प्रचण्ड र बाबुराम पक्षीय कार्यकर्तावीच कुटाकुट
१८ माघ, रौतहट । एकीकृत माओवादीका अध्यक्ष
पुष्पकमल दाहाल र उपाध्यक्ष डा. बाबुराम भट्टरार्इ पक्षीय कार्यकर्तावीच
रौतहटमा कुटाकुट भएको छ ।
रौतहटको बसन्तपुरमा भइरहेको एमाओवादी
रौतहटको ६ नम्बर क्षेत्रिय सम्मेलनमा विहीवार प्रचण्डनिकट नेता अशोक जैसवाल
र भट्टरार्इनिकटका नेता प्रभु साह पक्षीय कार्यकर्तावीच कुटाकुट भएको हो ।
प्रतिनिधि छनोटका विषयमा कुरा नमिलेपछि भएको विवादले उग्ररुप लिएपछि
सम्मेलनमा दुई पक्षवीच कुटाकुट भएको हो ।
प्रभु शाह निकट नेता विनेश्वर यादवका
अनुसार प्रतिनिधि छनोट गर्दा आफूनिकटका नेताहरुलाई नराखेको भन्दै जैसवाल
निकट कार्यकर्ताले निर्णय भएको माईन्यूट नै च्याति दिएका छन् । प्रतिनिधि
छनोटका वारेमा बहुमतले निर्णय भइपछि असहमति जनाउँदै जैसवाल समूहले बखेडा
झिक्दै माईन्युट च्यातेको यादवले वताउनुभयो । यादवले केहीवेर दुई पक्षवीच
विवाद भएपनि हात हालाहाल चाहिँ नभएको वताउनुभयो ।
केही दिन अघि जिल्ला सम्मेलनका लागि बन्द सत्रमा गौरमा कार्यकर्ताहरुवीच नै कुटाकुट भएको थियो ।

0 comments
Write Down Your Responses