mainpageads

नायीका निशा अधिकारी समाजसेवामा..

नायिका निशा अधिकारी यूवा उडान नामको संस्था खोलेर समाज सेवामा होमिएकी छिन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उनले नेपालीहरुकै सहयोगमा नेपालीलाई सहयोग गर्ने उद्देश्यले राहतको लागि उडान भन्ने नारा सहितको यूवा उडान नामक संस्था गठन गरिएको जानकारी दिईन ।शितलहरबाट मृत्यू भएको समाचार आए पछि पाँच जना साथीहरुसँगको सहकार्यमा लुगा संकलन गरेर वितरण गरेर पछि समाजसेवाको चाहना बढेको उल्लेख गर्दै ब्यक्तिगत प्रयासलाई संस्थागत गरेर समाजसेवामा होमिएको बताईन ।
उनले आफ्नो संस्थाले अन्तर्राष्ट्रिय र राष्ट्रिय एनजीओ, आइएनजीओबाट कुनै सहयोग नलिई यूवाहरुको समय, शक्ति, साधन र ईच्छाशक्तिको प्रयोगबाट समाजिक सेवा गर्ने स्पष्ट पारिन ।
निशा र उनको समूहले यसअघि रौतहटको जोगौलिया, देबीपुर माझी र मुसहर टोलमा शितलहर पिडीतकालागी न्यानो लुगा वितरण गरेको थियो । यसपछि उनको संस्थाले सरस्वती पुजाको दिन गरिब विद्यार्थीहरुलाई कापी कलम वितरण गर्ने योजना समेत बनाएको पत्रकार सम्मेलनमा निशाले सुनाईन ।
पत्रकार सम्मेलनमा आफ्नो पेशाबाट समय निकालेर समाजसेवा गर्ने जानकारी दिदै तत्काल राजनीतिमा जाने आफ्नो कुनै सोच नरहेको तर सगरमाथा चढ्ने सपना भने अधुरै रहेको सुनाईन ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts