mainpageads

सप्तरीमामात्रै ३ सय २६ यौनकर्मी महिला !

१८ माघ, सप्तरी । सप्तरीमा महिला यौनकर्मीको सङ्ख्या दिनानुदिन वृद्धि हुँदै गएको छ । इन्द्रेणी समाज सेवा सप्तरीले सार्वजनिक गरेको एक तथ्याङ्कअनुसार सप्तरीमा ३ सय २६ यौनकर्मी महिला फेला परेका छन् । यौनकर्मी महिला राजविराज नगरसहित राजमार्गका विभिन्न स्थानमा उल्लेखनीय रुपमा पाइएको इन्द्रेणी समाज सेवाका संयोजक शिवकुमार नायकले बताउनुभयो । उहाँका अनुसार महिला यौनकर्मीहरु दिनानुदिन बढ्दै गएपछि एड्स तथा यौनरोग पनि बढ्दै गएको छ । सप्तरीको ६४ वटा गाविसमा छ महिनासम्म गरिएको अध्ययनअनुसार यस्ता यौनकर्मी महिलाहरु फेला परेको जानकारी उहाँले दिनुभयो ।
महिला यौनकर्मीलाई पेशाबाट पूर्ण रुपमा फर्काउन सकिँदैन तर यसलाई नियन्त्रणका लागि भने आफूहरुद्वारा केही प्रयास भइरहेको उहाँले बताउनुभयो ।”यौनकर्मीले पेशाकै रुपमा यसलाई अङ्गालेका छन्” नायकले भन्नुभयो, “५०० महिला यौनकर्मी हामीले अनुमान गरेका थियौँ तर छोटो समयमा हाम्रो अध्ययनले यति यौनकर्मी फेला परेको हो ।” यौनकर्मी महिलालाई सुरक्षित यौनसम्पर्कका लागि १४ हजार ३६ वटा कण्डम वितरण गरेको जानकारी उहाँले दिनुभयो । यस्तै महिला कण्डम ५०० वितरण गर्नुपर्नेमा ५७ जनाले मात्रै पाएको जानकारी आफूमा आएको खुलासा गर्दै उहाँले महिला कण्डम लगाउन केही झन्झटिलो भएकाले उनीहरु यसप्रति आकषिर्त नभएको बताउनुभयो ।
भिसिडी सेन्टरमार्फत सगरमाथा अञ्चल अस्पतालमा एड्स रोगी ९७ जना फेला परेको इन्द्रेणी सेवा समाजका मीनबहादुर घिसिङले बताउनुभयो । नेपालमा २० हजार १२३ एड्स रोगी रहेको भन्दै यसलाई निर्मूल पार्न आफूहरुले महिला यौनकर्मीलाई यसबारे जानकारी दिने गरेका घिसिङले बताउनुभयो । १३ हजार ७५७ जना पुरुष तथा सात हजार ४१७ महिला र नौ जना समलिङ्गी एड्स रोगी नेपालमा रहेको जानकारी उहाँले दिनुभयो । उहाँका अनुसार एड्स तथा यौनरोग नियन्त्रणका लागि ६५ जनालाई भिसिडी सेन्टरमा रगत जाँचका लागि पठाएको ४१ जनालाई एसआइटी, ६ जनालाई सिटिभी तथा ३६२ जनालाई आइइसी गराएको छ । रासस


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts