आफूलाई आफ्नो प्रेमीले महत्वपूर्ण ठानोस् भन्ने चाहन्छन् । आफूसँग भएका बेला अरुलाई ध्यान नदेओस् भन्ने उनीहको चाहना हुन्छ । त्यसैले प्रेमिका आफ्ना लागि महत्वपूर्ण भएको आभास गराउनुहोस् । उनलाई कहिल्यै अप्ठ्यारो परेको छि भन्नबारे राम्रोसँग बुझ्नुहोस् । बेलाबेला ‘तिमी मेरो संसार हौ ’ जस्ता विशेषण भनेर उनलाई खुसी बनाउनुहोस् ।
४. फोन गर्न वा मेसेज लेख्न नहिचकिचाउनुहोस्ः
तपाईंले आफ्नी प्रेमिकालाई सकेसम्म फोन गर्नुहोस् । यदि भ्याउनुभएन भने मेसेज लेख्नुहोस् । प्रेमिकाले पठाएका मेसेजको जवाफ सकेसम्म छिटो दिनुहोस् । प्रेमिकासँग नभएको समयमा पनि उनलाई फोन गरेर वा मेसेज लेखेर खुसी राख्न सक्नुहुन्छ । त्यसैले उनलाई बारम्बार फोन गर्नुहोस् र मेसेज लेख्नुहोस् ।
५. धैर्यसाथ उनका कुरा सुनिदिनुहोस्
प्रेमिकालाई खुसी राख्न बाझाबाझ गर्न छाड्नुहोस् र असल श्रोता बन्नुहोस् । यदि उनलाई तपाईंका केहि बानी मन पर्दैनन् भने तिनलाई तत्कालै हटाउनुहोस् । उनको इच्छाबारे तपाईंले सुन्नुभयो भने उनमा पक्कै पनि खुसी छाउँछ ।
६. सरप्राइज दिनुहोस्
समय – समयमा आफ्नी प्रेमिकालाई विभिन्न सरप्राइज दिनुहोस् । कहिलेकाँही कुनै अवसर नभए पनि उपहार दिनुहोस् । कहिलेकाँही कुनै अवसर नै नपारी एउटा यस्तो योजना बनाइदिनुहोस्, जुन उनलाई मन लागेको होस् । यस्ता सरप्राइजले उनलाई खुसी राख्नेछ ।
७. हाँस्न लोभ नगर्नुहोस्
प्रेमिकालाई खुसी राख्न तपाईंमा हँसाउन सक्ने खुबीको विकास गर्नुहोस् । गम्भीर कुरा मात्र गर्दा एक्लिएको महसुस हुनसक्छ । समयसमयमा प्रेमिकालाई दिल खोलेर हाँस्ने जोक्स सुनाउनुहोस् । उनी गम्भीर भएको समयमा पनि केहि रमाइला कुरा सम्झाएर सकेसम्म उनलाई हँसाउनुहोस् ।
८. विशेष महत्व दिनुहोस्
आफ्नी प्रेमिकासँग अरु सामान्य मान्छेभन्दा अलि खुलेर नै कुरा गर्नुहोस् । आफ्ना बारेमा केही गोप्य कुरा छन् भने
प्रेमिकासँग बाँड्नुहोस् । यसले गर्दा तपाईंको सम्बन्धमा विश्वास बढ्छ र सम्बन्ध झन् सुमधुर हुन्छ ।
९. सम्मान गर्नुहोस्
कहिल्यै पनि आफ्नी प्रेमिकालाई हल्का रुपमा नलिनुहोस् । तपाईंकी प्रेमिका भनेको तपाईंको आफ्नै सम्पत्ति हुन् । यदि तपाईंसँग कुनै विचार मिल्दैन भने पनि आफ्नी प्रेमिकाको विचारलाई सम्मान गर्न सिक्नुहोस् । प्रेमिकालाई खुसी राख्न सम्मान गर्नु अत्यन्तै महत्वपूर्ण हुन्छ ।
स्मरणशक्ति बढाउँछ
काठमाडौ, माघ २० - कसैलाई अँगालो मार्ने वा कसैको अँगालोमा बाँधिने कल्पना मात्रले पनि आङ सिरिङ हुने गर्छ । त्यसमाथि आफ्नो पि्रय मान्छेको अँगालोको त के कुरा गर्नु ?अँगालोले स्मरणशक्ति बढाउन र तनाव कम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने रहेछ । भियना विश्वविद्यालयमा गरिएको अध्ययनबाट यो निष्कर्ष निस्केको हो । डेली मेलले सम्बद्ध वैज्ञानिकहरुलाई उद्धृत गर्दै लेखे अनुसार, कुनै व्यक्तिले कसैलाई अँगालो हाल्दा उसको रगतमा अक्सिटोसिन हार्मोन प्रवाहित हुन थाल्छ । यो हार्मोनले रक्तचाप र तनाव नियन्त्रण गर्न र स्मरणशक्ति बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने गर्छ ।
अध्ययनकर्ताहरुका अनुसार, कुनै पनि व्यक्तिको सामाजिक व्यवहार निर्धारण गर्न अक्सिटोसिनको अहम् स्थान हुन्छ । यो हार्मोनले आपसमा घनिष्ठता बढाउँछ ।
महिला आमा बन्नु र स्तनपान गराउन सक्षम हुनुमा यो हार्मोनको हात हुन्छ । आमा र शिशुको सम्बन्ध बलियो बनाउनमा पनि यही हार्मोन जिम्मेवार हुन्छ । अनुसन्धानकर्ताहरू भन्छन्, 'अँगालो मार्नु भनेको माया दर्साउनु हो । कसैले कसैलाई अँगालो हाल्दा एअर्काप्रति सहानुभूति उत्पन्न हुन्छ । स्वाभाविकै हो, आपसमा विश्वास बढेपछि शरीरमा सकारात्मक प्रभाव पर्छ ।' सकारात्मक प्रभाव परेपछि मस्तिष्क पनि चंगा हुने भइहाल्यो । चंगा मस्तिष्कले नै धेरै कुरा सम्झन सक्छ ।
न्युरो फिजियोलजिस्ट जुगेन सेडकुलरका अनुसार, एकअर्कालाई नचिन्ने र अँगालोको चाहना नराख्ने व्यक्तिबीच चाहिँ पनि यस्तो क्रियाको त्यस्तो धेरै प्रभाव पर्दैन रे । इच्छाबेगर कुनै अपरिचित वा परिचितद्वारा अँगालो मार्दा पनि अक्सिटोसिन हार्मोन सक्रिय हँुदैन । मन नलागीनलागी अँगालो मार्दाचाहिँ तनाव बढ्छ ।
त्यसैले विश्वासको अँगालो मारौं, तनाव घटाऔं र दिमाग बढाऔं ।

.jpg)