स्थायी मेकअप
अफिसमा अति आवश्यक मिटिङ छ, तर भनेको बेला तयार हुने समय हुँदैन । बेलुकी
पार्टी छ तर कामको व्यस्तताले पार्लर जाने समय हुँदैन । आइब्रो पनि सेपमा
छैन, नङमा पनि कमजोरी देखिएको छ । यस्तो अवस्थामा स्थायी रूपमै अनुहारको
मेकअप कायम रहोस् भन्ने चाहना हुनसक्छ । यो चाहना अहिले सम्भव भएको छ ।
एकपटक लाइनर वा गाजल लगाएपछि लामो समयसम्म त्यसमा टाउको दुखाउनुपर्दैन ।
एकपटक आइब्रोलाई सेपमा ल्याएपछि बारम्बार पार्लर गैरहनुपर्दैन । यो सबै
स्थायी मेकअपका कारण सम्भव भएको छ ।
स्थायी मकेअप के हो ?
सौन्दर्यविद्हरूका अनुसार स्थायी मेकअप आजको आवश्यकता हो । यो सौन्दर्यसम्बन्धी धेरै समस्याको समाधान पनि हो । यो मेकअपलाई स्थायी मेकअप भनिन्छ । यो विधिमा एउटा मसिनो सियोको माध्यमबाट छालाको पहिलो झिल्लीमा विशेष किसिमको सूक्ष्म कलर पिगमेन्ट प्रत्यारोपित गरिन्छ । यसले छालाको रंग परिवर्तन हुन्छ । यो रंग वषार्ंैसम्म विशेष हेरचाहबिना पनि कायमै रहन्छ । यसबाट समय मात्र नभएर पैसा पनि बचत हुने दाबी विज्ञहरूको छ ।
साइडइफेक्ट छैन
कतिपय व्यक्तिमा स्थायी मेकअपले छाला खराब हुने वा अन्य साइडइफेक्ट देखिने भ्रम छ । विज्ञहरूले स्थायी मेकअपले गलत प्रभाव नपार्ने दाबी गरेका छन् । यसबाट एलर्जी हुन्छ भन्ने कुरा पनि गलत भएको उनीहरूको भनाइ छ । छालालाई पनि यसले कुनै असर गर्दैन । संवेदनशील छाला भएका महिलाका लागि यो राम्रो विकल्प हो । सौन्दर्य प्रसाधनबाट एलर्जीको सम्भावना बढी हुन्छ । स्थायी मेकअपबाट कुनै असर पर्दैन । अस्थायी गाजल, मस्कारा, लाइनर, लिपकलर पसिनाबाट बग्छ । लेन्स लगाउने महिलाका लागि स्थायी आइमेक वरदान नै हो । स्थायी मेकअप गरिसकेपछि आइमेकका लागि बारम्बार लेन्स निकाल्ने तथा राख्ने झन्झट बेहोर्नुपर्दैन ।
स्थायी मेकअपपूर्व
एकपटक स्थायी मेकअप गरेपछि त्यसलाई समयपूर्व हटाउन भने सहज हुँदैन । त्यसैले मेकअप गराउनुपूर्व आफ्नो लुकका बारेमा राम्रोसँग निक्र्यौर्ल गर्नुपर्छ । यसका लागि एकसातापूर्व अस्थायी मेकअप गरेर त्यो लुकलाई आफूलाई विश्वास नभएसम्म प्रयोग गर्नुपर्छ । आफ्नो लुक सुहाउँदो भएको कुरामा विश्वस्त भएपछि मात्र त्यसलाई स्थायी रूपमा परिणत गर्नु राम्रो हुन्छ । ओठको आकार, आइब्रो सेप, गाजलका साथै अन्य प्रसाधन लगाउन १५ मिनेटदेखि एक घन्टासम्म लाग्छ र त्यसका लागि एकदेखि दुई सिटिङ लिनुपर्ने हुनसक्छ । पहिलो १० दिनमा कलर पिगमेन्टको माथिल्लो परत र्झन सक्छ, तर त्यसलाई रिटचिङबाट ठीक गर्न सकिन्छ ।
यदि नेल कल्चर गराउँदै हुनुहुन्छ भने यो प्रक्रिया अलिक फरक छ । यसमा विशेष किसिमको पाउडर र जेल मिलाएर नक्कली नङ बनाइन्छ । यसलाई आफ्नो नङसित जोडिन्छ । आर्टिफिसियल नङ प्राकृतिक नङकै रूपमा बढ्छ । त्यसैले हरेक दुई महिनामा रिटचिङ गर्नुपर्ने हुन्छ ।
कसका लागि स्थायी मेकअप
स्थायी मेकअप १८ वर्षभन्दा माथिका जोकसैले गर्न सक्छन् तर गर्भवती महिला, डायविटिज एवं उच्च रक्तचापका बिरामीका लागि भने यो रिस्की हुन्छ । ल्युकोडर्माका रोगीका लागि पनि यो उपयुक्त मानिँदैन ।
मेकअप अवधि
स्थायी आइब्रो - १५ वर्ष
स्थायी लाइनर, गाजल- १५ वर्ष
सेमी स्थायी, आइलेन्स पर्मिङ- २ महिना
सेमी स्थायी मस्कारा- १०-१५ दिन
स्थायी ब्युटी स्पट- १५ वर्ष
स्थायी लिपलाइनर- १५ वर्ष
स्थायी लिपिस्टिक- २ वर्ष
स्थायी कलरिङ- १०-१५ वर्ष
स्थायी नेल कल्चर- २ महिना
सेमी स्थायी नेल आर्ट- ३ महिना
स्थायी ब्लसर - १५ वर्ष

0 comments
Write Down Your Responses