'मेरी आमा खोई गृहमन्त्रीज्यू ?'
काठमाडौं, माघ १४ -
'अहिले मेरो आमा कहाँ हुनुहुन्छ ? उहाँको अवस्था कस्तो छ ?' उपप्रधान तथा
गृह मन्त्री विजयकुमार गच्छदारलाई प्रश्न गर्दै छोरीमैयाँ महर्जनकी छोरी
सुशीलाले भनिन्, 'तपाईंको छोरी या आमा बेपत्ता भएको भए तपाईंले त्यसको पीडा
महसुस गर्नुहुन्थ्यो तर मेरो आमाको अवस्थाबारे अझै सार्वजनिक गर्न
सक्नुभएन ।'
०६८ फागुनमा काठमाडौंको न्युरोडबाट बेपत्ता भएकी छोरीमैयाँको खोजी गर्न प्रहरी प्रशासनले समेत चासो नदेखाएको भन्दै सुशीलाले भनिन्, 'एकवर्ष बित्न लाग्दा पनि मेरो आमाको अवस्थाबारे जानकारी सम्म दिन नसक्ने नसक्ने तपाईं गृहमन्त्रीको पद सम्हान लायक हुनुहुन्न सुशीलाले यसो भनिरहँदा गृह मन्त्री गच्छदार भने गम्भीर मुद्रामा उनैलाई हेरिरहेका थिए । इनिसिएटिभ अफ मिडिया उमेनले आयोजना गरेको 'महिला हिंसा विरुद्ध सरोकारवालाहरुको प्रतिवद्धता' विषयक कार्यक्रममा शुशिलाले आमाको अवस्थाबारे जानकारी गराउन गृहमन्त्रीसमक्ष आग्रह गरेकी हुन् ।
कार्यक्रममा बोल्दै गृहमन्त्री गच्छदारले मुलुकमा बढिरहेको महिला हिंसाका घटनामा आफू संवेदनशील रहेको बताउँदै प्रहरी प्रशासनबाटै भएको अध्यागमन विभागको घटनामा आफूलाई लज्जा महसुस भइरहेको बताए । अध्यागनमा भएको घटनामा महानिर्देशक निर्देशक जोसुकै दोषी देखिए कारवाही गरिने प्रतिवद्धता व्यक्त गरे ।
छोरीमैयाँको घटनामा तत्कालै छानबिन समिति बनाइ प्रतिवेदन तयार पारिएको र अनुसन्धानका लागि केही समय अभियुक्तलाई थुनामा राखी कारवाही गरिएको उनले जानकारी दिए । हालसम्म प्रतिवेदन समेत सार्वजनिक नगरेको भन्ने शुशिलाको प्रश्नमा उनले भने, 'कतिपय कुरा सार्बजनिक गर्न नमिलेर गोप्य राखिएको हो ।'
तर, समाजमा फरक प्रकृतिका हिंसाका घटनाहरु सार्वजनिक हुदै गएको र यसमा प्रहरीको दोष नहुने दाबी गरे । 'बाबुले छोरीलाई बलात्कार गर्छ भने त्यसमा प्रहरीको भुमिका के हुन्छ ?' उनले भने, 'पछिल्लो समय महिलामाथि घर भित्रैबाट हत्या हिंसा गरेका घटना बाहिर आएका छन्, यसमा प्रहरीलाई दोष दिन मिल्दैन ।' उनका अनुसार आम सञ्चारमाध्यम मार्फत महिला हिंसाका घटना बाहिर आउन थालेकाले पनि बढेको महसुस भएको हो । दोषीलाई कारवाही गर्न पर्याप्त स्रोत साधन र कानुनको अभाव भएकाले पनि महिला माथि हुने हिंसाका बढेको पाइएको हो । अन्य अपराधीक घटना प्रहरीकै प्रशासनकै कारणले नियन्त्रण हुदै गइरहेको उनले जानकारी दिए ।
राष्ट्रिय महिला आयोगकी अध्यक्ष शेष चाँदताराले महिला माथि हुने हिंसालाई अपराध नठान्ने प्रवृतिका कारण महिलाले थप पीडा खेप्नु परेको हो । 'हाम्रो समाज महिलालाई कुटपीट गर्नु हिंसा हुनु साधारण हो भन्ने मानसिकताले जकडिएको छ,' उनले भनिन्, 'तराईमा अझै घरेलु हिंसालाई पुरुषको अधिकार हो भनेर व्याख्या गरिन्छ भने कसरी हिंसाका घटनामा कर्मी आउँछ ?' उनका अनुसार मुलुकमा दण्डहीनता व्याप्त छ । राज्यका सम्पूर्ण निकाय निरिह बनेको अवस्थामा महिला आयोगले पनि केही गर्न सक्ने अवस्था छैन । प्रहरी प्रशासन, अदालत लगायत नितिनिर्माण तहमा महिलाको पहुँच छैन । प्रहरीको महिला सेलमा महिला कर्मचारी पर्याप्त छैनन् । 'प्रहरीले जाहेरी दर्ता गर्नुको साटो उल्टै हकारेर पठाउँछ भने कुन ठाउँमा महिलाले न्यायको अनुभुति गर्ने ?' उनले भनिन्, 'कानुनको कडा कार्यान्वयनका लागि जब कडा संयन्त्र बन्छ तबमात्र महिला हिंसाका घटनामा कमी आउन सक्छ ।'
अधिवक्ता सपमा प्रधान मल्लले अध्यागमनको घटनामा संगठित अपराधबाट महिलालाई फसाइएको बताइन् । 'अध्यागमनमा दिनहुँ बैदेशिक रोजगारीमा जाने/आउने युवतीहरु फसिरहेका छन्,' उनले भनिन्, 'तर, संगठित अपराध गर्ने गिरोहलाई प्रहरीले खोजी गर्न सकेको छैन ।' प्रहरीको अनुसन्धान नै पुर्वाग्रहरी हुने गरेको उनले बताइन् ।
कार्यक्रममा प्रहरी महानिरीक्षक कुबेरसिंह राणा, गृह मन्त्रालयका प्रवक्ता शंकर कोइराला, गृह सचिव भोला शिवाकोटी, शान्ति मन्त्रालयका सह सचिब साधुराम सापकोटा लगायत सरकारी उच्च अधिकारीहरुको सहभागिता थियो ।

0 comments
Write Down Your Responses