mainpageads

चलचित्र ‘बधशाला’ लाई प्रतिवन्ध लगाउन रक्षाको उर्दी

काठमाडौं – आगामी फागुन २५ गते रिलिजको तयारीमा रहेको चलचित्र ‘वधशाला’ को प्रदर्शनमा प्रतिवन्ध लगाउन रक्षा मन्त्रालयले सूचना तथा सञ्चार मन्त्रालयलाई पत्राचार गरेको छ ।
रक्षाले माघ ३ गते सञ्चारलाई लेखेको पत्रमा नेपाली सेनाको पोशाक लगाएर छायांकन लगायतका विषयमा सम्बन्धित निकायसँग स्वीकृति समेत नलिइ तयार गरिएकाले प्रतिवन्ध लगाउन आग्रह गरिएको छ ।
रक्षाको पत्राचार पश्चात सञ्चार मन्त्रालयले माघ ७ गते चलचित्र विकास बोर्डलाई पत्र लेखी रक्षाको आग्रह बमोजिम आवश्यक कारबाहीका लागि अनुरोध गरिएको छ ।
रक्षाले सञ्चार मन्त्रालयलाई पठाएको पत्रमा ‘चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन २०२६ र चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण नियमावली, २०५७ बमोजिम प्रदर्शनको लागि इजाजत प्रदान नगर्न र प्रदान गरिसकेको भए चलचित्र हल लगायतका प्रदर्शन रोक लगाई दिन’ आग्रह गरिएको छ ।
नेपाली सेनाको अनुरोध गरेबमोजिम चलचित्र प्रतिवन्ध लगाउन रक्षा मन्त्रालयले लेखेको पत्रमा आग्रह गरिएको छ ।
अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेपः निर्देशक
चलचित्र बधशालाका निर्देशक मनोज पण्डितले चलचित्र प्रतिवन्ध लगाउने तयारी अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको बताए । ‘सेनाको पोशाक बहाना मात्रै हो । उनीहरुलाई बहाना चाहिएको थियो’, निर्देशक पण्डितले भने, ‘यो अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हो ।’
निर्देशक पण्डितले सेन्सर बोर्डले हेर्नुपर्ने विषयलाई रक्षाले प्रतिवन्ध लगाउनु हास्यास्पद भएको बताए । ‘यसअघि पनि यस्ता धरै चलचित्र प्रदर्शनमा आएका छन्’, उनले भने, ‘यस्ता विषय रक्षासँग अनुमति लिने व्यवस्था नै छैन ।’
सशस्त्र द्वन्द्वकालमा भैरवनाथ गणमा कैदीहरुमाथि सेनाले दिएको यातनाको सेरोफेरोमा चलचित्र बधशाला केन्द्रीत छ ।
हेर्नुहोस् यूट्यूबमा बधशालाको प्रोमो ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts