नथ्थी लाएर विपक्षीलाई चुनावमा ल्याउँछौं: भट्टराई
१६ माघ, ललितपुर । एकीकृत माओवादीका
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाओवादीलाई जनताले अझै १० वर्ष सत्ता
चलाउन दिने दावी गर्नु भएको छ ।
एमाओवादी ललितपुरको ७ औं जिल्ला सम्मेलनको
मंगलवार उद्घाटन गर्दै प्रचण्डले जनताको विश्वास अझैपनि एमाओवादीमै रहेको
वताउनुभयो । दलित, जनजाति, मुस्लिम लगायत सबैको मुद्दालाई उठाएकोले
एमाओवादीको जनतासंग रहेको बलियो सम्बन्ध कसैले टुटाउन नसक्ने उहाँको भनाई छ
।
जेठ १५ भित्रै नयाँ निर्वाचन गर्न आफूहरु
जस्तोसुकै त्याग गर्न तयार रहेको भन्दै प्रचण्डले कांग्रेस-एमाले तयार
नभएपछि देशलाई चुनावमा जान अब सबैले रोक्न नसक्ने बताउनुभयो । उहाँले
भन्नुभयो-’नयाँ निर्वाचनमा जान एमाओवादीले के गर्नु पर्छ, जस्तो सुकै त्याग
र बलिदान गर्न हामी तयार छौँ । तर निर्वाचन जेठ १५ भित्रै निर्वाचन
हुनुपर्यो ।’
प्रचण्डले अब नेपालमा परिवर्तन
विरोधीहरुको भविष्य नरहेको समेत वताउनुभयो । उहाँले दैलेखमा १०-१५ जनालाई
ढुंगा हान्न लगाएर विपक्षी दल काँग्रेस एमालेले लोकतन्त्रमा फाशिष्ट चरित्र
देखाएको आरोप लगाउनुभयो ।
नथ्थी लाएर विपक्षीलाई चुनावमा ल्याउँछौं: भट्टराई
प्रधानमन्त्री एवं एमाओवादी उपाध्यक्ष डा.
बाबुराम भट्टराईले विपक्षी दलहरु चुनाव हुन नदिन षड्यन्त्र गरिरहेको भन्दै
नथ्थी लाएर विपक्षीलाई चुनावमा ल्याउने बताउनु भयो । उहाँले
भन्नुभयो-’चुनाव हुन नदिन विपक्षीहरुले षड्यन्त्र गरिरहेका छन् । उनीहरुलाई
हामीले नथ्थी लगाएर भएपनि चुनावको बाटोमा ल्याउँछौ ।’
प्रधानमन्त्री भट्टराईले जसरी भएपनि
जेठभित्र नयाँ निर्वाचनमा जानु पर्ने वताउनुभयो । उहाँले
भन्नुभयो-’काँग्रेस-एमालेसहितका दलहरु चुनावदेखि डराइरहेका छन् । यदि
जनताको विश्वास छ भने चुनावमा जान किन डराउनु पर्यो ?’
भट्टराईले लोकतान्त्रिक गणतन्त्रका
उपलब्धिहरुलाई संस्थागत गर्नेवेलामा दलहरु चिढिएको भन्दै चिन्ता व्यक्त
गर्नुभयो । भट्टराईले हेटौँडामा हुने पार्टीको ७ औं महाधिवेशनवाट पार्टी
नयाँ कार्यदिशाका साथ अगाडि वढ्ने विश्वास व्यक्त गर्नु भयो ।

0 comments
Write Down Your Responses