mainpageads

भुवन केसी भन्छन- ‘प्लेब्वाई भने पनि खुसी छु’

सधैजसो बिबादमा आइरहने नायक भुवन केसी पछिल्लो समय आफुभन्दा आधा उमेरकी नायिका जिया केसीसागको सम्बन्धका कारण चर्चामा छन् । त्यसअघि एक अधवैंसे महिलासागको सम्बन्धका कारण सडकमै कुटाई खाने अबस्थामा पुगेका भुवनले बैधानिकरुपमै दुई महिलासाग बिबाह गरे । अहिले दुवै जनासाग उनको सम्बन्ध टुटिसकेको छ । फिल्म नगरीमा भुवन केसीलाई धेरैले प्लेबाईका रुपमा लिन्छन् । त्यस्तो चर्चाबाट भुवन केसी पनि खासै बेखुसी रहेनछन । बिहीवार प्रकाशित शुक्रबार साप्ताहिकसागको कुराकानीमा भुवनले भने-मेरा महिला फ्यान धेरै भएकाले कसैले मलाई प्लेबाई भन्छ भने केही भन्नुछैन् । त्यही कारणले मलाई प्लेब्याई भनेको भए म खुसी छु ।’ संसारका हरेक हिरोलाई आफ्ना केटी फ्यान धेरै होउन भन्ने चाहना हुने भन्दै भुवनले आफुले आफुले कसैलाई दुब्र्यबहार नगरेको र महिलाको सम्मान गरेको बताए ।

मन मिलेको खण्डमा रिलेसन बेडसम्म पुग्नुलाई आफुले अनौठो नमान्ने भुवनले बताए । ‘९५ प्रतिशत पुरुषलाई भुवन केसीलाई झैं आफुलाई पनि केटीहरुले मन पराइदिउन भन्ने चाहना हुन्छ, त्यसमा मैले धेरै किन टाउको दुखाउनु ?’ भुवनले भने । संसारका सवै मान्छे र भगवानलाई पनि सुरा, सुन्दरी र द्युतक्रिडा राम्रो हैन भन्ने थाहा हुादाहुादै पनि सफलता हात लागेपछि सवैलाई यही चिज चाहिने भुवनले दावी गरे ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts