mainpageads

विपक्षीको आन्दोलनको औचित्य छैनः कमल थापा

१५ माघ, ललितपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले विपक्षी दलको आन्दोलन सत्ता केन्द्रित भएको भन्दै यसको कुनै औचित्य नभएको टिप्पणी गर्नु भएको छ ।
केन्द्रीय समिति बैठकका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रमुख विपक्षी दलले प्रधानमन्त्रीको बहिर्गमनलाई मात्र मुद्दा बनाएर सरकारलाई नै फाइदा पुर्‍याएको आरोप लगाउनु भयो । वर्तमान गठबन्धन सरकार रहेसम्म निष्पक्ष चुनाव हुँदैन तर, बाबुराम भट्टराईलाई हटाएर आफैं प्रधानमन्त्री हुने दलहरुको कसरतले सरकारलाई मलजल पुगेको छ’ उहाँले भन्नुभयो-’अब स्वतन्त्र र तटस्थ व्यक्तिको नेतृत्वमा सरकार गठन गरी वैशाखभित्रै निर्वाचन गर्नु उपयुक्त हुन्छ ।’
माघ १३ देखि १५ गतेसम्म चलेको केन्द्रीय कार्यसमितिको बैठकले निर्वाचन गर्ने ओठे प्रतिबद्धता देखाए पनि प्रमुख दलहरु सत्ता केन्द्रीत भएका कारण आगामी बैशाखमा समेत निर्वाचन हुने सम्भावना न्यून भएको निष्कर्ष निकालेको छ ।
राप्रमा नेपालले सर्वपक्षीय सम्मेलन, तटस्थ चुनावी सरकारको गठन र वैशाखभित्रै निर्वाचनका लागि दबाब दिन आगामी माघ २८ गते देशका ७५ वटै जिल्ला सदरमुकाममा प्रदर्शन तथा जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने निर्णय गरेको छ । बैठकले आगामी जेठ महिनामा पार्टीको केन्द्रीय महाधिवेशन काठमाडौँमा गर्ने निर्णय पनि गरेको छ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts