mainpageads

अमेरिकामा रेखाको गर्जन, ‘शिक्षितले के नापेका छन् र ?’

एक महिना लामो अमेरिका भ्रमणमा रहेकी नायिका रेखा थापाले आफुलाई अशिक्षित भन्नेलाई मुर्खको संज्ञा दिएकी छिन् । रेखाले शिक्षित नेपाली माथी प्रश्न तेर्साउदै भनिन्, ‘म असक्षम छु रे, अशिक्षित छु रे, तर धेरै शिक्षित नेपालीहरुले पनि के नापेका छन् त नेपालमा ?’उनले भनिन्, ‘म एक शिक्षित विद्धान भन्दा पनि बुद्धिमान हुन रुचाउने मान्छे हुँ ।’ आफु १६ बर्षदेखि सिनेमा नगरीमा लागेकाले पनि पढाई पुरा गर्न नपाएको बताउदै रेखाले आफ्नो पुस्तक भनेकै क्यामेरा, चलचित्र, एक्सनकट भएको दाबी गरिन् । चलचित्र बिकास बोर्डको अध्यक्ष पदका लागि दौडधुप गरेपनि अधिकांश चलचित्रकर्मीहरुले उमेर नपुगेको, अशिक्षित भन्दै टिप्पणी गरेपछी रेखाले अमेरिका पुगेर जवाफ फर्काएकी हुन् ।
उनले आफु राजनीतिमा आउन सक्ने संकेत समेत गरीन् । रेखाले भनिन्, ‘पहिले समाजसेबा गर्ने इच्छा छ, त्यसपछी सायद म राजनीतिमा पनि आउँछु ।’ आफ्नो स्वभाव नै क्रान्तिकारी भएकाले माओवादीसँग मेल खानु स्वभाविक भएको रेखाको भनाई छ । न्यूयोर्क नेपाली संचार सञ्जालले न्यूयोर्कको ज्याक्सन हाइट्स्थित हिमालयन याक रेष्टुरेण्डमा आयोजना गरेको कार्यक्रममा रेखाले आफ्नो विरोध गर्नेहरुको खेदो खनेकी हुन् ।रेखाले कार्यक्रममा प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराइलाई दाई भनेर सम्बोधन गरेकी थिईन् । रेखाले भनिन्, ‘एकिकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड मलाई मन पर्छ, बाबुराम दाई पनि उत्तिकै पिय लाग्छ ।’ आफुसँग भिजन भएको भन्दै रेखाले देशको सेवा गर्ने इच्छा व्यक्त गरिन् ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts