डबिङ नगर्ने भनेपछि पोष्टरमा अटिनन् नायिका
चलचित्र ‘रक्षा’ मा अभिनय गरेकी नव नायिका
सारिका घिमिरेलाई पहिलो गासमै ढुंगा लागेको छ । चलचित्रको प्रचारप्रसारमा
आफुलाई पछि पारेको भन्दै घिमिरेले सिनेमाको डविङ नगर्ने बताएपछि
निर्माणपक्षले उनको तस्बिर पोष्टरबाट समेत हटाएको छ ।
चलचित्रको
प्रचारमा नायिका पुजना प्रधान र नव कलाकार खुशी थापाको अनुहार मात्र
निर्माणपक्षले अघि सारेको भन्दै घिमिरेले डविङ नगर्ने बताएकी हुन् ।
अनलाइनखबरसँग कुरा गर्दै उनले भनिन्, ‘बरु मलाई सिनेमा नगरीमा जम्नु छैन तर
निर्देशक राजु गिरीले मलाई प्रचारका लागि अघि नल्याएकाले म डविङ गर्दिन । ‘
नायिकासँग बारम्बार विवादमा फस्ने गरेका राजुको यसपटक पनि सारिकासँग चिसो
सम्बन्ध उत्पन्न भएको छ ।
यता निर्देशक राजु गिरीले चलचित्रमा पुजना
र खुशीको बेडसिन भएकाले पनि चर्चा धेरै भएको बताए । तर मुख्य भुमिकामा भने
सारिका नै हुन्, राजुको भनाई छ । चलचित्र क्षेत्रको यात्रा थाल्न नपाउदै
सारिकाले झमेला झिकेपछि उनको करिअर संकटमा परेको छ ।
पबन बस्नेतको निर्माणमा तयार भएको यो
चलचित्रमा राजेश हमाल, अशोक फुयाँल, सुशान्त कार्की लगायतका कलाकारले पनि
मुख्य भुमिका निर्वाहा गरेक छन् । नव नायिका सारिका घिमिरेले अड्चन झिक्दै
डविङ नगर्ने बताएपछि निर्माणपक्षले उनको भुमिकामा फरक आवाज डब गराउने तयारी
गरेको छ ।

0 comments
Write Down Your Responses