झाडी सफा गर्दा करोडौं आम्दानी !
१५ माघ, काठमाण्डौं । बर्षेनी आगलागीबाट
सखाप हुने झाडी सफा गरी एउटै गाउँले करोड कमाउँछ भन्दा आश्चर्य लाग्न सक्छ ।
तर, सिन्धुपाल्चोक अत्तपुर ८ सिक्रेका बासिन्दाले झाडी सफा गरेर नै करोडौं
रुपैयाँ कमाएका छन् ।
उनीहरुले आफ्नो सामुदायिक वनमा रहेका
गैरकाष्ठ पदार्थबाट -झाडी) बायो बि्रगेट तयार पारेर बिक्री गर्छन ।
अत्तरपुरका वडा नम्बर ७, ८ र ९ का झन्डै दुईसय स्थानीयबासीले प्रत्यक्ष
रोजगारी समेत पाएका छन् । जसमा झन्डै ४५ प्रतिशत महिला छन् । गाउँमा रहेका
चारवटा बायो बिग्रेट उद्योगबाट रोजगारीको व्यवस्था रहेको खबर नयाँ
पत्रिकाले छापेको छ । सिक्रे बि्रकेट उद्योगका व्यवस्थापक देवबहादुर
श्रेष्ठले उद्योगमा आठघन्टा काम गर्ने कामदारले प्रतिदिन पाँच सय रुपैयाँ
कमाउने कामदारले बताएका छन् ।

0 comments
Write Down Your Responses