mainpageads

नेपाली क्रिकेटर सेमिफाइनल नजिक

काठमाडौ, माघ १३ - प्रारम्भिक ब्याट्सवुमन सीता रानामगरको ४६ रन र सोनु खड्काले ३ विकेट लिएपछि नेपालले थाइल्यान्डमा भइरहेको एसीसी वुमेन्स  च्याम्पियनसिप क्रिकेटमा नेपालले शुक्रबार लगातार दोस्रो जित निकालेको छ । उसले यूएईलाई ८६ रनले हरायो । योसँगै नेपाल समूह 'ए' बाट से मिफाइनल नजिक पुगेको छ ।
नेपाल दुई खेलबाट ४ अंक बटुल्दै समूहको पहिलो स्थानमा छ । हङकङले २ खेलमा ४ अंक बटुले पनि नेटरनरेटमा नेपालभन्दा पछि छ ।
समूह 'बी' मा लगातार तेस्रो जित निकाल्दै चीन र घरेलु टिम थाइल्यान्ड ३ खेलबाट ६ अंक बटुल्दै पहिलो र दोस्रो स्थानमा छन् । चीनले थाइल्यान्डलाई  नेटरनरेटमा पछि पारेको हो । नेपालले बिहीबार भुटानमाथि ८ विकेटको जित निकालेको थियो ।
जिमखाना मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि सीताले ४८ बलमा ७ चौका प्रहार गरेपछि निर्धारित २५ ओभरमा ५ विकेटको क्षतिमा  १ सय ४५ रन बनायो । सरिता मगरले नटआउट ४१ रनको इनिङ्स खेलिन् ।
अर्धशतक प्रहार गर्दै ब्याट्स उठाउने लक्ष्य पूरा नभएको सीताले कान्तिपुरसँगको टेलिफोन सम्पर्कमा बताइन् । खेलको वुमन अफ द म्याच भएकी उनले  भनिन्, 'यसको तातो वातावरणले गर्दा क्रिजमा टिक्न निकै गाह्रो परेको थियो ।'
यस्तै नेरी थापाले १६ रन जोडिन् । जवाफमा सोनुले ५ ओभरमा १७ रन दिएर ३ खेलाडीलाई आउट गरेपछि यूएई २२ ओभर ४ बलमा ५९ रनमै समे टियो । करुणा भण्डारीले दुई तथा कप्तान रूबिना छेत्री र नेरीले एक/एक विकेट लिए । नेपालले आइतबार तेस्रो खेलमा मलेसियाको सामना गर्नेछ । 'मले सियालाई हामी कमजोर आँक्ने छैनौं । हाम्रो लक्ष्य पहिले समूह विजेता बन्ने हो,' प्रशिक्षक जमिल अन्सारीले भने । उनले यूएईविरुद्धको खेलमा आफ्ना खे लाडीको प्रदर्शनलाई लिएर प्रशंसा गरे ।
मछिन्द्र पेनाल्टीको सिकार
सहारा १-० मछिन्द्र


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts