mainpageads

बराह ज्वेलरीका सञ्चालक हङकङमा मृत भेटिए

१७ माघ, हङकङ । बराह ज्वेलरीका सञ्चालक इन्द्रकुमार विश्वकर्माको मंकी हिलमा मृत भेटिएका छन् । उनी शुक्रबारदेखि सम्पर्क बाहिर रहेका थिए ।
स्थानीय ओरियण्टल दैनिकको अनलाइन संस्करण अनुसार उनको शव कामसान कन्ट्री पार्कस्थित भिरालो जंगलको रुखमा झुण्डिएको अवस्थामा भेटिएको हो । उनले आत्महत्या गर्न लागेको र खोजी नगर्नु भनेर मोबाइल मार्फत श्रीमतीलाई बताएको समाचारमा उल्लेख गरिएको छ ।
विश्वकर्माका व्यापारिक सहयोगी लवकुमार गुरुङले उक्त समाचारमा उल्लेख गरिएको विवरण सत्य रहेको पुष्टि गर्दै भने-’शुक्रबार बेलुका किरण बहिनीले इन्द्र दाइले फोनमा भनेको कुरा बताउने बित्तिकै प्रहरीलाई खबर गरेर हामी पनि खोजीमा लागेका थियौं, कुकुरसहित रातभर खोज्दा पनि अत्तोपत्तो पाउन सकिएन ।’
उनका अनुसार विश्वकर्माले मोवाइलमा श्रीमतीलाई पहिला घुम्न गएको ठाउँमा आफू रहेको र खोजी नगर्नु भन्दै सम्पर्क विच्छेद गरेका थिए । प्रहरीले शव भेटिएको खबर गरेपछि घटनापश्चात नेपालबाट आएका उनका छोरा शिव लामिछानेलगायतले मंकी हिल पुगेर उनको पहिचान गरेका थिए ।
‘बुवाले आत्महत्या गर्नु हुन्छ भन्ने कल्पनासमेत गरेका थिएनौं, त्यही भएर घटनाको बारेमा केही भन्न सकिन्न’लामिछानेले भने-’प्रहरीको प्रक्रिया पुरा भएपश्चात लास नेपाल लाने मनस्थितिमा रहेका छौं ।’
धरानबाट शुरु भएको बराह ज्वेलरीको काठमाडौं, पोखरा र बेलायतपश्चात गत जूनमा हङकङमा शाखा खोलिएको थियो । त्यसपश्चात विश्वकर्मा नेपाल-हङकङ ओहोर-दोहोर गरिरहेका थिए । 
फाइल तस्वीरः  हङकङस्थित आफ्नो पसलमा इन्द्रकुमार


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts