८ प्रतिशत अमेरिकी नांगै सुत्छन्
हालै
गरिएको एक सर्भेक्षणले सयमा ८ जना अमेरिकी रातमा नांगै सुत्ने गरेका
देखाएको छ । सर्भेक्षणका अनुसार ७४ प्रतिशत अमेरिकीले सुत्दाखेरी पाइजामा
लगाउँछन् भने केहीले विभिन्न खालका अरु कपडा लगाउँछन् । ८ प्रतिशत भने केही
पनि नलगाइकन सुत्ने गर्छन् ।
७४ प्रतिशत अमेरिकी कोल्टे परेर सुत्दा
रहेछन् । जबकी १६ प्रतिशत घोप्टो परेर र १० प्रतिशत उत्तानो परेर सुत्न
गरेका सर्भेक्षणले देखाएको छ ।
सर्भेक्षणले धेरै अमेरिकीले आफुले देखेको
सपनाभुल्ने गरेको तथ्य समेत पत्ता लगाएको छ । आधाजसो अमेरिकीले आफुले रातमा
देखेको सपना बिहान उठ्दा एक चौथाइ पनि सम्झिन सक्दैनन् । जबकी १०
प्रतिशतले भने आफ्नो सपना हुबहु भन्न सक्छन् ।

0 comments
Write Down Your Responses