mainpageads

शनिबारदेखि हात्तीपाइले औषधि खुवाइने

सरकारले माघ २० गतेदेखि हात्तीपाइले (फाइलेरिया) औषधि खुवाउने भएको छ । ९० प्रतिशत जनता अर्थात् दुई करोड ५० लाखलाई यो औषधि खुवाउन लागिएको हो ।
मुलुकका ६१ जिल्लामा हात्तीपाइले रोगको जोखिम रहेको भन्दै निवारणका लागि सरकारले चार वर्षदेखि औषधि खुवाउने अभियान थालेको हो । यो औषधि ६ सालसम्म वर्षको एकपटक खानुपर्छ । यसैका आधारमा सरकारले छ वर्षे अभियान चलाएको छ । यस वर्षको अभियानको पहिलो चरणअन्तर्गत माघ २० देखि २३ गतेसम्म उपत्यकालगायत ३७ जिल्लामा यो औषधि खुवाउने जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख श्रीकृष्ण भट्टले जानकारी दिए । दोस्रो चरणमा फागुन ५ देखि ७ सम्म १९ जिल्लामा खुवाउने भएको छ । हात्तीपाइले लामखुट्टेको  टोकाइबाट सर्ने सरुवा रोग हो । लामखुट्टे नियन्त्रण गर्न सके मात्र हात्तीपाइले रोग नियन्त्रण गर्न सकिने उनले जानकारी दिए ।
'रोग लाग्न नदिन यो औषधि प्रत्येक वर्ष खान जरुरी छ,' उनले भने, 'दुई वर्ष मुनिका बालबालिका, सात दिनसम्मका सुत्केरी, गर्भवती महिला, र सिकिस्त बिरामी व्यक्तिले औषधि सेवन नगर्नु होला ।'
औषधिले कुनै पनि किसिमको नकारात्मक असर नपार्ने जानकारी दिँदै उनले सबैलाई औषधि सेवन गर्न आग्रह गरे ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts