mainpageads

फागुन १ गतेबाट बैद्य माओवादीले आन्दोलन गर्ने

नेकपा–माओवादी अध्यक्ष मोहन बैद्यले कुनै पनि पक्षमा नलागि फागुन १ बाट आन्दोलन गर्ने उद्घोष गरेका छन्।

वैद्यले सरकार र विपक्षीको  विवाद सत्ताका लागिमात्र भएको आरोप लगाउँदै आफूहरुले राष्ट्रियता, जनजिविकाको पक्षमा फागुन १ गतेदेखि आन्दोलन घोषण गर्ने बताएका छन्।

आज राजधानीमा नौ दिनसम्म चलेको केन्द्रीय कमिटीको बैठकका निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलन बोल्दै वैद्यले भने ‘एमाओवादी, कांग्रेस र एमाले एउटै हुन ।’

वैद्यले अन्य राजनीतिक दलले संविधान सभाको पुनस्थापनाको विषय उठाइरहेका बेला संविधानसभा पुनःस्थापनाको सम्भावना सकिएको र नयाँ चुनाव हुने सम्भावना पनि नभएका बताउँदै वर्तमान संकटको लागि गोलमेच सम्मलेन उत्तम विकल्प भएको समेत बताएका छन् ।

वैद्यले माओवादीको अबको जनआन्दोलन गोलमेच सम्मेलनका लागि हुने समेत प्रष्ट पारे। वैद्य माओवादीको नौ दिन लामु वैठकले फागुन १ गते जनयुद्ध दिवस, ८ मार्च अन्तराष्ट्रिय महिला दिवस, चैत्र ५ मा सांस्कृति प्रतिरोध दिवस र चैत्र २४ लाई जनआन्दालने दिवसको रुपमा मनाउँने निर्णय गरेको समेत आजै सार्वजनिक गरेको छ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts