बुद्ध जन्मनुभन्दा पाँच सय बर्षअघि नै लुम्बिनीग्राममा बस्ती
१८ माघ, काठमाण्डौं । गौतमबुद्ध जन्मनुभन्दा करीब पाँच सय बर्ष अघिदेखि
नै लुम्बिनीग्राममा मानव बासोबास रहेको तथ्य फेला परेको दाबी गरिएको छ ।
नेपाल
सरकार र युनेस्को नेपालको संयुक्त प्रयासमा तीन बर्ष अघिदेखि गरिएको
लुम्बिनी क्षेत्रको अध्ययन एवं उत्खननबाट उक्त कुरा पत्ता लागेको परातत्व
विभागका सूचना अधिकृत एवं उत्खनन टोलीका सदस्य रामबहादुर कुँवरले जानकारी
दिनुभएको खबर गोरखापत्र दैनिकले छापेको छ ।
अध्ययन अनुसन्धानको क्रममा गौतम बुद्ध जन्मनुभन्दा पहिल्यै मानिसले प्रयोग गरेका कोइला, इँटा, तथा ती चिजमाथि परेको प्रकाशको किरणलगायतका आधारमा गरिएको अध्ययनबाट इशापूर्व १३०० मा नै त्यस क्षेत्रमा मानवीय क्रियाकलाप रहेकेा अनुसन्धानदाताको दाबी छ ।
संयुक्त राज्य अमेरिकाको दुर्हाम विश्वविद्यालयका उपकुलपति प्रोफेसर रोविन कनिङ्गमको नेतृत्वमा खटेको टोलीले तीन बर्षको अध्ययन अनुसन्धानबाट उक्त तथ्य पत्ता लगाएको बुधबार पुरातत्व विभागमा आयोजित ‘लुम्बिनी क्षेत्रको अनुसन्धानमा फेला परेका तथ्यको प्रस्तुती रकण’ कार्यक्रममा जानकारी दिइएको छ ।

0 comments
Write Down Your Responses