mainpageads

फेसबुक सफा गर्ने फेसवास

के तपाइँको फेसबुक प्रोफाइल फोहोर भएको छ ? अर्थात् नचाहिने खालका, अश्लील लाग्ने धेरै सामाग्री पोष्ट भएका छन् वा सेयर भएका छन् जुन तपाइँ हटाउन चाहनुहुन्छ र फेसबुकलाई चिटिक्क पार्न चाहनुहुन्छ ।
त्यसो हो भने चिन्ता नलिनुस् एउटा यस्तो एप्लिकेसन आइसकेको छ जसले तपाइँको फसबुक प्रोफाइललाई सफा गरिदिनेछ । फेसवास नामको यो एप्स फेसबुक प्रयोगकर्तामाझ निकै लोकप्रिय हुने अपेक्षा गरिएको छ।
फेसवासले तपाइँको फेसबुक वालमा पोष्ट भएका कमेण्ट, तपाइँको स्टाटस अपडेट, तपाइँले ट्याग गरेका वा तपाइँलाई ट्याग गरिएका, पोष्ट गरेका फोटोका कमेण्ट, शेयर गरेका लिंक तथा लाइक गर्ने लिंकहरुमा गइ खोजतलास गर्नेछ । यसरी खोजतलास गर्दा फेला परेका अश्लील शव्द तथा आपत्तिजनक वा अश्लील खालका तस्वीरहरु स्क्यान गरेर हटाइदिनेछ । त्यस्तै तपाइँ आफैले कुनै खास शव्द आफ्नो फेसबुक प्रोफाइलबाट हटाउन चाहनुभयो भने पनि त्यसको जिम्मा फेसवासलाई दिन सक्नुहुन्छ ।
यो प्रविधि अमेरिकाको केन्ट विश्वविद्यालयका ३ जना विद्यार्थीले विकशित गरेका हुन् । अमेरिकाको पेन्सिल्भेनिया विश्वविद्यालयमा आयोजित प्रविधि मेलामा यो एप्लिकेसन लञ्च गरिएको हो । कम्प्युटर साइन्सका विद्यार्थीहरु क्यामडेन, ड्यानियल र डेभिडले आफुहरुले विकशित गरेको एप्स खासगरी युवापुस्ताको लागि निकै उपयोगी हुने दाबी गर्छन् । आफ्ने फेसबुकमा सेयर भएका, ट्याग भएका वा पोष्ट भएका आपत्तिजनक सामाग्रीहरु आफ्ना अभिभावक, मान्यजन तथा हाकिमले देख्न नपरोस् भन्नका लागि यो टूल्स उपयोगी हुने उनीहरुको भनाई छ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts