mainpageads

तीन सय किलो वजन घटेपछि

एक समय थियो इंग्ल्यान्डका पल मेसनलाई ओछ्यानमा पल्टिरहनुको कुनै विकल्प थिएन। किनभने ४ सय ४४ किलोको भारी शरीरले  उनलाई हिँडडुल गर्न दिँदैनथ्यो। पललाई विश्वको सबैभन्दा मोटो व्यक्ति हुनुमा गर्व त थियो तर, त्यो गर्व कामलाग्दो थिएन। मोटोपनले तनाव  बढेपछि पलले वजन घटाउने दृढता लिए। 

दृढ इच्छाशक्ति भए केही कुरा पनि असम्भव छैन भन्ने कुरा उनले पनि पुष्टि गरिदिए। पलले आफ्नो तौल मात्र घटाएनन् २ सय ८६ केजी  तौलको गरेर रेकर्ड नै बनाएका छन्। पल अब मात्र १ सय ५८ किलोका छन् र उनी आम सर्वसाधारणहरूजस्तै जीवन बिताइरहेका छन्।  उनले गहनाको कारोबारसमेत सुरु गरेका छन्।

कुनै समय पलको एक दिनको खुराक २१ हजार क्यालोरी हुन्थ्यो, जुन आमरूपमा मानिसले खाने भन्दा ११ गुणा बढी हो। पल हाल आफ्नो  आनुभव समेटेर एउटा पुस्तक तयार पार्दैछन्, जसले खानपानको गलत आदतका सम्बन्धमा सर्वसाधारणलाई जानकारी दिनेछ। अविश्वसनीय  रूपमा तौल घटाएपछि पल जीवनसाथीको खोजीमा समेत जुटेका छन्।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts