चुम्बनको रामकहानी
चुम्बन अर्थात् प्रेम प्रकट गर्ने
सबैभन्दा उपयुक्त र सभ्यमाध्यम । यद्यपि परम्परागत समाजमा सार्वजनिक स्थलमा
गरिने चुम्बन अझै सहज बनिसकेको छैन । तरपनि चुम्बन प्रेम जोडीहरुको
अपरिहार्य तत्व हो । यस्तो प्रेमालापको माध्यम बनेको चुम्बनको इतिहास कस्तो
होला ? यो सबैले जान्न चाहने विषय हो ।
यो पुस्तकका अनुसार सन् १५६२ मा इटालीको नेपल्स सहरमा सार्वजनिक स्थलमा चुम्बन गर्नेलाई मृत्युदण्ड दिइएको थियो ।
पुस्तकमा भनिएको छ, चुम्बन अर्थात kiss
भन्ने शव्दजर्मन शव्द kussjan बाट आएको हो । सायद चुम्बन गर्दा आउने
ध्वनीका कारण यसलाई यस्तो नाम दिइएको हुनुपर्छ । पुस्तकका अनुसार एउटा
मानिसले आफ्नो जिवनकालमा ३३६ घण्टा अर्थात् १४ दिन चुम्बन गरेर बिताउँछ ।
चलचित्रमा पहिलो पटक सन् १९२६ मा चुम्बनको
दृश्य राखिएको हो । चलचित्रको इतिहासमा अंग्रेजी चलचित्र नै चुम्बन दृश्य
राख्ने पहिलो चलचित्र हो । सबैभन्दा बढि चुम्बनका दृश्य भएको चलचित्र डोन
जुआन हो । सन् १९२६ को यो चलचित्रमा १९१ वटा चुम्बनका दृश्य समावेश थिए ।
नेपालीमा चुम्बन गर्नुलाई म्वाइँ खानु
भनिन्छ । फ्रान्समा भने जिब्रो मिलाएर चुम्बन गर्नुलाई साबेल अर्थात्
बेल्चा बेरेको भनिँदो रहेछ ।
विश्वमा अहिलेसम्म सबैभन्दा लामो अनवरत
चुम्बन भनेको ३१ घण्टा ३० मिनेटको छ । सन् १९९० मा अल्फ्रेड उल्फ्राम नामका
व्यक्तिले अमेरिकाको मिनिसोटामा भएको एक समारोहमा ८ घण्टामा ८ हजार १ जना
व्यक्तिलाई चुम्बन गरेका थिए । अर्थात् उनले औषतमा एक मिनेटमा १६ जनासँग
चुम्बन गरेकाथिए ।
जथाभावी चुम्बन स्वास्थ्यको लागि हानिकारक
मानिन्छ । केवल एक पटकको मुख जोडाएर गरिने चुम्बनबाट २७८ प्रकारका
व्याक्टेरिया सर्न सक्छन् । तीमध्ये धेरै हानिकारक समेत हुन्छन्
। विज्ञहरुका अनुसार चुम्बनले मान्छेको आयू समेत घटाउँछ । लामो समयको
चुम्बनले सरीरमा हर्मोनको मात्रा निकै बढाउँछ जुन हानिकारक हुन्छ । त्यसैले
भनिन्छ एकपटकको पूर्ण चुम्बनले मान्छेको आयू एक मिनेट घटाउँछ ।

0 comments
Write Down Your Responses