वीरगञ्जबाट रित्तो हात फर्किए राजेश हमाल
नायक राजेश हमाल वीरगञ्जबाट रित्तो हात
फर्केका छन् । चलचित्र ‘राजनीति’ को छायांकनका लागि वीरगञ्ज पुगेका हमाल
रित्तो हात फर्किएका हुन् । चलचित्रकर्मीहरुको आन्दोलनका कारण छायांकन समेत
प्रभावित भएपछि चलचित्र ‘राजनीति’ युनिट ३ दिन विरगञ्ज बसेर काठमाण्डौ
फर्किएको हो ।
चलचित्रका
निर्देशक बसन्त निरौलाले अनलाइनखबरसँग भने, ‘३ दिन विरगञ्ज बसियो तर
छायांकन गर्न नपाएपछि रित्तो हात फर्कियौ ।’ उनले निर्माणपक्षलाई ३ दिनमा ५
लाख भन्दा बढि घाटा लागेको जानकारी समेत दिए ।
आइतबारबाट चलचित्रको छायांकन, पोष्ट
प्रोडक्शन समेत ठप्प पारेर चलचित्रकर्मीहरु आन्दोलित छन् । निर्देशक बसन्त
निरौलाले भने, ‘हामीलाई छायांकन समेत बन्द भन्ने थाहा थिएन, तर विरगञ्ज
पुगेपछि छायांकन नगर्नु होला भन्दै फोन आयो ।’ खुल्छ कि भनेर २ दिन
पर्खिएपनि नखुलेपछि आफुहरु छायांकन नै नगरी काठमाण्डौ फर्किएको निरौलाको
भनाई छ ।
नायक राजेश हमाल सहित ४० जनाको युनिट
‘राजनीति’ को छायांकनका लागि वीरगञ्ज पुगेको थियो । कोमल वली, पवित्रा
आचार्य लगायतका कलाकारको अभिनय रहेको यो चलचित्रले राजनीतिक बिषयबस्तुलाई
उठान गरेको छ । चलचित्रकर्मीहरुको आन्दोलनले सिंगो सिनेमा नगरी नै प्रभावित
हुदा समेत सरकारले कुनै सुनुवाई गरेको छैन ।

0 comments
Write Down Your Responses