काँग्रेस बाहेक अरुले निर्वाचन गराउँन सक्दैनन् : पौडेल
१६ माघ, म्याग्दी । नेपाली काँग्रेसका
उपसभापति रामचन्द्र पौडेलले नेपाली काँग्रेसबाहेक कुनै पनि दलको नेतृत्व
बनेको सरकारले नयाँ निर्वाचन गराउन नसक्ने दावी गनुभएको छ । उहाँले
काँग्रेस नेतृत्वको सरकारले यसअघि गराएका निर्वाचन निष्पक्ष भएको पुष्टि
भएकाले काँग्रेसकै नेतृत्वमा सरकार गठन गरी निर्वाचनमा जानु पर्ने
वताउनुभयो ।
मंगलवार विहान नेपाल प्रेस युनियन
म्याग्दीले बेनीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पौडेलले
काँग्रेस नेतृत्वमा सहमतीय सरकार गठन भएपछिमात्र निर्वाचनको सुनिश्चितता
हुने बताउनुभयो । पौडेलले भन्नुभयो,’काँग्रेस नेतृत्वमा भएका निर्वाचन
निष्पक्ष र सफल भएको छन् । त्यसैले अन्य दलको नेतृत्वमा निर्वाचन हुनै
सक्दैन ।’ पौडेलले एकीकृत माओवादीका कारण दलहरुवीच सहमति हुन नसकेको
वताउनुभयो । उहाँले एमाओवादीसहित सत्तारुढ अन्इ दलका कारण निर्वाचन नहुने
सम्भावना वढेकाले आन्दोलनवाटै सरकार र निर्वाचनको टुंगो लगाउने वताउनुभयो ।
पौडेलले एमाओवादी र मधेसी मोर्चा आफू अनुकुल परिणाम नआउने डरले निर्वाचनमा
जान डराएको वताउनुभयो ।
पौडेले भन्नुभयो,’दश वर्षसम्म पनि सत्ता
छोड्दैनौँ भन्ने प्रचण्डको अभिव्यक्तिले नै के प्रष्ट हुन्छ भने उनीहरु
निर्वाचनमा जान चाहदैनन् । बरु यही सरकारलाई दश वर्षसम्म निरन्तरता दिन
चाहन्छन् ।’ पौडेलले संबैधानिक निकाय खाली हुँदै गएको समयमा राष्ट्रपति
लचिलो भएकाले निरङ्कुशता र सर्वसत्तावादको खतरा बढेर गएको पौडेलको भनाई छ ।


0 comments
Write Down Your Responses